छोक : होसियार

~धनबहादुर मगर~Dhana Bahadur Magar

ऐनाहरू छली हुन्छन् भनी ठान्थे म
अनुहार पो ढँटुवा हुँदो रहेछ।
होसियार
चिनारु अपरिचित अनुहारहरूसँग Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : नानाथरि कुरा चल्यो

~जीवन ‘सागर’ भण्डारी~

आज फेरि मनभरि नानाथरि कुरा चल्यो
कुनै कुरा आधा चल्यो कुनै कुरा पूरा चल्यो

वेदनाको कालो बादल किन छायो कुन्नि ?
हाँसो कता हराएछ कसले पायो कुन्नि ?
रातदिन आँखाबाट आँसु झरेपछि Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : खारापानी र सजायहरूको चेकबुक

~सरस्वती प्रतीक्षा~Saraswoti Pratikshya

स्मृतिहरुको एल्बममा
उफ्रीउफ्री नाचिरहेछ–दुःस्वप्न

समवेदनाहरुको लस्करमा
लुखुरलुखुर हिँडिरहेछ– यहाँको किशोरी घाम

हो,
यो त्यही उजाड बस्ती हो
जहाँ बबण्डरमय बाढीले
एकदमै भद्दा चित्र कोरेर गएको थियो
कैयन्का ओजस्वी सपनाहरुलाई
अजिङ्गरले निलेझैं
निलेको थियो प्रकृतिको रौद्ररुपले

यहाँको हावामा Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘सुवर्ण शमशेर र अप्रकासित दस्तावेज’मा इतिहासको अभिलेखन

~सीताराम बराल~

book cover - Subarna Shamsher Rana ra Aprakashit Dastabej - Dr Yagyanath Acharya

दलमाथि जुन नेताको पकड हुन्छ, दलीय राजनीतिमा त्यसैको धेरै चर्चा हुँदो रहेछ । त्यसैले होला, इतिहासमा नेपाली कांग्रेसका चार रथी भनेर बीपी कोइराला, जनरल सुवर्ण शमशेर, सूर्यप्रसाद उपाध्याय र गणेशमान सिंहको चर्चा गरिए पनि महत्व र चर्चाचाहिँ बीपी कोइरालाले नै पाउने गरेका छन् । त्यसैले बीपीको तुलनामा गणेशमान, सुवर्ण र सूर्यप्रसादबारे विरलै पुस्तक निस्केका छन् ।

यज्ञनाथ आचार्यद्वारा लिखित सुवर्ण शमशेर राणा र अप्रकाशित दस्तावेज (बिसं २०१७–२०३४) पुस्तकले जनरल सुवर्णबारे लेखिएका पुस्तकहरूको अभावलाई केही हदसम्म भएपनि पुर्ने प्रयास गरेको छ ।  बीपी कोइरालाको निर्वाचित सरकारलाई राजा महेन्द्रले १ पुष २०१७ मा कू गरेपछि २४ कात्तिक २०३४ सम्मको सुवर्ण शमशेरको राजनीतिक गतिविधि समेट्नु पुस्तकको अभिष्ट रहेको देखिन्छ । यति हुँदाहुँदै पनि जनरल सुवर्णको राजनीतिक जीवनका सुरुआती बेलाका रोचक झलक पनि समेट्ने जमर्काे छ । Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : ऋतु फर्केपछि

~रञ्जना उदास~Ranjana Udas

घामले छोएका दिनहरु
आँगन र संघारहरुबाट उक्लँदै
मेरो जिन्दगी :
ऋतु फर्कने प्रतीक्षा गर्छ ।

गनेर इन्द्रधनुका रंगहरु
नाप्न खोज्दै सूर्यका किरणहरु
धर्साधर्सी अरु थाुपरिएछन् चेहरामा
तैपनि म,
बदलिने ऋतुको पर्खाइमा
टीकाटिप्पणी गर्ने गर्छु । Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : त्यो मन ढुंगा भएछ

~रामकुमार परियार~Ram Kumar Pariyar

बुझ्नै नसक्ने चरित्र श्रष्टिको विचित्र रहेछ
आज अनायसै तिम्रो त्यो मन ढुंगा भएछ

तिम्रो हात आजन्म थाम्छु भन्ने मान्छे
पत्तै नदिई खै कुन्नी कता सुटुक्कै गएछ Continue reading

Posted in गजल | Tagged | Leave a comment

Translated Poem : Talking of History

~Krishna Bhushan Bal~Krishna Bhushan Bal
Trans : Mahesh Paudyal ‘Prarambha’

A moon of creativity went, passing us, just now,
an air of zeal was discarded on the river bank, just now.
A mere, feeble town writhes with a crowd of dead bodies
the roads are silent with void stepping of empty feet
history stuck there,
we stuck there with it,
to know if the rivers are asleep or awake, we thrust in a burning log, Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कथा : नगीना बाई

~विश्वराज अधिकारी~Bishwa Raj Adhikari

सुन्नु हुन्छ, ल सुन्नुस त। यो कथा आज भन्दा करिब पचास साठ्ठी वर्ष पहिलेको हो। नेपालको, दक्षिणी तराईको कुनै गाउँमा ……………….

‘रुपचन मालिककको आँगनमा हात्तिहरु जोडेर, हात्तिमाथि रण्डीको नाच हुदैंछ। बाजा चाँहि अंग्रजी रे। बडा गजबको बरियात छ। मेन्टुल त कति कति?’ भन्दै गाउँका एक झुण्ड केटाहरु रुपचनको घरमा आएको जन्ती हेर्न दौडिए। पछि पछि बाल बालिकाहरु दौडिए। बालबालिकाहरुको पछि पछि युवा युवतीहरु। युवा युवतीहरुको पछि पछि बृद्ध बृद्धाहरु । ठूलो भीड लागेको थियो रुपचनको घर अगाडि। आँगनमा मानिस जति जति थुप्रिँदै थिए त्यही अनुपातमा रुपचनको छाति तन्किदै थियो। फुट्न मात्र बाँकी थियो गर्वको दबाबले। हात्तीमाथि रण्डी नचाउने हैसियत ऊ बाहेक कसैमा थिएन त्यो गाँउमा । अझै त्यो मौजेमा। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आज गीता आउँदै छिन

~विश्वराज अधिकारी~Bishwa Raj Adhikari

श्याम दाइ कहाँ म साँझमा पुगेको थिए। हुन त फोनमा कुरा गर्दा वहाँले भन्नु भएको थियो ‘सानो भाइ, मिल्छ भने दिउँसो नै आउन, है। शनिवार त के फुर्सत नै होला नि, अफिस हुने त कुरै भएन, होइन त? अँ रातिको खाना यतै खाने गरी आउनु नि।’ तैपनि म साँझ पुगेको थियो। म पुगेको थिएँ तेजारथटोल, बीरगंज। Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कविता : बा

~शम्भु दंगाल~

मन लाग्छ…
सानो बालक बनुँ
अनि समाउँ ‘बा’को हात
र मागू आकासको चम्किलो एउटा जुन

मन लाग्छ…
कतै टाढा ‘बा’सँगै पैदल हिँडू Continue reading

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : बुद्धिविलास !

~विमल आचार्य~bimal-acharya

एक जना युवक अआ (असन्तुष्ट र आक्रोशित) मुद्रामा मार्टिन चौतारीमा आए। उनी प्राय: आइरहन्थे। आएर एक दिन झपार शैलीमा भने, ‘तपैंहरूका सप काम बुद्धिविलास मात्रै हुन्। केही काम छैन तिनको। सप बक्वास !’

लेखपढको हाम्रो लघु संसारमा मार्टिन चौतारी धेरैलाई थाहै छ। थाहा नहुनेका लागि औपचारिकतावश कुरो गरौँ (थाहा हुनेले यी दुई अनुच्छेद नपढ्नुहोला)। मार्टिन चौतारी २४ वर्षभन्दा बढी समयदेखि निरन्तर गफ गरिरहेको ‘वक्ताहरूको गफाडी कुनो’ हो। मिडिया शोधको मियोमा सामाजिक–आर्थिक, राजनीतिक, Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : सीन्ड्रेला !

~दिपशिखा शर्मा~Deepshikha Sharma

“मामु भरे म स्कुलबाट आँउदा मिठो खाजा बनाईदिईस्यो हस् ? मलाई स्कुलको खाजा मन पर्दैन के त्यही माथी पनि साथीहरुले जुठो हालिदिन्छन् । आजदेखि पानीपनि लान्न सबै टिफिन टाईम भन्दा अगाडी नै भ्याईदिन्छन् मैले एक घुट्को पिउन पनि पाँउदिन मामु ! सीन्ड्रेलाले मम्मीलाई मायाँलु पाराले सम्झाँउदै भनिन्” । हस् बाबा ! सीमरनले बोल्न गाह्रो भई भई सीन्ड्रेलालाई भनिन् । किन किन आज बिहानैदेखी उनलाई सन्चो थिएन । सकी नसकी छोरीलाई खाना बनाईदिएकी थिईन् । सीमरनको अनुहारमा सीन्ड्रेला प्रतिको मातृवात्सल्य छचल्किईरहेको थियो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सपना निर्वाण

~दिपा राई पुन~Deepa Rai Pun

तिम्रो सपनाको कित्तामा
आत्मा ज्योति बलोस साँझ बिहान
प्रेमील आस्थाको बिश्वास
सार्थक रूपमा फुलोस
मनको कामनाको बिस्कुन
ढुकढुकीले लेखेको अक्षर
तिम्रै नाममा खामबन्दी छ
जीवन बग्ने नागबेली किनारमा
मेरो पनि रहरको एउटा मुल छ
त्यो पनि तिम्रै तिर बगिरहेछ Continue reading

Posted in कविता | Tagged | Leave a comment

तामाङ भाषी कविता : शान्तिला ह्युल नेपाल

~सुनसान तामाङ पाख्रिन~Sunsan Tamang Pakhrin

च्योमदान्देसे याङवा मुबा
शान्तिला ह्युल नेपाल बिसी
गाङसाल नेपाली सिसी जिन्जी
ज्योज्यो थेन आले छेसी छेसी

तिका याङला ज्योज्यो आलेसे
नेपालरी आतंकदा बासी
कवा पिन्बा आबा आमादा
सेम क्राना लासी Continue reading

Posted in तामाङ कविता | Tagged | Leave a comment

कविता : काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन

~कृष्णभुषण बल~Krishna Bhushan Bal

काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सकदैन
काठमाण्डू एक्लैले अब सिङ्गै नेपालको अर्थ लगाउन सक्दैन ।

नाघ्नुपर्छ पैतालाहरुले अब भन्ज्याङहरु
टेक्नुपर्छ आँखाहरुले अब सारा पहाडहरु
उड्नुपर्छ निश्चित लक्ष्यहरुमा अब यो छिमलका चराहरु
ज्वालामुखीभैंm फुट्नुपर्छ अब यो पिढीका स्वरहरु
छाम्दै हातिहरुले काँडाहरु अब टेक्न सक्नुपर्छ ।
काठमाण्डू त अब डाँडाहरुमा बिछिन सक्नुपर्छ ।
Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : वाणी प्रकाशन र विराटनगर मैले किन छाडे ?

~परशु प्रधान~Parashu Pradhan

वदेशदेखि विदेशसम्मका साहित्यिक साथीहरू वाणी प्रकाशनका सेयरहोल्डर मित्रहरू र सबैले बरोबर सोध्ने प्रश्न यिनै हुन्, ‘तपाईंले वाणी प्रकाशन किन छाड्नुभयो ? तपाईं र वाणी पर्याववाची भइसक्नु भएको थियो । फेरि वाणी पूर्वाञ्चलको जन–एकेडेमी (प्रज्ञापरिषद् सदस्य भइसकेको, राष्ट्रभित्र र बाहिर राम्रो इमेज बनाइसकेको वाणी प्रकाशन तपाईंले किन छाड्नुभएको हो ?’ Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : रोइरहेछ मेरो देश

~प्रवीण खड्का~

हिजो जस्तै,

बिहानै सूर्य उदायो ।

दिनहरु निरन्तर बितिरहे

घाम र जुन बनेर |

समय घुमिनै रह्यो

आफ्नै रफ्तारमा।

तर, Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यृलाई जितेकी छु

~रिना बम्जन ‘तमाङ’~Rina Bamjan 'Tamang'_1

शालीन धर्तीमाता
जब, अचानक
थर्थराउदै काँप्न थाल्छन्
अनि
सृष्टि र सिर्जना
निमेषमै
भताभुङ्ग भएर
भग्नावशेषमा परिणत हुन्छ
र,
कायल बन्छ धरमर
बाँकी अंशहरू । Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : आफ्नो घर

~स्वामी सुभाष चन्द्र~Swami Subash Chandra

मैले बनाएको घर जस्तै म पनि थोत्रो र बुढो भएको छुँ । अब त्यो घरमा बस्ने मेरो अधिकार ‘छ, छैन ?’ प्रश्न उठ्न थालेको छ ।

मेरा उत्तराधिकारीहरू भन्न थालेका छन्, ‘ यो घर उनीहरूको हो ।’ हो पनि, घर मरम्मत, सह्यारसम्भार, सुग्घर सफाइ गरेर घर सुन्दर राख्नमा उनीहरूको ठूलो योगदान छ । म नबसे पनि उनीहरू यो घरमा बसिरहने छन् ।

Continue reading

Posted in लघुकथा | Tagged | 1 Comment

कथा : उ देश फर्कियो

~सन्तोष पौड्याल~Santosh Paudyal

बिहान सात बजे रेस्टुरेन्ट अाइपुग्दा ब्रेकफास्ट खानेको भिड जम्मा भईसकेको थियो। निबु रेस्टुरेन्ट यसैपनि लन्डनको चल्ती रेस्टुरेन्ट। हायोड पार्क नजिकै रहेको यस जापानिज रेस्टुरेन्टमा बर्षभरीनै पर्यटकको घुइँचो लाग्ने गर्छ। त्यसै माथि क्रिशमस मासको महिना अघी र पछी त खुट्टा राख्ने ठाउँं पनि हुँदैन। बिशाल सरासर किचनको पुछारमा पुग्यो। मेसिन अन गर्‍यो र युनिफर्म लगाउन क्याबिन छिर्यो। फटाफट पोशाक मिलाएर फर्किदा मेसिन दुरुस्त भईसकेको थियो। टेबलभरी जुठा भाँडाको डुङ्गुर लागेको थियो। कुक र सेफहरुले यो चहियो, उ चहियो भन्न शुरु गरिहाले। सेकेन्ड पनि खेर नफाली उसले भाँडा घिस्न सुरु गर्‍यो। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : कुटा कोदाला देखाएर

~पुरु लम्साल~Puru Lamsal

ऊ रुँदै थियो कुटा कोदाला देखाएर
मेलापात गरिरहेका खेताला देखाएर

हजुरले त घरको तला थप्नुभएछ
नजिकै भत्किएको पाठशाला देखाएर
Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : हुण्डरी

~नारायण तिवारी~Narayan Tiwari

तीस वर्ष भयो होला उसले यो माटोमा नटेकेको । जीवन हिँडिरहेको छ । यो समयको अन्तरलाई मेटाउन । उसको बाल्यकाल यसै माटोमा लडिबुडी गर्दै बित्यो । कति सजिलै बिर्सन सकेको होला आफ्नो माटो । जीवन स्मृतिमा डुब्छ र हिँडिरहेको छ । एक्लै छ अहिले हिँडिरहेको ऊ गाउँ जान । माटोको माया त हृदयमा सधैँ बोक्यो । अरूले जस्तै उसले पनि भन्यो, मेरो यो सीतागञ्ज मलाई औधी प्यारो । सीतागञ्जको माटो मलाई प्यारो । भलै, सीतागञ्जको माटोमा धान नफलोस् । तर, सीतागञ्जको माटो मलाई सबैभन्दा धेरै प्यारो ।

त्यसो त माटोको पनि के दोष जब बनाउनेले नहर बनाइदिएनन् । नहर बनाए पनि पानी नहरमा बाढी आउँदा छोडे, सुख्खालाग्दा छैन पानी । अनि के फलोस् यो प्यारो माटोमा अन्न । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बाजे यो मादल बजाऊ त …

~धनबहादुर मगर~Dhana Bahadur Magar

त्यो मादल
बाजेले बजाउदा मजाले घन्कनथ्यो
आज मैले बजाउदा किन रुन्छ हँ

सयपत्रीको रंगसंग
खेल्दाखेल्दै कहिले पोल्टोबाट हराएछ
बोजुको त्यो मिठो मुस्कान
अनि Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : कानुन

~नविन लोचन मगर~Nabin Lochan Magar

मैले अनुहार हेर्ने बित्तिकै चिनिहालेँ । किसन हो उसको नाम । यही नाम छ फेसबुकमा उसको । जो मसँग अनलाइन गफमा आउँछ र रमाइला अनि त्यतिकै स्वाभिक कुराहरु गर्छ, मलाई पनि खुशी लाग्छ उसको स्टाटसमा आउने प्रत्येक शब्दहरु देख्दा । उसका हरेक स्टाटसमा मैले उसलाई छामेको छु । उसको बास्तविकता के हो ? त्यो त मलाई सबै कुरा थाहा छैन र भेटेर सहकार्य पनि गरेको होइन । भनिन्छ, Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : देखेकै छैन

~बादल सुरेश~Suresh Badal

तिम्रो बा’जस्तो खुराफाती देखेकै छैन
भेट्नै नदिने कठोर छाती देखेकै छैन

चक्लेट खाँदा भन्दिन भन्छन् पछि कुरा लाउँछन्
तिम्रो भाईबैनीजस्तो घाती देखेकै छैन Continue reading

Posted in गजल | Tagged | Leave a comment

बाल कथा : टेलिभिजनमा छिमेकी चन्द्रमाका मान्छे

~बिजय चालिसे~Vijay Chalise

“ओहो, त्यो त सिनेमा नभएर साँच्चिकैको घटना पो रहेछ !” बिहान सबेरै बाबासँग बसेर दूध खान लाग्दा अखबारमा देखिएको एउटा चित्र र समाचार देखेर इशान छक्कै प¥यो । समाचारमा एउटा अनौठो जीवले हिजो राति पृथ्वीका सबै टेलिभिजनमा देखिएर आफ्नो कुरा सुनाएको विवरण थियो ।

“होइन, कुन सिनेमा भनेको तिमीले ?” अर्के अखबार हेरिरहनु भएको बाबाले सोध्नु भयो । Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : ईश्वरलाई सुझाव

~सीमा आभास~seema avas

पूर्खाले बनाएका छाना आगो जोरेका अँगेना
धान गहुँ फल्ने खेतका आली
आँगनदेखि पँधेरासम्म कोरिएका गल्ली
जति रिस उठे पनि नभत्काएस् ईश्वर !
ए ईश्वर ! तँलाई पनि थाहा छैन
कसले ? किन ? कुन दिन ? कति बजे ?
बनाएको थियो छङछङ गर्ने झरनाको लहर
शान्त नदीको मन गेरू ओढेर बलेँसीमा झरेको चन्द्रमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

गज़ल : चिसो रात छाडीगए

~मीरा मन थापा~Mira Thapa Man

बादल आए बर्षिएर चिसो रात छाडीगए
त्यहि रात परदेशी भई उनले हात छाडीगए ,

मेरी माया रोईन भने साथ दिनु ए !ताराजून
अह्राउँदै आकाशमा ताराका ताँत् छाडीगए Continue reading

Posted in गजल | Tagged | Leave a comment

छोक : गुरुआमा

~ईश्वर थोकर~Ishwor Thokar_1

१. भर्खँरै
त्यो
तिम्रो
उज्यालो अनुहार
ठम्याउन
नसके पनि
तिम्रो
त्यो
माया
आमा माया त
ठम्याउन सकेँ नि ! Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘तिम्रो लोग्ने र म’ कथासङ्ग्रहभित्रको संसार

~द्वारिका नेपाल~Bookcover - Timro Logne ra ma - Nirupa Prasun

१. विषयप्रवेश :

“कल्पना गर एन्जल ! तिम्रो र मेरो बिहे भैसक्यो, हामी एउटै घरमा छौँ । तिमी र म बूढा÷बूढी हौँ । जब तिमी राति अबेर भान्छाको काम सकेर बेडमा आइपुग्छौ, त्यो बेलासम्म म एक निद्रा निदाइसकेको हुनेछु । तिमी लुगा फेर्छौ अनि बेडमा बसेर कपालको क्लिप फुकाउँछौ, अनि हातका चुरा फुकाउँछौ । एक–एक गर्दै शरीरमा लगाएका सबै थोक फुकालेर सुत्छौ । तिमी मसँगै टाँसिएर सुतेकी भए पनि म थाहा पाउँदिनँ । तिमी मलाई बिउँझाउने प्रयासमा हुन्छौ । पहिले मेरो कपाल चलाइदिन्छौ, अनि मेरा निधारमा म्वाइँ खान्छौ अनि ओठमा । यति हुँदासम्म पनि म बिउँझिदिनँ । Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

नियात्रा : जीवन : उत्तरार्धमा पुगेपछि

~राजेन्द्रप्रसाद अर्याल~Rajendra Aryal

तिसौँ वसन्त पनि पार नगर्दै वैधव्य जीवन अँगाल्न बाध्य निरक्षरी मालतीले दुखजिलो गरेर भए पनि एक्लो छोरालाई एस.एल.सि.पछि काठमाडौँमा राखेर एम.ए.समेत गराइन् । गाउँमा उनको मुक्तकण्ठले प्रशंसा भयो । उदाहरणीय बनिन् । छोराले पनि क्रमशः प्रगति गर्दै गयो । उपसचिव भयो । हाकिम हँुदै जिल्ला चहा-यो । धनसम्पत्ति कमायो ।

मालती बुढी हुँदै गइन् । प्वाँख बस्दै गयो । छोराले आमालाई माया गरेन । अविवेकी भएर निस्क्यो मोरो । गच्छेअनुसार पालन पोषण गर्न पनि छाड्यो । स्थिति यहाँसम्म भयो कि एकपेट अघाउन्जी खान पनि रहर हुन थाल्योे उनलाई । दुख र वेदनाको पोखरीमा चुर्लुम्म डुबेकी मालतीलाई क्रूर समयले झन् थप्पड हान्यो । क्यान्सर जस्तो घातक रोगले Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

निबन्ध : बोर गर्‍यौ शङ्कर दाइ

~हरीभक्त कटुवाल~Haribhakta Katuwal

एक दिन त जसले पनि मर्नुपर्छ नै। मरेपछि पुगिने ठाउँ स्वर्ग हो वा नर्क– त्यसमा मलाई विश्वास छैन। तर किन हो एकपल्ट विश्वास गर्न मन लागिरहेको छ यसबेला। कुनै दिन म पनि मर्छु र त्यतै कतै तिमीलाई भेट्न पाए कति मज्जा हुन्थ्यो शङ्कर दाइ ⁄ कत्ति मज्जा हुन्थ्यो।

मेची तरेपछि पोहोर पनि एकपल्ट काठमाडौं आएको थिएँ। नयाँ भाउजूलाई साथमा लिएर तिमी अम्बरजी Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment