~मानन्धर अभागी~
यो देशमा आज फेरि मरिचमान जरुरी भो
छिमेकीको रुप कस्तो पहिचान जरुरी भो
कुनैपनि वेला यहाँ संकट आइपर्न सक्छ
हामी सम्पूर्ण नेपाली सावधान जरुरी भो
धेरै पो सहँदै आयौं सहनु पनि सीमा हुन्छ
अब पछि हट्नु हुन्न अडान जरुरी भो
विदेशमा लागेका मित्र फर्क आफ्नै देश फर्क
आफ्नै भूमिमा कर्म गर्न नौजवान जरुरी भो
सिधै हस्तक्षेप गरी दास बनाउन खोज्यो
आज त्यो वहुराष्ट्रको वयान जरुरी भो ।
मानन्धर अभागी
(स्रोत : Nareedarpan)
