उनको चोटमा मल्हम लाउन ब्यस्त
म आफ्नो घाऊ बल्झेको थाहै भएन।
खुड्किलो बनेर उन्को उचाइ बढाँये।
आफु भनी भास्सिएको थाहै भएन।
तिमीलाई जोगाउन धार आफु तिर पारै।
आफु टुक्रिएको आँफै लाई थाहै भएन।
उपल्ब्धी के भयो बलिदान प्रेम दिएर
अन्जान मै आँफै लुटिएको थाहै भएन
हजारौं कसम खायौ मेरो मन बहकाउन
तिम्रो भुलले आँफै झुठिएको थाहै भएन।
बोस्टन अमेरिका
(स्रोत : Milankosansar)

