~मदन मुस्कान खत्री~
के गन्थी अब बिबाहित भएपछि
नांगिएर बजारमा चर्चित भएपछि
इज्जत त देखिने मलाइ के देख्ती,
बिचरी योबनमा समर्पित भएपछि!
अब सम्झि रुनुको अर्थ के भयो र,
तिम्रो मेरो पिरती अतीत भएपछि!!
हो सबैले आज हेप्न थालेका छ्न,
तिम्रो मायामा म पीडित भएपछि!!
मदन मुस्कान खत्री
दाङ नेपाल
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )
