धोकाको आँसु दियौ पिएर जान्छौ कि त ?
च्यातेका थियौ मन सिएर जान्छौ कि त ?
विगत तिर फर्काइ नआउने याद गरि
लिएका थियौ जे–जे दिएर जान्छौ कि त?
याद भन्दा गाढा भयो सम्बन्धको नाल आज
आफै भित्र पस्यो कि त समयको छाल आज
थिग्य्राएर मश्तिष्कले माया मात्र तैरिएको
आफ्नो मन आफैभित्र उड्ने भयो हाल आज
–सुप्रभात साहित्य समूह
February 9, 2010
(स्रोत : Rumanee Masik Patrika )


Pingback: Hhhgfv | harithapa
Pingback: Muktak | harithapa