~दयामोहन आचार्य~
हाम्रा पाखापखेरामा बेर्नापात, सार्छ कि कसैले
अन्न फल्ने टारीखेतमा, हलगोरु नार्छ कि कसैले
जुटौं सबै नेपाली ! एउटै हाम्रो मालामा
नत्र, हाम्रा मैदान पहाड पर्वत, खार्छ की कसैले
हातेमालो गरौ अब बिल्कुल ढीलो नगरौ
अन्यथा, हाम्रा सिमा रेखाहरु बार्छ की कसैले
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )
