लेख : कथा लेख्दा कथा लेख्ने नियम-काइदा)हरूको कसरी पालना गर्नुपर्छ होला

~शान्त दास मानन्धर~Shanta Das Manandhar

कुनै पनि काम गर्दा जस्तो मन लाग्यो त्यस्तै गर्नु राम्रो हुन्छ कि हुँदैन – यसलाई यसरी पनि हेरौँ । सडकमा मोटर साइकिल चलाउनेहरूले जसरी आफूलाई मन पर्छ त्यसरी नै अर्थात् अरू कसैको राम्रो नराम्रो, हानि नोक्सानी केही नहेरी आफ्नो मन लागी चलाएर हिँडे कसो होला – मोटरले बाटोमा हिँडिरहेका बटुवाहरूको कुनै वास्ता नराखी सडकमा जथाभावी मोटर कुदाउन थाले कसो होला – विद्यालयका शिक्षकहरूले विद्यार्थीहरूले बुझून् वा नबुझून्, Continue reading

Posted in लेख | Tagged | Leave a comment

कविता : निराश हुन दिन्न म

~सुमित्रा पौडेल~Sumitra Poudel Aachal

देख्दैछु उदासी तिमीलाई,
तर निराश हुन दिन्न म
बल्झिए झैँ लाग्छ घाउहरु,
तर, पीडा हुन दिन्न म
छचल्किएका तिम्रा नयनमा,
यी हातहरु थापी दिनेछु
नझारिदेऊ तिम्रा ती अमुल्य आँशुहरु
तिम्रै लागि म बाँचिदिनेछु ।
Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : वास्तविकता १

~शर्मिला खड्का दाहाल~Sharmila Khadka Dahal

‘हाइ कोइली !’
‘हाइ उल्लु !’
‘हिजो किन नआएको डेटिङ्गमा ?’
‘माओवादीको बन्दले आउन सकिनँ । ’
‘म आएर कुर्दाकुर्दा गरे यार । ’
‘गफ दिन्छौ ! पत्याउन्न म ।
‘नपत्याए के गर्छौ ?’
‘केही गर्दिन चुप लागेर बस्छु । ’
‘तिमी मलाई माया गछ्र्यौ हैन ?’
‘मैले माया गर्छु भनेर मख्ख नपर है ।’
‘माया नगर्ने भए किन डेटिङ्गमा बोलाएको त ?’ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : कायम आफ्नो पहिचान राख्नु

~ज्ञानुवाकर पौडेल~Gyanuwakar Paudel

कायम आफ्नो पहिचान राख्नु !
जारी तिम्रो अडान राख्नु !

सानालाई गर्नु धेरै माया
ठूलाको संधै मान राख्नु ! Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : त्यो को आइरहेछ ?

~आभास~Aavaas - Achyut Prasad Phuyal

टाउकोमाथि टोपी
र टोपीभित्र मथिँगल
मथिँगलमा
अनेकौं अमूर्त चित्र
र निधारमा
तिनै चित्रका सहीछाप
विलकुल मेरो हुलियासँग मेलखाने
म जस्तै
मतिर
त्यो को आइरहेछ ?

नकमाथि चस्मा
र चस्माभित्र निर्दोष आँखा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : रातो भोटो

~राजेश नताशं~Rajesh Natamsha

“बाबा हजुरको ‘वेडिङ्ग एनिवर्सरी’मा यै सुट लगाइस्योस् है !”

“हुन्छ छोरी । बरु मम्मी पो के लगाउँछिन् नि ?”

“ह्या, उहाँको टेन्सन किन लिइसिन्छ ? मैले अघि नै चुज गरिदिएकी छु ।” Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ब्युँझेको ब्यथा

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

गर्ने शीघ्र समाप्त पाशविकता जीवित विद्या पढी
यौटा वर्र्गीय चेतना हृदयमा राखी अगाडि बढी
आर्थिक शैक्षिक शोषणादिहरूका धक्का परी ज्यानमा
आएको छ व्यथा उठेर अहिले संघर्ष मैदानमा

आस्था ज्योतित निर्विकार हुन गै हाम्रा खुलेका गति
आकांक्षा नव पूर्ण सिद्ध नगरी छेकिन्न यो एक रति
रुढी साविक ग्रन्थ आवरुहरू निर्जीव पारी दिन
आएको छ नहारने प्रतिक्रिया छर्लग भै देखिन Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : धब्बा

~विद्या सापकोटा~Bidya Sapkota

‘मेरी आराधना नाच्ने छे’ सम्झदैंमा मन प्रफुल्लित हुदै थियो । अफिस त बिदा लिएको हुँ तर कैहिल्यै छिटो निस्कन सके पो । म उस्ती सुस्त त छैन तर बाहिर निस्कने मामलामा सधैं यस्तै हुन्छ । आमा भन्नुहुन्थ्यो ‘यसले छिटो भनेर जिन्दगीमा कैहिल्यै गर्न जानिनु अहिले छोरीले भन्न थालेकी छ । धन्न मेरा पति त्यसो त भन्दैनन् भन्यो तर हाँसेको भरमा बाबुछोरी कुरा मिलाइरहेका हुन्छन् । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

यौन-कथा : च्यातिएको छाँया

~मनोज बोगटी~Manoj Bogati_1

5 नम्बर स्वास्नीको हात कोखिलामा चेपेर कालेबुङको पारसहाटमा अघिदेखि घुमिरहेका छन्‌ ज्याकप झुमा। तिनी साउथ अफ्रिकाका राष्ट्रपति हुन्‌। अघिल्लो वर्ष तिनी दार्जीलिङको एउटा सस्तो होटलमा चौथो स्वास्नीको हात यसैगरी कोखिलामा चेपेर तोङ्‌बा तानिरहेका थिए।
उसले मलाई भनिन्‌- ‘यो मान्छे धनी छन्‌। यसकारण पॉंचौं स्वास्नीको हात कोखिलामा चेपेर तिनी निर्धक्कसित तिम्रो समाजमा घुमिरहेका… छन्‌। तिमीले धेरै कुरा थाहा नगरेर त्यसै चिप्लिरहेका छन्‌। सलभकुमार लामिछानेले घरैमा स्वास्नी हुँदा किन एउटी विधवालाई भित्रायो? थाहा छ तिमीलाई?’
‘मलाई उदाहरण चाहिएको होइन, म बुझ्छु’-उसले भनी।
‘त्यसो भए, तिमी आफ्नो इच्छालाई दबाइरहेकी छौ।’ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : राजा द्यौता,बुद्ध दैत्य,लत्याउने मान्छे कस्ता!

~डा ज्योतिपुञ्ज सुरेश~Jyotipunja Suresh

राजा द्यौता,बुद्ध दैत्य,लत्याउने मान्छे कस्ता!
तातो तेल सत्य माथि,खत्याउने मान्छे कस्ता!

गाढ्या लास ब्युँताउँछु,बन्दुकैले मन्त्र हानी,
ढोँगी आज बाबा भयो,पत्याउने मान्छे कस्ता! Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : एक तमासको मन !

~सन्जु बजगाईं~Sanju Bajgain

‘नागेन्द्र हाराय त्रिलोचनाय ……. ‘ श्रीमती उपाध्याय बिहान बेलुकी नित्य पाठ गर्छिन् ।

‘ईफ आई वेर अ बोई ……’ छोरीलाई बिओन्से नित्य सुन्नु पर्छ ।

‘यू आर ब्युटीफुल ……. ईट्स ट्रयु ।’ छोरो जेम्स बल्न्टको पछि नै लागेको छ ।

‘वाईन ओपनर …… ?’ श्रीमान् उपाध्यायलाई हरेक साँझ बोर्दो वाइनको बोतल खोल्नु पर्छ ।

देख्दा एउटै ब्रम्हाण्डका चार दिशाहरु …….. Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : प्रभातलाई निचोरेर ढाकिरहे जस्तो लाग्यो

~श्याम लामा~

प्रभातलाई निचोरेर ढाकिरहे जस्तो लाग्यो
प्रातलाई उत्साहमा डाकिरहे जस्तो लाग्यो

मडारियो फर्किएर बादल फेरी यतै तिर
असिना बर्षाउन ताकिरहे जस्तो लाग्यो Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : मान्छे – सगरमाथाको परिधी भित्र – २

~बिबश बिप्र~Bi pra

हिउँ र मान्छे !
शीतलता–एक अनुभव !
अनुभव–बस् स्मृति !

मस्तिष्क…
एक भण्डार–बिचलित प्रचलनको !
सगरमाथा–
एक पिरामिड्- सालीन आत्माहरुको ! Continue reading

Posted in कविता | Tagged , | Leave a comment

संस्मरण : जलेको ह्रदयमा फुलेको प्रेम

~हस्त गौतम मृदुल~Hasta Gautam Mridul

आदरणीय मित्र गिताजी

यहाँलाइ मेरो नमस्कार। तपाइको परम कूसलतालाइ म आफनो कूसलतालाइ ठान्दछु। तपाइलाइ पहिलो पल्ट पृथ्वीको पल्लो कुनाबाट यो पत्र लेख्दै छू। मलाइ थाहा छ अब तपाइले यो पत्र हेर्ने चासो गर्नु हुने छैन। किनकी तपाइको म प्रतिको चासोमा कमी आइ सकेको छ। मेरा जीवनका यी अक्षेरहरु निकै गरिव भैसकेका छन। यो पूंजीबादी समयमा यस्ता दरिद्र अक्षेरको केही अर्थ छैन। यि निरही र अभागी अक्षेर पढ्ने तपाइका कोमल नयनहरुमा परिवर्तनको मुलक आइसक्यो। तपाइका नजर खानदानी अक्षेरतिर आर्कषित भैसके। मात्र आजसम्म मेरो उत्सर्ग प्रेम र बिर्सन नसकिने बिगतका ति दिब्य यादहरुले गर्दा अन्तिम पत्र लेख्न बिवस छु। यसलाइ अन्यथा नलिनु होला। Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : अकर्मण्यता वा अस्तित्वहीनता

~शरद निरोला~

कति नै कोशिस गर्दा पनि
यस हृदयभित्र रहेको निराशाको
कहालीलाग्दो अंध्यारो
चूकभन्दा पनि कालो भइदिएर
मेरो अस्तित्व कालाम्य हुन पुगेको छ ।

मेरो चारैतिर मेरा अकर्मण्यताका Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : रङ्ग-आर्शिवाद रगतको

~विद्या सापकोटा~Bidya Sapkota

धानका बालाहरु लहलह झुल्न लागेका थिए । पहेंला फाँट, सुगन्धि मौसम मन त्यसै रमाउथ्यो । चाडबाडको माहौल, घरघरमा रौनक बेग्लै थियो । पल्लो कमेरेडाडाँमा र वल्लो रातोमाटेमा उत्तिकै चहलपहल देखिन्थ्यो । आ-आफ्ना घर-करेसा लिपपोत र सरसफाइमा होडबाजी नै चल्न लागेको थियो । पधेँरा-कुवामा शहर गएका, विदेशिएका को-को आफन्तहरु गाउँ भित्रिए हिसाबकिताब चलिरहेको हुन्थ्यो । बच्चाहरुको भिन्न झुण्ड नयाँ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : खहरेलाई उराल्नमा

~भरत पौडेल~Bharat Paudel

खहरेलाई उराल्नमा, वलेंसीको दोष हुन्छ
तातो छेउमा पग्लिएको, नौनीलाई के होश हुन्छ

रंगिन फूलले नहर्ने भा, मनमुटु बैंशालुको
जवानीको पारखीलाई, भ्रमरसँग के रोष हुन्छ Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : बेरोजगार देश

~जयन्ती गौडेल~Jayanti Gaudel

मेरो बेरोजगार देश
भोकै उभिएको छ
नाङै उभिएको छ

रोजगार नेताहरु
ऋण खाईरहेका छन्
छिमेकीहरु
ब्याज असुलिरहेछन् सिमानामा

केबल एक टुक्रा राष्ट्रिय झण्डाले Continue reading

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : थारु भाषामा प्रगतिशील साहित्यको अवस्था

~महेश चौधरी~

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको तराई तथा भित्री मधेशको थरूहट क्षेत्रमा अनादि कालदेखि बसोबास गर्दै आएका थारूहरूको मातृभाषा थारू भाषाको अस्तित्व बारे बेला मौकामा विभिन्न व्यक्तिहरूले विभिन्न ठाउँबाट प्रश्नचिन्ह खडा गर्ने गर्दछन् कि थारू भाषा भनेको मैथिली भाषा हो, भोजपरी भाषा हो र अवधि भाषा हो। कसैकसैले यसलाई भाािषकाको कोटीमा राख्ने पनि गर्दछन्, यसको अस्तित्वलाई स्वीकार गर्ने पक्षमा देखिंदैनन्। तर थारू भाषा एउटा छुट्टै भाषा हो भन्ने प्रमाण निम्न छ।

(१) एक जना भाषाशास्त्रीबाट नेपालका प्रमुख १३ राष्ट्रिय भाषाहरूमध्ये थारू भाषालाई राष्ट्रिय भाषाका रूपमा संविधानमा उचित स्थान दिन सिफारिस गरिएको छ। (बालकृष्ण पोखरेल “राष्ट्रिय भाषाहरू”)
(२) नेपाल अधिराज्यको संविधान २०४७ मा नेपालका विभिन्न भाषामा मातृभाषाका रूपमा बोलिने सबै भाषाहरूलाई राष्ट्रिय भाषा मानिएको थियो। Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कथा : कथाहरु मेरो देशका

~हरी भुसाल ‘स्याटलाइट’~Hari Bhusal 'satellite'

‘माओवादिहरु र सरकारको कुरा मिलेन’
‘मन्त्रिमहोदयले मन्दिरको उदघाटन गर्नुभयो’
‘काठमाडौको फोहोरले पर्यटकहरुमा नराम्रो प्रभाव परेको होटल महासंघको बिज्ञप्ति’
‘पुर्वि तराइमा तराइजनतान्त्रिक,कोब्रा,टाइगर र टाइगर ग्रुप टु द्वारा अनिस्चितकालिन बन्दको घोषणा’ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अकथा

~बिनु “मुसा”~

चारैतिर बालुवा छ । बालुवाको रास, ठाँउ-ठाँउमा मेलो छाडेर उम्रिएका केही पौंधाहरु । कतै-कतै खजुरका बुँट्यानहरु, म गर्मी अड्कल्छु ४५ देखी ४८ डिग्रीसम्म हुनुपर्छ आजको गर्मी । शिशिरको अन्तिम घिडघिडोपछि सुर्यको फुर्ती बढ्दो छ । आगोको देश हुदै आइरहे झै लाग्ने हावाका तीव्र झोक्काहरुले बालुवाका कणहरु यता-उता उडाउँछ । मेरो सपानाहरुलाई जस्तैगरी सुर्यका तेज नजरले यीनीहरुलाई पनि तताईरहन्छ । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : स्वागत नव बर्ष

~ठाकुर मान लामा~Thakur Man Lama

तरङ्गित मौषम उन्माद त्यस्तै पार्न
मनमा उल्लास खुशी तनमा भर्न
स्वच्छन्दताको पवन बहार बहदै
आउ नव बर्ष स्वागत छ सधै तिमीलाई

आशा यही बिजारोपण हुदै हुर्कदै फुल्न
सपना रंगीन सबले यही देखि साँच्न
शितलता ती जुनका लेप सरी लगाउदै
आउ नव बर्ष स्वागत छ सधै तिमीलाई Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लथालिङ्ग घर मेरो भताभुङ्ग देश

~चिरञ्जीवी सुवेदी~

बुट्टे साडी ल्याईदेउ बाबु तिम्री बुढीलाई
मजेत्रो नि छैन अरे ठूली दिदीलाई

आमा थिइन बिमार बरै! ओछ्यानको छेउ
खोकी रहन्छिन बाह्रै मासे खकार सँगै लेउ Continue reading

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : यथार्थवादी गजल सङ्ग्रह

~ललिजन रावल~Lalijan Rawal

नेपाली साहित्यमा डेढदशक यता गजल विधाले हस्तक्षेप गर्दै आइरहेको छ । लोकप्रियताको शिखरमा रहेको यस विधाका सयौँ कृतिहरू प्रकाशित हुँदै आइरहेका छन् । सभा-गोष्ठीहरूमा गजलकै बाहुल्य प्रष्ट देखिन्छ । नयाँ-पुराना सबै स्रष्टाहरूलाई यसले आफूतिर अत्यधिक आकर्षित गरिरहेको छ । गजल विषयक ग्रन्थहरू पनि धमाधम प्रकाशनमा आइरहेका छन् । यसै क्रममा पवर्तका स्रष्टा आर.के अदिप्त गिरिले ‘ई समकालीन नेपाली गजल’ नामक एउटा सुन्दर ग्रन्थको सम्पादन गरेका छन् । यस ग्रन्थभित्र नेपालका प्रायः सबै स्थापित र स्थापितोन्मुख गजलकारहरू समेटिएका छन् ।

यसमा सम्पादक गिरिको मिहिनेत र गजलप्रतिको अपार प्रेमलाई मुक्तकण्ठले प्रशंसा नगरी रहन सकिँदैन । नेपाली गजललाई एउटा सुन्दर कृति ‘नगरा घन्कन्छ’ प्रदान गरेका छन् आर.के अदिप्त गिरिले । Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

लेख : आवरण

~शिवोम् तीर्थ~

आज बाल्यकालका स्मृतिहरु ताजा भएर उठे । लाहौरका गल्लीहरु रंगीविरंगी भएर आँखाका अगाडी नाच्न लागे । थाह छैन मन पनि कहिले कहिलेका चित्रहरु आफूमा समेटेर बसेको छ । कहिल्यै यसलाई खोलेर त हेर्नुस् आफै पनि दंग हुनुहुनेछ र भन्नुहुनेछ कि यो सबै त मलाई पनि याद थिएन । मन कहिले के भित्रबाट निकालेर तपाइर्ंका अगाडी राखिदिन्छ यो त तपाईं लाई पनि थाहा हुदैन । Continue reading

Posted in लेख | Tagged | Leave a comment

कविता : मृत्युफूल

~खगेन्द्र पन्दाक लिम्बु~ Khagendra Prandhak Limbu

मलामीहरुको माझ रौसिएर
चिहानघारीको स्वर्णिम बसाईंपछि
मुर्कुट्टाहरुको रेखदेखमा-मृत्युफूल
अस्तुहरुको पिरामिड उक्लिएर मनग्गे फुल्छ –
सुनाखरी झैं झुप्पा-झुप्पा !
अस्थिपन्जरका हाँगाहाँगा !

नारायणहिटीछेऊको बुढोरुखबाट
चमेरे पेन्डुलम जीवनको गीत लिएर
मसानघाटको रोदीमा झर्नू
चुँडेलहरुको प्रेमिलो सालैजोसंग
नाच्नू-नचाउनू निरबाँध
छमछम-कंकाल जिन्दगीलाई
र, बुझ्नू सम्प्रभुत्ताको ससंत्र प्राण । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : रुदैछिन् आमा

~सुमित्रा पौडेल~Sumitra Poudel Aachal

रुदैछिन् आमा पिंडीमा बसी टुकीको साथमा ।
सुख र खुशी चाहन्छिन् उनी दिन र रातमा ॥
पस्दैछन् सन्तान मुग्लान पारी तिनै हुन साहरा ।
दर्द र पिडा अँगाली सारा खोज्दैछन् ती चारा ॥

मनग्ये थियो तै आफ्नो देशमा विकाश हरायो ।
होडबाजी चल्यो कुर्चीको खेलमा तुवालो भरायो ॥
हाँसो र खुशी खोसियो सारा गाँस, बास, कपास ।
अभावै अभाव देशमा खड्क्यो उठेन आवाज ॥ Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : शहर बिरामी छ

~नारायण गाँउले~Narayan Gaule

भत्किएर च्यातिएर शहर बिरामी छ
देख्दैन क्वै सायद सिङ्गो नजर बिरामी छ !

झ्याल-ढोकाले हेपिएको ठान्छन् ,धुरी पनि
आन्दोलित छन् इँटाहरू यो घर बिरामी छ Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : तिम्रो छोरो फेरिएर आयो

~अतृप्त कमल~Kamal Karki Atripta

हेर आमा तिम्रो छोरो फेरिएर आयो आज
काठको यो बाकसमा बेरिएर आयो आज

दु:ख चिर्न बिदेशमा भासिएको तिम्रो छोरो
छिया-छिया बनि आफै चिरिएर आयो आज Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : म

~रामकुमार परियार~Ram Kumar Pariyar

गन्तव्यहिन जिन्दगीको गोरेटोमा
लरखराउँदै हिँड्ने यात्री हुँ म ।

तीन पाङ्ग्रे जीवन रथको वाहक
उहीँ दुखी सारथि हुँ म । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नसम्झेको कहाँ छ र ?

~ज्योति जंगल~Jyoti Jungle

देखेकी छौ के
नबगेको नदी ?
छामेकी छौ के
नउडेको बतास ?
पलपल नबिसाइकन
बोकीहिँड्छ मुटुले ढुकढुक
त्यसैसँग चल्दैछ जिन्दगीको पाइला
र तिम्रो सम्झना समानान्तर
मैले तिमीलाई नसम्झिरहेको कहाँ छ र ? Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लेख्न विवश छु

~अनुप जोशी~Anup Joshi

तिमी मलाई नकार्न सक्छौ
धिक्कार्न सक्छौ ।
तिमीले भनेजस्तै,
म तरल छु ।
म पानीको थोपा !
भाडाँको रिक्तता तृप्त गर्छु ।
भाँडाको आकार मेरो आकार
मेरो कुनै रङ्ग छैन ।
तिमी मलाई रातो बनाउछौ Continue reading

Posted in कविता | Tagged | Leave a comment