“सुन्नुस् न ! केटाकेटीहरु सडकमा जालान हेर्नुस् है । म पानी थाप्न हिंडेँ ।” सुन्तली गाग्री च्यापेर निस्की । पिँढीमा खाल जमाइ रमिरहेका उसका बुढोका आंखा आफ्नो तासका पत्तीबाट हटेका होइनन् । “कति फत्फत् गरिरहन्छे” पत्ती तान्दै उसले सोच्यो । केटाकेटीहरुका लागि आंगन भन्नु नै सडक । खेल्दाखेल्दै दुवै वीच सडकमा पुगेछन् ।
क्या……च्च । गाडीले ब्रेक हान्यो । ब्रेक हान्दा हान्दै पनि पांग्राले सुन्तलीको छोरालाई भेट्टाइ हाल्यो । गाडीले किच्यो, गाडीले किच्यो …छिनमै होहल्ला भयो । Continue reading