गरिब भएपनी, भिख माग्न परेको छैन
एकदिन कमाउछु, म अझै मरेको छैन
थाहा छ मलाई, तिमी महलमा बस्छौ,
म पनी त, सडकमा बास गरेको छैन
टालेको लगाउछु, सिस्नो खोले खान्छु ,
तर मान्छेहरुको,नजरबाट झरेको छैन
पसिनाले कमाईले, सधै सन्तुष्टी दियो,
जता सुख छ, म उतै उतै सरेको छैन
मान्छे हो, कही कतै काम लाग्छ भनेर,
दुष्मनलाईपनी,कर्के आँखा तरेको छैन
अर्घाखाँची
(स्रोत : Nepalisahityaghar.com)

