गजल : रगतै पानी भएपछि

~विजय सुब्बा~

के गर्नु मेरो रगतै पानी भएपछि
सधैं नै तलुवा चाट्ने बानी भएपछि

कहिले दिन फिर्छ हँ यी कालीहरूको
महिला भन्ने नै हठात् रानी भएपछि Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : र त प्रेममा पागल छु म

~कुमार श्रेष्ठ~Kumar Shrestha Yatri

मेरा दुख सबै हर्छौ र त प्रेममा पागल छु म
तिमी धेरै माया गर्छौ र त प्रेममा पागल छु म

पुर्ण रुपमा आफै लाइ रित्यायर केहि नराखी
मेरो मन मुटु भर्छौ र त प्रेममा पागल छु म Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : निरन्तर बग्ने ईन्द्रावती

~राज थापा~Raj Thapa

~~~~~~~~~~~~~~~~~~~
निरन्तर बग्ने ईन्द्रावती
~~~~~~~~~~~~~~~~~~~

साउन ,भदौको झरीले
पोखाएका भेल बोकेर
उर्लि आएकी ईन्द्रावती
दिदी सुनकोशी कुर्दै छिन
दोलाल घाटमा किनारमा
माझी जिस्कदैछ उनी सँग
खुम्मारीको ओरालोमा शङ्ख बज्दा
माइलो नेवार दाउरा तयार गर्छ
बेलडाँडा चडी पौवा ,सापिङ तिर हेर्छ
मूर्दाका ग्राहक बड्दै छनकी भनी
चितामा जलेका लाशका खरानी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लोक गीत : सोध्यो भने

~डी.बी.चौहान~

सोध्यो भने सञ्चै छ भन्दिनु
तेह्रथुमे साईली र माईलीलाई ।

टुुँडीखेलको खुकुरी त बजार ढाका टोपी
साईली माइली नाच्थे गाउँथे भाका छोपी छोपी
तीज जुरेको डाँडै डाँडा लाली गुराँस फुल्ने
तेह्रथुमे ढाका टोपी शीरैमाथि खुल्ने । Continue reading →

Posted in लोक गीत | Tagged | Leave a comment

कविता : एउटा भयानक सपना

~गोपीकृष्ण प्रसाई~Gopikrishna Prasai

कालरात्रीको त्यो शृंखला
एउटा आतेस अनि घात बनेर आयो
डर अनि मनको अस्थिर पन
मुटु दुखिरहेथ्यो
जिजीविषा झुकिरहेथ्यो
सर्पले खेदिरहेछ
डस्ने मनसाय बोकेर
फंडा फुलाउदै
नजर चारै तिर डुलाउँदै
मलाईनै लक्ष्य गरेर अघि बढिरहेछ सर्प Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्द र चेतावनी

~इश्वर मानन्धर~

गणतन्त्र नेपालको पहिलो उपलब्धि
बान्द र चेतावनी तिमी अति महान छौ
प्रस्तावित नयाँ नेपाल आगमनको बेला
नियमित झैं तिमी देखा परेका हुन्छौं

जन चाहाना र अधिकार भन्दै चुनौंति दिन्छौ
सजिलै पूरा गराउँन पनि सक्षम हुन्छौ
कति वाध्यता छ जादु छ यो बन्द शब्दमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : खुङ्खार भाले

~उपेन्द्र सुब्बा~Upendra Subba_1

बिर्खे कामबाट लखतरान भएर घर फक्र्याे ।

घर पुगेर पिरामा चाक बिसाउन नपाउँदै कुनामा सुँकसुँक गर्दै बसेको माखक्केलाई देख्यो । उसले स्वास्नीलाई पुलुक्क हेर्दै सोध्यो, ‘के भो त्यसलाई ?’

‘मासु खान्छ रे ! तेस्किमालाई छेपारी ताछेर पकाइदिऊँजस्तो । असती !’ माखक्केकी आमाले चुलामा अगुल्टो जोडले ठोस्दै भनिन् । उनले थपिन्, ‘सिकारीकोमा मासु पकाउँदै रैछ । सिकारीको सँघार रुँगिबसेका रैछन् । काँ मरे भनेको त असत्तीहरू । घाँटी सुकिन्जेल कराइमाग्छ । होइ पनि पो भन्दैन त । खानु नपाएर मरेकोहरू !’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मधेससँग नजिस्क

~केवल किरण~Kewal P Bhandari

मधेससँग नजिस्क
ओ मेरा देशका मान्छेहरू

मधेसलाई संधै छिमेक नभन
ओ जागिरका हाकिमहरू
मधेसलाई संधै पराई नठान
ओ सदरका नीति नेताहरू

नहेर भूगोलका भेदहरू
मानचित्रमा अन्यत्र पनि
थुप्रै पहाड मधेस छन्
कोरेर विभाजन रेखाहरू रङ्गहरुका
आफू बेरङ्गी नबन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : म उभेको धर्ती

~केशर थुलुङ~Keshar Thulung

म उभेको धर्ती आफ्नै ठान्छु, आफ्नै भन्छु
र दुनियाँ छाडेर उनैसङ्ग गहिरो प्रेम गर्छु

गहिरो निद्राले छोपोस म यसैमाथि सुत्छु
नमिठो सपनाले बिउझाइदेला यही माथि हुन्छु
मेरो सास उनी, मेरो आसा उनी Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : भानूदय प्रती

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

होऊ दुर्दिनका अतिक्रमणमा उत्पन्न भानूदय
धोऊ कल्मष द्वन्द्वता, दुरुहता, दुर्भावना संशय

छोऊ निर्मलता प्रदान गर्दै साहित्यका प्राणमा
भत्केको युग भारले हृदयको प्रासाद निर्माणमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : खेमा

~नवीन लामा `सुरेश`~Nabin Lama 'Suresh'

छरपष्ट आशाका किरणहरु
सौन्दर्य बनेको क्याक्टस
त्यो मरुभुमिको हेर्दै लोभ लाग्दो
हावाको बेग सँग छचल्किएको त्यो मरुभुमीय मोती
रेतहरु!

आहा! जिउनुको मजा यहाँ जस्तो कहाँ होला ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

तिब्वत दर्लामीका ७ मुक्तकहरु

~तिब्वत दर्लामी~Tibbat Darlami

१
कसैलाई जूनको पीर छ याहाँ
कसैलाई नुनको पीर छ याहाँ
उस्ले चै लगनगाँठो कस्ने रे यस्पाली
विचरालाई सुनको पीर छ याहाँ ।

२
तिमी पराई बनेको हेर्न सकुँला र ?
त्यतिबेला मैले श्वास फेर्न सकुँला र ?
नरोउ भन्दै साथीभाई सम्झाउन आउलान्
तर मेरो दुखी मनले टेर्न सकुँला र ? Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कथा : दुःखी आत्माराम

~सीता अर्याल~Sita Aryal

“बाबु, आज त जनसागर नै उर्लिन्छ रे, दमन पनि अचाक्ली हुन्छ रे, तिमी आन्दोलनमा नजाऊ” । भातको गाँस हाल्दै सँगै खान बसेको छोरोलाई आत्माराम सम्झाउँदै थिए । छोरो अलि एकोहोरो स्वभावको, आफूलाई लागेपछि गरिछाड्ने खालको तर पढ्नलाई अत्यन्त मेधावी थियो । स्कुल सकेर कलेज पढिसक्न लाग्दासम्म पनि पढाइको लागि पैसा खर्च गर्नु परेको थिएन । आफ्नो प्यारो पुत्रको प्रतिभाले बूढालाई बाँच्ने ऊर्जा थपिरहेको थियो । आफ्नी अर्धाङ्गीनीको विछोडको पीडा विस्तारै फिक्का हुँदै जान लागेको थियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poem : Solitude’s Embrace

~Shiva Gautam~Dr Shiva Gautam

I know now
Why I like the solitude
I know now
Why I love to hear the sounds of silence with closed eyes.

I came to realize that
I love someone’s love to me
I embrace someone’s embrace to me Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कथा : नदी किनारको रूख

~शिव प्रकाश~SHiva Prakash

‘बुहारी खै त?’

‘छैन।’

‘नातीनातिना खै त?’

‘बुहारीसँगै छन्!’

मनमायाका आँखा मदनका अनुहारमा गाडिए। दुवैबीच मौनता निकै बेर मडारियो। मदनका कुरा मनमायालाई कताकति जेरीजस्तो रहस्यमय लाग्यो।

फूलका कोपिलाजस्ता नातीनातिना। आँखाकी नानीजस्ती बुहारी। कसैलाई देखिनन् मनमायाले। मदनको अनुहार हेर्छिन्– चन्द्र ग्रहणले खाएजस्तो अध्याँरो! जीवनको ढुकढुकी एउटै छोरो मदनको अनुहारको अँध्यारो आमाको मनमा पनि पोतियो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : दुुनियाँ चकित हुनेछ

~विक्रम चिमरिया ‘रहस्य’~bikram chimariya

एकदिन यो दुुनियाँ चकित हुनेछ ।
त्यो दृश्य सबैका लागि रमित हुनेछ ।

कुुरान पढ्नेछन् हिन्दुु धर्मालम्बीले,
मुुस्लिम बाट गीता मुुखरित हुनेछ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : कलंकी देखि सिनामंगल सम्म

~ध्रुबकुमार सापकोटा~Dhruba kumar Sapkota

हामी नेपाली कति सौखिन है ! त्यस्मा पनि अलिकती पैसा भयो भने त झन कुरै नगरुं ! अनि झन यूरोप अमेरिका तिर सफा सुद्ध बातावरणमा सहजताको जिन्दगी बिताउने बानि परेपछि त हाम्रो मुलुक तिर झर्दा साह्रै गाह्रो लाग्ने । नेपाल गयो कि ट्याक्सी मात्र चढ्ने बानि लागेको दुई दशक जति भयो होला, बस नचढेको त कति भएछ कति – याद पनि छैन । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : भो ! काजी म अछूतै सही

~केवल बिनाबी~Kewal Binabi

पवनसँग बतासिँदै
मेरा पुर्खाले फेरेको सास
यहीँ कतै फूलका तरेलीहरुमा
सायद डुल्दै होला
आकाशसँगै फैलिएर
मैले फेरेको सास
तिम्रा रक्तकोषिकाहरुमा
कहीँ घुल्दै होला
पवनसँग लुट्पुटिँदै
मेरा सन्तानले फेरेको सास
तिम्रा वायुकोषिकाहरुमा
निःसन्देह झुल्दै होला
तथापि
मैले छोएको तिमीलाई चल्दैन भने
भो ! काजी म अछूतै सही
बस ! मैले फेरेको सास तिमीले नफेरे पुग्छ
मैले ओढेको आकाश तिमीले नओढे पुग्छ ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

चाम्लिङ अनूदित कविता : कैका

~भूपि शेरचन~Bhupi Sherchan

अनू : तिलक चाम्लिङ

कैका वीर हिङाच्के
तर तयाहोरा हिङाच्के
कैका तयाहोरा हिङाच्के

त्योसोनोम वीर हिङाच्के
कैका तयाहोर मितुर देलो वीर तुर्मा पाचापुम्किना
कै कहाभारतदा हिङेको एकलब्य
देलोलाखै द्रोणचार्यवा कैकालई हेला मैद्यो
हेकालइै तया इमा छइदे
आम्का तया खइन्योको रुङमा छइदे
शक्तिलई Continue reading →

Posted in अनूदित कविता, चाम्लिङ कविता | Tagged , | Leave a comment

कविता : पिंडा

~राकेश कार्की~Rakesh Karki

सक्ने विदेशीए पिंडा बोकेर
नसक्ने छुटे पिंडामा डुबेर
पिंडाको प्रत्याक्षपण गर्ने हाउंगुजी
नबुझे झैं गर्छन् सप्पै बुझीबुझी

देशभरी बासमा पिंडा ओछ्ाए
भोको गांसमा पिंडा कोच्याए Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मोतीराम

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

नाम कल्यै नभुलिने भट्ट मोतिराम
गजलसँग संगै आऊछन् झट्ट मोतिराम

रुख सरि साहित्य छ , पातै पिच्छे उनी
फुल्छन् सधैं फल्छन् पनि लट्ट मोतिराम Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : सम्झनाको शीत खस्दा…………..

~मनु लोहोरुङ राई~ Manu Lohorung Rai

सम्झनाको शीत खस्दा, थापें मैले हात भरी।
तिम्रै छाँया देखें त्यहाँ, जून फुल्दा रात भरी।

कल्पनाको वस्ती भित्र, तिम्रो प्यास मेट्दा खेरी
स्वर्ग जस्तै थियो धर्ती, सपनीमा भेट्दा खेरी
पोखिएर बिपनीमा, खुशी झर्यो हात भरी Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : एकता नै आवश्यकता

~नन्दलाल आचार्य~Nandalal Acharya_1

जनयुद्ध, जनआन्दोलन–२, मधेस आन्दोलन, आदिवासी, जनजाति, पिछडावर्ग आदिको कारण नेपाल गणतन्त्र नेपाल भई संविधान निर्माणमा सरिक छ । सबै वर्गले अधिकार खोजिरहेका छन् । गठन भएका हरेक सरकार ढलपलको अवस्थामा छन् । जनताले दीर्घकालीन शान्ति र विकासका निम्ति संविधान र स्थायी सरकार खोजिरहेछन् । छिमेकी मुलुक पनि यही मौकामा चौका हान्ने सुरले सीमा अतिक्रमण गर्न, सीमा छेउछाउका जनतालाई दुःख दिन व्यग्र छ । यिनै राजनैतिक परिदृश्यलाई ओकल्न र नेपालीहरूका जल्दाबल्दा समस्याहरू र तिनको निकास निकाल्न नरी, सिकुटे, भूक्के, लिखुरे, अजिङ्गर र सिंह जस्ता पात्रहरू यस कथामा जन्मे । हिमाल, पहाड, तराई नेपालआमाका सन्तति हुन् । राष्ट्रिय एकता नै समस्या समाधानको अचुक अश्त्र हो ।

शनिबारको दिन थियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : मेरो ज्यान ढल्नु अघि

~सुवास श्रेष्ठ~Subash Shrestha

हेर्न आए हुन्थ्यो तिमी मेरो ज्यान ढल्नु अघि
चिता माथि लाश राखी आगोसँगै जल्नु अघि।

सयौ जुनी सँगै बाँच्ने मीठा मीठा कुरा गर्यौ
तिम्रो घरमा लगनको दियो बत्ती बल्नु अघि। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : जीवनको केही भर छैन

~तृप्ती खड्का~Tripti Khadka

जीवनको केही भर छैन
पलभरमै बिति जान्छ
अनिश्चित यात्रा, के हुने हो
कसो हुने हो, थाहा छैन

हरेकको भरोशा केही छैन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : सल

~बादल सुरेश~Suresh Badal

………म लजालु भन्दा पनि अलि अन्तर्मुखि स्वभावको थिएँ। त्यसैले मेरा साथीहरु धेरै थिएनन्। अझ केटिहरु त छँदै थिएनन्।
स्कुल पछिको कलेज लाइफ नौलो थियो मेरा लागी। उनी नै मेरो जिवनमा पहिलो केटि साथी बनेर आइन्। एउटै टोलबाट एउटै कलेज जाने भएर होला घुलमिल हुन गाह्रो भएन।
हामी बिदाका दिनमा पनि कतै गैरहन्थ्यौँ।ऊ त्यति घर बस्न मन गर्दैनथि। खै के समस्या थियो कुन्नि घरको कुरा गर्दैनथि। Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : एउटा भोगाई

~डिल्लीराज रावत~Dilliraj Rawat

२०६६ साल माघ १३ गते दुई जना युवा युवती चानचुन पैसा गोजीमा ३ सय जति रुपैयाँको भरमा भागेर संगै जिवन विताउने सुरमा आफु काम गरिरहेको अफिसका हाकिमलाई फोनबाटै विदा माग्दै सहयात्राको लागि हिड्छन । कम्तीमा एक बर्षसम्म एउटै अफिसमा काम गर्दागर्दै दुवैजनाले एक अर्कालाई राम्रैसंग चिनिसकेका थिए । अनि सहयात्राकै क्रममा एकले अर्कालाई मन पराउन थालिसकेका थिए । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पक्षपात

~श्याम तमोट~ Shyam Tamot

हिजो अस्ति जस्तै देवी आँगन बढाएर पधेंरा लागिन । पानीको गाग्री विसाएर घाँस काट्न जान खाजा थाप्तै गर्दा उनको दाजु रमेश उठेकै थिएन । एक डोको घाँस पालीमा राखेर घर भित्र देवी पसेकी मात्र थिइन रमेश स्कुलतिर लाग्यो ।
साँझ जब देवी गाईको थलोमा सोत्तरको भारी बिसाउँदै थिइन रमेश स्कुलबाट घर भित्रियो ।
देवी भात खान लाग्दा बत्ती बोकेर तलामा चढेको रमेश देवीले जुठो भाँडा माझी सकेर तलामा गई किताव झिक्ता नझिक्ता निदाई सकेको थियो । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : बनी बुतो गरेर आमा,हाम्रो पेट भरेकी छ्यौ

~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’~Basanta Kumar Shrestha 'Kshitij'

बनी बुतो गरेर आमा,हाम्रो पेट भरेकी छ्यौ ।।
कति दु:ख सहेर आमा,दुनियाँसंगै लडेकी छ्यौ ।।

पौठेजोरी खेल्छौ सधैं फोड्दै डल्ला खेत बारीको
हाम्रै सुख खातिर आमा कति दु:ख गरेकी छ्यौ ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

Story : The Discovery of the High Lama

~Sushma Joshi~Sushma Joshi

The older I get, the more I am astonished by this trickster hand of time.

Look at all the boys we thought would go on to become doctors and engineers. They became lafanka men playing guitar in Thamel. And all the lafanka ones went on to become stars in unexpected places. One boy who came last in class throughout his school days won a scholarship to study fashion design in New York. Another boy, Continue reading →

Posted in Story | Tagged , | Leave a comment

कथा : बिष्णुमाया उर्फ म्याडम ‘बी’

~सन्जु बजगाईं~Sanju Bajgain

“देख्नु भो म्याडम ‘बी’लाई ……!” छोरीले देख्नासाथ मलाई साउती मारी ।
“चुप लाग ।” मैले चिमोटें ।
जम्मा भएका यत्तिका नेपालीहरुका ‘चिफ गेस्ट’ की श्रीमती भएर आएकी छन् उनी । यो औपचारीक भेलाले हाम्रो नजिकको सम्बन्ध किन चाल पाउनु ! म औपचारीक भएर रहें । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मान्छे – सगरमाथाको परिधि भित्र – ३

~बिबश बिप्र~Bi pra

मन र मान्छे
मन–एक जीवन्त अन्तरंग !!
मान्छे–धारिलो औजार कर्म-आरनको !!
सगरमाथा—–एक आस्था
आस्था–गगनचुम्बी नक्षेत्रहरु Continue reading →

Posted in कविता | Tagged , | Leave a comment