~हिरण्य भोजपुरे~
आस्थाको मान्द्रोमा
सुकाएको छु
एक अँजुली घाम
विकराल, दग्ध बिन्बहरुको
सिरेटोमा काम्दै-काम्दै आएको 
ए, मेरो राम
तिमी एकछिन
यहीं विश्राम गर ।
रचनाकाल : १७ पौष २०५६
स्वराङ्कन : ११ चैत्र २०६०
शब्द-सङ्गीत-स्वर : हिरण्य भोजपुरे
याल्बम : एक अँजुली घाम
(स्रोत : साहित्य संग्रहालय – याल्बम : एक अँजुली घाम )
