~धिरेन थापा “अनुपम”~
हर रचना दमदार हुनुपर्छ
शब्द शब्दमा निखार हुनुपर्छ
गीत, गजल, कविता कोर्नुस मित्र
साहित्य उपचार हुनुपर्छ
मेची कालीको खबर सम्प्रेषण गर्न
अब गजल समाचार हुनुपर्छ Continue reading
~धिरेन थापा “अनुपम”~
हर रचना दमदार हुनुपर्छ
शब्द शब्दमा निखार हुनुपर्छ
गीत, गजल, कविता कोर्नुस मित्र
साहित्य उपचार हुनुपर्छ
मेची कालीको खबर सम्प्रेषण गर्न
अब गजल समाचार हुनुपर्छ Continue reading
~नारायण तिवारी~
म हुँ एक बालक पढ्ने मेरो काम
पढी गुनी ठूलो भई राख्छु देशको नाम ।
दिनभरि स्कुल अनि एकछिन खेल्छु साँझमा
पढ्न बस्छु बिहान राति आमाबाका माझमा
कुनैबेला हजुरबाको बन्छु सानो साथी Continue reading
~भद्रगोल किराति~
विशेषगरी युवाहरू गाउँबाट रहरका पोका-पन्तराहरू बोकेर सहर पसेका हुन्छन् । ढिंडो, साग, सिस्नोसँगै स्वादिला सपना देखेका हुन्छन् । आज म पनि सपनाकै सहरमा विगत केही समयदेखि बसेको छु । “कर्म जे भएपनि गर तर अधर्म पटक्कै नगर है मेरा शाखा-सन्तान हो” भनेर हजुरबुवाले तमाखु तान्दै हामीलाई भन्नुभएको सम्झेर लगनखेलमा चिया र मःमः पसल खोलेको पनि एकवर्ष बितेछ । गोजीमा मोबाइल बज्यो, उठाएँ, बडाबुवाको छोरा (दाइ)ले पुल्चोकबाट फोन गर्नुभएको रहेछ । “कहाँ छस् ? फुर्सद भए आइज न, जुपिटर मेनपावरमा कतारको लागि खुलेको छ रे, तेरो भाइको लागि बुझिहालौं ।” Continue reading
बनेको छ पहराले यो छाती मेरो
बगेको छ छहरा रगतमा मेरो
पखेरुमा जन्मी टाकुरामा खेल्ने
म झुक्दै नझुक्ने नेपालको छोरो
खोसेको रोटीले मेरो पेट भरिन्न
मागेको धोतीले मेरो लाज छोपिन्न Continue reading
~उमेश राई ‘अकिञ्चन’~
मसँग
गिटारको खोलमात्र छ
गिटार
र
गिटारको आवाज
तिमीसगै कहाँ….. कहाँ……
यो
बर्षको समय
बगिरहेको बाग्मती जस्तो
धमिलो आँसु झँर्दै
परिरहेछ झरी Continue reading
~रामचन्द्र पौडेल~
हामी मजदुर वर्ग हौं कहीं कतै गर्दैनौं दुश्कर्म क्यै।
संसारै भर वर्ग यो कही कतै फुट्दैन जुट्छौं सबै।।
त्यसमा जाल रचेर दुष्टहरूले गर्छन सदा मोजले।
हाम्रो खुन पिएर दुर्जनहरू कुर्लन्छ त्यै सुरले।।
हाम्रै हुन ढुकुटी यो विश्व बीचका हाम्रो सबै पौरख।
पोखी मात्र बने यी धर्ती भरका सम्पूर्ण यी वैभव।। Continue reading
~Rajan Poudel~
Regret and remorse is too much to bear
Oh god! I cannot control my tears
Please take away my fears
Please take away my pain
It is just too much to bear…
I won’t do what I did, again
I want my happiness again
I want to see my future again
I promise I will be good
I know I should Continue reading
~यतिराज अजनबी~
मान्छे मसानघाट
सुन्दा मात्रै पनि डरराउॅछ,
चिहानसंग झस्कन्छ
तर मैले
मस्तिष्कमा त्यही मान्छेको,
मान्छेको चिहान भेटें |
एउटा मित्र मलाई भन्छ,
“म साह्रै बिरामी भएँ|”
मित्रतावलम्बी भएकोले
उत्सुकतापूर्वक म सोध्छु, Continue reading
~विमल पोखरेल~
मेक्सीम गोर्की रुसी साहित्यकार हुन्। उनको नाम विश्व सर्वहारा साहित्यमा अग्रस्थानमा आउँछ। उनी साहित्यकार मात्रै नभएर एक कम्युनिस्ट कार्यकर्ता पनि थिए। उनको साहित्यले विश्व साहित्यमात्रै होइन, विश्व कम्युनिस्ट आन्दोलनलाई पनि अतुलनीय योगदान पुर्याएको छ। आज पनि मेक्सीमका साहित्यहरु विश्वभरि सर्वाधिक पढिन्छन्। उनको साहित्यले गरिब र सर्वहाराको मुक्तिबाहेक अर्थाेकलाई तिरस्कार गरिदियो। त्यसकारण उनी गरिब, मजदुर, निमुखा, दुःखी, दीनहीन, सर्वहारावर्गका लागि महान् सावित भए। Continue reading
~रेम राना~
गणतन्त्र, राष्ट्रियता र शान्तिको पक्षमा तथा संघीयताको विरूद्धमा राजमोले देशव्यापी जनअभियानको घोषणा गरेको थियो। रक्तिम अभियानले पनि बुटवलमा मंसिर १५ देखि पौष १ सम्म राष्ट्रिय प्रशिक्षण र भेला सम्पन्न गरी ०६७ पौष देखि ०६८ असोजसम्म वार्षिक कार्यतालिका तय गरेको थियो। जसमा पौष १० देखि माघ १० सम्म राष्ट्रिय सांस्कृतिक जागरण अभियान घोषणा गरी राजमोको कार्यक्रम प्रति ऐक्यबद्धता जनाउँदै २ टोली निर्माण गरेको थियो। २ टोलीमध्ये दोस्रो टोली ०६७/९/१० गते कपिलवस्तु ४ नं. पुग्यो। स्थानीय साथीहरू तैयारीमा जुटिरहनु भएको थियो। दिनको २ बजेबाट मुक्तिराम न्यौपानेको अध्यक्षतामाशुरू भएको कार्यक्रमको उद्घाटन सभासद् तथा राजमो उपाध्यक्ष रश्मिराज नेपालीले गर्नुभएको थियो। चौराहामा एक साइटको गाडी रोकेर कार्यक्रम शुरू भयो, नजिकै ठूलो गेट बनाएर कपिलवस्तु महोत्सवमा चर्कास्वरमा माइक बजिरहेका थिए। Continue reading
~गोविन्दप्रसाद आचार्य~
कस्तो यन्त्र स्वतन्त्र हो अधमको मानिस कठघवारमा
मान्छेका सपना थुनेर घरमा रम्ने बलत्कारमा
कालो लोक स्वतन्त्र यन्त्र विसको मानिस तड्पाउने
त्यै कालो अपराधलाई बहुतै आदर्श ढल्काउने
मान्छे थुन्न रमाउने अधमको लोकतन्त्र कालो छ हैै
त्यै कालो लोकतन्त्रमा अधमको षडयन्त्र जालो छ है
मान्छे थुन्छ र रक्तको रह भरी आदर्श पौडिन्छ है
कालो त्यो लोकतन्त्रमा अगतिलो मौलिक मानिन्छ है Continue reading
~ईश्वर थोकर~
हिन्ना,
ङा
चुराङलासि
खाइमाइ आताङबा मुबा
तिनि–
एदा ब्ले म्राङसि ताङजि !
देन्बान,
ए Continue reading
~अभय श्रेष्ठ~
भवनको निधारबाट ‘विद्यालय’ हटाइदिएको भए हाम्रो स्कुललाई हरेक हिसाबले यातनालय भन्न सकिन्थ्यो । भक्तपुरको दधिकोटस्थित अरनिको माविले त्यो शब्द त्यसैगरी प्रेमपूर्वक सिउरिएको थियो जसरी महिलाजन गलामा गहना सिउरिन्छन् ।
स्कुल जाने कल्पना गर्नु नै असीम अपमान र यातना भोग्नुबराबर हुन्थ्यो । अतः कमजोर मानसिकताका विद्यार्थी स्कुल आउनै छाडिदिन्थे । तिनलाई कुटो, कोदालो, डोको, नाम्लो, घर-व्यवहारको भारीले स्वागत गरिरहेका हुन्थे । बाबुआमा पनि यसमा गलत केही देख्दैनथे । आखिर तिनले पनि त्यही बिँडो थामेका थिए जुन तिनका बाबुआमाले गरेका थिए । त्यसमा छोराछोरीलाई पालो दिनु अनौठो कुरा पनि थिएन । Continue reading
~राजेश नेपाली~
आउ सबै नेपाली हो संघीयता फाल्नुपर्छ
जिल्ला जिल्ला सामन्तीका किल्लाहरू ढाल्नुपर्छ
भाई भाईमा फाटो पार्ने फोहोरी खेल खेलेका छन्
फाट्नु हुन्न जुट्नुलाइ नयाँ कदम चाल्नुपर्छ। Continue reading
~अमन महर्जन~
किन म आफैमा बिचित्रको लाग्छ
रात दिन र दिन रात झै लाग्छ
सपना पनि कहिं कतै बिपना झै लाग्छ
आधारात त मलाई पुरा मायाबी लाग्छ
म कता बरालियें मलाई पत्तै छैन
न म आफु भित्र बदल्न नै सकें
न म आफुलाई सम्हाल्न नै सकें
इच्छा बिहीन कुनै सुनसान भग्नावशेस झै Continue reading
~पवन भण्डारी “किरण”~
मुटुमा टुकुचाको नमिठो दुर्गन्ध
टी.यु र आर.आर. लगायतमा
हजारौं बेरोजगार पालेर
दिनहुँजसो भरिया कुल्चेर मार्छ,
भोक, गरिबी र कालो राजनीति पालेर
गरिबी निवारण विषयक गोष्ठी
पाँचतारेमा डकार्छ,
अझ राजधानी हुँ भन्छ
बिचरो काठमाडौं।
डिस्को र क्याबिन–थेकमा
गाउँको इज्जत बेच्छ, Continue reading
~सरण राई~
‘कस्तो निस्फिक्री मान्छे ! कुनै चिन्ता छैन ! यस्तो पनि मान्छे हुन्छ ?’
ठीक हो, चिन्ता नहुने निस्फिक्री मान्छे हुन्छ र ? मान्छे हुनका निम्ति चिन्ता गर्नु पर्छ । निधारमा चाउरी परोस्, मुट्ठीहरू कसिउन्, उत्तेजित भएर शरीर बाउँडियोस्, चेहरा विकृत होस् चिन्तैचिन्ताले । तब मान्छे हुन्छ । चिन्ता नहुने, चिन्ता नगर्ने मानिस कदापि मानिस हुन सक्तैन ।
चिन्ता गर्नका लागि विषय नै छैन । चिन्ता गर्नु पनि विषय चाहिन्छ र ? विषय यत्रतत्र छरिएका छन् । चिन्ताको विषय पाउनुभएन भने त्यसैको चिन्ता गर्नोस् । जाबो चिन्ताको विषय पनि नपाउने यो आधुनिक युगमा ? चिन्ताको कुरा भएन ? साथीभाइहरूबारे चिन्ता गर्नोस् । कस्ता फटाहा, क्रोधी, नीच र पाखण्डी साथीहरू रैछन्, सधैं धोका मात्र दिने । मुखले मीठो कुरा गर्ने, कपट मनभरि बोकिरहेका बोक्रे साथीभाइहरू, खानपिनमा बोलाउने होइनन्, मातिन्जेल, छादुन्जेल रक्सी खुवाउने होइनन् । कस्ता निरर्थक साथीहरू ! चिन्ता गर्ने कुरा भएन ? Continue reading
~विष्णु गौतम~
सन् २००८ को २७ तारिखको टेलिफोनवार्ता नै म र मेरो छोरा कुमार वीचको अन्तिम वार्ता हुन पुग्यो !! हामीविच कुराकानी भएको २० मिनेटपछि सडक दुर्घटनामा उसको निधन हुन पुग्यो ! शनिबारको दिन परेकाले कुमारले एकछिन साथीहरुसँग समय बिताउने निर्णय गरेछ । “बुबा म घर आउन अलिक ढिला हुन्छ है” उसले फोनमा भनेको थियो । उसैको बाटो हेरेर बसिरहेका मेरा बाबा–आमा, छोरी स्वति, कान्छु कृष्ण सबैजना ऊ ढिलो आउने कुरा थाहा पाएर खिन्न हुँदै आ–आफ्नो कोठामा सुत्न गए । लक्ष्मी र म पनि ओछ्यानमा पल्टियौं । उनी छोरा आईपुगेन भनेर गुन्गुनाउँदै सुतिन । मलाई भने किनकिन सुत्न मनै भएन । कान्तिपुर टेलिभिजनबाट प्रशारण भैरहेको कार्यक्रम “बहस” हेर्न थालें । ईन्द« लोहनी मेरा प्रिय प्रस्तोता थिए । प्रायजसो म उनको कार्यक्रम हेर्न चुक्दैनथें । १० बजे कार्यक्रम सकियो तर कुमार आईपुगेन । म झल्याँस्स भएँ । एकपटक ओछ्यानबाट उठेर उसको कोठामा हेरें । चकमन्न थियो । घरका अन्य सदस्यहरु मस्त निन्द्रामा थिए । Continue reading
~आभास~
आजभोलि आकांक्षा
किन यसरी चम्केको
लाग्छ कहिले
फुल भएर फुलूँ
र ढपक्क ढाकूँ प्रिय धरतीलाई
अरु केही नसके
अलिकति सुगन्ध छर्न सकिन्थ्यो
लाग्छ कहिले
आकाश भएर फैलिऊँ
र काखमा लपेटूँ सिङ्गै पृथ्वीलाई Continue reading
~अमर गिरी~
१. प्राक्कथन :
सांस्कृतिक साम्राज्यवाद र जनसंस्कृतिकर्मीहरूको दायित्व जस्तो गम्भीर विषयमा नेपालको प्रगतिवादी सांस्कृतिक आन्दोलनमा एक साझा संस्थाका माध्यबाट समान धारणा र निष्कर्षहरूमा पुग्नाका निम्ति छलफल चलाउन खोजिएको सम्भवतः यो पहिलो अवसर हो। यस विषयमा हाम्रो मुलुकको प्रगतिवादी सांस्कृतिक आन्दोलनमा बेलाबखत सामान्य चर्चाहरू भए पनि विहगम्रूपमा विचारविमर्श गर्ने र यस विरूद्धका संघर्षका रूपहरू निश्चित गर्दै साझा भूमिका, दायित्व र आन्दोलनको रूपखेरा तयार गर्ने दिशामा अहिलेसम्म ठोस कामहरू हुन सकेका छैनन्। अहिले पनि यो काम त्यति सहज र सरल छ जस्तो यस कार्यपत्र प्रस्तोतालाई लाग्दैन। सांस्कृतिक आन्दोलनमा रहेको वैचारिक विमति र प्रवृत्तिगत भिन्नताहरू Continue reading
~ठाकुर मान लामा~
मान्छे पहाड बन्छन् होइनन
पहाड बन्ने कोशिश गर्छन्
नसक्नेले पनि सक्छु भनी
कोर्रा कुरा त्यसै पनि हाक्छन्
हुनेसँग सम्पति त हुने नै भए
नहुने पनि छ भन्छन्
कोही किन कोसँग झुक्ने
कोही किन त्यसै झुक्छन् Continue reading
~ललिजन रावल~
एउटा परदेशी आई सोध्यो मेरो नाम
तर चाँडै छाडी गयो यो रमाइलो याम
एउटा चिठी उसैलाई पठाउनु थियो
भनिदेऊ जुनतारा कुन हो उसको गाउँ Continue reading
~डा तारानाथ शर्मा~
चरर चरर गर्दै पीरले चिर्छ छाती
समय सुलुलु गर्दै चिप्लियो यो नजाती
घर र पर गरेरै देहले शक्ति त्याग्छ
नर भइकन मेरो जन्म नै व्यर्थ लाग्छ।
सकल हित स्वयंको स्वार्थको मार्ग फाल्दै
जनहितप्रति लाग्दै देशसेवा अँगाल्दै
अलिकति म केही राष्ट्रको लागि गर्छु
जति पनि म सक्छु ज्ञान बाँडेर मर्छु।
मुलुकहरु अरूका उक्लँदै गैरहेका Continue reading
~दीपकप्रसाद ढकाल~
हिँड्न खोजेको थिएँ बनारस । तर, खर्च, व्यक्तिगत सामानको तयारी, बाटोमा सवारीको रुटको अवस्था, सवारी आदिबारे केही पनि जानकारी नलिएरै हान्निएको थिएँ उता । हतारको काम लतरपतर, त्यही बेला जानेँ । जे भए पनि बनारस घुम्दाको आनन्द मज्जालाग्दो थियो ।
करिब बेलुकाको ८ बजे सुनौली पुगेँ । हतारहतार बोर्डर काटियो । सडक सुनसान जस्तै थियो । मेरो मनमा एकतमासको डर लाग्यो किनभने नेपालबाट नजिक नै भए पनि त्यो अर्काको देश थियो । अर्काको देशमा त्यो मेरो पहिलो अनुभव थियो । Continue reading
~श्याम तमोट~
एउटा खबर पठाउदै छु परदेशीको नाउँ ,
घर खेत आफ्नो भो है फर्की आऊ गाउँ
सात कोठे बनेको छ चिटिक्क को घर
यसैलाई सिंगार्नु छ यो नै हाम्रो भर
खाँचो परे, पछि पछि कोठा थप्दै जाँउ Continue reading
~कणाद महर्षि~
उज्यालो देखिन्छ त ?
उज्यालोमा जाओभन्दा नजाने
अँध्यारोमा जानुपर्ने
-यो कस्तो अफसोच !
-यो कस्तो विडम्बना !!
-भनौं यो कस्तो नरकीय यात्रा !!
उज्यालोमा आँखा चिम्लियो भने
अँध्यारो हुन्छ/अँध्यारै देखिन्छ । Continue reading
~दिपा एवाई राई~
अली बाबा
के यो शहर तिम्रै हो ?
जताततै
आगोको ज्वलामुखी गई रहेको देख्दैछु
वरीपरी कैयैां
भुगर्भबाट
आगोको लप्का उम्लीएर
मुल्तानी माटोसँगसँगै
पुत पुताई
धुवा आकाशमा मडारीएर
रक्तीम साँझ बनेको रहेछ
त्रासदी ! Continue reading
~रवीन्द्र शाह~
लाउन त प्रीत लाइदियौ यो फूलमा बहार बनी
आउन त तिमी आइदियौ यो दिलमा प्यार बनी
जीवनमा आँसु लिएर पाउ त्यसै नचाल
यौवनमा दिल दिएर जवानी त्यसै नफाल Continue reading
~वासु शशी~
मेरो देशको पुस्तकका पृष्ठहरू
ठाउँ–ठाउँमा च्यातिएका छन् !
यसलाई पढ्ने मेरा बालकहरूले
अवश्य ‘यो त भएन बा !’ भन्नेछन् !
यसका पन्नाहरूको अक्षर नै मेटिने गरी Continue reading
~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~
यो समय
आहाल बसिरहेको भैँसीमाथि
बसिरहेछन् भ्यागुताहरु
र कुरिरहेछन् भैँसीको भव्य प्रस्थान ।
केही समयअघि Continue reading