व्यङ्ग्य : शक्तिको अगाडि भक्ती

~दिनेश ‘रवी’~

“शक्तिको अगाडि भक्तिको गाडी हाँक्नुपर्छ।” यो तप र तापबाट बनेको आदर्श उक्ती हो। यस्तो जुक्तियुक्त बाणी सित्तैमा कसैले सिकाउँदैन। यदी सिकाइहालेमा पनि सिकाउनु अघी तपाईंलाई केही त बिकाएको हुनुपर्छ। तपाईंलाई यस्तो रहस्यमय Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : बर पिपलको पातहरु ।

~बिन्दू प्याकुरेल ‘लुना’~Bindu Pyakurel 'Luna'

१०८ वटा गेडा रुद्राक्ष मालाको जप सिद्दिए पछी पण्डित बाजेले तुलसीकै मठ्को खोपी बाट सानो पुरानो एना झिकेर हेर्दै चन्दन टिका निधारमा लगाए । छेउमै उभिएकी पण्डितनी बज्यैलाई पनि लगाइ दिए । पण्डितनी बज्यै ले खुट्टा ढोगी दीइन, बाजेले “आयुष्मान भब !” आशीर्बाद दिए ।

कान्छा छोरा हरीशरण पिढींको खाटमाथि छाम-छाम, छुम-छुम गर्दै रेडियो मिलाउदै थिए , उनलाई पनि ललाटमा चन्दन टिका लगाइ दिए । बिहानी को पूजा कर्म सिद्दियो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : चड्कन

~भिम प्रसाद घिमिरे~Bhim Prasad Ghimire

‘पाँच बज्यो’ मोबाइलको अलार्म चिच्यायो । उठें । उसको कोठाको ढोका खुलै थियो । उ थिएन । काउन्टरको केटो टेबलमै निदाएको थियो । बोलाएपछि उठ्यो । बिल तिरें । बिस्तारै तल झरें ।
सोचें ‘रात गइ बात गइ, आउने हो कि ।’ तर, उ देखिएन । ड्राइभिङ सीटमा एउटा सेतो चिर्कटोमाथि चाबी थियो । त्यो कागज अलिपर सारेर बसें । स्र्टार्ट गरें । डम्म कुहिरो छ । गाडी बिस्तारै अघि बढाएँ । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : भोकको शिविरबाट….

~स्वप्निल नीरव~swpanil nirav_1

एक हाते फरिया
एक बित्ते चोलो
र एक भारी बैंश -छाडेर
तिमी गयौ फट्कु
यी अहिले-
छताछुल्ल पोखिएर बैंश
लाज चिहाइरहेछ

भोकको शिविरबाट Continue reading

Posted in कविता | Tagged | Leave a comment

Story : One Leg Down

~Paramendra Bhagat~Paramendra Bhagat

After getting unloaded in downtown St. Louis, Tim Brown sent messages over his highway master to inform his dispatcher he was empty, hoping to pick up a load and head home early for the weekend, if possible. He received a message from the company headquarters that was vague: “Call me ASAP.” No mention of load, no mention of where to go pick it up. But Continue reading

Posted in Story | Tagged | Leave a comment

Poem : The tongue of a prey in the Falcon’s nest

~Baldev Bhatta “Bihani”~Baldev Bhatta 'Bihani'

Inexorable mourning for the sunken sun
deprecates the approaching rays in the morning,
In the removed honor of my absconding deities
The word today holds the furious shocks of sunken sun !!

Your stubborn glories of the world telling both earth and sky to yield Continue reading

Posted in Poem | Tagged | Leave a comment

गजल : बोल्दा पनि बोल्दिनौ

~मधु पोखरेल~

बोल्दा पनि बोल्दिनौ ए ! रिसायौ कि काली
मन र मुटु अन्तै कतै बिसायौ कि काली।

बाचा-बन्धन कसमहरू खेलाँची नै भए
आफूभित्र अरूलाई नै मिसायौ कि काली। Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : सम्यकताका विविधता र विचरण

~रमेश कंडेल~Ramesh Kandel_1

मरुभुमिमा श्रमको खेती गर्न रुचाउने
सिमलचौरका आदिबासी हामी
बेद-बेदान्त घोकेर पाखुरी बजार्न रुचाउने
अनुपम प्रकृतिका सन्तान हामी

जीवनलाई जान्न र बुझ्न हिचकिचाउँदै Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आत्मा र शहर

~सुरेश नाचीज~

मरेको कयौँ दिनपछि
आँखा खोलेर हेर्दा
बातावरणलाई तुषारोले ढाकेको थियो ।
झिँगाहरु भन्किईराखेका थिए ।
आसपास फोहोरको डंगुर थियो ।
खूब जाडो थियो ।

कुकुरहरु दाँत र नङ्ग्राले पेट कन्याउँदै थिए ।
खल्तीमा यौटा चुरोट किन्ने पैसा पनि थिएन । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फूलमानको विद्रोह

~प्रकाश गुरागाईं~Prakash Guragain

परिचय उतै कतै पहाडमा छाडेर
मैदान झरिसक्दा
तातो घामले देश हैन पानी खोजिरहेको छ
फूलमान रिक्सा कुदाइरहेछ ।

भोकले स्वतन्त्रता हैन
खान मागिरहेछ
घामले राष्ट्रियता हैन
छहारी मागिरहेछ
लठ्ठीमा उनेर जुलुस लगाउने झन्डा Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : नियम!

~रमा गौतम ‘आश्मा’~Rama Gautam 'Aasma'

के पढि राख्नु भा?’

‘नकाराउ न, प पढ्दै छु?’

त्यहि त, के बारेमा हो?

‘किन चाहियो तिमीलाई? कत्ति नै जान्ने जस्तो- आज एउटा लेक्चर दिनु छ क्या ‘महिला,घर अनि नियम।’ Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : अमिलो अंगुर

~शुषमा मानन्धर~Shushma Manandhar

किन हो किन रत्नमायालाई आज विहानदेखि अंगुर खान मन लागेको थियो । यो जाडोमा अंगुर मात्र हैन उसले कुनै पनि फलफुल मुखमा राखेकी नै थिइन । अक्सर सिजन अनुसारको फलफुलहरु उसले किनेर ल्याइरहेकी नै हुन्थी । आफन्तहरुले पनि यसो भेटघाटमा आउँदा औपचारिकतावश केही न केही ल्याएकै हुन्थे तर अंगुर भने यसपालि कसैले ल्याएका थिएनन् । त्यहिमाथि उसले संधै किन्ने फलफुलको पसल पनि विगत केही दिनदेखि बन्द थियो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सपनाको महल

~सबिना सिन्धु~Sabina Sindhu

प्रेमी शहरको न्यानो आलिङ्गनमा
निथु्रक्क भिजाएर आफुलाई
यौवनका मुस्कुराहट साटिरहेकी छ्यौ ।
खेती गरिरहेकी छ्यौ आफ्ना कथाहरुको ।

मेरी लोरिमा !
आगो बाँचेर पानी निल्ने
समयका निर्लिप्त ओठहरुसँगै Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रभस

~सुष्मा थापा ‘अनुप्राश’~Sushma Thapa 'Anuprass'

निरबिछिन्न बलिरहेका प्रज्वल्ल
दिपहरुले धिपधिपाउदै आज मलाई
केही भन्न खोज्दै छ,
कहीले हावा सँगको लोहरी
कहीले तेल सँगको मितेरी
हो,
साँच्चै आज सम्म मैले
येसै गरि नियाली रहेकी छु,
कतै दिपका उज्याला प्रकाशहरुमा
कतै दिपका निरालम्ब अवस्थाहरुमा
हुनसक्छ,
सद्रिश अनुरक्त भावनाले
प्रत्येक उशा किरणहरुलाई गिज्याइदिये झै, Continue reading

Posted in कविता | Tagged | Leave a comment

Story : Waiting for Rain

~Sushma Joshi~Sushma Joshi

The killings started sporadically: a few in the Far West, a few in the Far East. A few Nepali Congress leaders and a few United Marxist-Leninists. A village of suspected Maoists, some dangerous students. A few here and a few there. Nobody knew who was doing it, although everybody had their own theories. The newspapers said it was the Maoists, the human rights activists presented evidence against the Police, the Police said it was the terrorists, insurgents and guerrillas. Continue reading

Posted in Story | Tagged | 1 Comment

कविता : भेरीको किनारमा

~राजेश्वर कार्की~Rajeshwor Karki

भेरीको किनारमा
म रुंदारुंदै थाकेछु भने
मलाई सम्हालेर
किनाराकै छेउको बगरमा राखिदिनू ‘भेरीको पानी र जिन्दगी निरन्तर बगिरहेछ’
कतै भेरी पनि बग्दाबग्दै थाकेछ भने
मलाई भेरीको किनारबाट उठाएर
मेरो आंसुको नदीमा बगाइदिनू Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजलः भेट्न चाहे भेटिन्छ

~टेकेन्द्र अधिकारी~

हेर्न चाहे देखिन्छ पैतालामै देश
भेट्न चाहे भेटिन्छ ढुङ्गामै देश

देशप्रेम भावना हो, सम्हालेर राख्नू
मेट्न चाहे मेटिन्छ सीमानामै देश Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : यो शान्ती भूमि हो नजाउ लडाँइमा

~सीमा आभास~seema avas

यो शान्ती भूमि हो नजाउ लडाँइमा ।
गोली र बारुद नखाउ लडाँइमा ।।

बिश्वास छ बुद्ध जन्मनेछन्
ओम माने पेमे हुँ नगाउ लडाँइमा ।। Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : खाल्डो

~भिम प्रसाद घिमिरे~Bhim Prasad Ghimire

घर फलाउँछन्
घरै खान्छन्
हेरौं भुइँ या आकाशबाट
अत्यास लाग्छ
यो शहर,
सास पो कसरी फेर्छन्
मान्छेजस्ता मान्छेहरू ।।

हाम्रा अभाव हाम्रा दुःख
बाउन्ने आकारका बुझ्छन्
उनका गोडामा ठेस लाग्न हुन्न Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सुन्यानुभुती

~नरेश रोकाहा~Naresh Rokaha

कुना र कन्दहरामा
अझै बारुदको गन्ध आउँछ
ढुंगामा पोतिएका आला रगतहरु
मेटिएका छैनन्
अझै भयले डेरा जमाएकै छ
कतै फेरी उहि आवाज
उहि चिच्याहट
उही निरिह स्वरहरु निस्कने त हैनन ?
म दाँया बाँया हेर्छु Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : रक्सी खाएर बिग्रे

~सन्देश जि.सी.~Sandesh GC

रक्सी खाएर बिग्रे
गीत गाएर बिग्रे

बैशँको मध्य यात्रामा
कसैलाइ पाएर बिग्रे Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : इतिहास

~प्रकाश सायमी~Prakash Sayami

म एउटा जङ्गलको कविता लेख्दैछु

मेरो अगाडि एउटा घनघोर जङ्गल छ

कवितामा सबको कथा छ

धर्मको निम्ति दिनरात लड्ने

धार्मिक मुल्लाहहरु जस्तै अनुहार भएका

कुकूर विरालोको झगडा छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कस्तो छ परदेश ?

~मुकेश राई~Mukesh Rai

घर छोडी जाने दरसन्तानका
सम्झना संगालेर आमा सोच्दिहुन
कस्तो छ परदेश ?
असार पन्ध्र छ आमा परदेश
मंसिर कहिल्यै पाक्दैन,
सोध्छौ सधैं कस्तो छ दुरदेश रु
नियति न हो दुस्ख कहिल्यै भाग्दैन ! Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : माया जालमा परियो

~पुष्पा खनाल~Pushpa Khanal

बोली मीठो मायालुको, मनमा भरियो
लाली जोवन मायालुको, तनमा छरियो
के भो के भो लौ न, माया जालमा परियो

उर्लिआउने खहरेको, हुन्न केही भर
माया लाउन किन किन, लाग्छ मलाई डर
तर पनि तिमीलाई, भुल्न नसक्दा
मनका कुरा मुखमा ल्याई, खोल्न परिगो Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

Fictional Story : The Messiah

~Prawin Adhikari~Prawin Adhikari

Mother died and left me alone, wearing white, my head shorn, worrying about nothing, and with only two cowries to my name. Nothing tethered me to the village of my birth, so I sold what little I had and packed my bags. I found a place in Balaju, two minutes from the bus stop, fifteen minutes’ walk from the vegetable market, the woody hills of Nagarjun five minutes away, three small cinemas in the neighborhood, and plenty of immigrant parents who needed young college students to tutor their children. The landlords were a kind and clean Brahmin family Continue reading

Posted in Story | Tagged | Leave a comment

कविता : कछाड

~विष्णु भण्डारी~Bishnu Bhandari

देखिदै छ एकातिर टिभी स्क्रिनमा
बहुराष्ट्रिय कम्पनीद्वारा प्रायोजित
भव्य मञ्चमा
कमरेड बोल्दै गरेको फुटेज
र अर्कोतिर
उत्साहित गर्दैछ उसले
हँसिया हथौडा अङ्कित झन्डासँगै उभिएर
वालस्ट्रिटका विश्वव्यापी सञ्जालहरूको विरोध गर्न । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बिकारहरुभित्र म – एक रहस्यको खोज

~बिबश बिप्र~ Bi pra

जव जुठेल्नोले मेरो घर पछाडीबाट
उदाउने घाम देख्न सुरु गरेको छ
त्यतिबेला देखि म जुठेल्नोतिर बसाईं सरेको छु |

मलाइ लाग्यो म फोहोर हुँ
म बिकारहरुको वरीपरी छु
म बिकारहरु भित्र छु |

मोनालिसाको चित्रभन्दा
म बस्ने जुठेल्नो घामले राम्ररी देखेको छ |
संसारको कुन घामले मोनालिसाको
तस्वीरमा मुस्कान देखेको छ ? Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : बन्दै छ ढोका खै कसरी पस्यो सुस्तरी

~स्वप्निल नीरव~swpanil nirav_1

बन्दै छ ढोका खै कसरी पस्यो सुस्तरी
सुकोमल यो हृदयमा बस्यो सुस्तरी ।

छेवैबाट टुलटुलु चिहाउदै थे म
नशालु नयनतालमा खस्यो सुस्तरी । Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : परिवर्तनको परिभाषा !

~सन्जिब सुनार~

आज समय स्थिर रहदा रहदै मानवजातिहरू परिवर्तन भय!
पुर्खेउली हाम्रा पुर्वजहरुले जोगाई राखेका सम्पदाहरु गय!

यो कस्तो युग आयो हरे शिव राम राम जप्ते पहीले काले! Continue reading

Posted in कविता | Tagged | Leave a comment

कल्पना भाबुकका ६ मुक्तकहरु

~कल्पना भाबुक~Kalpana Giri 'Bhawuk

शिर पनि दुख्यो आज पाऊ पनि दुख्यो
माया सँग जोडिएको नाउँ पनि दुख्यो
कुन ठाउँमा मलम लाउँनु देखिंदैन घाऊ
तिम्रो हाम्रो बिछोडमा गाउँ पनि दुख्यो ।
*
मेरी बैनी मेची भए म त दिदी काली
उनि र म ओत लाग्ने हाम्रो एउटै पाली
पहल गर्छन दुस्मनले छुटाउन हाम्रो नाता Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : फेरि पाप भो ।

~सरोज अनुराग~Saroj Anurag

जब तिम्रो मन्दिरमा हजार जाप भो ।
लाग्थ्यो मेरा गल्तीहरू सबै माफ भो ।

भगवानलाई खुसी पार्न टिपें फूलहरू
जानीजानी मबाट यो फेरि पाप भो । Continue reading

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : सहमती

~सुषमा मानन्धर~Shushma Manandhar

वैठकमा विभिन्न विधाका प्रतिनिधिहरु विधान लेख्ने मूल विषयमा छलफल गर्न नै उपस्थित भएका थिए तर वैठक प्रारम्भ हुनुभन्दा अगाडि नै अर्को विषयले शिर उठायो । विधान लेख्ने कुरामा वहस हुनु त कता हो कता लेख्नको लागि वितरित कापी सवैले नपाएका र पाउनेहरु समेतमा पनि वितरित कापीको स्तरमा विभेद गरिएको भन्दै वैठकस्थलभित्रै चर्को विवाद उठ्यो । फलतः विषय प्रवेश विना नै वैठक सर्यो । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment