बादल आए बर्षिएर चिसो रात छाडीगए
त्यहि रात परदेशी भई उनले हात छाडीगए ,
मेरी माया रोईन भने साथ दिनु ए !ताराजून
अह्राउँदै आकाशमा ताराका ताँत् छाडीगए
दुगुना भई परदेशीको यादले छाति पोल्ने भयो
उनले आफ्नो मुटु मेरो छाति माँझ छाडीगए ,
यिनै मध्य कोहि एउटा मदन होला फेरी पनि
रुँदैरुँदै मायालुलाई जो जो आज छाडीगए….
मीरा मन थापा
माईधार झापा
(स्रोत : Nareedarpan )

