~कृष्ण प्र. पाण्डे~
के यसरी भनिन्छ ? म बिदा भएँ
जान दिउँ या रोकुँ दुविधा भएँ
गए यदि छोडेर दोधारै तिमी
म के सोचुँ छ बन्धन या रिहा भएँ
लाग्थ्यो छु म खुशीमा सधैंको निम्ती
तिम्रो जाने कुराले दुखिया भएँ
भयो प्रिती पुरानो या प्यास गयो
अब तिम्रो नजरमा कि फिका भएँ
छिटो भन आउँछु फर्केर फेरि
आँशु झर्न के बेरS ! पसिना भएँ
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )
