~डा.मधु कृष्ण श्रेष्ठ “माधुर्य”~
कति नियास्रो लाग्दो छ
सिउँडीको घारी छिचोल्दै
देउराली नहिंडेको दिन
ज्वालामुखीको लाभा टेक्दै
मेलापात नहिंडेको दिन
कति टीठलाग्दो छ
बाढी र पहिरोसंगै आत्मसात नगरेको दिन Continue reading
~डा.मधु कृष्ण श्रेष्ठ “माधुर्य”~
कति नियास्रो लाग्दो छ
सिउँडीको घारी छिचोल्दै
देउराली नहिंडेको दिन
ज्वालामुखीको लाभा टेक्दै
मेलापात नहिंडेको दिन
कति टीठलाग्दो छ
बाढी र पहिरोसंगै आत्मसात नगरेको दिन Continue reading
मायामन्दिर
ढुङ्गाका मनहरु रोएर
हामी समयका प्रायोरीहरु निर्माण गरिरहेका छौं
जिन्दगीका त्रासदी गाथाहरुमा
नरभक्षीहरुको अवतरण छ
पीडाका यामहरु दुखेर भगुवा विश्वाशहरु
ज्वालामुखी पर्वततिर लागे
जाउँ बसाई सरौं अन्तरक्षतिर
अहिले नेपालमा बस्नु ठीक छैन Continue reading
लौ लुङा !
लौ थलो
हारदा हार ल्हापुम्केनो धान नाची मुपा ओको हाकारा छुची
तालदा ताल मूममेनो बुइछर नाची मुपा ओको हाकारा छुची
आसो सिहंदरबार ओमा तिरे
खैमो हैकामा खुपा इसाचापा तोदा
आसो म्हुमा लाम्थीमा तिरे ।
वैनीचीवा पालुदे Continue reading
जयगान उस्कै थियो चाहे हातमा छुरा होस् न !
त्यो जुंगाको कदर हुन्थ्यो बोलेपछि पुरा होस् न !!
॰
खडेरीको बालुवामा व्यर्थै पानी राखिएछ ।
पसिनाले पाउँथ्यो न्याय मानो रोपी मुरा होस् न !! Continue reading
अनायसै आज आँशु छुपाएर रुँदैछु म
मनको कुरा मन भित्रै लुकाएर रुँदैछु म!!
हरेक प्रहर हर समय तिम्रो याद आइदिँदा
नदुखेको मन पनि दुखाएर रुँदैछु म!! Continue reading
एकाबिहानै उठेर दौडिन्छु
दौडधुपलाई जिन्दगी भनेर।
सडकमा एउटा ठिटो
विज्ञापनलाई समाचार भनेर बेचिरहेछ,
हेडलाइन हेर्छु
स्पष्ट देखिन्छ
पत्रिकाले गधालाई “नेता” भनेर छापेछ।
एउटा चिया पसलमा पस्छु
पसल्नीले कालो चियालाई “ब्ल्याक टि” भनेर खुवाई
म पनि दङ्गै परेर पिइदिएँ
अहा ! कालो चियाभन्दा त ब्ल्याक टि मीठो । Continue reading
मेची-काली जस्तै रै’छ, मानिसको जिवन पनि
यहाँ सम्म बग्दै आयो, सागरलाई चुम्छु भनि
कैले वल्लो तीर छुँदै, कैले हुँदै पल्लो तीरमा
यो कर्मको रेखा मेट्दै, फाल हान्दै तारे भीरमा
खहरे झैं उर्लिएर, बग्दो रै’छ जीवन पनि Continue reading
तिम्रो जीवनको हर दिनरात मागिरहेछु।
सधैंभरीको लागि तिम्रो साथ मागिरहेछु।
अल्मलिन सक्छु यो दुनियाँको भिडँमा।
त्यसैले साहारा तिम्रो हात मागिरहेछु। Continue reading
भाले को पहिलो डाको संगै सन्त बहादुरका आँखा खुले ।खाट को अघिल्लो खुट्टा नेर राखिएको अंखोरा तानेर उसले पानि पियो,लामो हाइ काड्यो अनि आंग मर्कायो। झोकमा झुण्डिएको उसको आस्कोट को बगलीबाट चुरोटको ठुटो निकालेर सल्कायो ।आँखीझ्यालका प्वाल बाट अलि अलि उज्यालो भित्र प्रवेश गर्दै थियो याधपि घाम झुल्किसकेको थिएन ।चुरोट को सर्को तान्दै उ सोचाइमा डुबेको थियो,आज जिम्बल बजेको घरा’ ढुंगा फोड्न जानु छ उसलाई ।अन्तिम सर्को तानेर भुइमा चुरोट ठोसेर मन नलागी नलागी बिस्तर बाट ओर्ल्यो अनि आँगनमा निस्कियो । Continue reading
संसार फाँडूला झैं गरेर छालहरू उर्लिरहेछन्
उन्मत्तिएर चिथोर्दै किनारलाई कमजोर र विरूप बनाइरहेछन् ।
उता किनारमै उभिएर कविहरू
छाललाई बिम्ब र प्रतीकमा उनिरहेछन् ।
प्रेमिल संसारको कल्पनामा मग्न जोडीहरू
छालको हिर्काइले दुई वदन एक हुने Continue reading
यो जिन्दगी छ र पो उतार चढाब छ
नजिउँनेंलाई कहाँ ? जिउँन दबाब छ
बुझ्दैमा न अर्थ खुल्छ नबुझिन्छ मन
यस्तै एउटा बहुगुणी पिउँनें सराब छ Continue reading
~डा. मन मुर्ति भुर्त्याल~
यी पतझडका अस्थीपञ्जरहरु
अझै नग्न मात्र होइन स क्षतविक्षत् होउन् ।
हड्डी हड्डी टुक्रिई छरिउन् ।
अनि ती हड्डीलाई सुक्ष्मजीवले टोक्दै चपाउन्
र विलाउन तिनका अस्तीत्वहरु
म त्यसपछिको जीवनको प्रतिक्षमा छु ।।
यी काला खग्रासे वादलका झुण्डहरु Continue reading
एस.एल.सी. पछि गाउँबाट प्लस टु पढ्न काठमाण्डु आएको म असाध्यै सोझो थिएँ।मानिसहरुसँग खुलेर बोल्न पनि धक लाग्थ्यो।कलेजमा पनि कसैसँग बोल्दैनथिएँ।साथीहरुले पनि मेरो सोझोपनको फाइदा उठाउँदै मलाई मजाकको पात्र बनाइरहन्थे। उनीहरु मलाई वर्षासँग नाम जोडेर जिस्काउँथे।म लाजले निहुरिरहन्थेँ।
साथीहरुका नजरमा वर्षा सायद केटि थिइन अरुजस्तो।न त ऊ Continue reading
भाग १
रात करिब करिब अनिँदो बित्यो, बिहान युगौँ सरि लाग्यो । सत्र चोटी सत्र लुगा फुकाल्दै र लगाउँदै गरेर तयार पारेँ आफैँलाई, आज मेरो बिबाह जो हुँदै थियो । त्यो स्वर, स्वरको माधुर्यता, मेरो जिबन, मेरो प्राण, मेरो मुटुको धड्कन आज साक्षात अवतरीत हुँदैथियो मेरै सहरमा ।
हो, केहि बर्ष देखिको फोनको कुराकानी सँगै पलाएको आत्मीयता, भावनात्मक सम्बन्ध र नढाँटी भन्दा हामी दुईको प्रेम आज मिलन सम्मको यात्रामा थियो । कस्ती होलीन् ? मन मनमा उब्जीरहने र उब्जीरहेका प्रश्न थिए । उनको आवाजसँगको मेरो कल्पनामा कहिले कलिउड त कहिले बलीउडका नायीकाहरुसँग उस्को रुपरेखा मिल्थे वा भनौँ मिलाउँथे । Continue reading
~सुशील सिग्देल~
१
तिमीलाई के थहा कि अग्नि वरिपरिका ती सात फेराहरु,
तिमीलाई बन्दी बनाउन रचिएको जाल थियो भन्ने,
शिकारीलाई त मार्नुसँग मतलब छ, चाहे सडाएरै शिकार किन नप्mयालियोस् ,
तिमी त कुनै मृग वा हरिण पनि भइनौ, जस्लाई उ स्वेच्छाले खान चाहोस् ,
कालीज वा बनको ढुकुुर पनि नभई, सर्वत्रै पाइने एउटी खरायो भयौ,
मासु नभई नहुनेलाई कहिलेकाहीं मासुको रुप धारण गर्दिने मात्र। Continue reading
त्यसो त सहन गुलामी परेन
तथापी सौभाग्य आसामी परेन
म सुन्छु सधैं नै उधारो लिएको
धन्य हो ! अझै नि निलामी परेन Continue reading
मुखै रसाउने त्यसमा पनि स्थानीय रातो रंगको कुखुराको भालेको मासु l अहिले सम्झना गर्दा पनि मुखै भरि पानी आउछ किनभने विदेशिएको धेरै बर्ष भयो l त्यो सम्झनाले सारै सताउछ र कल्पना मात्र गरि रहेको हुन्छु lअमेरिकामा बसाई छ ,तर मन भने मुलक तिर पुग्छ र पुग्नु पनि स्वाभाविक हुन्छ l जीवनको चार दशक पहाड ,तराई र लेक र बेसी चारियो l उतैको सम्झनाले मस्तिस्कमा घोची रहन्छ l बाल अवस्थामा गरेका कुराले जो कसैलाई पनि अमिट छाप परेको हुन्छ र मलाई पनि पर्नु स्वाभाविक हुन्छ l Continue reading
हे समकालिन कविहरु हो !
आउ लेखौ एउटा विशुद्ध कविता;
जुन कवितालाई
जो कोहिले सुने पनि आफ्नै लागोस ।
भो नसुनाउ नारा !
भर्खरै सुनेर आएको छु ;
नारै लगाउन जन्मेकाबाट घोचपेच र दाउपेच ।
भर्खरै खुलामञ्चमा कुर्लदै थिए, नारेहरु ।
म सुन्न चाहन्छु
नारा विनाको विशुद्ध कविता । Continue reading
ओ मेरी चम्पा !
ओ मेरो माइनस जीन्दगी !
भागफल मा ‘शून्य’ हात लागेपछी
‘म’ करेन्ट को झट्का मा
उफ्रन थाले तापक्रम झै
मानौ,
माइनस-माइनस मा पनी
यस्तो लाग्छ
बन्ध्याकरण मा परेका
मेरा हजार सपना
कलेजो,फोक्सो
र, Continue reading
हर रात दुख्यो हर दिन दुख्यो
खप्नै गाह्रो भयो मुटु किन दुख्यो !
पीर वर्षौंको लिएर हो कि!
जीवन त मेरो पलपल दुख्यो
चाहनेहरुको भिडमा छु , तै पनि एक्लै लाग्छ किन ?
सबैले जिए झैं जिएकै छु , तै पनि बेग्लै लाग्छ किन ? Continue reading
बन्दिगृह भित्र म एक्लो हाँसेर
हाँसोहरु उमार्दै
हाँसोगृह भित्र
बन्दिगृहहरु बन्दी बनाउँदैछु
ओंठहरु केवल चुम्मनशाला बनेर
बन्दिगृह भित्र हाँसोहरु कैदी हुंदैछन
म चढ्दिन वायुपंखी घोडाहरु
बरु उभिनेछु नांगो खुट्टै
आफ्नै बारिपाखामा
एक जिउँदो सालिक बनेर
बहदो असमयहरु सँग
अनवरत उल्टो बहदै उमार्न समयहरु Continue reading
~सुमन सौरभ~
आफ्नो असामयिक मृत्युले ऊ पटक्कै सन्तुष्ट थिएन। सोच्यो- “जाबो एक मृत्युले पनि के अनर्थ गराउँछ कि लासको अनुहार बाँकी छँदै किन यसरी परिचय नै हराउँछ?”
अघिसम्म मेरो प्यारो भनेर पालैपालो काखमा टाउको राख्न लगाएर गाला मुसार्नेहरु चट्ट छोडेर परपर पन्छिएका थिए।
“छुनु हुँदैन अब” मौनताको बीचमा खासखुस चल्दै थियो- “माया भए आँसु बगाए हुन्छ तर सुम्सुम्याउनु हुन्न।“ Continue reading
दुबै मिली पिरतीको डोरी बाटौं न
एकअर्कामा भावनाको चाह साटौं न
दुबै जना मिलेपछि बाटो खुलाएर्
शहर मै बस्ने भए डाँडै काटौं न Continue reading
आउँदै छ अनन्त्या पुनी , देउता पुजाई गाँउको ।
दाईना भया कुल देवता , सन्देश दियाँ नाँउको । ।
अनन्त्याको मेला होला , मेरा बुढाकोट ।
पैठ आउन्ना पर्गला आउन्ना , सम्झी मर्म चोट । । Continue reading
रातो–रातो आलो रगतको निस्सासिँदो दुर्गन्धले भरिएर
मध्यपूर्वीय तातो हावा
सारा ब्रह्माण्डभरि बहिरहेछ
बमको विष्फोट
तोपको गर्जन
र बारुदको धुँवाले
सारा बेरुत सहर खण्डहरजस्तै कुरुप र निर्जन हुँदै गइरहेछ
गाउँका गाउँ बस्तीका बस्ती
उजाड मसानघाटझैं भएका छन्
बाँच्नु र मर्नुको दोसाँधमा
लाखौंलाख निरीह जिन्दगीहरु Continue reading
मलाई डर लाग्न थालेको छ आजकाल!
कविताका ठेकेदारहरुले,
उर्दी सहित् हप्काउने छन,
दोबाटोमा,
तँलाई कविताको बारेमा बोल्ने के अधिकार छ?
कथाका ठेकेदारहरुले खप्की थोपर्ने छन,
गल्लिहरुमा,
ओई, तँलाई कथाको बारेमा बोल्ने के अधिकार छ? … Continue reading
~यमुना पराजुली~
गौरव कक्षा ६ मा पढ्छन्। उनलाई पढाइमा खासै रुचि छैन। उनलाई गीत गाउन खुब मन पर्छ। कक्षामा उनी प्राय: अन्तिमतिर बस्छन्। उनको रोल नम्बर पनि पुच्छारमै हुन्छ। त्यही भएर केही साथी त उनलाई अन्तिमे भनेर पनि जिस्काउ पछि पर्दैनन्। तर पनि उनी कसैलाई केही भन्दैनन्। खासमा उनको घर दोलखा हो। विप्लवको बाबाले Continue reading
शिरैमा लाउली शिरबन्दी नाकैमा झम्के बुलांकी
धेरै टार्यौ, भाका सार्यौ अब त घरबार होला की
साउने भेल,मायाको खेल हुंदैन पस्न जानि-जानी
तिम्रै छु छेउ खाइलाग्दो जिउ केलाई हिंड्छेउ छानि-छानी
धेरै छानी नहिंड नानी गालामा चाउरी परिसके ती Continue reading
६२/६३ को आन्दोलनमा पनि
बुद्दिमान काठमाण्डौ आएको थियो
उ आफ्नो नेताको लागि
दिन भर सडकमा बस्यो,करायो
एक दिन , दुई दिन भन्दै
१९ दिन बितायो .
अन्तमा
नेता को जित भयो Continue reading
महाराज पृथ्वीनारायण शाहसँग
जम्काभेट भयो एक गणतान्त्रिक साँझमा
अचानक कीर्तिपुर पाँगा दोबाटोमा !
मैले सोधें–
बाजे महाराज ! तिमी फेरि कीर्तिपुरै आयौ ?
उहिल्यै काटिगएका थियौ किपु–ज्यापुका नाक–कान
के तिमी फेरि पुरानै खुकुरी लिएर आइपुग्यौ ? Continue reading
~सन्तोष पौड्याल~
हेलमेटको चिराबाट ट्याक्टरको आवाज छिरेपछि म झसङ्ग भए। निद्राबाट ब्युझेजस्तो। तर यो निद्रा थिएन। मैले लामो स्वाँश फेरें “आजपनि बाँचे”। हुन त सपनामा मोटर युध्द गरि धेरैपटक जीवन बिच्छेद गरिसकेको छु। तर आमा भन्नुहुन्छ “आयु लामो हुन्छ रे”। त्यसै होला।
जाडोयाममा रातिको ९ बजेतिर भैरहवा क्याम्पस पढेर फर्किदा मेरो बाइक डम्म परेको कुइरोलाई आढ़ बनाई देहाती ट्याक्टरसंग लुकामारी खेल्दै आफ्नो गन्तब्य परासी बजारसम्म आइपुग्छ । मर्न लागेको आत्मा र निबेका आँखा लिएर हिड्ने मोटरले मलाई धेरै पटक झस्काएका छन्। निलओठ र पहेला हात लिएर म परासी ओर्लिए।आजपनि खाना खाने होटेलमा अर्याल बा र होटेल बा बाहेक अरु कोहि पनि छैन। Continue reading
~डा. मधु कृष्ण श्रेष्ठ “माधुर्य”~
ब्रम्हाण्डमा सबैभन्दा अस्थायी कुरो समय हो। समय सेकेन्ड सेकेन्डमा मरिरहेको हुन्छ । भविष्य वर्तमानमा परिणत हुँदै भूत भएर मरिरहेको हुन्छ र भूत नै भविष्य हुँदै वर्तमान भएर जन्मिरहेको हुन्छ( यस कुरालाई हामीले स्विकार्न सकिरहेका छैनौँ)। यो नै प्रकृतिको प्रकृया हो, जीवनको क्रम हो। वास्तवमा समय सेकेन्ड, मिलिसेकेन्ड, घण्टा, दिन, महिना, वर्ष, दशक, शताब्दिमा नाप्न सकिने कुरो होइन, कुनै कुरो नाप्नको लागि त कहाँ देखि नाप्ने भन्ने शुरुवात थाह हुनु पर्छ। शुरुवात अथाह छ । त्यसैले मान्छेले आप्mनो सजिलोको लागि रचेका ती सबै नाप र इकाइहरुलाई केवल सापेक्षित मान्न सकिन्छ । Continue reading