म धकेल्न खोज्छु यसलाई, पर सारिदेऊ न भन्दै
म लत्याउन खोज्छु यसलाई, कहिले देख्नु नपरोस् भन्दै
झन् टाँस्सिन्छे, हात तान्दै डोर्याउँछे मलाई
झन् नदेख्ने गरी कहिले घचेड्छे मलाई ।
जर्फरिएर बिउँझन्छु, मलाई एक टकले हेरी बस्छे
उठेर झ्याल खोल्छु, बाहिर जाली कि भनी
जाडो भएझैँ गरी अझ च्याप्प टाँसिन्छे
बिस्तारै म फर्किन्छु, निदाउँछे कि भनी ।
कुहिरोले ढाक्दा गुम्म परेर मेरो हात सुम्सुम्याउँछे
उज्यालो दिनमा मसुक्क हाँस्दै मेरो अघिपछि नाच्छे
म झोक्रिएको बेला, मेरो टाउको सुम्सुम्याउँछे
पीडामा छट्पटिँदा मेरो शरीरसँगै काप्न थाल्छे ।
अँध्यारो हराउनुपर्ने होइन र ? म आफैँलाई सोध्छु
बत्ती निभाउँछु, आँखा चिम्म गरेर बिर्सन खोज्छु
निस्पट अन्धकारलाई छिचोल्दै अगाडि ठिङ्ग उभिएकी छे
मुसुक्क हाँस्दै, मलाई जिस्काउँदै, मेरो आत्मालाई बुझेझैँ गर्छे ।
बिउँझिएको छु म आज मध्यरातमा अनौठो सपना देखेर
यसले मलाई छोडिछे रे, भन्दै नभनी कता हिँडिछे
पागल झैँ खोज्न थालेँ, आफ्नो अस्तित्व हराएको सम्झेर
मीठो विपना भनेको यही रै’छ, यो काली त यही रै’छे ।
जन्मिँदै यसलाई लिएर आएँ, अब मर्दा पनि साथै लानेछु
सँगै हिँड्छु भन्छे, हात थाम्न खोज्छे, म हात समाइदिन्छु ।
‘दिदी, हेर्नुस् त, कमिलाको ताँती। भित्तामा कमिला, भुइँमा कमिला। जताततै कमिलैकमिला। यी कमिला कहाँ जान हिँडेका होलान्?’ दमनले सोधे। दीक्षाले भनिन्, ‘उनीहरूको पनि आफ्नो काम हुन्छ नि भाइ, हेर न, कसरी मिलेर काम गर्छन् कमिलाले।’
दीक्षा र दमन टहरोमा बसी दसैँ बिदाको होमवर्क गर्दै थिए। भूकम्पले घर भत्काइदिएपछि बाबाले बारीको पाटामा जस्तापाताको टहरो बनाउनुभएको थियो। भित्तामा कमिलाको ताँती थियो। कमिलाको लर्को परसम्म पुगेको थियो। दमनले छेस्कोले कमिलाको ताँतीमा छोइदिए। कमिला तितरबितर भए। फेरि ताँती मिलेर हिँडे। अर्को पटक पनि छोइदिए। कमिला यता र उता भए। केही छिनमा कमिला ताँतीमै मिले।
दमनले भने, ‘म सबै कमिला भगाइदिन्छु। यी कमिला हामी बस्ने ठाउँमा किन आएका?’ दीक्षाले सम्झाइन्, ‘हामी बस्ने ठाउँमा कमिला आएका होइनन्। उनीहरू बस्ने ठाउँमा चाहिँ हामी आएका हौँ। टहरो बनाउनुअघि कमिला कहाँ बस्थे, हामीले याद गरेका थियौँ?’
दमनले दिदीले भनेको टेर्दै टेरेनन्। उनले कमिलाको ताँती छोइदिएर खाटमा आए। होमवर्क गर्न लागे। दिदीले भनिन्,
‘तिमी कमिलासँग धेरै नजिस्क है १ तिनीहरू रिसाइसके।’ उनले भने, ‘जाबो कमिला रिसाएर के हुन्छ र? मिचेर सबैलाई मारिदिन्छु म।’ दिदीले भनिन्, ‘ल ल, सबै कमिला भागिसके। छिटो लेख। भात खाने बेला भैसक्यो।’
ल मार्यो है १ कमिलाको ताँती त खाटमै आएछ। कमिला कापीमै चढ्न लागे। कापीमा कमिला देखेर दमन झनै रिसाए। ‘लौ न दिदी, कमिलाले हामीलाई साह्रै हेपे। यिनीहरूलाई तपाईं तह लगाउनु न। जे गरे पनि कमिलाले खेदो गर्न छाडेनन्।’
दिदीले भनिन्, ‘कमिलाले हाम्रो खेदो गरेका हैनन्, हामीले कमिलाको खेदो गरेका हौँ। सबै जीव जनावरहरूलाई यो पृथ्वीमा बस्ने अधिकार छ। उनीहरूको अधिकार हामीले मिचेका हौँ। भन त भाइ, कमिला, कीराफट्यांग्रा बस्ने ठाउँमा हामीले टहरो बनाइदिएपछि उनीहरू कहाँ जान्छन्?’
दमनले ठुस्स परेर भने, ‘दिदी पनि कमिलातिरै लाग्नुहुन्छ। भन्नुस् न, अब कमिलालाई खाटबाट कसरी हटाउने? यिनीहरूले हामीलाई टोक्छन्।’ दिदीले भनिन्, ‘कमिलालाई चलाउनु हुँदैन। यिनीहरूले हामीलाई केही गर्दैनन्। कमिला आफ्नो बाटो हिँड्छन्। हामी आफ्नो बाटो हिँडौँ। कमिलालाई हटाउने हैन, हामी हट्नुपर्छ।’ दमनले भने, ‘आ, दिदी पनि जिस्किनुहुन्छ। हामी हटेर कहाँ जाने? कमिलासँग पनि डराएर भाग्ने?’ दिदीले भनिन्, ‘हामी एकछिन बाहिर गएर बसौँ। कमिला कता जाँदा रैछन्।’
दीक्षाले भनेको दमनले मानेका थिएनन्। दीक्षाले भाइको हात समातेर बाहिर ल्याइन्। दुवैजना खेततिर गए। खेतको आलीमा बसेर दिदीले भनिन्, ‘भाइ, उ: त्यो कान्लामा राम्ररी हेर। अनि भुइँमा पनि हेर।’ दमनले भने, ‘किन र दिदी? के छ त्यहाँ? म हेर्छु है त १’
दमनले खेतको कान्लामा हेरे। भुईंतिर पनि हेरे। उनले त्यहाँ कमिला र अरू कीरा देखे। उनले भने, ‘यहाँ पनि कमिला, कीराफट्यांग्रा मात्रै छन् दिदी। मलाई किन कान्लो र भुइँ हेर्न लगाएको तपाईंले?’ दिदीले भनिन्, ‘अब तल्लो कान्लामा पनि गएर हेर। अनि म भनुँला।’
दमनले तल्लो कान्लामा गएर हेरे। गह्रातिर पनि हेरे। त्यहाँ पनि कमिला, कीराफट्यांग्रा देखे। उनले भने, ‘हैन दिदी, कमिलाहरू जहाँ पनि हुँदा रैछन् त १’ दिदीले भनिन्, ‘हो, सबै जीव जनावरलाई यही जमिनमा बस्ने अधिकार छ। हामीले रिस गरेर हुँदैन।’ दमनको चित्त बुझ्यो। उनले भने,
‘हो रैछ दिदी। टहरोमा कमिला आउँदा हामीले उनीहरूको रिस गर्न नहुने रहेछ। ल, अब टहरोमै जाऊँ।’
उनीहरू टहरोभित्र पसे। खाटमा कमिला थिएनन्। भित्तातिर ताँती लागेर हिँडिरहेका थिए। दिदीले सोधिन्, ‘खाटमा कमिला छन् त भाइ?’ उनले भने, ‘छैनन् दिदी। खाटबाट झरेर भित्तातिर गैसकेछन्। अब म कमिलालाई चलाउँदिनँ दिदी। उनीहरू आफ्नो काम गर्छन्। हामी आफ्नो गरौँ।’
भाइका कुरा सुनेर दिदी मुसुक्क हाँसिन्। दिदीभाइ आफ्नो काम गर्न लागे। कमिला पनि आफ्नो काम गरिरहेका थिए।
अघिल्लो महिना एकजना अन्तर्वार्ताकारले मेरो सामू एउटा सन्देह उभ्याइन् “यसरी अखबारी लेखनपट्टि समर्पित भएर लाग्दा तपाईको सिर्जना ओझेल पर्ने हो कि -” त्यो दिनसम्म म जे लेख्छु सिर्जना त्यही होला भन्ने विश्वासमा थिएं । मैले लेखनका यी प्रकृतिबारे भेद गरेको पनि थिइन । तन्मयतासाथ लेख्थें, व्यग्रतापूर्वक त्यसको प्रकाशन मितिको प्रतीक्षा गर्दथें । टेलिफोनद्वारा धेरैलाई सुनाउंथे “फलाना बारको अखवारमा मेरो यस्तो आर्टिकल आउंदैछ, पढ्न नभूल्नू होला ।” अनि त्यो Continue reading →
ऊ घरबाट निस्केको दुइ मिनेट पनि भएको थिएन । इमरजेन्सी मिटिङ्ग भनेर अफिसबाट फोन आएको हुनाले उसलाई अफिस पुग्न निकै हतार भइरहेको थियो । त्यसैले गल्लीको चोरबाटो हुँदै छिटो-छिटो पाइला चलाउँदै थियो । अचानक ऊ भीडमा एक स्त्रीछायासँग ठोक्किन पुग्छ । जसले गर्दा त्यस छायाको सामान तितरबितर हुन पुग्छ । गल्ती उसैको थियो, उसैको लापरवाही अथवा भनौँ न एकोहोरोपनाले गर्दा त्यो घटना घट्न पुगेको थियो । त्यसैले “सरी !” भन्ने सस्तो अङ्ग्रेजी वाक्य ओकल्दै त्यस छायाको सामान टिप्न सहयोग गर्न थाल्छ । उनी भने हल्का बड्बडाहटसँगै आफ्ना असन्तुष्टिहरू पोख्दै थिइन् – “कस्ता आँखा भएका अन्धाहरू होलान् । केटी देख्नै नहुने … जानीजानी ठोक्किन आइपुग्नु पर्ने ! …” Continue reading →
कहिल्यै प्रेम भएन इश्वर र मेरो,
भक्तिको नाममा न मैले इश्वरको प्रगीत बोलें
सपनाको थप एउटा चगां उडाएं,
मनकै भयको कसिंगर डडाएं,
भजनको लयमा मनोरञ्जन मिसाएर मेरै खुशी गाएं ।
र मन्दिरमा सम्पूर्णतः मैले इश्वरलाई विर्सिएं । Continue reading →
थाह छैन, यहाँ नल्याइएको भए म आज कहाँ हुन्थें, के गर्थें वा म आजसम्म हुन्थें कि हुँदैनथें| मेरी आमाले मलाई यसै सहरको कुनै कुनामा जन्म दिएकी थिईन् रे| मेरो जन्मदाता- मेरा पिता म आमाको गर्भमा रहेकै पल बिरानो भएका रहेछन्| उनी कुनै घरानियाँ बिदेशी नश्लका ‘एल्सिसिएन्’ थिए रे| मेरी आमा यही सहरको कुनै सबर्बमा जन्मेर गरिबीमा हुर्किएकी अभागिनी थिईन्| मान्छेहरू भन्छन् बैंसमा त स्याल पनि घोर्ले हुन्छ त्यस्तै मेरी आमा पनि बैंसमा निकै लोभलाग्दी हुँदिहुन् र त सहरका गन्यमान्य भनाउंदाहरु उनको पछाडि तँ छाड म छाड गर्दै पछि लाग्थे रे| मेरी आमाको एक रात पाउन, टौवामुनि दुई चार घण्टा बिताउन, बाटोनेरको कुलाको डिलमा, करेसा बारीमा, बनमाराको झाडीमा उनलाई अंगालो हाल्न, उनका अंग प्रत्यंगको नापतौल लिन अथवा भनौं उनको उर्बर भूमीमा उनीहरुको जवानीको पसिना बगाउन उनिहरु ज्यान लिन र दिन पनि हिच्किचाउँदैनथे रे| उसबेला तिनै अंगिकृतले स्थानीय बंसजवालाहरुलाई दपेटन सफल भएर आमाको मन जितेका रहेछन्| तर आमासँग छुटेकै पल Continue reading →
उनले मेरो आँखै अगाडि सय रुपियाको नोट हल्लाउंदै भने – यो कविकल्पना होइन यही दुनियाँको सत्य हो | म यसलाई जमीनमा रोप्छु अनि देख्नेछौ रुपियाको बाली लहलहाउनेछ |
मैले त्यस नोटलाई कौतुहल र उत्सुकताका साथ यसरी हेरेँ जसरी मेरो छोरो आकाशको उंडिरहेको चंगा हेर्छ | Continue reading →
‘आँखामा राखे पनि नबिझाउने’ भन्ने उखान कसैको निमित्त उपयुक्त हुन्थ्यो भने कृष्ण रायको निमित्त हुन्थ्यो । ४५ वर्षका कृष्ण राय गाउँका सबभन्दा भद्र मानिस थिए । तिनले यता १०/१२ वर्षदेखि गाउँभन्दा बाहिर पाइलो राखेका थिएनन्; यसैबाट तिनको शान्त स्वभावको परिचय हुन्छ । कसैलाई कर्जा तिनी आप्नो सिद्धान्तको विरूद्ध ठान्थे । तिनका मतअनुसार कर्जामा गएको रूपैयाँ आफू आउँदा झगडा बोकी ल्याउँछ । तर Continue reading →
कुर्सीको मोह हुनेहरु अध्यक्ष भए
बचेका खुचेका सबै उपाध्यक्ष भए
पैसा पैसा भन्ने कोषाध्यक्ष भए
कुनै न कुनै पदका दक्ष भए
न अमेरिकन भए न नेपाली भए
एउटा न एउटा संस्था खोली भए Continue reading →
बिहान दस बजे सबैजना आ-आफ्नै काममा तल्लीन हुन्छौँ । सबैलाई एकआपसमा गुडमोर्निङ भन्नेबाहेक अरू फुर्सद हुँदैन तर दिउँसोको करिब एक घण्टा हामी सबै मन खोलेर कुरा गछौँ । त्यतिबेला हामी सधैँ छुट्टाछुट्टै विषयमा बहस गर्छौं । कहिलेकाहीँ त ब्रेकटाइम सकिएको पनि पत्तो हुँदैनथ्यो । हाम्रो बहस कहिले हाँसो ठट्यौलीबाट चरम गम्भीरतासम्म पुग्थ्यो, कहिले गम्भीरतामै सीमित हुन्थ्यो भने कहिले गम्भीरताले ठट्यौलीको रूप पनि लिन्थ्यो । Continue reading →
भन्छन् देश डुब्यो डुबे नि पहरा, पाखा र झर्नाहरू
भन्छन् भेष म¥यो मरे नि मनका भाका र आशाहरू
ढल्दै छन् इतिहासका धरहरा आदर्श ढल्दै गयो
गिर्दो यो गरिमा उठाउनु छ है दायित्व हाम्रै त हो ।
फोस्रा ढोँग भए अनन्त रचना लेखिन्न माटो जहाँ
अन्धाधुन्ध हिँडेर पुग्नु र कहाँ देखिन्न बाटो जहाँ
दाँजोमा अब पुग्नुपर्छ सृजना त्यो विश्वसाहित्यको
हाम्रा काव्यकला सिँगार्नु छ अझै दायित्व हाम्रै त हो । Continue reading →
तिमी कहाँ जाने होला,म कहाँ जाने हो
दोवाटोमा भेट भयो,माया केलाई लाउने हो ।
भन्दछैं भने लाउ माया,भेट हाम्रो हुने छैन
दुई क्षितिजमा बसी, अब म’त रुने छैंन ।।
तरङ्ग नै हाम्रो मुटु, आवाज नै मिलन मानौं
जीवन हाम्रो एक भए दिल भिन्ना भिन्न भनौै Continue reading →
छोरी पुतली फूलको रस खाँदै थिइन् । आमा पुतली पनि सँगैको फूलमा बसेर रस खाँदै हुनुहन्थ्यो। फूलको रस खाँदाखाँदै छोरी पुतलीले भनीन्, ‘आमा, हामी कहिले मामाघर जाने?’
छोरी पुतलीसँगै बसेर फूलको रस खाँदै आमा पुतलीले भन्नुभयो, ‘अब हामी चाँडै मामाघर जाने। हामी मामाघर जाँदा धेरै राम्राराम्रा फूलहरू फुलेका हुन्छन्। Continue reading →