भनेकै हुँ ऐस आराम सुनको घर छैन
जीर्ण-जीर्ण छ यो झुपडीको कुनै भर छैन
घरीघरी किन ताक्छौ धारे हातले मलाई
छर छिमेक आफन्तको रत्तिभर डर छैन Continue reading
भनेकै हुँ ऐस आराम सुनको घर छैन
जीर्ण-जीर्ण छ यो झुपडीको कुनै भर छैन
घरीघरी किन ताक्छौ धारे हातले मलाई
छर छिमेक आफन्तको रत्तिभर डर छैन Continue reading
He asked if I wanted coffee or tea, and I did not want either, so he started to talk about the weather, then he brought up some news. I was not particularly interested. I was into news myself, but I had heard him analyze them before, like the first day we met and he had offered to show me how the icecream machine worked, and Continue reading
~खलील गिब्रान~
अनु : डा. दीपक कुमार खड्का
एक जना सज्जन मानिसको बगैंचामा थुप्रै दाडिमका रुखहरू थिए । हरेक वर्ष दाडिमको याममा उनी आफ्नो घर अगाडि एउटा किस्तीमा दाडिम राख्थे र त्यसमाथि एउटा पर्चा पनि राखिदिन्थे जसमा लेखिएको हुन्थ्यो, “यी फलहरू सित्तैमा दिनको लागि राखिएका हुन्, एक एक वटा लिएर जानुभए हुन्छ ।” Continue reading
बुवा बितेको भर्खर एक बर्षको बर्खी सकेको एक महिना जति भएको थियो होला। एक दिन आमाले मलाई र दाईलाई बोलाएर आचम्मको कुरा गर्नु भयो । आमाले दाईसंग “अब म पनि धेरै बाच्दिन होला त्यसैले बिनोद तैंले बिहे गर् । मलाई नाति अथवा नातिनीको अनुवार हेरेर मर्न मन छ “ भन्दा म र दाई एक अर्काको अनुवार हेरेको हेरै भएका थियौं । Continue reading
सर्वत्र सँऽ भगाय ल,
मधेश मे आइब नुकाय ल,
तबो जे छिन लेल क,
ओ शान्ति छि ॥
जनह तन युद्ध-एनह गोहारि,
गर्दमगोल भ पडय मारि,
अन्तमे छाती मे समालि, बाकी रहल, Continue reading
अभावको भोको भन्दा
रहरको भोको छ आधुनिकता,
अवस्थाको विवशता भन्दा
आधुनिकतासँग विवश छ अवस्था !
मौलिकता विहीन आधुनितकताभित्र
मौलाइहरेछ नूतन सभ्यता
मान्छेभित्र कुमान्छे जस्तै Continue reading
~सुबोध कोइराला~
मन बोझिलो र एकभारी भएको थियो । धेरै दिनदेखि उनलाई भेट्ने चाहना तिव्रत्तर हुदैथियो । तर म निरुपाय मौन थिएँ । कसरी भेटौँ उनलाई प्रश्न यहि थियो मनमा र पीडा पनि । सम्झना… बिर्सना…. तिर्सना….यस्तै यस्तै केके… केके… । चाहेर पनि भेट्न र देख्न पाएको थिइनँ मैले उनलाई । Continue reading
~सुजता ढुंगेल~
शिरैमा आमाको आशिष
आँखैमा प्रिया को झलक
कर्तब्य मोहित एक सिपाही
फर्की आउने बाचा राखी
सर्दै अघि युद्ध भूमीमा
खेल्दै, छेल्दै बारुदे धुंवा
आत्मास्वाभिमान राख्दा राख्दै
ढलिगए रे बङ्लंग त्यतै Continue reading
के भनेर चिन्छौ मलाइ मेरो कुनै नाउँ छैन
घुमन्ते भै बित्यो जीवन बास बस्ने ठाउँ छैन ।
न त छोड्न सके छाप न त कुनै इस्ट मित्र
बेवारिसे भा’छु आज उपमा त्यो गाउँ छैन । Continue reading
पुरानो त्यो बेथा फेरि बल्झायो र दुखेँ
शकुनीको चाल उसले रचायो र दुखेँ ||
चोट के हो बुझेको थें व्यथा झनै भोगें
आँखा बाट नदि बग्यो सम्हालेर रोकें
आजै ठुलो बिपत्तिले झुक्कायो र दुखें Continue reading
देवका देव महादेव,
अन्तरयामी त्रिभुवन स्वामी,
देवका देव महादेव ।।।
कालकूट विष लिई गलामा,
डमरु त्रिशूल लिई दुई हातमा,
नील शङ्कर रुप भयङ्कर ।
देवका देव महादेव ।।। Continue reading
~तीर्थबहादुर श्रेष्ठ~
बिहानीको चार वा पाँच बजेतिर ओछ्यानबाट बोलाउनुहुन्छ, ‘ए बाबु, मलाई उठाइदेऊ…।’ त्यसपछि ओछ्यानसँगै मेचमा जोडिएको कमोढ र कोपराको प्रयोग हुन्छ।
धोइपखाली गरेपछि सोध्नुहुन्छ, ‘मलाई के ख्वाउने?’ कम्प्लान बट्टाको धुलो दूधमा थर्मसको तातोपानी हालेर अगाडि राखिदिन्छु। साथमा ३/४ वटा ग्लुकोज बिस्कुट र एउटा नुनिलो बिस्कुट पनि। एउटा बिस्कुट हातमा उठाएर सोध्नुहुन्छ, ‘बाबु तिमीले खायौ त?’
एक सय एक वर्षमा हिँडिरहनुभएकी आमाले म ७७ वर्षको छोरालाई यसरी सोध्दा ममा फेरि सात वर्षको बालकझैं आमाकै काखमा लुटपुटु गरौं कि भन्ने भावको रक्तसञ्चार हुन्छ। मायाको त्यही डोरी समाएर मातृस्नेह, लालनपालनका कुरा गर्ने जमर्कोमा छु।
…
बाहिर बगैंचामा भँगेराका बचेरा च्याँच्याँ मुख बाएर पूरै शरीर फरफर नचाउँदै आमासँग आहारा माग्दैछन् Continue reading
~दलबहादुर बस्नेत~
मान्नेज्यू पालिसदार भाषण् छाँट्नु हुन्छ
मञ्च पाए थोत्रा आश्वासन बाँट्नु हुन्छ।
महामहिमहरूका घर दैला चाहारेर
टोल–टोलमा पुगी जनता भाँड्नु हुन्छ।
Continue reading
~भीमसेन सापकोटा~
डाँफे रोयो , गुराँस रोयो , रोई राछ , हिमाल।
पाइला तिमीले, मेटी हिँड्दा दुःखिरा छ नेपाल । ।
बाटाहरू पैताला लाई, आँगन फर्काइ देउन ।
देउराली र चौतारीको , दुःख सुनाइ देउन ।। Continue reading
आज पनि दुई भाइ लडदैछन् अरे
दिन दिनै शत्रुहरू बडदैछन् अरे।।
जति सुझाव दिएपनि केही लागेन
संविधान लेख्न नेता हड्दैछन् अरे।। Continue reading
हरेक दिन मेरो छाँया
यो घर भित्र पस्छ र बाहिरिन्छ
सधै जसो मेरो फोटो हेर्छिन् आमा
सुकसुकाउदै रून्छिन्
एकछिन् टोलाउँछिन्
अनि कसैले नदेख्ने गरी
सारीको सप्कोले आँशु पुस्छिन्
बा मैले रोपेको क्याकटसमा
सधैजसो पानी हाल्छन्
थाहा छ
जो कहिल्यै फुल्दैन
जिवनको रङ्गहरू लिएर Continue reading
१३ अप्रील, १९८९
४००३ मिटर अग्लो चुचुरोमा हिजो छोडी अस्ति हामीहरुले आफ्नो बेसक्याम्पखडा गरेका थियौँ । चालीस जवान भरियाहरु १ जना सम्पर्क अधिकृत र ५ जना हामी पर्वतारोही पर्यटक गरी जम्मा छयालिस पुरुष जवान भएको हाम्रो टोली पाँच दिनअघि मात्र मालसामान सहित गौरीशंकर हिमाल अरोहणको लागि वेदिङ्ग भन्ने सेर्पा गाउँबाट प्रस्थान गरेथ्यो । Continue reading
यसपाली त तिमी आउंदा प्रेम र मायाका
लहरहरु लिएर आऊ
सुरीला मीठा धुनहरु सुसेल्दै
सबैको अनुहारमा हांसो र खुशि लिएर आऊ
पर्दैन भो अरु कोसेली
तिमी स्वस्थ्य भएर आऊ
नयां वर्ष तिमी शान्ति लिएर आऊ। Continue reading
तिमी गएदेखि
आमा बिरामी परेकि छन्
तिमीलाई नै सम्झदै
सहस्रधारा आँशु बगाइरहेकी छन्
तिमी गएदेखि
आमा विरामी परेकी छन्।
गाउमा हजुरबुबा बित्नुहुदा
लास उठाउने कोही भएनन् रे Continue reading
दुइ वर्ष अगाडि खोलिएको गजब बहादुरको ‘तगडा पोल्ट्री फर्म’ले स्थापित भएर अलिकति नाफा के कमाउन थालेथ्यो यो बर्डफ्लुको हल्ला आइपुगि हाल्यो । हुन त उसको क्षेत्रमा रोगका लक्षण देखा परेका छैनन् । तैपनि त्यहाँ कुखुराको मासु किन्ने ग्राहकहरु स्वात्तै घटेका छन् । उसले आफ्नो पोल्ट्री फर्मका कुखुराको मासुको वकालतमा धेरैलाई धेरै ठाउँमा र धेरै पटक पनि भनिसक्यो तर मान्छेका मनबाट बर्डफ्लुको त्रास अझै हट्न नसकेकोले उसले देशको एकजना लोकप्रिय अभिनेतालाई त्यही कामको लागि मोटो पारिश्रमिकमा अनुबन्ध गर्यो । Continue reading
निर्मम भएपनि प्यारा छन् यादहरु
उहि सपना गुमाएर
उहि विपना भुलाएर
फोका न हुन पानीका फुटे के भो ?
झोक्का न हुन हावाका झुके के भो ?
सम्झनलाई न पानी चाहिन्छ
न हावानै चाहिन्छ
फगत मुटु हुनुपर्छ प्यार मिसिएको
आँस्था हुनुपर्छ भावना गासिएको
हे हिमालका गित खोज्नेहरु
जीवनको गीत गाँउने होकी ? Continue reading
~कृष्ण दुवाडी~
ए आमा
प्रकृतीले नेपाल र नेपालीको कुभलो ?
यो के सुन्दैछु म ।
यो हुनै सक्दैन ।
आत्मा परमात्मा र प्रकृति सबै निर्दोश छन ।
परिवर्तन संसारको नियम हो ।
भईरहन्छ ।
बगेन भने लेउ लाग्छ ।
चलेन भने रोग लाग्छ ।
यति बेला शोक हटाउनु छ
दिमाग चलाएर रोएर हुदैन ।
भुई चलेको छ यतिखेर
जगतको भलो गर्नु छ उसलाई
जमिनलाई स्वास्थ्य बनाउनु छ । Continue reading
घाइते अचेल जिन्दगानी भएको छ
रगत खोलाको पानी भएको छ।
हिंसामा कठोर ढुङ्गा भएपछि मुटु
पीडा सहने अनौठो बानी भएको छ। Continue reading
धोकाको आँसु दियौ पिएर जान्छौ कि त ?
च्यातेका थियौ मन सिएर जान्छौ कि त ?
विगत तिर फर्काइ नआउने याद गरि
लिएका थियौ जे–जे दिएर जान्छौ कि त?
याद भन्दा गाढा भयो सम्बन्धको नाल आज Continue reading
माघको कठ्यांग्रिने जाडोको रात छिपिदै जादा घण्टाघरले १० बजेको सूचना दियो । स्वास्नी धन्दा सकेर सुत्ने बेला भैसक्दा पनि अलंग टलङ्ग गर्दै छे आज । लोग्ने अगीदेखि ओच्छ्यानमा उस्लाई पर्खिरहेको थियो । “कति बेर लगाकी छिटो आइज ।” लोग्ने ओछ्यानबाटै आवाज दिन्छ ।
“जे पर्ला पर्ला आज दिदै दिदिन” चौवन्दिको तुना ३ गाठो पार्छे । यत्रो लामो समय म कसरी उस्लाई झेलीरहन सकिरहेकी छु ? आफ्ना इच्छा चाहनाहरु समाजले जबर्जस्ति ओडाईदिएको लाजको पच्छेउरीले दिनमा र रातमा सिरकले छोप्दा छोप्दा निसास्सिएकी छु । Continue reading
डुवाएँ जिन्दगी केवल गजलमा
रुवाएँ जिन्दगी केवल गजलमा
छुटे साथी टुटे यात्रा नरोकिएरै मैले
गुडाएँ जिन्दगी केवल गजलमा Continue reading
मंसिरमा पञ्चेबाचा बजाउने पालो तिम्रै हो
डोलीभित्र घुम्टो ओढी लजाउने पालो तिम्रै हो ।
तिमीलाईं पुग्ने माया मैले पनि दिएकै हुँ,
अर्कैको माया पाएर अघाउने पालो तिम्रै हो । Continue reading
यहिनेर भयो उनी सँग मेरो भेट । राहत साम्रगी थाप्नेहरुको लाइनमा । लाईनमा बच्चा देखि बुढा सम्म सबै उमेरका मान्छे भए पनि आईमाई केटाकेटीको संख्या बढी थियो । प्रायः केटाकेटी नाङ्गा–भुतुङ्गा देखिन्थे । आईमाईहरु पातलो एकसरो म्याक्सीमा लामबद्ध थिए । उमेर पुगि सकेका धेरैले काखमा बच्चा च्यापे पनि तीस बर्ष जति कि उनी, मात्रै एक्ली थिईन् ।
हामी पनि चार जना थियौं । रेडक्रस काठमाडौंले बर्दिया राजापूर क्षेत्रको बाढी पिडित उद्धार कार्यकालागि पठाएको थियो हामीलाई, केहि राहत सामग्रीका साथमा । जताततै जलमग्न, ओभानो ठाउँ भनेकै त्यहि एउटा विद्यालय परिसर मात्र । जहाँ राजपूर आसपास क्षेत्रका बाढी पिडितहरुको उद्धार गरी राखिएको थियो । त्यहि छोडेर गएको थियो हामीलाई हेलिकप्टरले, केहि समय अघि मात्रै । Continue reading
म हिडेको बाटो तिमी हिन्न नपरोस
आफ्नै देशको माटो नि किन्न नपरोस
आफ्नै पौरखले लाउन खान पुगोस सधैं
आफू अघाउँन अरूको भाग छिन्न नपरोस
म रोएको कुरा नसुनाउ कसैलाई Continue reading
उ
कुनै विन्दुबाट जन्मिएर
फैलिंदै
मूलबाटो , दोबाटो , गोरेटो
घोडेटो , चौबाटो बन्यो रे
यूग छोएर
उसका छात्ती चिराचिरा पारिए रे !
पटक – पटक …………………………………।
पदयात्रीहरूका जुत्ता-चप्पलका डोब
युगौं छातीमा
दसी टाँसेको छरे उसले । Continue reading
संगीतको धुन
सुरिलो भजन
कलाको दुरुपयोग ।
क्रान्तिकारी नारा
अस्पष्त भिजन
अराजक प्रब्रिती ।
मिठो कबिता
चाप्लुसी गुणगान
शब्दको अनादर । Continue reading