कविता : राम भरोस मधेसमा छैन

~हाङयुग अज्ञात~Hangyug Agyat

श्रवण मुकारुङको राम भरोस
हिजोआज मधेसमा छैन
यता अनुहार खोज्यो, भेटेन
तेसैले जंगे पिलर नाघेर
उत्तातिर गएको छ
उत्ताबाट ढुङ्गा हान्न
उसलाई खुबै सजिलो भएको छ

हामी पहाडको डाँडाबाट Continue reading →

Posted in कविता | Tagged | Leave a comment

हास्य गजल : मोमाईलले बिगार्‍यो !!!

~दयामोहन आचार्य~dayamohan-acharya

लुगा किन्ने निउ पारी रेष्टुरामा पसिन मजाले
रक्सी मासु खानलाई कसैसंग बसिन मजाले

भन्न त भन्थिन हजुर त कस्तो शंका गर्नी छीः
तर अहिले अर्कैको लाली पाउडर घसिन मजाले Continue reading →

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : हुटिट्याउँको आकाश

~यज्ञश~Yagyash

काग, कोइली र चीलजस्ता केही चरा छन्, जसका कथा प्राय: आइरहन्छन् । लेखकहरू यिनलाई र यिनका विशेषतालाई विम्ब बनाएर कहिले कसैको तारिफ गर्छन् त कहिले कटाक्ष गर्छन् । यो स्मृतिको कथाचाहिँ हुटिट्याउँको हो ।

हुटिट्याउँको एउटा आफ्नै कथा छ । ठूलठूला फाँटमा आफ्ना पखेटा फैलाएर लामो लामो बेग मारेपछि हुटिट्याउँलाई तीर्खा लाग्छ । र, यो लामो खुट्टा भएको चरा खोलामा पानी खान पुग्छ । आफ्नो उचाइबाट Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : अचेल हामी भेट हुँदा

~चन्द्र गुरुङ~Chandra Gurung

अचेल हामी भेट हुँदा-
उपलब्धिका निजी डम्फु जोरसोर बजाउँछौँ
श्रीमतीहरू गरगहनामा गजब चम्कन्छन्
धनसम्पत्ति ज्यादै वाचाल बन्छन्
रहन्छन् अनेकथरी प्रयास
आफूलाई सर्वोत्कृष्ट साबित गर्ने । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : निःशब्द समय

~संगीत आयाम~Sangeet Aayam

आदिम चित्र टाँसेर छातीमा
समयले त्यसलाई निर्बाध
सुमसुम्याउन खोज्छ
तर सक्दैन
खोजेझैँ मुलायम स्पर्शको
रंग र मौसम भर्न
कुरूप भइसकेको
धमिलो परिदृश्यसँगै
भित्तामा उभिएको क्यालेन्डर
हजारौँ माइल टाढाको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : ढुङ्गा

~ध्रुव मधिकर्मी~Dhruba Madhikarmi

कुनैबेला त्यहाँ ढुङ्गाको मूर्ति थियो ।

बाटो छेउको त्यो ढुङ्गालाई मान्छेहरू वर्षौंदेखि पूजा गर्दै आइरहेका थिए । ढुङ्गा चिप्लो र राम्रो थियो । त्यसैले कसैले आकषिर्त भएर त्यसलाई थपक्क Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : सत्य आफै बोल्छ

~शेखर ढुंगेल~Shekhar Dhungel

मानिस नियमित बोलिराख्छ
कतै कुन्ठा , कतै स्वार्थ बोकेर
समयले सिमा तोक्छ
झुठका पुलिन्दा निख्रिन थाल्छ
धकेलिदै जब भित्तामा पुग्छ
एक दिन ढिला चाडो सत्य आफै बोल्छ ।

हो त मानिस बोलिराख्छ
कतै कुटिल मुस्कान बाँडेर
कतै घनिभूत आक्रोस पोखेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कथा : थुक्क सरकार !

~मिलन तिमिल्सिना~Milan Timilsina

बुढो कुखुराको भाले नबास्दै काम गर्न जान्छ । काम गर्ने ठाउँमै भात खान्छ । त्यसैले बिहान भात खाने उनी एक्लै हो । केही महिना पहिलेसम्म त बासी भात पनि के खानु भनेर उनी आफु एक्लैलाई भएपनि दाल, भात, तरकारी, अचार बनाउँथिन् । दिउँसो कामबाट फर्किने बुढालाई समेत राखेर आफ्नो भाग खान्थिन् । Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : फरक तिमी र ममा

~हरिमाया भेटवाल~Harimaya Bhetawal

तिमीसँग तिम्रो लोग्ने छ, छोराछोरी छन्
मसँग म र मेरा सपना मात्र छन्
म, दिनमा पनि सपना भेट्न दगुर्छु
त्यसैका लागि पसिना बगाउँछु
पूरा हुँदा रमाउँछु
पूरा नहुँदा पूरा गर्नतिर लाग्छु
मलाई न लोग्नेको माग, न छोराछोरीको आशा
न बुहारी हुनाको वर्तन र बाध्यता । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नक्कली हावा

~मातृका पोखरेल~matrika pokhrel

नक्कली हावाले
किन पठाइरहेको छ
आँधी आउने हल्ला
र बगाइरहेको छ तातो हावा।

कस्तै गर्मीमा पनि
छालाले स्पर्श गर्दैन
चिसो बतासको स्वाद
नाकका पोराहरूमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : चेपाङ गाउँको हरियाली

~मीनराज वसन्त~Minraj Basanta

असोज ३ गतेको कुरा हो । हामी आफैंले थाहा पाएनौं, खै कुन ढङ्गबाट चेपाङ गाउँ पुग्ने अनपेक्षित योजना बन्यो । केही समयपूर्व चेपाङ जातिका मानिसहरू कस्ता हुन्छन् भन्ने उत्सुकताले नमीठोसँग चिमिटोरहन्थ्यो । सत्य भनूँ, नेपालमा दुर्लभ मानिएका राउटेलाई देखिसक्दासम्म पनि मैले चेपाङहरूलाई देखेको थिइन । जब भूतपूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले मुस्ताङ जिपमा सिद्धिको यात्रा गरे, त्यहीबेला मैले टेलिभिजनमा त्यहाँका चेपाङहरूलाई देखेको थिएँ । आखिर मान्छेको कुनै पनि जात, वर्ग, सम्प्रदाय मान्छेभन्दा भिन्न हुँदैन भन्ने कुरा ढिलै भए पनि बुझ्न पाएँ । Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

संस्मरण : काठमाडौँको एक दिन, स्मृतिमा दिन दिन

~निराजन प्रभात~Nirajan Prabhat

आज कुनै काम थिएन। कतारतर्फको उडान पर्सि मात्रै हुनाले पूरापूर फुर्सद। काठमाडौँ खासै घुमेको छैन। आज काठमाडौँ एक्लैएक्लै घुम्ने रहर पलायो। संयुक्त यातायातको बस चढेर लागें एउटा गन्तव्यहिन यात्रातर्फ। एक्लो यात्रा उपलब्धिमूलक होला/नहोला त्यसको फिकर छैन। मात्र Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

गजल : दुख्ने मन होला

~विवश पन्त ‘शिब’~Biwash Panta Shiva

उसको पनि चसक्क दुख्ने मन होला
विदेशिनै पर्ने खास् कुनै कारण होला

ऋण लिएको छ,घर बन्धकी राखेर
तिर्छु भनेको तमसुकमा वचन होला Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : जुटौैं !!!

~दयामोहन आचार्य~dayamohan-acharya

हाम्रा पाखापखेरामा बेर्नापात, सार्छ कि कसैले
अन्न फल्ने टारीखेतमा, हलगोरु नार्छ कि कसैले

जुटौं सबै नेपाली ! एउटै हाम्रो मालामा Continue reading →

Posted in गजल | Tagged | Leave a comment

छोक : आरामै छु आमा

~बाबु लामा~Babu Lama

पहाडमा नै जन्मेर होला
उकाली ओरली गर्नु परेको
कर्म नै खोटो भएर होला
घर परिवार लगायेत
साथी संगी छाडी सात समुन्द्र Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : विछोड

~जे पि दाहाल~J P Dahal

आखिर जीवन ढल्छ नैं भने किन टेको चाहियो
अन्धकारमा हिड्नु नै छ भने किन दियो चाहियो ।

लैजाउ प्यार तिम्रो मुटु मेरो खालि भए हुन्छ ।
धुक धुकी नै समाउ बरु मरे बरु शान्ति हुन्छ ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Walls of Kalighat and Waves of Gangasagar

~Sheetvindu~Pradeep Gyawali 'Sheetbindu'
Trans: Krishna Chandra Sharma

With the fall of evening
With the kindling of light
The physique of Beli, Chameli and Sita
Feelings of Tulsi, Ujeli and Rita
Begin burning one by one
Mute, smouldering
While burning other things become ash
But here in Kalighat
in Bahubazar and Sonagachhi
Burning bodies never form ash
But water and flow incessantly Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

लघुकथा : जाँचफिस

~डा. रवीन्द्र समीर~Dr Rabindra Sameer

सधैँझैँ डाक्टरसाहेब क्लिनिकमा बिरामी जाँच्न बसे । क्लिनिकमा दुई सय पचास शुल्क लिएर बिरामी जाँच्ने गर्दथे ।

‘डाक्टरसाहेब ! मेरो छोरोलाई ज्वरो आएको सात दिन भयो, पैसा नभएर ऋण खोज्दाखोज्दा ढिला भयो ।’

अर्का बृद्ध भन्दै थिए – ‘छोराहरूले एक पैसा दिँदैनन् । तीन महिनाको बृद्धभत्ता जम्मा गरेर दमको रोगको उपचार गर्न आएको छु ।’ Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मेरो श्रीमानको बिहे

~माया ठकुरी~Maya Thakuri

‘सरको दोस्रो विवाह नहुँदासम्म तपाइँको शरीरलाई कुनै  न कुनै रोगले आक्रमण गरिरहन्छ । उस्तै परे उहाँको ग्रहले गर्दा तपाईंको ज्यानसमते जाने खतरा छ । यसर्थ उहाँले्र दोस्रो विवाह गर्नैपर्छ ।’ मेरी आमाले डाक्नुभएको पण्डितले मेरो चिना हेरेपछि स्पष्टसँग भनेका थिए । पण्डितको कुरो सुनेपछि मेरी आमाको अनुहार एकाएक अँध्यारो भएको थियो ।

‘ए… त्यै भएर पो यसरी बिरामी पर्दिरहिछे ।’ आमाले चिन्तित मुद्रामा मतिर दृष्टि पुर्याउँदै भन्नुभयो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एउटा भुइँचालोे थाम्नु छ मुटुभित्र

~चन्द्र गुरुङ~Chandra Gurung

हिँडिरहेको एउटा मस्त घाम
मध्याह्न दिन, चिप्लिझर्छ धरहराको निधारबाट ……
घामसँगै लडिझर्छन् उज्यालाहरू
दुर्धटनाग्रस्त बन्छन् आशाका किरणहरू ।
हेर्दाहेर्दै
अन्धकारको साम्राज्य फैलिन्छ
अस्त–व्यस्त दृश्यहरूको भीड लाग्छ
अतास र हाहाकारको संयुक्त जुलुस निस्किन्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ब्रम्हप्रसाद, म र देश

~ईन्द्र नारथुङ्गे~Indra Narthunge

पसेर ‘नो हलाल’ लेखिएको दोकानमा
ङिच्च हिमाल हाँसिरहेको
पौराणिक डोजरको एक किलो ज्यान
चुक घोप्टिएको प्लास्टिक थैलीमा बाँधेर
युद्ध जितेको सिपाहीको रवाफमा
ब्रम्हप्रसाद उपाध्याय कोठा छिर्छन्
र, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बोको

~विप्लव ढकाल~Viplav Dhakal

केही थाहा नपाए जस्तो गरेर
यताउता पल्याकपुलुक हेर्दै
महिला शौचालयभित्र पस्छ साला !
र भित्तामा
आफ्नै लिङ्गको चित्र बनाएर
चोरबिरालो झैँ
चुपचाप बाहिर निस्किन्छ !
यति साइको छ यो बोको !

संविधानसभाका पर्खालहरुमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : चेरीको बोट

~टंक वनेम~Tanka Wanem

त्यति खेरमात्र मलाई अलि अलि थाहा हुन थालेको थियो । डयाडीले किन चेरीको बोटमा लगेर मलाइ मन पर्ने मिठाइ चकलेट दिनु हुन्छ। मायाले चुम्नु हुन्छ। कहिले काहीँ आँखा भरी आँसुको दाना टिलपिलाएको देख्थेँ। डेभिड दगुरेर आउँथ्यो र चकलेट खोसाएर भाग्थ्यो। डेभिड मेरो चौथो दाई उ निकै छुल्याहा र झगडालु स्वभावको थियो। घरमा पारिवारिक रमाइलो वातावरण नहुनुको साथै आमा र बाबुको खटपट परिरहन्थ्यो। छिमेकीहरु कतै टाढा छुट्टि मनाउँन जान्थे। होलीडेमा विताएका रमाइलो दृश्य र खाने परिकारको वर्णन गर्थे। तर हाम्रो परिवारमा त्यस्तो रमाइलो गर्ने समय Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : भुकम्पलाइ प्रश्न

~काप्पबो चुम~Kaappabo Chum

खप्परको बनोट मिलेन ,
जीवन चलाउन
गिदिको धरौटी राख्न खोज्दा …
र हापिदिए आशा ।
ए , जिन्दगी …!
तिमी ठिक त छौ नि है ?
पत्थर नि पग्लियो
तिम्रो झट्काले , Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बाध्यता

~रामकृष्ण सुनुवार ‘आँकाला’~Ram Krishna Sunuwar 'Ankala'

गम्लङ्गै धुँवाको कम्मल ओढेर
रात गुजार्न बाध्य छ ।
विषालु कार्वन मनोअक्र्साईडमा
श्वास फेर्न बाध्य छ ।

क्षणभरको जिन्दगीमा
तिम्रो खुशीहरु कैद छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : माया मेरी बैगुनी भई

~किशोर घिमिरे~

माया मेरी बैगुनी भई

अर्कैको संसारमा ढल्किदै छिन्

हात समाई ऊनले मलाई सागरको किनरमा लगि दुबाइन

सायद मेरो गल्ती केहि थियो कि

सोध्नै नपाई पराई भइदिई

आज प्रश्नहरुले आफैलाई सोध्ने गर्छ किन उसले बिरानो बनाइ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : केहि बन्ने आशा

~ज्योतिराज अधिकारी~Jyoti Raj Adhikari

केहि बन्ने आशा लिएर
केहि गर्ने चाहना संगै
एउटा दीयो बोकी
यो बाटोमा हिडीरहे ।

जब बिहानी भयो
सुर्य उदायो
मेरो आँखा तिर्मिरायो
ति निन्द्राका सपना रहेछन
बिउझिंदा सबै बिलायो । Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आदिम समयको ठिटो घाम

~बिष्णु सुवेदी ‘दोलखे’~Bishnu Subedi 'Dolakhe'

आदिम समय बोकेर
सँधै जस्तो रातो उदाउँछ
सँधै जस्तो रातो अस्ताउँछ
ठिटो घाम !
कलिलो बिहान अँगालो हालेर आइपुग्छ
भुई–ऐंसेलु टिप्न
छिरेर घना जङ्गल बुट्टा–बुट्टा हुँदै
छुन आइपुग्छ जरा !

छिचोलेर बादलका पर्दाहरू
तल–तल झर्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : शान्ति नायक

~अनुराधा थापा~

विश्वका धरोहर तारा तिमी नेपालमा उदायौ
आफ्नो मातृभूमिको पहिचान गरायौ
विश्वमा शान्ति फैलाई अखण्ड ज्योति जगायौ
शान्ति नायक आनन्द दायक जीवन ज्योति जगायौ
प्राणीमात्रको चिन्तन गर्ने
शीतल छहारी भएकाछौ
शरीर आफ्नो बाजी लगाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पत्र साहित्य : शंकर लामिछानेलाई पत्र

~शिव भुसाल~

प्रिय शंकर लामिछानेज्यू !

मेरो कोठाको छेउ एक सिकारु बाँसुरीवादक बस्छन्, जसको आलम्बनयुक्त बाँसुरीको मधुर धुनले प्रत्येक दिन पखालिदिन्छ रातको सन्नाटा र स्वागत गर्छ, एक सुन्दर बिहानी घामको।

मलाई राम्ररी याद छ, एक महिनाअघि मलाई त्यो धुन कति सुमधुर लाग्थ्यो र ध्वनिको प्रथम लहरमा नै मेरा कानहरू कसरी ठाडाठाडा हुन्थे। अचेल म यति अभ्यस्त भइसकेको छु त्यो धुनमा कि मलाई ती सिकारु तर प्रतिभावान् वादकको ध्वनिको लहर सुमधुर लाग्न छाडेको छ। कता कता शंकरजी मलाई त्यो ध्वनि Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कविता : गिद्ध चिन्ने मान्छे

~विवश पन्त ‘शिब’~Biwash Panta Shiva

लुगा लगाएर
खुट्टामा जुत्ता भिरेर
आफ्ना बहुरङ्गी टाउकालाई
टोपी भित्र लुकाएर
अनी निधारमा चन्दन धसेर
नवाज रटेर, गिता कण्ठ गरेर
लामा पढेर , बुद्ध मानेर वा बाईबल घोकेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मनोवाद : हजुरआमाको अनुभूति

~सी पी अर्याल~

(हजुरआमाको सिंगो जीवन-स्केच देखाउने भिडियो रिलमा उहाँको अनुहारमा झैँ मुजा परेको छ । त्यो बज्छ कि बज्दैन, किरिङ-मिरिङ नै भए पनि दृश्य देखिन्छ वा देखिँदैन, थाहा छैन । पुरानो स्मृतिको त्यो टेप चालू गर्ने तरखरमा हजुरआमा आफैँ हुनुहुन्छ । लगभग नौ दशकअघिको पश्चिम नेपाल विशेष गरी स्याङ्जाली लबजसहित वर्तमानमा पुग्ने प्रयासमा छौँ, नाति-हजुरआमा । थिएटर हाउसमा ‘लार्जर देन लाइफ’को एउटा बूढो शरीरसँग म आफैँ भएझैँ अनुभव भइरहेको छ । जीवनको आफ्नै विज्ञान छ, उहाँको । अरुको विज्ञानमा विश्वास गर्नुहुन्न । बज्नै नमानेको प्राचीन भिडियो टेप अन्तत: नबुझिने खित्रिक-खित्रिक आवाज र किरिङमिरिङ दृश्यसहित चालू हुन्छ ।)

बिहे हुँदा म बालखै थिएँ, सात वर्षकी । Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment