(एक)
हिजो आज खै किन हो आकाश सुन्य लाग्छ
शितलता बोकि हिड्ने वतास सुन्य लाग्छ
छाती भित्र दुख्छ घाउ असजिलो गरि-
सुन्दरता दिने फूलको सुवाश सुन्य लाग्छ !
(दुई)
छाती भरि घाउ बोकी किन बाँच्छ मान्छे
हरेक चोटि दुख्छ तर किन हाँस्छ मान्छे
को हो आफ्नो आखिर सबै चोट मात्रै दिन्छन-
तिनकै माया छातिभरि किन साँच्छ मान्छे !
………….#……………..
(स्रोत : Ennnepal )

