~कृष्ण प्र. पाण्डे~
जुध्दा आँखा अल्झेछ मन थाहा थिएन
फर्की हेरेँ सोँचे जति टाढा( टाडा ) थिएन
बाटोभरि उसकै याद गरिरहेँ म
हेर्दा ठिकै लागे नि होश ज्यादा थिएन
स्वप्नभरि आउनु रै`छ छुटी गएको
अचानकै खुलेको निंद गाढा थिएन
आयो ऊ त गजल बनी महफीलमा
आएन ऊ घरमा मेरो बाधा थिएन
नारी मनलाई झाँक्ने कोशीश गरेँ यो पटक
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )
