कथा : एसएमएस मोह

~होम सुवेदी~Hom Subedi

केही वर्ष अघिसम्म पनि उनी टेलिभिजन, मोबायल, नेट आदिबाट छोरीछोरीलाई टाढै राख्नु पर्ने मान्यतामा थिए । तर आवश्यकताले उनलाई पनि च्यापेर ल्यायो । अनि छोराछोरी र आपूmले समेत घरमा मोबालय, टेलिभिजन आदिको जोहो गर्नै प¥यो । अचेल ता उनी कतै कसैलाई उपदेश दिनु पर्दा वा भाषण गर्दा टेलिभिजनबाट र मोबायलबाट पुग्ने फाइदा, यी वस्तुबाट हुने मनोरञ्जन र ज्ञानवद्र्धन आदिको कुरा पनि गर्न पछि पर्दैनन् । उनी पनि चाहाड पर्वहरुमा मोबायलबाट आफ्ना साथीहरु, संस्थाहरु र इष्टमित्रहरुलाई छोटा सन्देश (एसएमएस) पठाउँछन् । उनकोमा पनि त्यस्ता सन्देशहरु आउने गर्दछन् । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : टाइगर नेस्ट उक्लँदा

~रोशन शेरचन~Roshan Sherchan

मैले रेड पान्डा आफ्नो प्यारो वन्यजन्तु बताएपछि भुटानी साथी छिरङिले थप्यो, “त्यसो भए तपाईंलाई आज रेड पान्डा बियर खुवाउँछु।” रेड पान्डा बियरको नाम सुनेर म खुसीले उचालिएँ। उसले सोयस र मलाई थिम्पुको बारमा लिएर गयो। बार मूल सडकबाट अलि भित्र रहेछ। लोकल साथी नभएको भए भेउ पनि नपाइने खालको। टुबर्ग, काल्र्सबर्गजस्ता अमूर्त नाम झुन्डिँदा त बियर नछाड्ने हामी, रेड पान्डाको क्युट तस्बिरसँग बियरको बोतल आउँदा उत्तेजित नहुने कुरै भएन। दिनभरको गोष्ठीको थकाइलाई कतै सेलाउनु पनि थियो। मैले छिरङिलाई जिस्काएँ, “कतै रेड पान्डाको हाडखोर त मिसाएको छैन?” ऊ हाँस्यो मात्र। Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : कोही गयो मेरो दिलमा

~पुष्प अधिकारी ‘अञ्जलि’~Pushpa Adhikari 'Anjali'

कोही गयो मेरो दिलमा आगो लगाएर
कहिले रुने कहिले हाँस्ने पागल बनाएर

पराई सम्झयौ नाता तोडयौ खुसी पनि लुट्यौ
तिमीले मेरो जिन्दगीमा आँधी चलाएर
Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : नाजवाफ

~आचार्य प्रभा~acharya Prabha

श्रष्टा ‘घायल’को “अन्तर्जातीय बिभेदको अन्त्य”उपन्यास बिमोचन कार्यक्रम ।

सबै श्रष्टा,लेखक,साहित्यकारहरुको खचाखच भिंड छ उक्त हलमा ।

कार्यक्रम शुरु हुन्छ । सभापति,अतिथिहरु र उपन्यासकारको आशन ग्रहणबाट ।
कार्यक्रम संचालकले कार्यक्रम अघाडी बढाउँछ । उपन्यासकारको परिचय र बिभिन्न उपाधी,प्रशंसा सहित। पुस्तक बिमोचन स्थानीय लेखकबाट हुन्छ । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : प्यारमा नाकावन्दी

~मानन्धर अभागी~Manandhar Abhagi

मैले गरेको उनीसित प्यारमा नाकावन्दी
मेरो त के कुरा भयो सरकारमा नाकावन्दी

डेरावाले छिमेकी त्यो सरोकार नै थिएन
हाम्रो घर कलह , के को आधारमा नाकावन्दी Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : तेश्रो कथा

~दाजु गुरुङ~Daju Gurung

भ्रममा परे प्रिय !
यो रातो भुण्टेहरुको जुलुसमा
यतिका दिनहरु देखि हराईरहेछ्यौ
कहाँ खोजौ ?
कस्लाई सोधौ ?
तर
नौलो त होईन यो
जुलुस वन्द हडताल धर्ना आगजनी तोड्ने फोड्ने सँस्कार
गर्भमा सिकेर गौरान्वित नैै हौली भनेर
ढुक्क भएर पर्खिरहेछु तिमीलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : फेरीने भो अब

~कविराज मगर~Kabiraj Magar

नेताहरुको आवाज पनि फेरीने भो अब
देशमा के के हुन्छ को नि हेरिने भो अब ।

चर्किएको आन्दोलनले व्यतित छ देश
पूर्व पश्चिम उत्तर दक्षिण नाका घेरिने अब । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : चुट्टिएको चप्पल

~यासिन राई~

पश्चिम क्षितिजमा पाकेको सुन्तला जस्तै पहेलिएको सूर्य कति सुन्दर, साच्चै ती अलौकिक दृश्य … नियाल्दै म….

. . . घाँसको कस्सिलो भारी लिएर घर Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : प्रिय धरहरा तिमी बिना

~राकेश कार्की~Rakesh Karki

प्रत्येक चाहनाको आँखामा
अल्झिरहन्थ्यो तिम्रो पिरती
प्रिय धरहरा तिमी बिना
हाय शून्य छ यो धरती

हातहरू तिमीलाई सुम्सुमाउदै
तिम्रो टुक्रा टुक्रा अङ्ग अङ्ग
के स्वदेशी के विदेशी पर्यटक
तिमी सबैको मुटुको कुनासङ्ग Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : बोलाउ भने

~महेश बर्तमान रानामगर~Mahesh Bartamaan Rana Magar

बोलाउ भने छैन हजुर चिन्जानी भएको
नबोलाउँ त आधी मुटु चोरी सकेको
ए गोरी तिमी बोलन मलाई माया गर्छु भनन

परेवी आँखा ओठ नि सादा चुल्ठी है बाटेकी
सोह्र बर्षे जवानीले मन मेरो चोरेकी Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : आशा

~जीवन ‘पीडित’ दहाल~ Jiwan Dahal 'Pidit'

अचम्म भो ! पढ्ने बेलामा कमर्स पढ्ने र समय जति कथा लेखेर बिताउँने अनि स्वास्नी छोराछोरीका स–साना इच्छा र आबश्यकताहरु पनि पुरा गर्न नसक्ने, जो कसैको साहित्य मार्फत बिरोध गर्न र उछितोमात्र काढ्ने म झुत्रे लेखक खै कसका आँखा लागेर हो कुन्नी सर्बोच्च अदालतको न्यायधिस हुन पुगें । त्यो पनि प्रधान न्यायधिस हुने तेश्रो बरियताको । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : नूरलाई अन्तिम प्रेमपत्र

~दीलिप रार्इ सगर~Dilip Rai Sagar

प्रीय फूल नूर !
म फाँसी चढ्न जाँदैछु
तिमीलाई
प्रेम गरेको आरोपमा ।
यो मेरो मृत्युको अन्तिम घडिमा
सम्झन्दैछु ती सुनौला दिनहरु/ रँगिला क्षणहरु
जो तिमीसित
यो अरबको पबित्रभूमिमा बिताएथेँ/ बसेथेँ
जो तिमीसंग
यो मरुभूमिमा प्रेमको हरियाली बनाएथेँ
जो तिमीसंग
हाँसोखुशी साट्दै हनिमुन मनाएथेँ ।
जाबो म बिचरा
यौटा बिदेशी कामदार ! Continue reading →

Posted in कविता | Tagged | 1 Comment

कविता : ईबोला सरकार

~मौलश्री लिम्बू~Maulasree Limbu

सरकार !
सबैभन्दा पहिले मेरो खुट्टा भाँची देउ
ताकी म,
आन्दोलनमा सरिक हुन नसकुँ
समानताको लस्करमा देखा नपरुँ
विभेद विरुद्धको मोर्चामा उफ्रन नसकुँ
परिवर्तनको बाटोमा कदम चाल्न नसकुँ
तिम्रो लाठीचार्ज र गोलिवर्षाबाट भाग्न नसकुँ
सरकार !
चित्त नबुझेमा
मेरो हात भाँची देउ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

जीवनी : शंकर लामिछाने

~सुरेश प्राञ्जली~suresh pranjali

आधुनिक निबन्धलेखनमा सिद्धहस्त मानिने शंकर लामिछानेले नेपाली साहित्यको जगमा असंख्य इँटा थपेका छन् । विशेषगरी नेपाली निबन्धलेखन परम्परामा भिन्न शिल्प र शैली लिएर उदाएका लामिछानेले आफू हिँड्ने बाटो आफंैले खने । नेपाली ‘नन फिक्सन’ को फाँटलाई उचाइमा पुर्‍याउने काममा उनको भूमिका अत्यन्तै उल्लेखनीय छ । Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

कथा : अन्तर्नाद

~कुमुद अधिकारी~kumud Adhikari_1

म मेरो एकपाखे पूर्व फर्केको घरको बरन्डामा बसेर उदाउँदो सूर्यको प्रतीक्षा गरिरहेकी छु तर किन हो मेरा आँखा अगाडि काला बादलहरूले रजाइँ गर्न लागेका छन् । म बसेको काठको बेन्च पनि मजस्तै जीर्ण भइसकेको छ । समय, हुरी-बतास र घाम-जूनको प्रहारबाट थकित देखिन्छ । तर काठले बनेको हुनाले आफ्नो उपस्थिति र कठोरताको परिचय दिन म बसेको बेन्च सक्षम छ । मेरो शरीर त Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोवाद : म तिम्रो सहर छोडि टाढा, टाढा जाँदैछु…

~कमल धिताल~Kamal Dhital

थाहा छ एसिया ! आज मलाई तिम्रो धेरै याद आयो । आज दिउँसो ‘श्रीकन्टे’ ले टुविटरमा ‘म तिम्रो सहर छोडि टाढा, टाढा जाँदैछु’ भनेर टुविट गरेका थिए । अनि मलाई पनि यही गित सुन्ने हुटहुटी चल्यो, अनि अनायासै तिम्रो धेरै याद आयो एसिया ! टुविट भन्दा तिमी छक्क पर्यौ होला है, म हिजो आज टुविटर धेरै चलाउँछु नि, फेसबुक ले दिक्कै लाइसक्यो । थाहा छ, आज मैले दिउँसो देखि अहिले सम्म पनि प्रदिपराज पाण्डे कै आवाज सुनिरा’को छु ।

“म तिम्रो सहर छोडि टाढा, टाढा जाँदैछु…
…यो सहर तिमीलाई दाइजो छोडेर जाँदैछु” Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

कविता : छोरा, घर त गयो

~रूपेश श्रेष्ठ~Rupesh Shrestha

एउटा सनकी भुईंचालोले
बेस्मारी हल्लाएपछि
बल्ल आँगनमा झर्नु भो बा ।

आँगनमा झरिसक्दा
बा’को सातो पनि झर्यो
झाँको पनि झर्यो
अनि झरे घरका भित्ताहरु,
झ्याल ढोकाका खापा-चौकोसहरु
खाँबा र दलिनहरु
झिंगटीको छानो र टुँडालहरु ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : शासक

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

तिमीले खाएर के भो
यहाँ कति छन् भोकै
तिमीले लगाएर के भो
यहाँ कति छन् कती नाङ्गै
भोग गर शासनको
शासक भएर तिमी
तिम्रै मात्र रहेछ देश
राज गर सिँहासनमा बस्दै Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : क्षितिज : जहाँ हाम्रो भेट हुनुपथ्र्यो

~डा. मधु माधुर्य~Dr Madhu Shrestha Madhurya

परेलीभरि उठाउँदै छाल आउँछन् सपनीहरु
आशाको बोक्दै सुन्दर उपहार आउँछन् विपनीहरु
न आयौ तिमी हरियाली याममा, जब पूmल फुल्दछ
न आयौ तिमी जूनेली रातमा, जब जून खुल्दछ
यात्राको लामो अन्तरालमा
संगै भोगेका आरोह अवरोहहरु
जीवनका गाथा कथाहरु
तिमीलै गाएका गीतहरु

पाना बनेछन् इतिहासका सबै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : अदृश्य सिक्री

~भ्लादीमिर सोलोभ्योभ~Vladimir Solovyov
अनु. कृष्णप्रकाश श्रेष्ठ.

अदृश्य सिक्रीले हामी बाँधियौं कि जुनीभर,
सके किनारमा अर्कै लोकको पो कतैतिर ।
घुम्नै पर्दछ हामीले स्वयं बन्धनमा परी,
कोरेथ्यो विधिले हाम्रै निम्ति जो चक्र हर्घडी ।। Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कथा : प्रश्नहरू अझै रुमल्लिएकै छन्

~तुल्सी थापा~

एउटा अजंगको रूख छ। केही मान्छे जम्मा भएका छन्, अहिले त्यो रूख वरिपरि। तिनीहरू गम्भीर चिन्तनपछि एउटा निर्णयमा पुगेका छन् कि त्यस रूखलाई काट्नैपर्छ। रूख ढाल्ने बन्चरो, हँसियाजस्ता हतियार पनि छन्, तिनीहरूसँग।

आफ्नो छहारीमा ओत लागेका ती मान्छेहरूको अभिप्राय कसरी बुझोस् त्यस रूखले र त्रस्त बनोस्। वास्तवमा ऊ अहिले बताससँग बात मार्दैछ, घाम ताप्दैछ र कहिले वर्षामा रुझ्न पाउने हो— आकाशतिर हाँगिदै प्रतीक्षारत छ भन्दा हुन्छ। बतास, प्रकाश र वर्षा त उसको अनन्य मित्र नै हुन्। शाश्वत सम्बन्ध छ उनीहरूसँग यो रूखको। ती मान्छेहरू उसका शाश्वत साथीहरूमध्ये पर्दैनन् सायद र तिनीहरू अहिले तम्तयार छन्, उसलाई ढाल्न या भनौं मार्न।

एउटा मान्छे बोकालाई पर्साएजस्तै पानी छम्केर पूजा गर्न थाल्छ, त्यो रूखलाई। मानौं, Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लिम्बू भाषी कविता : आनी लाजेइन

~रमेश नेम्बाङ~Ramesh Nembang

आनी लाजेइन लामभोतेआँग नेमुरो
पान मेन्दँगले मेलाक्तँग् नेमुरो
आनी लाजे खाम्बेकमेन हापाँग् ने
लाजेसे आभोक्सेम्मेओ पाताँग् ने

आनीपान लाम्मेन पोपेक्माचोक्पे
सकसक मुन्धूम माबेक्माचोक्पे
लाजेइन नुबा लाम्मेअ तोम्बुँग् लो Continue reading →

Posted in लिम्बू कविता | Tagged | Leave a comment

गजल : गुमाएर निस्किएको छ

~कपिल अञ्जान~Kapil Anjan

पक्कै केही न केही गुमाएर निस्किएको छ
कि त उसले यथार्थ लुकाएर निस्किएको छ

हिजोसम्म त घर सजाउँछु भन्दै थियो रे
आज आफ्नै त्यो घर जलाएर निस्किएको छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मृत्यु र नियति

~राजन काफ्ले~

अचानक निर्दोषहरुको शास
पुलको धरापमा गएर अड्कियो
दर्जनौं जीवनका सपनाहरु
बारुदको धुवाँ भित्र बिलाए
अंगहरु चोइटिए, उछिट्टिए
केहि जलेर खरानी बने
केहि डढेर कक्रक्क परे
सुख्खा नदिको बालुवामा
जब आधा गढेको लाशलाई देखेर
आश्चर्य चकित कालले सोध्छ
के यो मृत्यु नियति हो ?
या मार्नेहरुको जालझेल
श्रीपेचको दाउपेचको खेल ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : आफ्नो आफ्नो डम्फू

~विनय कसजु~Binay Kasaju

खोलापरि हरियो कलकलाउँदो घाँस उम्रेको देखेर एउटा बोकालाई लोभ लाग्यो । तर ऊ खोला तरेर परि जान सक्तैनथ्यो । उसले एउटा उपाय सोच्यो ।

खोलाको तिरैमा एउटा सुरिलो रुख थियो । रुख मुन्तिर मुसाको परिवार बस्थ्यो । बोकाले मुसालाई भन्यो, “मुसा भाइ, मलाई एउटा गुन लाउनु पर्‍यो । तिमीहरु जुन रुखको जरामा बसेका छौ त्यो रुखको जरा खनेर त्यसलाई खोलामाथि पल्टाइ दियौ भने म त्यसमाथि चढेर खोलापारि गएर हरिया घाँस खान पाउँछु । तिमीहरुले पनि खोलापारि गएर घाँसका पोटिला बिउ खान पाउँछौ ।” Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : काठमाडौँले चिन्न नसकेको भेगको कथा ‘समृद्ध कर्णालीको दु:ख’

~बसन्त बस्नेत~Basanta Kumar Basnet

कुनै बेलाको समृद्ध कर्णालीसँग आज अभाव, उपेक्षा र बहिष्करणका सुस्केरा मात्रै बाँकी छन् । कर्णालीसँग प्राकृतिक साधन स्रोत र सम्पन्नता छ भन्ने त सबैलाई थाहै छ । तर, पूर्वीय सभ्यताका चारमध्ये एउटा मुहान कर्णाली हो भन्ने कतिपयलाई थाहा नहुन सक्छ । पूर्वीय सभ्यता र दर्शनको केन्द्र कैलाश क्षेत्रबाट बग्ने चार नदी सिन्धु, सतलज र ब्रह्मपुत्रसँगै कर्णाली पनि एक मुख्य नदी हो । संसारभरिका महान् सभ्यताहरू नदी किनारबाट सुरु र विकास भएको मानिन्छ । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

कविता : संगीतमय क्षण

~डा. जंगब चौहान~ Dr Jangab Chauhan

झ्यालमा आएर बसेको छ नीलो जून
र कोही आएर सुस्तरी बोलिरहेछ
“ए, उठ न !”

झ्यालमा जून आएर बसेको छ
नीलो जून झ्यालमा आएर …
सपनी ओढेर निदाएको म
बज्न खोजेछु अचानक एउटा अपरिचित धूनमा !
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना हरू को मलामी

~दिल निशानी मगर~Dil Nisani Magar

तीम्रो एउटा-‘आदेश’ मा
हजार मरेको रात,
अनी
तीम्रो एउटा ‘सपना’ को लागी
टूहूरा-टूहूरी को साथ
कती चाडो-भूल्यौ तीमीले
बीधूवा को रीत्तो-‘सीउडो’
र
भरी-भरी ‘सपना’ | Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यो आवाज मन्द छ तर सत्य छ

~दिप्स शाह~Deeps Shah

च्यातेर झन्डा लगौँटी लगाउनेहरु हो!!
झण्डाले लाज ढाक्तैन कसैगरी
टांगमुनी अल्झिनुको बिवशतामा
ऊ त आँफैँ लाजले सिङ्गो युग रुन्छ रुवाउँछ
नबिर्स! झन्डा हातमै उचालिनुपर्छ
अनी पो गर्बले फहराउँछ
ऊ हाँस्छ र सबैलाई सुहाउँछ। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : भूपि–पारिजातको राल्फा संवाद

~रामेश~

हुलाक प्रशिक्षण केन्द्रको जागिर। सानो कोठाभित्र तीव्र वेगमा टाइप गरिरहेको हुन्छु। निकै बेरपछि टाइप गरेका प्रतिहरू हाकिमज्युको टेबलमा राखिदिएर बबरमहलबाट सुस्तसुस्त पुतलीसडकतिर लाग्छु। पारिजात दिदीले भन्नुभएको थियो, ‘रामेश भोलि तिमी आऊ है। मेरो लेख तिम्रो अक्षरले सारिदेऊ। अनि पत्रिकामा पुर्याहउन पनि गइदेऊ।’

पुतलीसडकको साँघुरो लामो गल्ली पार गरेर दिदीको भुइँतले कोठामा पस्न खोज्दा बाहिरैबाट अलि कडाखाले स्वरमा उहाँको आवाज सुनिन्छ। कोठाभित्र नपसी बाहिरैबाट कुरा सुन्न एकाग्र हुन थाल्छु। त्यसरी सुन्नु राम्रो होइन– थाहा छ तर दिदीलाई नभेटी जान हुन्न। बाहिर जानु पनि कहाँ जानु? Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : ​रङ विरुद्ध एउटा क्यानभास

~भावना शर्मा~Bhawana Sharma

बुढो चित्रकार
बरालिएका कुर्चीले पोतिरहन्छ म मा
कहिले रंगिन कहिले रंगहीन आकृतिहरु…
म क्यानभास
रंगहरुको आवेग सहन विवश !
विचलित छु
छिनछिनमा बदलिइरहने रङहरुले
अशान्त छु
सोच्दैछु, आज बहिस्कार गरुँ यो कोलाज !

असाध्यै रिस उठेको छ
यो चित्रकारसँग
एकैछिन अघि पोतिदिएको सुनौलो रङ- खोइ कता उडेछ?
कत्ति मन परेको त्यो हल्का गुलाबी
त्यो पनि मेटिदिएछ
खैरो पारिदिएको हेर किनारा ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

देउडा गीत : फुल्या की गुराँस

~दिपक साउँद~Deepak Saud

मैना रन्या पारि डाँडा, फुल्या की गुराँस
सम्राई लागली मैना, मन होला उदास

काँ फुली प्याउली फुल, रंग छाडी पेला
मन उदास सम्झना ले, झल्को आया बेला Continue reading →

Posted in देउडा गीत | Tagged | Leave a comment