~सीता सुबेदी~
म चाहन्छू मेरो छोरी,
क्रुर शाषक बनोस् ।।
समाजमा हत्या,हिंसा अंगाल्दै,
नाङ्गो राजनिती गर्नेहरुमाथी। Continue reading
~सीता सुबेदी~
म चाहन्छू मेरो छोरी,
क्रुर शाषक बनोस् ।।
समाजमा हत्या,हिंसा अंगाल्दै,
नाङ्गो राजनिती गर्नेहरुमाथी। Continue reading
~राम प्रसाद पोखरेल~
गाउँ घरका टोलटोलमा, खुले सहकारी
लाखा पाखा नलगाई , दिन्छ रोजगारी।
इलमगर्न नजाउभन्छ, कोही पनि टाढा,
नीतिनियम पालन गर, हुने छैन घाटा। Continue reading
~गणेश खड्का ‘रोषी’~
एकान्तमा टुट्या फुट्या सब्दहरु जोड्दै गएँ
एकान्तमानै ध्यान मेरो अन्तै तिरै मोड्दै गएँ
जाडो थियो सिसिरमा घामले न्यानो पारिराथ्यो
तेही न्यानो घाममा बसी मैले गहु गोड्दै गएँ Continue reading
~विजय राना~
कति चोट पर्दा त, सहन्छन् जिन्दगीमा
भो नरोऊ आशु कति, बहन्छन् जिन्दगीमा
एक दर्ुइ पटक हार्दा पनि, यति धेरै निराश –
बिजय पराजय त, भई रहन्छन् जिन्दगीमा !! Continue reading
~सुबिन भट्टर्राई~
ऊ आएर खुत्रुक्क मेरो मोटरबाइकको पछाडि बस्छे । कतै छोइएलाझैँ, बडो र्सतर्कताका साथ दुवै खुट्टा यौटै साइडमा राखेर बस्छे, परम्परागत महिलाझैँ । पहेँलो साडीमा गुलाबी रङका बुट्टा कुँदिएका छन् । शरीरबाट अत्तरको कडा बास्ना प्रसारित भइरहेको छ । नाकै हरक्क गर्छ मेरो । तर उसको अनुहारतिर म त्यति ध्यान दिन्नँ । ठीकसित उसको शरीरलाई नियाल्न पनि मन लाग्दैन । गम्ल्याङ्ग मेरो शरीरलाई आफ्नो हातले बेरेकी भए उसको उपस्थितिको अझ अर्को एउटा सबभन्दा बलियो प्रमाण हुन सक्थ्योे तर त्यसो हुन सक्तैन । अनुमान गरेरै निर्धक्क भई मैले उसको उपस्थितिलाई छाम्नुपर्ने बाध्यता छ । फर्केर पछाडि हेरे पनि हुँदो हो तर मभित्रको पौरुष अहम्ले, कमसे कम तत्कालीन परिस्थितिहरूको स्थितिबोध गरेकाले त्यसो गर्न दिँदैन । मैले आंशिक नेत्रहीनताको अभिनय गर्नैपर्छ ।
ऊ मेरी स्वास्नी हो । Continue reading
~Sulochana Manandhar~
Winter, after stubbornly ruling the valley for months, finally folded back its icy wings, slowly and unwillingly. Spring was there, again and had brought back warmth to the earth. Trees were green again, flowers started blooming and birds started singing – exactly as in the previous years. But that year’s spring, for me, was something more than a cyclical repetition of seasons. It seemed to have brought a lot of gifts to me Continue reading
~किशोर पहाडी~
‘ड्याडी टिभी हेरिरहनु भएको छ । मैले ढोकाबाट चियाउँदा देखेको । उहाँको अगाडि जान मलाई डर लाग्छ । त्यसैले उहाँलाई सोधिनँ । ममीलाई चाहिँ भनेँ, ‘आज म गौतम ‘गम्भीर’लाई भेट्न जान लागेको ।’
‘एक्लै ?’ ममीले सोध्नुभयो ।
‘होइन । साथीहरूसँग । रुसू, रेजिना, एलिना, रुक्मा— सबै ।’ ड्याडीलाई भनिनँ किनभने ड्याडीले फेरि ‘नजानू’ भन्नुहुने पो हो कि ?
Continue reading
~देश सुब्बा~
भूकम्पको पहरा भत्केर
छोप्यो सुन्दर गाउँ
खेल्दै गरेका जीवनका रहर
चेप्यो ढुङ्गा र माटोले
उडायो दीवा सपना
आफ्नै आँसुको कोशीले
हे भूकम्प !
तिमीले पुर्यौ साना नानीहरु
दूध पिलाउदै गरेका न्यानो आमाहरु
यो बज्र किन मेरै आँगनमा Continue reading
~पञ्च विस्मृत~
फूटपाथहरुमा
हजारौँ मान्छेको दु:ख्ख टाल्ने सडक धाँज फाट्छ …
गन्तव्यतर्फ अघि बढेका कदमहरु लरखराउछन्
मनमा अँध्यारो छाएको बेला
शहर ओझ्याउने
ल्याम्पोष्टहरु समेत ढल्छन्, भूकम्पमा
जिन्दगीको हिस्सा बेचेर किनेको एउटा इँट
आफ्नै घरको पर्खालबाट झर्छ र काल बन्छ Continue reading
~Hari Govinda Luintel~
Trans: Bhakta Bahadur Shakya
Mr. Sadananda, a learned man died today. Local people gathered before his dead body.
“Oh! What a wise man he was.”
“Oh! What a tremendous knowledge he possessed.”
“He had digested hundreds of books and had thorough informations of dates and data about basically important subjects.” Continue reading
~बिपिन खनाल~
समझदारी,सदभाव र शान्ती जहां जहां छ
म देश,मेरो खुशी मेरो उन्नती त्यहां त्यहां छ
एउटा छोरो मलाई ,चाहेर नि स्विकार्दैन
अर्को छोरो मलाई ,आमा भनी पुकार्दैन Continue reading
~रमण घिमिरे~
भाद्र ११, २०७२- पहिलो कवितासंग्रह प्रकाशित भएको १२ वर्षपछि विमल वैद्य खोलाझैँ फर्किएका छन्, समय र सपनाहरू लिएर । विमल विम्बहरूको तरेलीमा कविता सुसेल्दै मात्र फर्केका छैनन्, विम्बभित्र लयको आरोह–अवरोहलाई पनि सलल प्रवाहित गर्दै प्रस्तुत भएका छन् । Continue reading
~सोनाम सोल्टी~
तिम्रा उत्साहका स्वरहरु,
मेरा सफलताका सोपानहरु हुन्,
स्वरहरुलाई बलियो पार ।
तिम्रा शुभ चाहनाहरु,
मेरा आकांक्षाका प्रारम्भहरु हुन्,
चाहनाहरुलाई खँदिलो पार ।
हेर ! अनन्त यात्रामा निस्किएका छौं हामी,
क्षितिज ताकेर पाइला सार,
गुराँस जस्तो शुभकामना लिएर हिँडेका छौं हामी,
त्यसलाई सम्हालेर राख । Continue reading
~मानन्धर अभागी~
यो देशमा आज फेरि मरिचमान जरुरी भो
छिमेकीको रुप कस्तो पहिचान जरुरी भो
कुनैपनि वेला यहाँ संकट आइपर्न सक्छ
हामी सम्पूर्ण नेपाली सावधान जरुरी भो Continue reading
~बसन्त श्रेष्ठ~
उ आयो / न कुनै खबर / न कुनै समाचार
उ आउनु संगै सबैको
मन हल्लायो, तन हल्लायो / पुरै मथिंगल हल्लायो
जग हल्लायो / घर लडायो / पहाड हल्लायो
चुपचाप आयो तर चुप चाप फर्केन
गाउँ बस्नेले शहर सम्झ्यो
शहर बस्नेले गाउँ सम्झ्यो
देशमा बस्नेले परदेश सम्झ्यो
परदेश बस्नेले आफ्नो देश सम्झ्यो Continue reading
~राज अविरल यात्री~
कोही कोही मान्छे खास हुन्छ ।
र उ दीलको आसपास हुन्छ ।
समानताको नारा जति लगाउ
समाजमा मालिक र दास हुन्छ । Continue reading
~Krishna Bhushan Bal~
Trans : Mukul Dahal
The silken curtain of reminiscences is fluttering in the window of my eyes.
In each fringe of the curtain peers a rainbow and vanishes.
In each nap of the eyes a rose blooms and wilts away.
How tender was the time bygone
the yearnings there were higher than the hills.
How swiftly spent were the days Continue reading
~मनोज आठपहरिया ‘थारु’~
म शान्त थिएँ
तालमा जमेको पानीझैं
जे भोगे आफ्नो भाग्य ठान्थें
जे जे पर्छ सहन्थें
अरुले जे भन्छ गर्थें, अनि बन्थें
अरुको लागि मतवाली बनें
जंगली बनें
कमैया बनें, कमलरी बनें
सहिरहें सवै
कर्म र भाग्यलाई दोषी ठानिरहें Continue reading
~नरेश जङ्ग राणा~
छिमेकी असलै थियो
हिजो अन्धकार रात हुँदा
प्रजातन्त्रको दियो बाली
चेतनाभरि दिएकै थियो
एकतन्त्रिय शासन
अन्तका लागि हौसला
बुलन्द बनाएकै हो
जनतालाई मुक्तिको बाटो
देखाउने राज नेतालाई
संरक्षण दिएकै हो Continue reading
~टंक गौतम~
एकवर्ष भएछ मैले लेख्न छोडेको । हरेक बाहानाको साहारामा मैले लेख्ने विषयलाई चटक्कै छोडिदिएँ । जीवनको वास्तविकता लेख्न सकिदैन त किन लेखिरहनु ? यसको अर्थ नै के छ र ? तसर्थ कुनैदिन पनि लेख्न यो मनले मानेन । यसको अर्थ यो होइन कि यतिबेला म जीवनको वस्तविकता लेखिरहेको छु । यो त यस्तो समय बेथितिमा देखिएको अर्थहीनताको उपज हो । जहाँ शून्यता बाहेक अरु केही छैन । लाग्यो, यही शून्यतालाई ओकलिदिऊँ । वास्तविकता, यसको मूल्य छैन । मूल्यहीनता नै यसको मूल्य हो । अर्थहीनता नै यसको अर्थ हो । निरर्थकता नै यसको सार्थकता हो । Continue reading
~आरती भण्डारी~
मानुङकोट, म उक्लेकी छैन
अर्चलबोट, म पुगेकी छैन
तपाई जन्मेको घरको धुरीखाँबो अझै छ, छैन ?
आजसम्म मलाई नै थाहा छैन
यहाँहरु कसैलाई थाहा छ ?
तपाई बाँच्नु भएको भए
अहिले ९१ वर्ष पुग्नु हुँदोरहेछ
मैले पनि भेट्न पाउनेरहेछु
मैले पनि देख्न पाउनेरहेछु Continue reading
~टंक कार्की~
तल तिम्रै बलेंसीमा
भेल बगेको छ
काली गड्गडाकी छिन्
सेती रोएकी छिन्
उता पैह्रो ग’को छ यता पैह्रो ग’को छ
जमिन काँपेको छ
अन्नपुर्ण ! तै पनि तिमि मौन छ्यौ
गुँरासेमा स्याल कराउछ
अनि हुइयाँ सुरु हुन्छ Continue reading
हत्या गर्ने हातहरू, बुद्ध बन्नु पर्छ,
मातिएका लातहरू, बुद्ध बन्नु पर्छ,
आपसी प्रेमले मात्र शान्ति ल्याउछ,
क्रोधाग्निमा जल्नेहरू, बुद्ध बन्नु पर्छ, Continue reading
~मनु लोहोरुङ्~
ओ मलाला !
तिम्रो स्वाट भ्याल्ली भन्दा नि
युगौं देखि स्वातन्त्र मेरो गाउँमा
तिमी जन्मिऊ न एक पटक,
तिमीले पाएको नोबेल शान्ति पुरस्कार भन्दा
अझै बढी महत्वको हुने थियो त्यो,
ओ मलाला ! Continue reading
~स्नेह सायमी~
सबैले काम नलाग्ने भनेर फालेको
फोहोरको जंगलमा
म खोजिरहेछुं
खाली शिसी
खिया लागेको फलाम
प्लास्टिकका टुक्रा
अर्थात मेरो बर्तमान
म खोजि रहेछु
भोक मेट्न
जुठो भोजका परिकार
स्कुल जान ! Continue reading
~राम प्रसाद पाखरेल~
कति राम्री नानी तिमी, मुसु मुसु हाँसीदेऊ
कर्म घरमा प्रवेश गरी, अर्को नाता जोडीदेऊ।
जन्मिएको घर अनि, रमाएको आँगन त्यो
गहभरी आँसु पारी, सधैँ टाढा नभईदेऊ। Continue reading
~गोरख पांडेय~
अनु : चन्द्र गुरुङ
छुरी घोपेर कराए …
हर हर महादेव
छुरी घोपेर कराए …
अल्लाह-हू-अकबर
कोलाहल बन्द भएपछि Continue reading
~जनक घिमिरे~
बाध्यता छ हाँस्नै पर्ने हाँसे जस्तै गरेको छु
भुल्नै पर्छ हर कहानी भुले जस्तै गरेको छु
तिम्रो नाम त यो मुटुमा रगतले लेखेको छ
कापीमा त मन बुझाउन लेखे जस्तै गरेको छु Continue reading
~Hiranya Bhojpure~
Nepal, is the country of
Feelings of my feeling
Nepal, is the country of
Dreams of my dream
Nepal, Mero Nepal, Pyaro Nepal.
My dream is :
To live together Continue reading
~सुरेन्द्र महर्जन ‘अमर’~
नचाहेर पनि पिउनु परेको छ जीउनलाई
सुख दुःख आउँछ बाचूँ आँसु पिउनलाई ।
उमंगको सपनाहरू देखें सिसा झैं फुट्यो
बिउँझी हेर्दा मनको रहर खै कसले लुट्यो,
साथ कोही भेटिँदैन सोधुँ कि सपनीलाई Continue reading
~कृष्ण कट्टेल~
मैले सुनेको छैन
चराहरुलाइ हृदयघात भएको
मैले देखेको छैन
चराहरुको हस्पिटल
देखेको छैन मानिसहरुका जस्तै डरलाग्दो
चराहरुको घर ।
चराहरु भन्दैनन् तेरो मेरो
गर्दैनन् लुछाचुडी Continue reading
~गोकर्ण भट्ट~
धिपधिपे बत्तीको उज्यालोमा दुई जोर आँखा मौन वार्तामा बसेका छन् । पैसंट्ठी हिँउदका सिरेटो झेलेका आँखाहरु धुमिल देखिन्छन्, क्षयरोगले गाँजेजस्ता । आँखामा पानी रसाएको छ । कतै भित्र पातालमा हराउन खोजेका आँखा, कुनै पनि बेला निभ्न सक्ने । ठीक सामुन्ने विवशताका पहाडहरु छिचोल्दै जीवन धान्दै गरेको जनाना ज्यान छ । उसका आँखा रसहीन छन्,ठूलो भेल बगेर एकाएक सुख्खा लागेको खहरे खोलाजस्तै । त्यहाँ जीवनको कुनै उत्साह शेष देखिन्न ।
सानो झुप्रो, बाहिर सिमसिमे पानी परेको छ । आधा रात भइसक्यो होला, निन्द्रा मानौं उनीहरुको मनोदशादेखि त्रसित छ होला, ढोकाभित्र पस्नै मान्दैन् । Continue reading