लघुकथा : स्वप्न सम्भोग

~डा. घनश्याम ‘परिश्रमी’~Dr Ghanshyam Parishrami

आफ्नो फुपू एउटा धार्मिक सम्प्रदायसँग आबद्ध भएकीले समिधामा पनि बाल्यकालदेखि नै त्यसको प्रभाव परेको थियो । जगत्लाई मिथ्या र जीवनलाई क्षणभङ्गुर ठान्ने समिधा सांसारिक मोहको जञ्जालमा फस्न चाहन्नथिन् । त्यसैले उनले आजीवन अविवाहित रहने निर्णयगरेकी थिइन् । उनको जीवनमा पनि प्रकृतिको नियमअनुसार स्वाभाविक रूपले कैशोर्यपछि यौवनले प्रवेश गरेको थियो । सात्त्विक भोजन र आध्यात्मिक चिन्तन आदिले उनले यौवनोचित आवेगलाई नियन्त्रणमा राखेकी थिइन् । समिधा परमेश्वरकी परमभक्त थिइन् । मोक्षका निम्ति रतिलाई दबाउँदै उनी हरघडी इश्वरीय उपासना र ध्यानमा तन्मयतापूर्वक लागेकी हुन्थिन् ।

एकदिन राति समिधाको जीवनमा अनपेक्षित घटना घटित भयो । “तिमीले मलाई साह्रै प्रेम गर्‍यौ† तर मैले तिमीलाई प्रेम गर्न सकिनँ । त्यसैले प्रिय, म आज तिमीलाई हार्दिक प्रेम गर्न आएको छु” भन्दै परमेश्वर अचानक उनीसामु उपस्थित भए । सुरुमा त भगवान्को दर्शन पाएँ भनेर समिधा अत्यन्त प्रसन्न भइन् । तर जब परमेश्वरले उनका संवेदनशील अङ्गहरू सुम्सुम्याउँदै चुम्बन गर्न लागे उनलाई असहज आश्चर्य बोध भयो । तर क्रमशः उनले आनन्दातिरेकको अनुभूति गर्न थालिन् । सम्भवतः इश्वरीय उपासनाका क्रममा यस्तो आनन्द उनले कहिल्यै प्राप्त गरेकी थिइनन् । त्यो स्वप्नसम्भोगको आनन्दपछि उनको मानसिकता नै बदलिएको छ । अहिले उनलाई त्यस्तै आनन्द यथार्थमा पनि प्राप्त गर्ने अव्यक्त चाहनाले कुत्कुत्याइरहेको छ ।

– भैरहवा बहुमुखी क्याम्पस, भैरहवा ।

पल्लव साहित्यिक पत्रिका–१२, औँ अङ्कबाट साभार गरिएको हो ।

(स्रोत : पल्लव साहित्य प्रतिष्ठान)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.