~सुरेश रानाभाट~
माझीहरूले
माया गरे
गुलाफ जामुनका फूल हुन् भनेर
त्यही फूल जलकुम्भी भएर
छालसरि ताललाई नै ढाकिदियो ।
घँसिनीहरूले
जतन गरे
दूधिलाका फूल हुन् भनेर
त्यही फूल बनमारा भएर
सारा जङ्गलभरि फैलियो । Continue reading
~सुरेश रानाभाट~
माझीहरूले
माया गरे
गुलाफ जामुनका फूल हुन् भनेर
त्यही फूल जलकुम्भी भएर
छालसरि ताललाई नै ढाकिदियो ।
घँसिनीहरूले
जतन गरे
दूधिलाका फूल हुन् भनेर
त्यही फूल बनमारा भएर
सारा जङ्गलभरि फैलियो । Continue reading
त्यो दिन रंगिन
साँच्चै त्यो क्षण
जहाँ
तिमी अनि
म
प्लावित थियौ
एक अर्कामा
निर्भिकता र आशुतोश
थियो, Continue reading
तिमीले नागरिकता लियौ
बाबुको नाम, थर पायौ
तिमी नागरिक हुनसक्यौं ।
तिमीले फेरि नागरिकता लियौ
तर थर फेरिएर पायौ
नागरिकको दर्ज्यानी बढेर
कुनै बहादुरको बहादुर्नी
कुनै डाक्टरको डाक्टर्नी
कुनै पुलिसको पुलिस्नी
वाजसको बन्यौ
उसकै नामको लिङ्गी पायौ Continue reading
उ असाध्यै मिहेनती थियो । उ कक्षामा सधै राम्रो अंक ल्याएर उत्तिर्ण हुन्थ्यो । त्यसैले विद्यालय, गुरुवर्ग, गाँउघर, आफन्त सबैले उ प्रति धेरै आशा साँचेका थिए । उसले जब प्रवेशिका परीक्षा विशिष्ट श्रेणीका साथ उत्तिर्ण गर्यो गाँउमा सिँदुरे जात्रा नै भएको थियो । गुरुवर्गहरुले भने यो ठिटो यो विद्यालयको सम्पत्ति हो सान हो । धेरै बर्ष पहिले समयमा सदरमुकामको अस्पतालमा उपचारका लागी पुर्याउन नसक्दा अकाल मृत्युवरण Continue reading
मान्छे मान्छे मात्र हुन्छ सैतान हुँदैन र ?
इमान्दार लालसामा बैमान हुँदैन र ?
ईश्वरलाई शूलमाथि झुण्ड्याइन्छ यहाँ
जाली फटाहा पापीलाई सम्मान हुँदैन र ? Continue reading
उल्टो भइरहेछ उसको जीवनमा सधै, सबै कुरा ! छातीमा ढुङ्गा बज्रदा उसले त्यति पीडाको अनुभूत गरेन जति एउटा कोमल फूलको चोटबाट गर्यो । उसलाई कथा थाह छैन तर “हरेक मान्छेको विगतलाई विउँझाएर वर्तमानमा ल्याउँदा कथा बन्दो रहेछ” उ अहिले आफ्नै कथा आफैं भनिरहेछ – “फूलको चोटको कथा !”
उसले सेतो फूल मन पराउन छोडेको छ ! Continue reading
‘गमका खजाना तेरा भी है मेरा भी
ये नजराना तेरा भी है मेरा भी… ।’
– (जगजीत/लता)
जब-जब गजलका तिनै सेरहरू अति जतनसाथ आवाजमा पाउजु चलाउँछन्, म शून्यमा बस्न पुग्छु । अर्थात् यसदेखि बाहेक कतै छँदै छैन अर्को स्वर्गीय सतह ! शब्दको ढाढस कतिसम्म न्यानो हत्केला भएर शिरमा नरम मालिस बन्न सक्छ, यही गजलले मलाई प्रवचन दियो । यसको तालले आफ्नो बेताललाई कहाँसम्म प्लास्टर गर्छ भने, घाउको चिराचिरा स्वतः मखमलको स्वाभाविक जुनीमा फेरिइसक्छ । Continue reading
~सुदीप पाख्रिन~
घुयेंत्रो हाने भोनाथे हुस्सू जित्न नसक्ने
यो फुच्चे सूर्यलाई
अडेस लाइरहेको छानोबाट झिकेर
ब्रह्माण्डको ब्ल्याक होलतिर कतै।
बेला न कुबेला
काला बादलहरुमा तुर्लुङ्ग.. झुण्डिरहने Continue reading
करोडौँ बोट-वृक्षहरुको सेपमा
कहिल्यै तंगि्रन नसकेको
वनमाराले
झन्डै-झन्डै खाइसिध्याएको
म
एक थुँगा वनफूल
कसो-कसो बौरिएछु मूच्र्छाबाट ! Continue reading
~हरी भुसाल ‘स्याटलाइट’~
हरेक रातपछि जसरि एउटा सुनौलो बिहानि आउनेमा कुनै शंका गर्न सकिन्न त्यसरि नै एउटा डढेलोपछि हरियो दुबो पलाउने आशा गर्नु मुर्खता थियन,लामो रक्तरंजित अनि उराठलाग्दो दशकलामो युद्दबाट क्षतबिक्षत बनेको देश र डढेलो लागेको एउटा पहाडि डाँडामा कुनै फरक नहुनुपर्ने हो तर दुखको कुरा त्यो डाँडोमा हरियो दुबो त पलायो… तर हाम्रो देशले काँचुलि फेरेन !हरियो दुबो कहिले पलायन यो देशमा !! अहिले केहि हरियालिको अँश देखिन थालेको छ ! Continue reading
~हरिप्रसाद भण्डारी~
उसको प्रमुख पेशा चोरी थियो । चोरीको काम दिन, रात, साँझ, बिहान जतिखेर पनि हुन्थ्यो तर पनि उसले रातिको समयलाई नै अनुकुल ठान्थ्यो । अरु समयमा सम्भाव्यता अध्ययन गर्थ्यो । अनुकूल स्थान भेटेपछि राति गएर झ्याप पार्थ्यो । चोरीको काम सामूहिक वा साँमूहिक रुपमा पनि हुन्थ्यो । तर त्यो काम अलि झण्झटिलो हुने, पछि बाँडफाँड गर्दा विवाद हुने हुँदा व्यक्तिगत रुपमै व्यवसाय चलाउन रुची राख्थ्यो । Continue reading
~गणेश खड्का~
तिमी पुग्यौ धेरै टाढा हिंड्नेलाई बाटो रै’छ
छोडि गयौ सबै आफ्ना बस्नेलाई माटो रै’छ ।
~~~~~~~~~~~~~~~~~~~~~~
तिम्रो भाग्य तिम्रो कर्म शिखरमा चढ्नु पर्ने
सूनको दैलो खुलेपछी भित्र अघी बढ्नु पर्ने
तिमीसँग नजिक हुनु जून छुनुको साटो रै’छ Continue reading
~प्रशान्त खरेल~
सर्सराउँदो हावाको झोक्का
एकैपटक सोहोरिएर कसिंगर बढार्न खोज्दैछ
भित्र बसेर महलको ढोकामा
छेस्किनि लगाउन खोज्दैछ
समयको त्रासदीमा बाँचेको अजिङ्गर
ए मानवहरू हो जुरूक्क उठ अब
यस पटक पनि समय संत्रस्त छ
समयको बन्धकि राख्नेहरू देखि साबधान । Continue reading
सम्झनाका धेरै धेरै
पलहरू जोडिएर
एउटा नदी बगीदिन्छ हृदयमा
एकै छिन छाडेर जिन्दगीको सबै हिसाबहरू
म बेगले उर्लिदिन्छु
बेहिसाब
तिम्रो मनको डोबै डोब
भन म के जवाफ दिउँ ?
घुम्ती मोडहरुमा भेटीनेहरूलाई
सोध्लान ?
यो आधा जिवन लिएर
तिमी हिड्ने बाटो कहाँसम्म पुग्ला ? Continue reading
सिर्कना नलाएसम्म
भारी नबोकाएसम्म
गधा मैमत्ता लाग्छ
थाहा छैन हो लागेको कि भएको
स्वर सुन्यौ ?
हो है !
उसका आवाज
न सुर नत ताल
प्रिय धोबी,
श्रम लिन्छौ भने
सिर्कना लाउ Continue reading
~पुष्प आचार्य~
चीसो
टलक्क कालो
सलल्ल
अए,
यो जिरिङ्ग रात !
छेवैबाट झस्काइदिन्छ
फिसिक्क जम्काभेटमा मुस्काए झैं
के ओठ तन्काओस् थरर्र हल्लिएको मुटु Continue reading
The latecomers went straight for the kill, those whose appetites had been whetted by a few rounds of servings competed; in the semi-dark it was a strain to reckon faces. Newcomers and veterans mingled. The apartment complex had the lull of a Friday evening. Cigarette smoke wafted in the air at a lazy pace trying to keep pace with the rapid-fire conversation. Beer was being passed around, one opener-swish after another. There was a steady flow of gaunt faces and pot bellies and slim shadies from the kitchen to the living Continue reading
तिमी पनि त्यै पुरानो सुकुटीमा रमायौ कि
झण्डै-झण्डै रित्तिएको ढुकुटीमा रमायौ कि
काँधै हाली उठाउने लाखौं जनता बिर्सिएर
डोली बोक्ने दुइ डोलेको झ्याइँकुटीमा रमायौ कि Continue reading
(१)
कागज सरी हुँदो रैछ मानिसको भाग्य।
झुपडी झै चुँदो रैछ मानिसको भाग्य।
आफ्नो भन्ने मान्छे हजुर पराइ भएपछि,
कुना पसी रुँदो रैछ मानिसको भाग्य। Continue reading
“आजको ताजा खबर….पढ्नोस् आजको ताजा खबर” राजन एकहातम अखबारको ठेली बेकेर अर्को हातले अखबार हल्लाउँदै करायो । कहिले ऊ अखबर पढ्नुहोस् भन्दै ग्राहक तान्न खोज्थ्यो, कहिले कुनै समाचारको घतलाग्दो शीर्षक पढेर सुनाउँथ्यो ।
राजन गरिब बाबुको छोरो थियो । गाउँको घरबारी पैरोले लगेपछि गाउँमा ओत लाग्ने ठाउँ पनि रहेन । त्यसैले स्वास्नी–छोरा लिएर राजनका बाबु आठ वर्ष अघि सहर पसेका थिए । त्यतिबेला राजन दुइ वर्षर्को मात्र थियो रे । Continue reading
“विचार त समुद्र हो, यसमा कति खहरे मिसिन्छन, कति छिटाहरु उछिट्टिन्छ्न्, कति फोहरमैला थेग्रिन्छन अनि कतिलाई छालले पाखा लगाई दिन्छ ! कुनै पनि दासतालाई स्वीकार नगरी सफा पानी जस्तै पारदर्शी विचार र चिन्तन जनताबाट कहिले पनि टाढा हुँदैन तर वेग भने परिस्थिती अनुसार घटीबढ हुन सक्छ ! सामुहिक लक्ष्य प्राप्तिका लागि छाती जोगाएर भाग्नुभन्दा एक्लै भएपनि सत्य र सदबिचार बोलीरहनु सहीद बाँच्नु जस्तै बाँच्नु हो !” Continue reading
Before turning innocent smiles into voices
Greenery looks yellowish today
Where life starts mutability
The echoes from dense Vrindha vana
Reverberates from caves to caves,
Eden to Eden, and times to times
With reconcile provocation
Of happiness and gloominess
At the bunk beds of hands-to-mouths
Where the winglet of wasps and bed bugs
Uninterruptedly reveals untold stories Continue reading
कुन चक्कर चलायौ प्रभु,
कुन भुमरीमा नचायौ ।
जग ताथै ताथैमा प्रभु तिम्रो,
ताथै ताथैमा नाची रमायौं ।।
कोही दुःखी छन् यहाँ अपहेलित,
कोही सुखी यहाँ छन् विभूषित ।
हिँड्छन् दुःखमा दुःखी भएर,
कोही सुखमा सुखी भएर ।। Continue reading
“काठमाणडौ शहर । गिद्धै गिद्धको शहर” । यस्तै संवाद संग सकिन्छ लुट फिलिम । हुलको पछाडि पछाडि लागेर म पनि निस्किन्छु सिभिल मलको हल बाट बाहिर । मन मनै लाग्यो फिलिम दामी हो । राम्रै समय कटायो । तर अब जाने कहाँ ?
बिना गन्तब्य मेरो पाइला सुन्धार तिर बढ्छ । धरहराको ढोकामै चुरोट , सुर्ति , गुड्खा , छुर्पि बेच्न राखेको सुपे व्यापारीकोमा एक प्याकेट खुकुरी चुरोट किन्छु Continue reading
अंश लैजानु,
दुम्सीले माडेको फापरबारी
बाँदर लागेको मकैबारी
पछ्यौरीले छोपेको
सोलीको कोदाको बीउ
आँगनको कुखुराको खोर
बुन्दाबुन्दै छोडेको डोको
एकमुठी सुकेका चोया
खेतमाथि बगेको बाढी
घरपर्तिरको खहरे
रित्ता किला-दाम्ला Continue reading
मैले भनें –
दिन दहाडै गोली चल्छ हाम्रो नेपालमा
जीउदो शरिरमा आगो बल्छ हाम्रो नेपालमा ।
नहुदा कुनै नियम कानुन अपराध छेक्ने Continue reading
~पाब्लो नेरुदा~
अनुवाद : मल्लिका शाक्य
स्वास्नीमान्छेको शरीर – सेता हिमाल, गोरा तिघ्राहरु
हातखुट्टा छाडी लम्पसार परेको धर्तीजस्तो देखिन्छ्यौ तिमी
मेरो खस्रो ज्यापू शरीर खोस्रन्छ तिमीलाई,
धर्तीको गर्भबाट छोरो फाल हाल्ने गरी ।
म सुरुङ्गजस्तै एक्लो थिएँ, चराहरु तितरवितर हुन्थे मबाट Continue reading
प्रेमीहरु
सिर्फ सम्मोहीत पुतलीहरु हुन्
जो प्रत्येक रात
आफ्नै सपनाहरुको मलामी जान्छन्
र प्रेमास्थाको उज्यालो बत्ती वरीपरी
मृत्युको तयारी गरिरहन्छन्
बारम्बार
आगोको समुन्द्र माथी पौडीरहन्छन्
दु:खाईका चरम आनन्दहरु लिन्छन्
सपनासगै डढ्छन्
र अन्तत :मृत्युवरण गर्छन ! Continue reading
आज ग्यामजो धेरै खुसी छ । मनमा निकै चन्चलता लिएर फर्याकफुरुक गरिरहेछ । स्वास्नीसँग दुई–चार पटक ठट्टा पनि गरिसक्यो । छोराछोरीलाई प्यारो गरी बोलाउँदै छ । उसको भनी जिम्मा लागेको सानो छोरो नुर्पालाई विशेष प्यारो गरी खेलाइरहेछ । स्वास्नीले पनि उसलाई आज अर्थपूर्ण मुस्कान भरिएको अनुहार लिएर लोभिएको आँखाले बराबर हेरिरहेकी थिई । उसको हेराइले ग्यामजोेको स्वाभिमानलाई धेरै नै भरोसा मिलेको थियो । Continue reading
1)चिस्सो हावा,छाया मा,पिपलुको बोटले
झिम्क्याउदै,परेली,लजालु त्यो,ओठले।
हेरिनौ,
मोहनि ले,अझै बेरिनौ।
2)छाती भरी,तस्बिर,सजाएर,राखेको Continue reading
मान्छे उत्तरार्द्द खोज्न निस्कदा
हिमशिखर कालो मुख लाउदैछ
हरियो ड़ाडा फुस्रो हुदैछ
नदीहरु यात्रा छोट्याउदै छन्
उत्तरी दक्षिणी गोलार्द रुदैछ्न
तर मान्छे घपक्क अहमताले गाँज्दा
एटम बमको चुरी फुरी लाउछ
र निर्दोष आत्माहरु माथि गोलि बर्षाउँछ Continue reading