बाइसी-चौबिसी
राज्यहरुमा बाँडिएका
भूगोलका टुक्राहरुलाई
आफ्ना बल, बुद्धी र बदलाले
जोड्दै ठुलो बनाउनेलाई
हिजोकै भाषामा
बडामहाराजाको
तक्मा त दिन सकिने भो
तर
उनैले देखेका सपना
“चार जात र
छत्तिस बर्णको
साझा फूलबारी”लाई समेत
उनकै महा-भक्तहरुले
खिल्ली उडाएको देख्दा
अनि राष्ट्र र राष्ट्रियताको
कखग बारे बुझ पचाएको देख्दा
न यो आँखालाई देखिसक्नु भो
न यो मनलाई थामिसक्नु भो ।
२०७१।९।२७
(स्रोत : Chakrapath)

