रात भरी लाम्खुट्टेले झ्याउरे गीत गाए,
फाकाई फाकाई खुशी साथ मेरै खून खाए !
कहिल्यै सुख नपाउने पाटिको भो बास,
गरीबको दिन यस्तै हो नि,के गर्नु खै आस !
देश नयाँ युग तिर गती लियो अरे,
भ्याए सम्म नेताले आफ्नै भुँडी भरे !
चिल्ला गाडी चढि चढि गर्छन् कुरा थरी,
कुनै दिन पालो आउला हेरौला नि फेरी !!!!
रतन चन्द
बाँके, नेपाल।
(स्रोत : Ratan Chand’s Blog)

