त्यो चिसो मध्याह्नमा पनि म एउटा मनतातो आराम खोजिरहेको थिएँ। ओछ्यानमा पुर्लुक्कै पल्टिएर। असान्दर्भिक सपनाहरूले निद्रालाई हलुका किसिमले चिमोटिरहेको थियो। चेतना र सपनाको संघारमा स्थितिको पार्थक्य छुट्याउने हैसियत मसँग थिएन। स्थिर सपनामा पनि कम्पन छुट्न थाल्यो। सपनाबाट चलायमान हुन थाल्यो वास्तविकता। सुतेको खाट बेस्सरी हल्लन थाल्यो। डरले सातोपुत्लो उड्यो। जुरुक्क उठेँ।
मस्तिष्कले केही ठम्याउनै सकेन। कोठाका प्रत्येक भित्ताहरू हल्लँदै थिए। भित्ता हल्लिएर किताबको र्या कबाट एकएक किताब फ्यालिरहेको थियो। हेर्दाहेर्दै त्यो कम्पनको संघर्षमा फूलदानी एक अँगालो फूललाई आफैंसँग लिएर फुर्लुक्क ढल्यो। खाटको दायाँपट्टि Continue reading