~तीर्थ गुरुङ~
कविलाई बचाउने कवि नै हुन्छन् । भूपिनको यो कुरामा म दुईवटा कुरा पाउँछु, पहिलो कुरा म कवि हुँ तर म स्वयम्लाई कवि मान्न सकिरहेको छैन । कविता नलेखेकै लामो अन्तराल भइसकेको छ र लाग्छ, मेरा कविताहरु त्यति सम्प्रेषणीय छैनन् र व्यक्तिगत रुपमा कवि हुन धेरै जटिलताहरु छन् । तर, दोस्रो कुरा सत्य हो, मृत्युसँग लडिरहेको मलाई बचाउन कविहरु अगाडि आए, कविहरुले बचाए र बचाउनेहरु सब कवि हुन्– मेरो लागि । कविहरुप्रति मेरो उपल्लो दर्जाको इज्जत छ । एउटा कवि ब्रटस हुँदैन, एउटा कवि हिटलर हुँदैन र हुँदैन कुनै कवि जनरल पिनोचे । जङ्गबहादुरहरु कविता लेख्दैनन् र कविता लेख्नेहरु पोलपोट बन्दैनन् । Continue reading →