~टीकाप्रसाद पोखरेल~
के दिउँ लौ शुभकामना भन तिमी मनतन्त्रका देशमा
खाद्यमा छ अखाद्य स्वस्थ नहुने नौरङ्गका भेषमा।
चाडैको महिमा अत्यन्त बढिया माया जगत्को रह्यो
ग्रामीणै नगरी अनि सहरमा भाउ नमीठो भयो।
तानातान र हानमार गर्ने हत्या र हिंसा कति?
पीरमा पनि नाक उच्च गर्ने हामी सबै सन्तति?
के खाऊँ अनि लाउँ भन्छ दुनियाँ आधार स्रोतै विना
यो प्यारो जनजिन्दगी कहींकतै नहोस् त हिनामिना। Continue reading