कविता : वर्षा

~सुरेन्द्र दवाडी~Surendra Dawadi

यो सजलनयनी आकास
अनि बर्षातका थोपाहरु
मन्द हावाका बेगहरु संगै
झर्छन पानीका तालमा
हजारौ तरङ्गहरु निकाल्दै /

ति सुन्दर तरङ्गहरु
मेरा मनसम्म आइपुग्छ्न Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : मसिहा

~लेनिन बन्जाडे~Lenin Banjade

जमुनिया मर्‍यो !

चैतको हुरी झैं बत्तिएर आएको बीभत्स र डरलाग्दो खबरले मन्ते एक्कासि चिसियो ।

भर्खरै खटियामा सुस्ताउँदै गरेको मन्ते जुरुक्क उठ्यो र भीमसामु ठिंग उभियो ।

यो अनपेक्षित र मुटु चिर्ने खबर थियो ।

“दैवा रे दैवा !” दुवै हात छातीमा बजार्दै मन्ते त्यही खटियामा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एउटा यस्तो प्रेम कथा

~तुल कवर~Tul Kawar

‘दाजू राधा घरमा छैने?’ आवाज सुनेर यसो हेरेको माया आएकी रैछे।

‘छे-छे कोठामा होली, उतै जाउ’ मैले इशारा दिए। माया बहिनीकी साथी थिई, बेलाबेलामा हाम्रो घरमा आइरहन्थी। उनीहरूको पढ्ने स्कुल फरक थियो तर गाउँका उनीहरू राम्रै साथी थिए। मङ्गोल अनुहार, मिलेको जीउ थियो मायाको। भर्खर दशमा पढ्दै गरेकी ऊ निकै चञ्चले थिई, चुलबुले थिई। म सँग त्यति बोल्दिनथी ऊ, तर पनि उसलाई देख्दा किन-किन दिलमा खलबली भएझै लाग्थ्यो, नशाहरू मन्द भैदिन्थे। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : छैन नी

~आचार्य प्रभा~acharya Prabha

शरीर आज,बिदेशी भयो,मन भाको,छैन नी
देशको माया,बिर्सेर आज,कहिँ गाको,छैन नी ।

गुराँस फुल्ने,माटोको माया,कसले पो,बिर्सन्छ ?
स्वदेशी प्रेम,भुलेर आज,टाढा धाको, छैन नी । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : पुरानो कथाको नयाँ अध्याय

~बन्धुविक्रम क्षेत्री~

फेरि शुरु भएको छ
एउटा पुरानो कथाको नयाँ अध्याय ।

एक्काइसौं शताब्दीको
नयाँ लोकतन्त्रको पारिलो घाममा
डठेका छन् जिउँदा मान्छेहरु
शान्ति र स्वाधीनताको नयाँ परिभाषा जन्माइएको छ
एकता र भाइचाराको नयाँ गीत लेखिएको छ ।

कक्षाकोठामा भूगोल पढाइरहेको शिक्षक
देशको सिमाना नियालिरहेको नागरिक Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कृत्रिमता

~विनोदविक्रम केसी~Binod Bikram KC

सहरमा स्तनपान नगराउने होड छ
बूढीऔँला चुसेर हुर्कंदै छन्
शिशुहरू तिनका बाउहरूलाई तिनका आमाका
झोल्लिएका स्तन मन पर्दैनन्

लेजरले कोठी ताछेर चम्केका छन् अनुहारहरू
सिलिकन भरिएका वक्ष भरिला छन्
विज्ञापनहरू नयाँ जमानाका नयाँ ऋचा भट्ट्याइरहेका छन्ः
“यो संसार ‘ब्युटिफुल’ र ‘ह्यान्डसम’हरूको मात्र हो” Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पत्र साहित्य : वर्षा क्षेत्रीको चिट्ठी

~प्रभात बास्कोटा~Prabhat Baskota

आमाले तँ स्कुल जाँदा दुई बाल्टिन जति पानी तान्देर जा है बाबु, लुगा धुनु छ भनेको भएर मैले खाली भा’को बाल्टिनमा पानी तानिदिएँ र स्कुलतिर लागेँ। पुग्नुपर्ने समयभन्दा ५-७ मिनेट अगावै म स्कुल पुगिसकेको थिएँ। घण्टी लागुन्जेल स्टाफ रुममा जानुपर्ला सोचेर म स्टाफ रुममा छिँरे। तीन-चारदिनको हाजिरी नगरेकाले मैले हाजिर गर्न थालेँ। सकेर कलम खल्तिमा राख्नै लाग्दा बाहिरबाट एउटा आवाज सुनियो “Why are you wearing this dress?” म निस्किदै गर्दा विद्यार्थीको उत्तर मात्र “sorry sir” भन्ने थियो। Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

गजल : कति दुख्छ छाती

~सर्गमञ्जरी~Sargamanjari

कति मुटु चस्किदा हुन् कति दुख्छ छाती
सन्तान खातिर अश्रु-धारा कति बग्छ राती

चर्किएर मुटु तिम्रो वेदनाले भिज्ला चोली
चिन्ता हैन प्रगतिको आर्शिवाद नै जाती Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : रातो सूर्य

~रमेश पल्लव~Ramesh Pallav

पर क्षितिजमा
एउटा सूर्य
अस्तायो हेर्दाहेर्दै
रातो सूर्य
नचाहंदा नचाहदै अस्तायो
मुटुभित्र नमिठो चोट
आँखाभरि अविरल आँसु
कहिल्यै नमेटिने घाउ
त्यो बिचरा सूर्य
न्यानो र उज्यालोको लागि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : डोरी देखी तर्सिएछु

~श्रमिक बराल~Khagaraj Baral 'Shramik'

सर्प ठानी अँध्यारोमा डोरी देखी तर्सिएछु
कान छाम्न बिर्सिएर कागको पछि दौडिएछु

तर्क गर्नु पर्ने रै’छ प्रमाण बुझ्नु पर्ने र’ैछ
साँचो कुरा थाहा पाउन सोध्नु खोज्नु पर्ने रै’छ
ताल ठानी पोखरीमा जीउ डुवाइ पौडिएछु Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : स्वार्थ लुक्दो रहेछ

~नर्मदेश्वरी सत्याल~Narmadeswari Satyal

मित्रताको हिमचुली मुनि पनि
स्वार्थ लुक्दो रहेछ कण भएर
पत्तो हुँदो रहेनछ विश्वासको बर्काेले छोप्दा
कणले मुटु टुक्र्याउँछ भनेर ।
मैनालीको छिमेकी कथाका
पात्र–धनजिते र गुमानेको
बन्द बोलचाल मित्रतामा फुलेको
मानवीय गहनता बुझ्दा बुझ्दै
मोहकतामा मानवता किन लर्बरायो ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : धुन आउँदैन

~डा सुरेश ज्योतिपुञ्ज~Jyotipunja Suresh

मनको घाऊ, धुन आउँदैन।
अचेल मलाई, रुन आउँदैन।

फूलभित्र केशरी, चुम्ने कसरी,
भवराँजस्तो,भुनभुन आउँदैन।

फूलभन्दा लाग्छ,पातको माया,
काँडा वरिपरी, छुन आउँदैन। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : टापु

~सरुभक्त~Sarubhakta

समय सरिसृप
रगतका हिसावहरु माग्दै
बाँदरका पहाड उक्लिरहन्छन्
नर्कटका घारीहरु
द्विविधाग्रस्त हुन्छन्
जुल्स वर्नका क्याप्सुलहरुमा
ठेगाना हराएको जिन्दगीमा
सुव्बाप्रजा र टिकामायाहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Poem : The sun

~Himanshu Nibha Kunwar~

The sun comes up
and the moon goes down
When the moon comes up
The sun goes down
We sleep in moon Continue reading →

Posted in Poem | Tagged | Leave a comment

दिलिप दोषीका ५ हाइकुहरु

~दिलिप दोषी~Dilip Doshi

ए खारापानी !
भत्काइस् जिन्दगी
शोकको आँसु ।

रातको पीडा
आँखाको भाका बोल्यो
फर्किआएन ।
Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

गजल : हाँस्दथ्यौ आफै

~प्रभाती किरण~Prabhati Kiran

तिमी त्यो रूपको रापले जलाई हाँस्दथ्यौ आफै
नबोली थाप्दथ्यौ पासो मलाई हाँस्दथ्यौ आफै ।

खुबै राम्रो थियो बान्की अहो क्या उर्लंदो बैंस
भुलाई मातले छोप्दै ढलाई हाँस्दथ्यौ आफै । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : धेरै भयो

~भूमिराज इच्छुक~Bhumiraj Ichchhuk

कस्ती भयौ सानु तिमी नदेखेको धेरै भयो
के छ खबर चिठी पनि नलेखेको धेरै भयो

सम्झिएकी हौली सानु परदेशी मायाँलाई
तिमी लाग्छ दायाँ बायाँ डुलिरने छायाँलाई
खोजी रहन्छु सपनिमा नभेटेको धेरै भयो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

बाल कथा : कछुवाको संसार

~विनय कसजु~

Binay Kasajuकछुवा गुफामा बस्थ्यो । सबैको कुरा सुन्थ्यो । तर धेरै बोल्दैनथ्यो । उ तपस्वीले झैं धेरै दिनसम्म केही नखाई बस्न सक्थ्यो । उसलाई अरु जनावरहरुले दार्शनिक मामा भन्थे ।

एक दिन उसले बाटामा प्याजको एउटा ठूलो डल्लो भेट्टायो । गुफामा ल्याएर उसले प्याजलाई ओल्र्टाई पल्र्टाई हेर्‍यो । एकातिर बोकाकोजस्तो झुस्स डाढी माथितिर चराको चुच्चो जस्तो तीखो टुृप्पो । चिल्लो । हर्ेर्दैमा राम्रो । के जीव होला यो भनेर कछुवा निक्कै घोरियो । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

बलदेव भट्टराईका २ मुक्तक

~बलदेव भट्टराई~ Baldev Bhattarai

(१)

बढाउँदा पाइला यात्राका एक बिहानी याद आयो ।
पल्टाउँदा पाना जिन्दगीका एक कहाँनी याद आयो ।
जहाँ हामी केही पाइला साथ हिडेंर बिदा भएथें, Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : पानी-झरी परे पछि

~किरण टी लिम्बू ~Kiran T. Limbu

घाम हाँस्छ धर्ती हेर्दै पानी-झरी परे पछि,
त्यसै गरि नयन हाँस्छ धेरै आँसु झरे पछि ॥

जिउँदो हुँदा वास्ता छैन मानिसलाई मानिसकै,
‘ला बाबै खा केरा ‘भन्छन आफ्नो मरे पछि ॥ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : ओ निकारागुआ!

~युयुत्सु आरडी शर्मा~Yuyutsu RD Sharma

एउटा चराको उग्र स्वरले मेरो सपना बिथोलिदिएको थियो। लामो चर्को स्वर–सिम्फोनी कुनै मखमली घाँटीको गहबाट कतै निस्कन्थ्यो र फैलिन्थ्यो आधा मिनेटसम्म एकनास। अनि दोहोरिन्थ्यो पटक पटक । मानौं कि, थुपै्र रङहरूको सिसी फुटिरहेको थियो।

‘कहाँ आइपुगेको हुँ म?’ मैले प्रश्न गरेँ निद्रामा र आँखा खोलेर माथि छतमा लामो झुन्डिएको बत्ती र पङ्खा हेर्दै आफूलाई सोधँे, ‘के यो पोखरा हो? वा कुनै अन्य हिमाली गन्तव्य?’ माछा, ताल र सिमसारहरूको गन्ध मेरो थकित नसाभित्र फैलिरहेको थियो। Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : म यसरी फर्किएँ

~मातृका पोखरेल~matrika pokhrel

विदेश जाने रहरले म फेरि यसपटक काठमाडौं पुगें । गाउँमा हुँदा रमेश र म अति मिल्ने साथी थियौं । यति मिल्ने साथी कि गाउँका मानिसहरूले हामी दुवैको नामलाई जोडेर एउटै बनाइदिएका थिए । बीस वर्षको उमेरसम्म हामीले सँगै खेल्यौं । एकघन्टाको बाटो भएको स्कुल सँगै पाटी बोकेर कुद्यौं । बानी, स्वभाव सबै कुरामा हामी यति नजिक भयौं कि अहिले सोच्दा पनि अचम्म लाग्छ । हाम्रा घरहरू बेग्लाबेग्लै थिए । तर घरी उसको घर घरी हाम्रो घरमा हामी पालो गरेर सुत्थ्यौं । कहिलेकाहीं दशैंमा टीका लगाउन म मावली घर जान्थें र ऊ पनि जान्थ्यो । हामी चार पाँच दिन छुट्टिन्थ्यौं वर्षमा । हामी दुवैलाई यति छोटो समय छुट्टिँदा पनि लामो लाग्थ्यो । घाँसदाउरादेखि लिएर गाईवस्तु चराउने काम पनि हामी आपसी सल्लाहले मात्र गथ्र्यौं । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नियति

~अश्विनी कोइराला~Aswini Koirala

मेरी गाउँले बहिनी एकाबिहानै भेट्न आइन् । उनले जे सुनाइन्, त्यो आश्चर्यजनक थियो । धेरै घटना लामो अन्तरालपछि अपत्यारिलाजस्तै लाग्दा रै’छन् । त्यस्तै घटना मेरै गाउँमा घटेको थियो । मैले बिर्सिसकेको थिएँ, अहिले सम्झिरहेको छु र छक्क परिरहेको छु । गाउँकै सम्पन्न परिवारमा जन्मिएकी, राम्रो पढेलेखेकी ती बहिनी २७ वर्षकी भइन् । उनी सुन्दर छिन्, तैपनि उनको विवाह हुन सकेको छैन । विवाहको कुरा चल्दाचल्दै, कहिलेकाहीँ त अन्तिम अवस्थामा पुगिसकेपछि पनि विवाह रोकिँदो रहेछ । यति सुन्दर अनि पढेलेखेकी युवती बिना कुनै अपराध सजाय भोगिरहेकी छिन् । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कमरेड लालसलाम

~सन्देश अर्याल~Sandesh Aryal

अध्यारो बर्सिएपछि साँझमा
ऊ फेरि अत्तालिएकी हुँदी हो
अत्यासलाग्दो रात सम्झेर
डराएकी हुँदी हो।

*** Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कथा : मेरो कुकुरको जात के हो?

~अनलराज भट्टराई~Analraj Bhattarai

मुन्ना एउटा असाधारण कुकुर हो। मुन्ना कुन जातको कुकुर हो मेरो घरमा कसरी आयो भन्ने बारेमा रोचक कहानी छ। आज भन्दा एक दसक अर्थात कुकुरहरुको जुनीको लागि एक जुग अगाडिको कुरा हो। मेरो छोराले घरमा कुकुर पाल्ने रहर गर्‍यो। मेरो घर अगाडि काठमाडौंमै प्रसिद्ध माउण्ट एभरेस्ट केनल क्लब छ। उक्त क्लब मेरो बाल्यकालको मित्र सुरेश शाहले सञ्चालन गरेका हुनाले उसैकहाँबाट एउटा कुकुर किन्ने विचार गरेँ। साँझको पाँच बज्दै थियो, त्यतिनैखेर मेरो अर्को मित्र अनिल ढुड्गेल फ़ोन आयो। उस्ले भन्योः म केहीबेरमा तँकहाँ आइपुग्छु। सँगै एक एक पेग लगाऔँ।

अनिल र म आजभन्दा करिब पच्चीस वर्ष पहिले दिल्लीमा सँगै बस्थ्यौँ। ऊ ज्यादै रसिक र सालिन स्वभावको। ऊ मस्तसँग जीवन बिताउन चाहन्छ। खुल्ला हाँस्ने, अरुलाई हँसाउन र एक दुई टुक्का जोक, एक दुई पेग हुस्की, त्यस पछिको पान, पान भित्र पराग, मिठो बोली। बाँकी केके कुन्नी। Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : आमा

~मायादेवी बाँस्कोटा~

झिकेर मुटुको टुक्रा आखा भित्र अटाउँछिन्
भोक भोकै बसि आफ्नो छाती चूस्न खटाउँछिन्

जिन्दगी बन्छ आमाले खाएको गाँस गाँसमा
सिर्जना मूल हुन् आमा संसारको इतिहासमा

रोए पनि आफै आई हाँसी हाँसी फकाउँछिन् ।
आमाले नै विद्याताको सृष्टिलाई बचाउँछिन् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी र पर्वहरू

~मीरा मन थापा~Mira Thapa Man

जब-जब चाड पर्वहरू आउँछन्
संगीहरू घरदेशको सम्झनामा रून्छन ,
रूनु हुन्न
हाम्रो वरिपरी बाचेका जीवनहरू पनि
हाम्रो आफ्नै हुन..
माटो र मुटुको रङ्ग कहाँ भिन्दा-भिन्दै हुन्छ र?
जीवन भोगाईका मार्गहरू उस्तै-उस्तै हुन्छन

हो,
एउटै भाषा र सस्कृति भएका मन मुटुहरू , Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : परेवाहरु

~नदीश~Nadish

परेवाहरु
निर्दोष कीराहरु ज्यूँदै निल्ने
हत्याराहरु हुन्

परेवाहरु
अरुकै घरभित्र रजाइँ गरी बस्ने
सामन्तहरु हुन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मस्तिष्क

~अपराजिता प्रभास~Aparajita Prabhas

तिम्रो मस्तिष्क माथि हरेक मान्छेको आशा पलाएको छ
सुन्दर र पवित्र भविष्यले सायद हामीलाई बोलाएको छ

के मस्तिष्कले सबै काम गर्न सक्छ
सक्छ बिल्कुल सक्छ ।

हजारौको स्वप्नलाई साकार बनाउँछ मस्तिष्कले
भुईंमा बामे सर्ने ती नानीलाई
आकाशको चरी बनाउँछ मस्तिष्कले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मन बाँडिएझै लाग्छ

~कृष्ण वस्ती~Krishna Wasti_1

भाँडिएझैं लाग्छ मन बाँडिएझै लाग्छ
आजभोलि आफैँसँग टाढिएझैं लाग्छ

एकैछिनको शोभा बन्यौ इन्द्रधनुजस्ती
त्यै थलोमा सिङ्गो जुनी छाडिएझैं लाग्छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : फूल्न सक्नु पर्छ

~इन्दिरा प्रयास~Indira Prayash_1

पहराको गुराँस बनी, फूल्न सक्नु पर्छ
दियो बनी औँशी रातमा,खुल्न सक्नु पर्छ

जिबनको रहस्य नै हो सुख दु:ख भन्नु
खुसीभित्र आँशु लुकाइ,भुल्न सक्नु पर्छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : देशभन्दा…

~केशर थुलुङ~Keshar Thulung

देश-
अतुल्य आधार हो
अमूल्य प्राण हो
श्रेष्ठम् पहिचान हो
र त-
तिमी छौ
म छु
हामी छौँ
अजय, अभय परिचय छ- Continue reading →

Posted in कविता | Tagged | Leave a comment