कथा : बलात् सेन्टर

~तिलकप्रसाद सापकोटा~

गंगा, चटक्क परेर आइछौ त ?

जस्तोसुकै हुँ के चासो ?

प्रशंसा गर्दा पनि रिसाउनुपर्छ ?

जिस्काएको पनि कहीं प्रशंसा हुन्छ ?

कहिलेकाहीं जिस्किनु स्वाभाविकै हो । अझ एउटै शाखामा बसेर सँगै काम गर्दा माया पनि लाग्छ नि ।

प-या छैन माया गर्न ।

गणेशको केटीसँग जिस्किने बानी आजको होइन, विद्यालय पढ्दादेखिकै हो । कलेजमा पढ्दामात्र होइन, Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : बाँच्नु पर्छ सहेर नै

~स्वामी सुभाष चन्द्र~Swami Subash Chandra

अचानो न हो जिन्दगी , बाँच्नु पर्छ सहेर नै
खुकुरीका चोटहरू , खप्नु पर्छ मरेर नै

भाउजुको फरिया टुप्पोमा , दाजु पोका पर्दैछ
भाइहरू ओखलमा , नाच्नु पर्छ थिचेर नै Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : अन्धो छ ईश्वर आज पनि !

~शिव प्रकाश~SHiva Prakash

बाँचिरहेछन्
शकुनीहरु मान्छेभित्र
फैलाउँदै पासापञ्जा कुटीलताका
लेखिरहेछन् झूठो कथा महाभारतको
मरेका छैनन् दूर्योधन-दुशासनहरु
चिथोर्दै द्रौपदीहरु
हाँसिरहेछन् भारी सभामा
बनाउँदै लक्षागृहहरु
मान्छेका वस्तीमा
गर्जिरहेछन् आज पनि । Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : मेरो अनुभूतिमा ‘सत्य’

~प्रकाश के.सी.~Prakash KC

समयले, मानिसको बाँच्ने समयलाई मात्रै परिभाषित गर्दैन, उक्त अवधिमा मानिसले भोगेको भोगलाई पनि परिभाषित गर्दछ । तर यो अर्को कुरा हो कि, जीवनमा वर्षहरु थपिँदै जाँदा भने मानिसका अनुभवले बनाएको अनेकौँ विद्धताहरुमा परिभाषाले तदनुरुप नै विविधता लिने गर्दछ । कतियौँ उस्तै जानकारीहरु, अनुभवहरु तथा सम्झनाहरु अमिट भई मस्तिष्कमा रहन्छन् भने कतिलाई बल गर्नु पर्ने हुन्छ, अलिकति सम्झनको लागि पनि । थर्टी प्लस भनेको खासगरी नेपाली बुझाइमा अन्त्यको ढलानतिर लम्कँदो जीवन Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : सत्ताका किनाराहरू

~तिर्थराज अधिकारी~Tirtharaj Adhikari

तिम्रो सत्ता लघुगणितको खेल हो झेल एक
ठान्छौ आफैू अतिप्रबलको मन्द कस्तो विवेक
तिम्रो सत्ता क्षणिक पलको राग हो घामपानी
हिड्दा-हिड्दै अनल पथमा शेष बन्छौ खरानी ।

तिम्रो सत्ता कति जहरिलो आसमा त्रास भर्छ
फक्री फुल्ने अधरभरिका मन्दमुस्कान हर्छ
बोक्छौ भारी कल र छलको भारले थुन्छ बाटो
तिम्रो यस्तै अधममतिले जन्मको गुम्छ माटो Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य : नोटमा राजा

~विमल भौकाजी~

राजा !
श्रीपेच पहिरेका राजा
नोटहरूमा छापिएका छन्,
यहीँनिर, बजारमा यत्रतत्र छन् श्रीपेच नलगाएका राजाहरू,

– कोही संसद् भवनमा उफ्रिरहेका,

– कोही सिंहदरबारका मेचमा मच्चिरहेका,

– कमसेकम, कोही भाषणका मञ्चहरूमा कुर्लिरहेका । Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | 2 Comments

गीत : एक युग भयो

~भिमदर्शन रोका~Bhim Darshan Rokka

एक युग भयो, छाडेर घर
म यात्री गर्न एक्लै सफर
हिँडिरहेछु साथी ! म हिँडिरहेछु
आरम्भ छाडि अन्तदेखि वेखबर !
एक युग भयो . . .

सधैँ विहान हिँड्न थाल्दछु म Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

बाल कथा : जादूको छडी

~विष्णुकुमार पौडेल~

रातको समय थियो । शालु आफ्नो बिस्तारामा पल्टिएकी थिई । अचानक झ्यालमा बिजुली चम्केजस्तो भयो । कोठा धपक्कै बल्यो ।‘आम्माम्मा…के को उज्यालो हो यो ?’ खाटबाट उठ्दै शालुले भनी ।‘के भएको होला ? कसरी उज्यालो आयो ?’ ऊ डराई पनि ।उसले आँखा मिच्दै झ्यालमा के हेरेकी थिई, गजबै भयो । झ्यालको बाहिर हावामा एउटी बूढी उड्दै थिई । उसको वरिपरि धपक्कै उज्यालो बलेको थियो । Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : लक्षुमनीया !

~शकुन्तला जोशी~Shakuntala Joshi

साझको जून टिपेर आखामा
अभावको घोप्टेभिर नाघ्दै
तिमी फूल्ने फाटतिर म झरेको रात
चमेलीका फूल सिउरेर टाउकाभरि
कस्तरी फक्रिएकी थियौ तिमी
जूनेली भएर सेताम्य फाटभरि
लक्षुमनीया ! म सम्झिरहेछु ।

साहूको भारी बोकेर किचिएका मेरो थाप्लोमा
गिरत्को खलिहानका चपरी उप्काउदा ठेला उठेका
कलिला हातले तिमीले सुम्सुम्याउदा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कसरी भनु……….

~निहारिका~

कहाँ ल्याई पुरयायौ मलाई एस्तो
चारैतिर फुल र माया छ
विश्वाश छैन भनेर कसरी भनु
मनभरी विश्वाश जब तिम्रै छ

तर केको डर बस्यो मनमा
आँखाभरी पानीले किन भरिएछ
माया छैन भनेर कसरी भनु
मुटुमा नअटने माया जब तिम्रै छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : तिम्रा पाउहरूमा

~चाँदनी शाह~Chandani Shah

तिम्रा पाउहरूमा म सँधै झुकिरहन्छु
तिमी उठाइरहू माया र आषिस थपी
तिमी भरिरहू सिउँदो म नुहिरहन्छु
नटुटोस् अब सिलसिला कहिले पनि

सगरमाथालाई छुने उषाको लाली झैँ
तिम्रो मायाको सृङ्गार सँधै सजिरहोस् Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सम्बोधन

~योगेन्द्र काउचा~

ए खहरे
बेफुर्सदी मान्छे तँ
मौसमी राग त उराल्नै पर्‍यो
आफू भित्र हेर्नु छैन
अरूलाई टेर्नु छैन
बाटो किन चिन्नु पर्‍यो
जता जता सोंर्‍याक पर्‍यो
उतैउतै दौडे भैगो
किन आँखा खोल्नु पर्‍यो
अन्धो को हात्ती भए पुगिहाल्छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मीठा कुरा गर्नेहरु

~राजेश नेपाली~

ठूला ठूला सपनाका मीठा कुरा गर्नेहरु
किनार कहाँ पुग्दा रहेछन् सबै नदी तर्नेहरु

लाखौं कोशिश गरे पनि मनको कालो लुकाउन
मनको बारी किन हेर्थे धनको बारी चर्नेहरु

कोमल फुल संझयो मुटु माझ राखे पनि Continue reading

Posted in गजल | Tagged | Leave a comment

अनूदित निबन्ध : सुश्री लिउ हो–छनको सम्झनामा

~लु सुन~Lu Xun

गणतन्त्रको स्थापनापछिको पन्ध्रौं वर्षको मार्च २५ का दिन (अर्थात् १९२६ मार्च २५ का दिन) राष्ट्रिय पेकिङ महिला नर्मल महाविद्यालयले त्वान चि–चिउको सरकारी भवन अघिल्तिर (मार्चको) १८ औं दिनमा, मारिएका लिउ हो–छन् र याङ तेह–चनुको सम्झना दिवस मनायो। म हल बाहिर एक्लै टहलिरहेको बेला सुश्री छङ म कहाँ आइन।

“लिउ हो–छनको विषयमा गुरूले केही लेख्नुभएको छ कि?” उनले सोधिन।

मैले जवाफ दिएँ–“अहँ, छैन।”

“हैन, गुरूले केही त लेख्नैपर्छ, लि हो–छन् जहिले पनि तपाईका निबन्धहरू पढ्न मन पराउँथिन “उनले भनिन्।

(क) Continue reading

Posted in अनूदित निबन्ध | Tagged | Leave a comment

कविता : भेडेटारको पिक्निक

~उपेन्द्र सुब्बा~Upendra Subba_1

हजुरको भक्तिप्रताप…
प्रचण्ड गर्मी छ भानुचोकमा
सडक तातेको छ, नारा–जुलुसले
उफ !
घाँटी सुकेर हैरान छ, पानी छैन ।

चिसो बियरले तालु छम्काउँदै
रामायणले मुख हम्काउँदै
कति बस्नुहुन्छ यो चोकमा ?
छोड्नोस् बाजे भक्ति–शक्ति !
जाऊँ आज पिक्निक माथि…
भेडेटारमा आज कति शितल होला ? Continue reading

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : हट्ने हैन डटी लड्ने गणेश रसिक

~टीका भण्डारी~Tika Bhandari

हट्ने हैन डटी लड्ने नेपालीको बानी हुन्छ, गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली, हे वीर हिँड अघि सरी, आमा भएर बोकी हेर सन्तानका पिरहरू, सुन नेपाली हो नेपालमा जन्मदै नेपाली हुनेहरू, जय जय काली जय जय गोरख, बाँच्न जन्मेको नेपाली म, तराई हेर कति राम्रो हरियो वन हुनाले, यो नेपाली ठिटो मागी मिठो खादैन, न खेल्नु जुवा र तास धनको नाश जीवनको वनबास, कहाँको दर्जी भनौला विष्ट, रातो भाले क्वायँ क्वायँ सुत्केरीलाई ख्वाएँ, मलाई प्यारो लाग्छ, लहरा पहरा छहराको देश, घर बेटी नानी आँगनीमा देउन मलाई बास, ट्याक्सी गुडाउँदै बाइरोडको बाटोमा धुलो उडाउँदै, चुइँ चुइँ चुइँकिने जुत्ता, सहरै जाउँला नि धन कमाई ल्याऊँला, काफल पाक्यो काफल पाक्यो भन्छ चरीले, ओ याङ्जी नाना, तिमीले बिर्से नि लाखै छ, म त हजुर गाइने, सही दिन्छु कुट बरु वचनले नकुट, हामी धेरै साना छौं हाम्रो मुटु सानो छ, ए है है आज भेडा बाख्रा कता लाने, खरबारी डाँडा यता लेऊ न, मेरो बर्कतले भ्याएसम्म आदि गायक संगीतकार गणेश रसिकलाई सुप्रसिद्ध बनाउने सिर्जना हुन्। Continue reading

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

कविता : पारुहाङहरु

~विश्व राज भेटुवाल~Bishwa Raj Bhetuwal

पारुहाङ
एक श्रस्ठा नगरको
ब्यबस्थित समाजको ।
आपसी भाइचारा र
समन्यायको ।
श्रम सर्बाङ्गिण र
एकताको ।
नस्ल चेतना र
सुधारको ।
(1)

त्यही नगर
त्यही चेतना र
समान्याय । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : शुभ बोल ! शुभ बोल

~जीवनसागर भण्डारी~

आकासमा बादल धुम्म थियो । पानी पर्ला अनि हलो, कुटो, कोदाला निकालौंला भनेको किसान आकास हेर्दै मलिन अनुहार बनाएर बसेको थियो । साँझपख एक दुई बादलका मुठा बाझिन्थे, बिजुली चम्किन्थ्यो । दक्षिणी दिशातिर टाढा कतै मेघ गर्जिएको सुनिन्थ्यो । तर, त्यो मेघ वर्षिन नसकेको धेरै भयो।

घाम बोकेर घरिघरि चल्ने हावाले सितलता दिन सकेको थिएन । चौतारा उभिएकै थिए तर पात हल्लाउने गतिमा हावा चलेकै थिएन । वरिपरि आगो दन्काएर बीचमा बसेजस्तै थियो वातावरण । टाढा टाढा जङ्गलमा केही दिन अघिबाट लागेको डढेलोले क्षेत्रविस्तार गर्दै थियो । खरानीका पूmल वायुमण्डलमा रंगमगिएका थिए । मजदुर लखतरान थियो । खुइय सुस्केरा हाल्थ्यो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आज भोलि

~बासु ढकाल~ Basu Dhakal

आज भोलि काठको घर
धमिरा लाई जिम्मा ला छ
जून लाई माथ गर्छु भन्ने
जुन्किरीको रजाई भा छ

सबैलाई समानताको
पगरिले गुथ्ने संग
आज भोलि ठेला गाडा
ठेल्नेकोनी सत्तो गा छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : जनता नै हुन् ठिसहरू…

~भरत बागलुङे~Bharat Baglunge Paudel

तेल बेच्न बसेको
आयल निगमसँग
तेल छैन
अपराधी थुन्छु भन्छ
नेपाल प्रहरी
तर बबुरासँग
एउटा राम्रो जेल छैन
भड्खारोमा परोस्
साला पदक
हाम्रो खेलकुद परिषदसँग
एउटै पनि खेल छैन । Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

ईश्वर थोकरका तामाङ भाषाका नौ हाइकुहरु

~ईश्वर थोकर~Ishwor Thokar_1

१. क्राःलि रो ङादा
मिःग्याम प्रुलप्रुल
मिख्लि पुइमा ।

२. एसे ङ्यान्कुति
लासाइ तिल्दा ङादा
नेःबा आखानि । Continue reading

Posted in तामाङ हाइकु | Tagged | Leave a comment

कविता : मैले चढ्नु छ एउटा अजङ्गको पहाड

~वसन्त विवश आचार्य~Basanta Biwash Acharya

विस्तारै विस्तारै अँध्यारो अत्याचारवाट
उज्यालो न्यायतिर वामे सर्दै गरेको
शरणार्थी समयलाई
विषाक्त विचारको कोर्राले हिर्काउँदै
बेईमान परिवेशको धुमिल छाँयामा
किशोर उज्यालोको हत्या गर्नेहरुसंग
म विजयको वाँसुरी वजाउन सक्तिन

रित्तोपेट,स्वतन्त्रताका फुलहरु Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : मदेस ! तिम्रो नाममा

~रत्नमणि नेपाल~Ratnamani nepal

काठमाडौं खाल्डाको एउटा कुनामा बसेको छु । वरिपरिका छिचरापहाडहरूले हिउँदको चिसो छेक्न सकेका छैनन् । कोठाको दाहिने कुनाको झ्यालबाट बेलाबेला बाहिर हेर्छु । काठमाडौंको छातीमा कोरिएका नागबेली बाटाहरू पनि सुनसान सुनसान छन् । चिसा आँखा ठोकिन्छन् केवल चिसा दलिन, चोटा, चोक, कार्यालय र सडकहरूमा । कठ्याङ्ग्रिएको छ काठमाडौं ।

मेरा हात चिसा भएका छन् । खुट्टा फुट्न थालेका छन् । गाला निचोरिएका जस्ताफुस्रा भएका छन् । नाक रातो भएको छ । रातो नाकेडाँडीबाट चुहुँदो छ चिसो तपतप । शरीर तातो खोजिरहेछ । मन तातो खोजिरहेछ । मन तताउन मन छ । तन तताउन मन छ । आगोमा सेकाउन मन छ । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छोक : स्पर्श

~आभास~Aavaas - Achyut Prasad Phuyal

तिम्रो हृदयबाट
मेरो हृदयसम्म आउने
एउटा पुल छ
तिमी नदि पारि
म नदि वारि
हामी बीचमा
मीठो सौरभ छर्ने
सुन्दर फूल छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अटुट…

~गीता त्रिपाठी~Geeta Tripathi

जब शीर्षस्थ हुन्छौ तिमी
मेरा हरफहरू
गीत भएर बग्न थाल्छन्― तिमीतिरै
तिम्रो केन्द्रदेखि
मेरो परिधिसम्मको
अनन्त दूरीमा
लाग्छ,
बगिरहेछ युगौँदेखि Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : पगटा

~पिताम्बर बन्जाडे ~

मंसीरको धान दाउने बेला जितेदाईलाई सबैले सोध्ने गर्छन् – “धान कति फल्यो?”

उसको जवाफ – “धान त फलेकै हो तर धेरै पगटा उड्यो, सद्दे त थोरै मात्र पोहर पनि त्यस्तै भयो, दुःख गरेर के गर्नु? कहिले हाइवि्रड भनेर जापानले दानै नलाग्ने विउ दिन्छ, कहिले भारतले नक्कली मल पठाउँछ। नयाँ नेपालका लोकतन्त्रवादी ठेकेदारका भागवन्डामा कुलो बनाउने बजेट बाटोमै झ्वाम भएछ, धान फुल्ने बेलामा कुलोपानी नै लगाउन पाइएन के फलोस् त धान? यस्तै छ किसानको हाल। चरा, मुसा, सलह, फटेङ्ग्रा, किरा सबै उसैमाथि” Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य : रियल फिलिमका झलकहरू

~रारा नेपाल~

कामरेडहरूको सडक जात्रा वास्तवमा हेर्न लायक नै हुन्छ। हाँसो, रोदन, द्वन्द्व सबै चीजलाई समेटिएको हुन्छ उक्त जात्रामा। विगतमा कामरेडहरूबाट प्रदर्शन गरिंदै आएको सडक जात्राबाट म पनि विशेष प्रभावित थिएँ। त्यसैले यसपटकको “अनिश्चितकालिन जात्रा” पनि मैले राजधानीकै सडकहरूमा निस्किएर हेरें। आफ्नै आँखा अगाडि मान्छेहरू मात्र होइन, लाठी, रड र ढुंगामुढा पनि नाचिरहेका थिए। मैले त ती दृश्यहरू साँच्चै नै वास्तविक जीवनका घटनाक्रम सम्भि्कएको थिएँ तर त्यस्तो होइन रहेछ। ती त फिलिमका टेलर मात्र रहेछन्। माऊ कामरेड आफैले खुल्लामञ्चमै घोषणा गर्नु भो–“निर्णय गर्न ढिलाई गर्‍यौं भने छ दिनको आम हड्ताल सामान्य टेलर बाहेक केही पाउने छैनौं। रियल फिलिम फेरि शुरू हुनेछ –जेठ १४ अघि नै।” कामरेडको डाइलग सुनेपछि मेरो मनमा कौतुहलता जन्मियो “टेलर त देखियो, त्यो रियल फिलिम भनेको झन कस्तो होला?” म यो कौतुहलता मेटाइदिने कामरेडको खोजीमा लागे। Continue reading

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : बाजेको कथा

~टोप बहादुर राई~Top Bahadur Rai

सानो छँदा मलाइ भुतको कथा, दन्त्य कथा र गाउँ खाने कथा खुब मन पर्थ्यो, अद्यापी मन पर्छ नै । यसरी कसैकोमा मरिमराउ परि गाउँले, आफन्तजनहरू एक ठाउँ भेला हुँदा, दाँइ मेलापात तथा गोठालो गर्दा एक आपसमा सुन्न र सुनाउन खुब मज्जा आउथ्यो ।

पूणिर्मा छेकाको रात हुनपर्छ ।जुन टहटह लागिरहेथ्यो । दयेरेहरू कोही तीनपाने रक्सि त कोही डबका भरि जाड पिउँदै कार्तिक, मंसिर महिनाको शितलाइ पर्वाह नगरि अंगालो भरिको धानको विट्टा झाट्दै खरपराल Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पर्खि बस

~कमल भण्डारी~

पर्खि बस माया मलाई
समय मिलाई लान्छु तिमीलाई ।
डोलिमा राखी सिन्दुर पोती सिंगारी तिमीलाई
संसारबाट चोरेर एकदिन लानेछु तिमीलाई ।
प्यारि लानेछु तिमीलाई ।।

सम्झन्छु प्यारि हरपल तिम्रै माया
देख्छु नै प्यारि जहीतही तिम्रै छायाँ ।
तिम्रै साथ पाए दु:ख नै हराइ जानेछ
तिम्रै काख पाए औसी पुर्णे हुनेछ ।……. Continue reading

Posted in कविता | Tagged | Leave a comment

Poem : You Cannot Quit

~Shirish~

In touch with this vivid depth of human mind
In the beginning I conclude the end to this doctrine
Decisive as it is, neither me nor you
Have a choice to quit, but ascend or fall

At the foot of this gregoreous hill
As I wipe the sweat, my feet tremble
I breathe hard, but my hearbeat is so fumble
I want to stand still but still I stumble Continue reading

Posted in Poem | Tagged | Leave a comment

कविता : तिम्रो तस्बिर

~निरा शर्मा~

आजकल हरदम हरक्षण,
तिम्रै तस्बिर हेरिरहेछु
तिमी बिनाका यी पलहरु
फिका र खल्लो भोगिरहेछू
जोडि उडेका ढुकुर पनि
बिजोडि झै देखिरहेछु
आँशुलाई लुकाएर हासोमा विलीन तिम्रा नयनहरु ,
पातहरुमा शीत टल्पलाए झैँ
टलपल टलपल आँशुहरु
म प्रष्ट देखि रहेछु तिम्रा आखाहरुमामलाई थाहा छ, Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वैंश फुटी रहेछ ढुंगाको काईमा चिप्लेर

~रत्न शम्सेर थापा~Ratna Shamsher Thapa

टक्टकिएर बकुल्ले बादलको
प्वाँख-प्वाँखको दूधे जराबाट
केशदेखि खुट्टाको बुढी औँलासम्म
ओढाउन सेतो बर्को हरियालीलाई
अर्घ चढाउँदै सूर्यलाई
आरती उतार्न बालिएका
मन्दिर, आँगन र चोक चोकमा
कातेका बत्तीहरू निलेर सलक्क
फुलिरहेछन् हिउँका फूलहरू झपक्क Continue reading

Posted in कविता | Tagged | Leave a comment