~माधव सयपत्री~
म क्याम्पसबाट घर पुग्दा बैठक कोठामा एक अधबैंसेका साथमा एउटा युवक धुम्धुम्ती बसिरहेका थिए। बुबाको आदेशअनुसार म चिया लिएर बैठक कोठामा प्रवेश गरें। पछि ती युवक मलाई हेर्न आएको कुरा थाहा पाएँ। मेरो बुबा र उनीहरूबीच के कुरा भयो मैले थाहा पाइनँ। चिया पिएपछि उनीहरू गए। उनीहरू गएपछि बुबा-आमाले मलाई बैठकमै बोलाउनुभयो। बुबाले सोध्नुभयो, ‘सरु, केटा तिमीलाई कस्तो लाग्यो त ?’मैले भनें, ‘अनुहार हेर्दैमा मानिस चिनिन्छ र ? मेरो विवाहको कुरा अहिले नठाउनुहोस् बुबा ! म एम.ए. नसकी विवाह गर्दिनँ।’ बुबाले दबाबको भाषा बोल्नुभयो, ‘धनीमानी र सभ्य परिवारको केटा माग्न आएका बेला पनि मानिनौ भने हरिकङ्गालसँग परौली, विचार गर। तिमी कति Continue reading →