~सरिता तिवारी~![Sarita Tiwari]()
अचानक एक दिन जुर्यो संजोग, पुरानो सन्दुक छोई हेर्ने । निकैबेर त्यसलाई हेरेँ, सुम्सुम्याएँ । एकैछिनमा खै कसरी दुवै आँखाबाट नुनिला नदी बगिरहेका रहेछन् । मन अलि दह्रो बनाएपछि नदी आफैं बाँधियो बाँधले । यो सन्दुक मेरो स्मृतिको सानो आँखीझ्याल हो । बैँस त यसको उहिल्यै हो निखि्रएको तर रूप उग्लिएको पुरानो कुनै सहरजस्तो यसमा अझै बाँकी छन् केही क्लासिक सौन्दर्य । बाँकी छन् यसैसित गाँसिएर आउने केही अमिट झलक ।
यसको लम्बाइ होला करिब एकफिट र चौडाइ आधा फिट मात्रै होला । कलात्मक बुट्टाहरू, भक्तपुरे घरका झ्यालहरूको झल्को दिने सुन्दर आँखीझ्याल र बुर्जाकारमा कुँदेर बनाइएका चारवटा खुट्टा । करिब-करिब यिनै कुराको योगले बनेको छ यो सन्दुक । Continue reading →