पशुपतिमाथि एउटा डाँडो छ र यसलाई कैलाश भन्छन् । फराकिलो चौर, उत्तरतिर फर्केपनि जाडो कमै हुने किसिमको, तर
हावा चलिरहने गर्छ यो डाँडामा । मान्छेहरू आउँछन् किनभने पारि मृगस्थली, उता विश्वरूप, पल्लोपट्टि किराँतेश्वर र सूर्यघाटको माथि रमाइलो डाँडो छ यो । Continue reading →
मैले बच्चा जन्माउने योजना जनयुद्धको अत्यन्त जटिल परिस्थितिमा बनाएको थिएँ । त्यसबेला साथीहरु भन्ने गर्थे, ‘हामीले अहिले नै बच्चा जन्माउने योजना त बनाएका थिएनौ, तर जन्मियो ।’ साथीहरुको यो अनुभवले म बच्चा जन्माउने कुरामा अत्यन्त सजग रहें । अरु साथीहरुको जस्तै मेरो बच्चा पनि बिना योजना हठात जन्मियोस भन्ने मैले कहिल्यै चाहिँन । Continue reading →
टेलिफोनको घन्टी अविराम बजिरहेको छ। बधाईको थामिनसक्नु ओइरो लागेको छ। जोसुकैका फोन उठाइदिन्छन् यिनै। रेडियो टिभीकै अन्तर्वार्तामा आफ्नो टेलिफोन नम्बर सार्वजनिक गर्ने यिनलाई सर्वसाधारणले फोन गर्नु कुनै अनौठो भएन।
खास कारणै परेर यसपटक सर्वसाधारणले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई टेलिफोनमा बधाईको ओइरो लगाएका हुन्। उनी पनि यसलाई सहर्ष स्वीकार गरिरहेका छन्। त्यसो त उनले मन्त्रिपरिषद् बैठकमै प्रधानमन्त्री र मन्त्रीहरूको ‘मुह मीठा’ गराइसकेका छन्। सम्भवतः आफूले पास गराएको विधेयकका निम्ति यसरी ‘केही मीठो ख्वाउने’ पनि उनै भए। Continue reading →
तपाईंले लेखेको किताब
तपाईंको विद्वत्ता, दर्शन र अध्यात्म मै हुँ
मै हुँ यो सभ्यताको धरोहर
तपाईंको सभ्य शैली
मन्त्र जस्ता तपाईंका पवित्र वाणी पनि मै हुँ ।
तपाईंको निन्द्रा र सपना
ध्यान, जप, तप मै हुँ
म नै हुँ तपाईंको नग्नता छोप्ने बस्त्र Continue reading →
रातो कुर्सी, नीलो कुर्सी, पहेँलो कुर्सी, सेतो कुर्सी, कालो कुर्सी । भाइ कुर्सी, भतिजो कुर्सी, भाञ्जो कुर्सी, सालो कुर्सी, साली कुर्सी । नरम कुर्सी, कडा कुर्सी, सानो कुर्सी, ठूलो कुर्सी । अप्रत्याशित प्राप्त यही कुर्सीका प्रतापले कैयौं अदक्ष पनि अध्यक्ष भएका छन् । अथिति भएकाहरू अतिथि भएका छन् Continue reading →
धेरै दिनपछि आज बल्ल फुर्सद मिलेको छ । स्टेफिनको website प्लटाउँदैगर्दा यो मन र मष्तिक नेपाली साहित्य वाङ्गमयमा घनारुपले मडारीन थाल्छ । नेपाली साहित्यका सबै आन्दोलन, चिन्तन र वादहरूले मलाई छप्प छोप्छ । त्यसैले पुर्वीय र पाश्चात्य दर्शनको बारेमा सोचहरू पल्टाउँछु । ज्ञानप्रतिको प्रेम भन्ने सोचबाट अगाडी बढेको पश्चिमी र्दशन अध्यात्म शास्त्रसँग मात्र सीमित नभएर सत्यतथ्य खोज, Continue reading →
हलो…! हलो…! हलो……!!, मामा ! म बोलेको नेपालबाट…॥ !
शेखरको मनमा चिसो पस्यो । अमृतको स्वर स्वाभाविक थिएन । हतास र अत्यासपूर्ण थियो । नेपालमा दैनिकरुपमा भइरहेको हत्या, हिंसा, आतंक, लुटपाट, अपहरण आदिको खवरले शेखर जस्ता परदेशमा बस्ने धेरै नेपाली चैनले सुत्न सक्दैनन् जसका परिवार नेपालमा छन् । उसले यस्तै सम्झियो पक्कै केही दूर्घटना भो कि क्या हो ! Continue reading →
आज रवी सम्मानित हुने भएका छन। टोल सुधार समितीले दोसल्ला र कदर पत्र दिएर। सत्ताधारी बिसिस्ट मन्त्री दोसल्ला ओडाउन आउने भएका छन। स्तरिय खाना र बिबिध पेय पदार्थको ब्यबस्था गरिएको छ। तोकिएको समय बित्दै गर्दा निमन्त्रित पाहुनाहरु आउने क्रम भखर सुरु भएको छ। Continue reading →
सधै जसो म हिड्ने बाटो
आज मै सम्म हिडेर आइपुगेको छ
र सोध्दै छ – कहाँ लैजान्छौ भनेर
गोरेटै गोरेटो जिवनको
पतझड जङ्गल हुँदै
घिस्रिदै लछारिदै सपनाहरु हरायर आफ्नै सहरमा
मै सम्म आइपुगेर सोध्दैछ
मैले झुन्ड्याएर हिडे पछी
तिमी कसरी बाँच्यौ भनेर
प्रत्येक पलहरु जो मलाइ कुल्चदै हिडे
जस्ले पहाड जस्ता सुन्दर पर्खालहरु
मेरो भागमा कोसेली दिए
जहाँ म बाँच्नु थियो
जहाँ हिउँको एक विस्कुन चिसो माया थियो
जहाँ भिरालो उत्तिकै थियो
तल बग्ने कोशी मलाइ नै पर्खदै थियो Continue reading →
Gopi encountered cheese two years after he came down to Kathmandu.
Prakash Babu was returning from Switzerland. That land of miraculous clocks which always told the time in minute precision, not like the few minutes late, few minutes early time of Nepal. That twin land of mountains, that mirror image of peaks, but so much more Westernized, so much more modern, than Nepal’s own mythologically burdened ones. Everybody was sure the mountains of Switzerland must somehow be a little bit better, a little bit nicer, a little bit more civilized, than their own poor, benighted country’s. Continue reading →
कहिले
कसको कुरा ल्याउनुहुन्छ
कहिले कसको कुरा ल्याउनुहुन्छ
कहिले नर्सको कुरा ल्याउनुहुन्छ
कहिले भर्खरकि भुरा ल्याउनुहुन्छ
बा’ जहिल्यै कर गरिरहनुहुन्छ
मलाई बिहे गर भनिरहनुहुन्छ
मलाई भने
उमेर पुगेजस्तो नि लाग्दैन
आफ्नै खुट्टामा
उभिएजस्तो नि लाग्दैन
त्यसैले बा’
म अहिल्यै झमेलामा पर्दिन
म अहिले नै बिहे गर्दिन! Continue reading →
…..सायद पहिलो प्रेम थियो जिन्दगीको। ऊ त्यति हाँस्दैनथि,हाँस्दा राम्री नै लाग्थि। हरेक कुरामा जिद्धी गर्नुपर्ने अनि जितेरै छाड्नुपर्ने, मलाईजस्तै।
उसलाई न त फूटबलको चाख थियो न त राजनितीको। तर पनि मैले ब्राजिल भन्दा ऊ अर्जेण्टिना भनेर उफ्रिन्थि अनि मैले कांग्रेस भन्दा माओवादि बनिसक्थि।
‘तिम्रो ब्राजिल त तीन अक्षरको मेरो अर्जेण्टिना त चार अक्षरको!’,यस्तै तर्क हुन्थे उसका जित्नलाई। गोल, नतिजा आदिका कुनै औचित्य थिएनन्। Continue reading →
यो कथा कुनै एकादेशको हो जुन मैले धेरै पहिलेनै सुनेको थिए । तर यसले दिन खोजेको सन्देश भने हामीसबैको लागी अझैपनि ताजा नै छ । कुनै समय एकजना धेरै सफल ब्यापारी थिए । उनको ब्यापार समुन्द्रपारी थियो Continue reading →
निर्माण होस् कविता सहर, कविता अड्डा, कविता गोष्ठी
र कविहरूको फूलशय्याको बास
नाना वर्णका कविहरू आउँन्,
आउँन् नाना जातका र उमेरका कविहरू। Continue reading →
“पक्कै बाबाआमा आउनुभयो होला !” क्रिङ्….क्रिङ…गर्दै मूल ढोकाबाहिर राखेको घण्टीको आवाज सुनेपछि ईशानले सोच्यो । बाबाआमा केहीबेर बजार गर्न भनी जानुभएको र दाजु–दिदी बनभोजमा गएकाले ऊ घरमा एक्लै थियो । शनिवार छुट्टी दिउँसो घरमैं चित्रबनाएर र साँझपख साथीहरूसँग खेलेर बिताउने उसको योजना थियो । बाबाआमा नआउञ्जेल घर पनि कुर्ने जिम्मा पनि आज यसकै थियो । Continue reading →
पोहोर परार जस्तो लाग्छ
मेरो फरियाको टुप्पोमै संसार देख्ने
त्यों कलिलो बच्ची
ताराबाजी लै लै अनि
चीं मुसी चीं खेल्दा
मेरो हातमा
काउकुती लाग्ने
त्यों सुकोमल औंला
आज अति महत्वपूर्ण
सम्बन्धको औंठी लगाउन जाँदैछ रे! Continue reading →
यस पृथ्वीमा —
तिमीजस्ता धेरै मानिसहरू बस्दछन्
तिमी जे सोच्दछौ
त्यो तिनीहरू पनि सोच्न सक्दछन्
तिमी जे बोल्दछौ
त्यो तिनीहरू पनि बोल्न सक्दछन्
देख्दछन् तिमीले झैँ
उनीहरूले पनि सुन्दर सपना Continue reading →
‘दाइ! म पनि तपाईंजस्तै साहित्यकार बन्छु। दुःखी र स्वप्नजीवी मान्छेका कथा–कविता लेख्छु।’
मेरो सानो भाइ मसँग सधैँ यसै भनिरहन्थ्यो। कहिलेकाहीँ चिठी लेख्थ्यो। चिठीमा पनि यही कुरा दोहोर्याउँथ्यो। मेरा कविताहरू बढो चाख लिएर पढ्थ्यो। अनेक जिज्ञासा राख्थ्यो। र, आफू पनि कविता लेखेर मलाई देखाउँथ्यो। ऊ कक्षामा सधैँ प्रथम हुन्थ्यो। राजनीतिमा पनि थोरबहुत चासो राख्थ्यो। मेरो सानो भाइ सानै थियो तर उसका सपनाहरू ठूला थिए। ऊ मनमस्तिष्कभरि सपनाहरू Continue reading →
तिम्रो सम्झनाले सधैं पच्छ्याई रहने भए पनि धेरै दिन पछि मात्र आज पत्र लेख्दैछु । तिमीलाई थाहै छ, म चिट्ठी लैखनमा असाध्यै अल्छी छु । मलाइ यो पनि थाहा छ, आफन्त र आफ्नो माटोबाट टाढिएपछि चिट्ठीको प्रतीक्षामा ओच्छिने आँखा र मन अनि चिट्ठीभित्रका प्रत्येक अक्षरहरूले अनुभूति गराउने स्नेहिल स्पर्शको कति भावनात्मक अर्थ रहन्छ । यहाँ सबै आफन्तका बीचमा घेरिएर Continue reading →