कविता : तिम्रो मेरो दूरी

~सीता असीम~

कुभिण्डोलाई खुट्टा लगाइदिएर
हिँड्न सक्तैन भन्ने मलाई थाहा छ
ढेंडुलाई पगरी पनि कति गुथाइरहनु र !
काम आफैंले गरेको हो
मैले आफैंलाई सम्मान गर्न खोजेँ
त्यसैले अहिले तिम्रो मेरो दूरी बढेको छ ।
‘केही न केही लेख्नुपर्छ, लेखिरहनुपर्छ, अन्यत्र समय खर्च नगर्नु‘
तिमीले भनेका थियौ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म बाँचेको मान्छेको बस्ती

~ज्याकब खालिंङ~

म बाँचेको मान्छेको बस्तीमा

आजकल मान्छेहरु नै संकटमा बाँची रहेकाछ्न्.

म बाँचेको समाजको सोचाईबाट

कसरी हो कुन्नि

मान्छे हुनुको बिचारहरु पलायन भई सकेका छन्. Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी भारी बोकिरहेछौँ

~जगत नवोदित~Jagat 'Nabodit' Rai_1

समयको प्रत्येक पलसँग
विश्वासको हाम्रो बलियो धराहरा मक्किँदैछ
निर्धो बस्तीमा
सन्त्रासको आगो सल्किँदैछ
कसरी शान्त भएर बस्न सक्नु हामी
जब एकताको सगरमाथा भत्किँदैछ
गएका वर्षहरू हामीले
खेतबारीभरि अशान्ति रोप्यौँ
र Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : काली आमा र महलको पेटी

~नमराज लामिछाने~ Namraj Lamichhane

खुला आकाश मुनी
विशाल महलको पेटिमा
खाली पेट लिएर
रित्तिएका आंखाहरु टोहलाउदै
च्यातिएको कालो बस्रले छोपीएकी
कालीआमाहरु
आफ्नो जिन्दगीको भिक्षा मागीरहेका छन् ।

भोक र पिडाले भरिएको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : सल्लेरी बजार

~महेश बर्तमान रानामगर~Mahesh Bartamaan Rana Magar

सल्लेरी बजार शनिवारे हाट त्यही हाटमा भेटेको
पहिलो नझर मुस्काउदैं हेर मुटुमैं बसेको

यहि मुटु झिकि डाँडापारी कसरी राखुँ त
मुटुमै राखु अन्जानी तिमी कसरी बोलु त
रहर मेरो मुटुमै राख्ने मौकालाई पर्खेको Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : कसुर

~डा रवीन्द्र समीर~ Dr Rabindra Sameer

धनबहादुर सधैं मागेर खान्थ्यो, सडकको पेटीमा सुत्थ्यो । कसैले दया गरेर पैसा दिएको दिन पेटभरि खान्थ्यो, आफूलाई संसारकै भाग्यमानी ठान्थ्यो । दिन निर्दयी भएमा भोकै सुत्थ्यो, आफ्नो कर्मलाई धिक्काथ्र्यो ।

त्यही पेटीसँगै जोडिएको सिसाको एउटा सानो कोठा थियो । त्यहाँ एउटा दानी मेसिन थियो । हेर्दै खाइलाग्दा मान्छेहरू त्यो कोठाभित्र पस्थे, एउटा कार्ड घुसार्थे, केके टाइप गरेझैं गर्थे अनि पैसा थापेर जान्थे । त्यो मेसिनले हजारहजारका कटकटाउँदा नोटहरु दिन्थ्यो ।

धनबहादुरलाई त्यो दानी मेसिनसँग पैसा माग्ने विचार आयो । धनीलाई दान गर्ने मेसिनले गरिबलाई कसो दान नगर्ला ? Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

बाल कथा : आत्मघाती मौरी

~विनय कसजु~Binay Kasaju

माधे संक्रान्तिको दिन थियो । कुसुम र रेसम घाममा बसेर तिलको लड्डु, ध्युचाकु, तरुल, सकरकन्द खाँदै थिए । अचानक एउटा मौरी भुनभुन गर्दै खानेकुरामाथि उडन थाल्यो । कुसुमले हात झट्कारेर मौरीलाई धपाउन खोजिन् ।

“ऐय्या” भन्दै कुसुमले हत्केला समातिन् र रुन थालिन् । मौरीले उनको हत्केलामा चिलेछ ।

कुसुम रोएको सुनेर आमा के भयो – भन्दै हर्ेन आइन् । कुसुमको हत्केलामा मौरीले चिलेको ठाउँमा मौरीको खिल बाकी रहेछ । आमाले हत्केलामा गडेको खिल निकालिन् । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : नयाँ कोठा

~रेवती राज खड्का~Rebati Raj Khadka

अपरिचित भित्ताहरु
प्रत्येक भेटमा स्वागत पनि
नगरे जस्तो
मैले मित लाउन नसकेको
यो नँया परीबेश
यो नँया कोठा ।

मेरो नँया साथी
पुरानो टेबल नँया पोलिसले टल्काइएको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मैथिली गजल : पिअरगर यौ

~धिरेन्द्र प्रेमर्षि~Dhirendra Premarshi

जोरजुलुमसँ जे ने झुकए से भाले लगए पिअरगर यौ
इन्द्रधनुषी एहि दुनियामे लाले लगए पिअरगर यौ

ठोरे जँ सीयल रहतै तँ गुदुर–बुदुर की हेतै कपार!
एहन मुर्दा शान्तिसँ तँ बबाले लगए पिअरगर यौ

कुच्ची–कलमक रूप सुरेबगर रहलै, रहतै सबदिनमा
जखन अन्हरिया पसरल होइक, मशाले लगए पिअरगर यौ Continue reading →

Posted in मैथिली गजल | Tagged | Leave a comment

कविता : रातमा लुट्नुको मजा अर्कै

~बिनोद खड्का~Binod Khadka

खुल्ला आकाश तल
दिनमै ठग्नुको शान अर्कै
सूरा र सून्दरीमा लपेटिदै
मदहोश बन्नुको मजा अर्कै
जीन्दगीलाई नै ज्यूदो लास बनाई
आफैलाई भुल्नुको मजा अर्कै ।

रातमा रम्नुको मजा अर्कै
दिनमै जम्नुको मजा अर्कै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : सम्झनामा रमेश विकल

~नरेन्द्र रौले~Narendra Raule

मंसिर महिनाको मध्यान्ह छ । चिसो मौसम । आरुबारीको रौनक बेग्लै छ । नया बानेश्वरबाट म आरुबारी तर्फ लाग्छ । बाँसका रुखहरु आफ्नै गतिमा हल्लिरहेका छन् । केहि पर हरियो जङ्गल । अब पहिले जस्तै परालले छाएका र रातो माटाले पोतिएका घरहरु छैनन् । गाउबाट शहरमा परिणत भएको छ आरुबारी ।तर पनि गाउको झझल्को अझै हराइसकेको छैन यहाँ । एउटा ब’ढो पिपलको रुख नजिकै रहेको घर । त्यसैको छतमा बसेर पारिलो घाममा बसेर जिउ तताइरहनु भएको थियो बरिष्ठ साहित्यकार रमेश विकल जो यतिखेर हामी माझ हामी हुनुहुन्न । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : छोरी र धर्काहरु

~समाश्री राउत~Sama Shree Raut

छोरी र धर्काहरु
अनवरत
केही लेख्ने धूनमा
धुलाम्मे आँगनलाई
पाटी बनाउँदै
हाँस्दै गुन्गुनाउँदै
मेरी सानी छोरी
केही कोर्छे, फेरि मेट्छे
फेरि कोर्छे, फेरि मेट्छे
धर्काहरुमा शायद
सपनाहरु तुहिए होलान्
र त मेट्छे
विषाद भरिएका धर्काहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : बाधा भएपछी

~कृष्ण प्र. पाण्डे~Krishna P. Pandey_1

यात्रा रोचक तब हुन्छ बाधा भएपछी ।
जानु अघी कि फिर्नु अब आधा भएपछी।।

पाप धर्म छुट्याउने फुर्सद कस्लाई छ!
बिचराको जागिर नै ब्याधा भएपछी।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : बेवारिसे भ्रुणको काव्यिक च्याँ-च्याँ

~मनु लोहोरुङ राई~ Manu Lohorung Rai

गुन्द्रुक जीवनको
किनिमा दिमाग
उत्तरआधुनिकताको
तावामा भुटिएर
अझै पनि
परिस्थितिकै फ्राई म:म:

वि/चिन्तनको विरुपक
अहमताले रापिएको चिकनरोष्ट
सभ्यताको नाममा
कक्टेल विचारहरु
लोकल ठर्रा र ह्विस्की
रंगीला रम
दर्शनको रेड लेवेल,ब्य्लाक लेवेल
विमर्शमा ह्वास-ह्वास गनाई रहेछ। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : केही गर्नुस न हजुर

~पशुपति कार्की~

अब त अति भो,केही गर्नुस न हजुर
सुबिधा मात्रै ओखती भो,केही गर्नुस न हजुर

अस्त व्यस्त जता ततै,बेरोजगारी भोकमरी
मर्दै बांचेको कति भो,केही गर्नुस न हजुर Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लोक गीत : बाह्र छोरा तेह्र नाति

~हिरण्य भोजपुरे~Capture3

बाह्र छोरा तेह्र नाति
बूढाको धोक्रो काँधै माथि
बूढो भनी नगर हेला
काम लाग्ला बूढो नै क्वै बेला ।

सुनसुन साथीभाइ म केही भन्छु
म बूढो मान्छेको सवाई कहन्छु Continue reading →

Posted in लोक गीत | Tagged | Leave a comment

गजल : चोली पनि उस्तै

~अमरजित पुनमगर~Amrjit Pun Magar

आमाको च्यातिएको चोली पनि उस्तै ।
फेरियो कि भनी हेर्छु भोलि पनि उस्तै ।

सिङगापुर हुन्छ भन्थे झिङगापुर हुँदैछ,
गनाउने नाली बग्ने खोली पनि उस्तै । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : वेश्यातन्त्र

~डा. भीम खतिवडा~Dr Bhim Khatiwada

तिमी शक्तिशाली छौ भने
तिमी सम्पत्तिशाली छौ भने
तिमी प्रभाशाली छौ भने
ढोका उदांगो छ, आऊ
स्वागत छ तिमी सबलाई

००००

एकछिन ममाथि शासन गर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : माया

~सगुन टन्डन~

एकादेशमा एकजना राजा र उनका तीन रानीहरू पनि थिए। राजाको नाम थियो राजबहादुर। उनको एकदमै ठूलो महल पनि थियो। राजा धनी भए पनि लोभी र घमन्डी थिए।

कान्छी रानीलाई सबैभन्दा बढी माया गर्थे। उनले जे भने पनि दिन्थे। तर कान्छी रानीचाहिँ खालि राजाको सम्पत्ति लुट्ने गर्थिन्। Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : सुगौली सन्धि र तिम्रो प्रेम

~कल्पना बान्तवा~Kalpana Bantawa

प्रिय मित्र !

तिमी बारम्बार मलाई फेसबुकमा सार्वजनिक रूपमै ‘लभ यु !’ लेखिरहन्छौ, म त्यसै बसिदिन्छु अर्थात् बुझ पचाइदिन्छु। तिम्रो बहुलठ्ठी चाला देखेर सोँच्छु, सायद तिमीभित्रको मानवीय संवेदनाले हावा खाएछ !

के तिमीले भेउ पाएकै छैनौ कि Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कविता : जब शहरमा जात्रा आउँछ

~डायना स्मिथ~Diana Smith
अनु : केशव सिग्देल

रेलको लामो अत्यासलाग्दो सिठीले
संकेत गर्छ विशेष आगमनको
पुड्का मानिस, दाह्रीवाल आइमाई, बाघ र जोकरहरु
र ओर्लन्छन् कन्डक्टरको छोटा, सार्न मिल्ने सिंढिहरु

जात्राका मानिसहरु जादुले चम्किरहेका छन्,
र बेचिरहेछन् नक्कली गहना र भाग्यशाली कुपनहरु
केटीहरु चालमा अडिएकाछन्ः ति फनफनी नाचिरहेका डर्भिसहरु Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

संस्मरण : बर्खान्तको बेला डेरिडाको सम्झना

~डा. गोविन्दराज भट्टराई~Dr Govind Raj Bhattarai

आज डेरिडाको पहिलो बर्खान्त आउनै लागेको छ । जीवनभरि उच्छेदनको दर्शन र क्रान्तिकारी चिन्तन लिएर हिँडेका डेरिडा अन्तिम दिनहरूमा प्राचीन मूल्य र आदर्शतिर फर्केका थिए । आपसी मेलमिलाप र क्षमाद्वारा विश्वबन्धुत्वको स्थापना गर्न उनी प्रयत्नशील थिए । यसबेला हामीलाई उनको सम्झनाले सताउनु स्वाभाविक लाग्दछ किनभने तिनै मूल्यहरूको अभावले जगत जर्जर हुँदैछ ।

डेरिडाले देखे- वर्तमान विश्वइतिहास रक्तपातमय अभिघातले भरिएको छ । यसका सामुन्नेमा देखिएको प्रवल कारण शस्त्रास्त्रको निरन्तर उत्पादन र सर्वत्र सहज उपलब्धता हो तर यसको सञ्चालक तत्वचाहिँ मानिसको हातमा परेको अन्धशक्ति नै हो । त्यो शक्तिको शासक वा राज्यसत्ता हुन्छ अथवा त्यो Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : संकेत

~नारायण तिवारी~Narayan Tiwari

मानिसहरू पुरिएका छन्
र मेरो मुटु यसबेला कामिरहेको छ ।

मानिसहरूलाई गिद्ध र स्यालले लुछ्दैछन्
म सुनिरहेको छु
रेडियो खुल्ला छ-
राहतका कार्यहरूमा कुनै कमी भएको छैन

मदर टेरेसा आफ्ना दयाका हातहरू रित्तै लिएर
फर्किन् ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : नेपाल मेरो उठोस

~निर्मल निरास~

शार्दुल बिक्रिडित छन्द

मेरो माथ झुकेर शुद्ध मनले यो पाउ तिम्रै चुमोस्
होस् दु:खै अझ धेर किन्तु मनमा श्रद्धा तिमीमै रहोस्
ईर्ष्या, लोभ नहोस कत्ति मनमा कुण्ठा कदाचित् नहोस्
मेरो यो तनका नशा, रगतमा नेपाल सग्लो बगोस् ।

तिम्रै गीत म गुन्गुनाउँ मनमा संगीत तिन्मै भरूँ Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : आमा, सपना र म

~मिश्र वैजयन्ती ~Mishra Baijayanti

पल्लो कुइनेटोमा छिन्
मेरी आमा
थोरै देखिएको छ उनको अनुहार
मैले पुग्नु छ आमासम्म ।
तिनै आमाको आधार पाएर
मैले आफूलाई यो धर्तीमा उभ्याएकी हुँ
मेरा दुई पाइतालामा गौरव गर्छु,
आमाको काखमै थिगिराउन सिकें जीउलाई
मेरो शिरको स्वाभिमानलाई अझ उजिल्याउँछु । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : न्हूँ दँ या भिन्तुना

~बसन्त श्रेष्ठ~
Basanta Shrestha

अलग अलग चेहराका
अलग अलग परम्परा
भिन्दा भिन्दै जातका
भिन्दा भिन्दै रीत
बेग्ला बेग्लै थरका
बेग्ला बेग्लै भाषाहरु

मानौ नेपाल एउटा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : किसान

~नन्दनी दास~Nandini Das

यो किसान जसले बनाउँछन आफ्नो पहिचान,
यो किसान जसले बनाउँछन आफ्नो पहिचान,
दिएर अरुलाई चावल, धान
पाल्छन सबैलाई भएर महान् ।

गर्छन परिश्रम दिनभरी खेतमा
लिएर माटो आफ्नो हातमा,
हेछर्न सपना रातभरी खेतको
कस्तो होला उबजनी भी ।। Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

छेस्का : चट्काइ दिउँ कि गाला

~रमेश पल्लव~Ramesh Pallav

कहिले होटल कहिले डिस्को निको छैन चाला
यो मुटुमा किन रोपिस् तिखो-तिखो भाला

अंकल-अंकल भन्छ छोरो बिर्सिसक्यो मलाई Continue reading →

Posted in छेस्का | Tagged | Leave a comment

कविता : न्यूयोर्क

~बसन्त श्रेष्ठ~Basanta Shrestha

सेण्ट्र्लपार्क्रको विशाल छाती
ट्विनटावरका दुईवटा ठुला आँखा
एम्पायर स्टेट विल्डिङ्गको कान
मेनह्याटनको मुख
ब्रुकलिन र क्विन्सलाई
दुबै कानमा कुण्डल झै झुण्ड्याएर
हडसन नदिलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सिरानी

~नारायण अधिकारी~Narayan Adhikari

मीठो निदाउन वा गहिरो निदाउन होस्
टाउकोलाई एउटा सिरानी चाहिन्छ ।
सिरानी ठीक नभए वा नमिले
घाँटी दुख्छ भन्छन् जान्नेहरु-
आरामले सुत्न सिरानी चाहिन्छ ।

हो साँच्चै यो सिरानी- Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : घामपानी घामपानी

~रामगोपाल आशुतोष~Ramgopal Ashutosh

घामपानी घामपानी
स्यालको बिहे

घाम पनि चम्किरहेको छ
पानी पनि परिरहेको छ
किनकि यतिबेला स्यालको
जनसंख्या पनि बढिरहेको छ !! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : विश्वास बल्नु बलिसक्यो

~केशव आचार्य~Keshav Acharya_1

यति धेरै पिडा दियौ, मन जल्नु जलिसक्यो
शान्त मेरो ह्दयमा, आँधि चल्नु चलिसक्यो

जिन्दगीको परिभाषा, खोजी खोजी थाकिसकेँ
सल्किएर आँफैभित्र, पिडा गल्नु गलि सक्यो Continue reading →

Posted in गजल | Tagged | Leave a comment