गीत : भो भो नसोध

~रत्न शमशेर थापा~Ratna Shamsher Thapa

भो भो नसोध अब केहि मलाई
रुकेमा छ बुझ तिम्रै भलाई, लौ है

चाँदनी रात निलो आकाश
छर्छन् जहीं यहीं सुबास
जानु नजानु यो दिल दुखाई Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : क्रान्तिकारी बाहुनहरु

~राजव~ Janardan Pudasaini

ऊ एक्लै पहाडी बाटो हिंडिरहेको थियो। एक्कासि ऊसँग उग्र क्रान्तिकारीहरुको भेट भयो। तिनले उसलाई हल्ट गरे। र, बन्दुक तेर्स्याउँदै घेरे। उसको कट्टु भिज्न थाल्यो। उसको मुखको पानी हरायो। एउटा क्रान्तिकारी कमान्डरले ऊसँग सोध्यो,
“किन डराएको ?”

ऊ झन् डरायो। उसका खुट्टा पनि काम्न थाले। ऊ बोल्न सकेन ।

कमान्डरले फेरि सोध्यो,  “किन डराएको दाइ ?”
Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : डाइनोसोर

~सुधीर ख्वबि~Sudhir 'Khwabi'

आजभोली शिर ठड्याउँदै
मस्तिष्कभित्र सल्बलाउँदैछ
डाइनोसोरको वंशाणु
मानिस भित्रभित्रै ।

बिस्तारै बिस्तारै मानिस
दिनहुँ आफ्नो रंग बदल्दै
छेपारो बन्दै , छेपारोबाट क्रमश:
डाइनोसोरमा प्रतिविम्बित हुँदैछ । Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : मलाई जिन्दगि यो

~ईश्वर बल्लभ~Iswar ballav

मलाई जिन्दगि यो लाग्दछ, तिमि भन्दछौ यो पीर हो
जे छन् सबै ती व्यर्थ छन्, तिमि भन्दछौ यो प्यार हो
मलाई जिन्दगि यो….

बहकिन्छु म सन्तापले, सल्केर आगो जल्दछु
खाली भएर शुन्य झैँ, यहाँ खण्डहर झैँ जिउंदछु Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्रष्टा परिचय : नेपाली संगीतका एक कालजयी गायक -पन्नाकाजी

~टीका भण्डारी~Tika Bhandari

तिरिरी मुरली बज्यो बनैमा ,बनैमा लौ माया नमारे
कस्को यो सम्झना मेरो मनैमा ,मनैमा लौ माया नमारे

#. किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ (पुरानो मेलोडी )
# लोलाएका ती तिम्रा (पुरानो मेलोडी )
‪# ‎हामीलाई‬ छाडी दाई त अब
# एकानी दुवानी
# रात यो नबित्ला
# जुनको परेली
# बतासले
# लालीगुराँस फुल्यो है
# मैले सिङ्गै बशन्त
आदी गायक तथा संगीतकार पन्नाकाजीलाई चिनाउने आधुनिक पुराना तथा सदाबहार गीतहरु हुन् ! Continue reading

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

कविता : आयो !!

~श्रीबाबु कार्की ‘उदास’~Shreebabu Karki 'Udas'

उद्ग्घाटन भन्दा पनि भ्रस्टचारमा नाम आयो त्येसैले त
अख्तियार को बडालामो खाम आयो !!

सबै कुरा ठिकै थियो केबल भुँडी बढेको
हो सुत्केरिको भत्ता खादा अती धेरै दाम आयो !! Continue reading

Posted in कविता | Tagged | Leave a comment

युगल गीत : मान्छेको माया यहाँ

~राम मान “तृषित”~Dr. Ram man 'Trisit'

केटा:
मान्छेको माया यहाँ, खोलाको पनि जस्तो
किनारलाई छोई भाग्ने, लहरको बानि जस्तो

केटि:
मान्छेको माया यहाँ, आँखाको नानि जस्तो
यो रात भगाई आउने, सुन्दर बिहानी जस्तो Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

छोक : उल्झन

~मुक्ता सापकोटा~Mukta Sapkota

दोभान भनी सोचेको थिए दोधार पो रहेछ
एउटा बाटो हिड्छु भन्दा अन्तै कतै पुगिएछ
एउटै लक्ष रोज्छु सोच्दा लक्ष बिहिन भैएछ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : फेसबुकको केटी

~नबराज बजगाई~

मेरो फेसबुक च्याट बक्समा आएको तेस्रो हेल्लो थियो त्यो । चाहे न नचाहे मैले रेस्पोन्स गर्नै थियो । हजुर म अलिक बिजी छु । मेरो जवाफले सायद काम ग¥यो । हुन त मैले त्यो जवाफ दिनु थिएन । किनकी फेसबुकमा जोडिएका भाई साथी इष्ट मित्र र चिनजानी नै थिए । फेरी म कसरी व्यस्त भएँ । ताकि दैनिक ४–६ घण्टा नेटमा रुमल्लिनु मेरो आदत नै थियो । भलै मेरा साथी धेरै थिए, सबैसँग कुरा गर्न सम्भव थिएन पनि ।

मे बी २ घण्टाको अन्तराल हुनु पर्छ । मैले १ कप चिया थप्न भ्याएँ । पुन ः हेलो उही नाम, उही अक्षर, उही कुरा अनि मेरो जवाफ उही हजुर, आराम होइसिन्छ प्रश्न, आराम छु उत्तर । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सबै नेपाली जनको जय जय होस्

~लोकराज अधिकारी~Lokraj Adhikari

विगतका तीतापीरा कुरा बिर्सिएर
द्धन्दका घाउहरु पुरा बिर्सिएर
हिमाल,पहाड,मधेस,तराई मिलेको बिशाल
बन्छ पक्कै हामी मिले समृद्ध नेपाल
सबै नेपाली जनको जय जय होस्
सबै नेपाली मनको जय जय होस् |

नेपाल हाम्री आमा हुन रुन दिनु हुन्न
भाई फुटे गँवार लुटे हुन दिनु हुन्न Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे मरुभूमि होइन

~पारिजात~parijaat_3

सास छउञ्जेल आश हुन्छ भन्छ
खुकुरीले बिर्सन्छ अचानुले बिर्सदैन भन्छ
जतिसुकै डढेलो लगाउन्
अँगार भएर भित्र कता कता रन्किरहन्छ भन्छ।

छोप्छन् आलो चिहानलाई
आलो सम्झनालाई
विस्मृतिका झारपातहरुले
भन्छ त्यही विस्मृतिका हाँगा–हाँगामा
फुल्छन् सक्रियताका फूलहरुे
मान्छे मरुभूमि होइन
ए 164 मान्छे मरुभूमि होइन
प्रवृत्ति एकाएक र अन्तिमपल्टलाई कहिल्यै मर्दैन
मन त पल्हाउँछ घरीघरी, जाग्छ घरीघरी
मान्छेको मन मरुभूमि होइन। Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : के सबै भात्किएकै हो त ?

~डा तारानाथ शर्मा~Taranath Sharma

के लेख्नु? मनको घाउ कोट्ट्याऊँ अति दुख्तछ
नलेखूँ? मनको घाउ भित्रैदेखि चिलाउँछ
समस्या भित्र मनमा गाँठा पर्दै उदाउँछन्
समाधान कहाँ खोज्नु? रिँगटा नै छुटाउँछन्
(१)

नेपाली भई जन्मेँ म ठूलो गौरव मान्दछु
इतिहास उज्यालो छ वीरताको म ठान्दछु
तर आज अहो हाम्रो हिमालै ढुन्मुनाउँछ
हत्याआतङ्कले गर्दा मुटु नै ढुक्ढुकाउँछ Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : सामन्तीले खान्छ किन

~कमला क्षत्री~

गरिबको श्रम, सीप सामन्तीले खान्छ किन
श्रम गर्ने श्रमिकको पसिना खेर जान्छ किन

वर्षभरी दुःखगरी उब्जाएको अन्नबाली
हरेक वर्ष साहुलेनै भरीभरी लान्छ किन Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : लेखक

~गोविन्दप्रसाद आचार्य~

फ्याँकिएका रचना पढिरहेछु
रछानबाट वटुली रहेछु
मेरो भन्दै माया गरिरहेछु
रछानमा रोइरहेको रचना मैले पालिरहेछु
म त्यो रचनाको वावु खोजिरहेछु
म त्यो वावु आमाको रचना होइन्
त्यसको वीना नाम नजुराएको होइन
त्यसले आमाको दुध नखाएको होइन
त्यसले वावुको प्यार नपाएको होइन
त्यो असक्त छैन सशक्त छ
त्यो रोगी हैन निरोगी छ
भावमा युग वोलीरहेछ
अभाव नहोस् भनिरहेछ Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : नानाभाँती हुँदै गयो

~सुशिल एकीकृत~

आज देश दुनियाँमा नानाभाँती हुँदै गयो
मान्छेबाट मानवता कुन्निकता रुँदै गयो

मान्छे मान्छे बीच देख्यौं कस्तो कस्तो लिला भयो
मानवीय अनुशासन पूरै हराउँदै गयो

हामी देख्यौं अपराधी ठूला पार्टी खोज्दै जान्छ Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : म मेरो बाँसुरी फुकेर

~आभास~Aavaas - Achyut Prasad Phuyal

म मेरो बाँसुरी फुकेर
देह शान्त पारिरहिछु
मेरो बाँसुरीको स्वरसँगै सुरेली खेलेर
मलाई मन पर्ने मेरो गीत
मेरो ओठसम्म चुम्न आइरहेछ

म मेरो बाँसुरी फुकेर
दुःख र पीर पोखिरहिछु
मेरो बाँसुरीको गुञ्जनसँगै चिप्लेटी खेलेर
मेरो खुसी
मेरो ओठसम्म चुम्न आइरहेछ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चौघेरा

~विश्व राज भेटुवाल~Bishwa Raj Bhetuwal

चारैतिर हुस्सुले ढाकेर
क्षितिज ओर सरेको बेला
बाक्लो हुस्सु बिचमा
आफ्नो चौघेरा भित्र पस्ने
बाँदर कुर्न
कुनै उज्यालो प्रकाशको सहयोग लीई
हुस्सु सँग घोलियको म ।

बाँदर बाँदर नै हो
सारा बिगरे पनि
यस्लाई चेत आउँदैन
कमजोर चेतना को छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्ता

~शकुन्तला जोशी~Shakuntala Joshi

तिनीहरूले भनेपछि
‘गीतावचन’ ठानेर हामी
लुरुलुरु पछि लाग्यौँ
दायाँ घुम भने- घुम्यौँ
बायाँ फर्की भने- फर्क्यौँ
अघि बढ् भने- बढ्यौँ
पछि हट् भने- हट्यौँ
घोप्टो पर् भने- घुँडा टेक्यौँ
टाउको थाप् भने- निहुरिदियौँ Continue reading

Posted in कविता | Tagged | Leave a comment

बाल कथा : नाकाबन्दी

~यमुना पराजुली अधिकारी~

राकेश मण्डल र श्याम भट्टराई साथी हुन् । उनीहरू दुवै ५ कक्षामा पढ्छन् । श्यामको घर रामेछाप हो । उनका बुबा नेपाल प्रहरीमा जागिर खान्छन् । त्यही भएर श्याम पनि बुबासँगै सर्लाहीमा बसेका छन् । डेढ वर्ष भयो त्यहाँ बसेको । आमा र बहिनी रमिला पनि सँगै बस्छन् । राकेशको बुबाको त्यहीं सानो किराना पसल छ । राकेशको पसल र श्याम बस्ने घर जोडिएको छ । उनीहरू अति मिल्छन् । स्कुल सँगै जान्छन् । होमवर्क सँगै गर्छन् । स्कुलमा पनि सँगै बस्छन् । खाजा पनि कहिले कसको घरमा कहिले कसको घरमा खान्छन् । उनीहरू मात्रै होइन, आमाहरू पनि निकै मिल्छन् ।  Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

मगर भाषी कविता : मगराँट लाके ङाराहाङ

~रुद्र बहादुर श्रीस मगर~Rudra Bahadur Shrees Magar

मगराँट लाके ङाराहाङ
ठूप्रई डूख पाहाम
वार्च जडीक रीक्म
मगरकॊके काट ठोवाआङ झोरोक्म
परीस्ठाङ बन्नूक ढरी फोडोक्म
ङा मगराँट लाके ङाराहाङ

ईमाङ लेच लाम
ओल्च ज्याट ज्याम
माओल्ढीङ ड डी गाम Continue reading

Posted in मगर कविता | Tagged | Leave a comment

छोक : आडम्बर

~ज्ञानेन्द्र स्थापित~Gyanendra Sthapit

मसानको विभत्स र ब्यंगपूर्ण हाँसो छरीन्छ
एक लाश माथि,
एक अभागी माथि,
किन कि
मसानले देखि रहेकै हुन्छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : तिमीले भनेका सारा देव छोएर

~डा. विश्वम्भर प्याकुरेल~Bishwambhar Pyakurel

कोठामा छिरेर घुप्लुक्क पल्टेको मात्र थिएँ, कसैले ढोका ढक्ढकायो । उघारेर हेर्छु त अगाडि उही छ, नारायण गोपाल ।

‘ए बाजे, वर्ल्डकपको दिन मलाई अस्पताल छोडेर आउने ?’

ऊ मलाई ‘बाजे’ भनेर जिस्क्याउँथ्यो। म ‘नागो’ भनेर चिढ्याउँथेँ ।

ऊ मेरो जवाफै नकुरी सरासर टिभी खोल्न गयो । Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

गजल : जमघट हुन्छ

~दिनेश ज्ञवाली~Dinesh Gyawali

तपाईँले त पाइला मात्रै टेके पनि जमघट हुन्छ
हामीले बोले पो जथाभावी, तपाईँले बोले उपदेश हुन्छ ।

हजार तपाईँका अनुहारहरु हजारौँ विचारहरु
हामीले चाहिँ जुगां मात्रै पाले पनि छद्मभेष हुन्छ । Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : यो भूगोल मिल्दैन, यो इतिहास मिल्दैन

~केशव भट्टराई~Keshab Bhattarai

अचेल छोरा मसँग झर्किएर भन्छ :-
“ड्याडी ! यो भूगोल त मिल्दै मिल्दैन ।
ड्याडी ! यो इतिहास त मिल्दै मिल्दैन ।
यो भूगोल मिलाउनु पर्‍यो ।
यो इतिहास सच्याउनु पर्‍यो ।”

उसलाई लागेको छ, भूगोलले हामीलाई धोका दिएको छ ।
उसलाई लागेको छ इतिहासले हामीलाई झुक्याएको छ । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शान्ति र आनन्दको आयु

~अमर नेम्बाङ लिम्बू~Amar Nembang Limbu

एउटा कञ्चन पहाडको शिरदेखि उब्जेको
त्यो सानो खोलोसँग सँगै
मनमा आएका पीर वेदनाहरूलाई पोख्दै
घन्टौँसम्म हिँडिरहेँ म ।

हिँड्दाहिँदै टाढा कतैतिरबाट
कसैले मलाई बोलाईरहेको जस्तो लाग्यो,
केही कुराले मेरो दाउराको फेरमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : तिमीलाई भुल्दा

~कञ्चन पुडासैनी~kanchan-pudasaini

तिमीलाई भुल्दा म एक्लो परेछु
तिमीलाई सम्झें, तिमी साथ आयौ
कुनै चिज मिठो म खोजिरहेथें
म सोचीरहेथें, तिमी याद आयौ २

उज्यालो बढे झैँ भयो आज झन् झन् २
उज्यालो त मुस्कानले बढ्छ भन्छन
की मैलाई सम्झी तिमी मुस्कुरायौ Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सहृदय वेश्याको प्रेममा

~अभय श्रेष्ठ~chanki shrestha - abhaya

मैले उसलाई गरेको प्रेम
श्री ३ ले नानीहरूलाई जताएजस्तो अनुराग होइन ।

जस्तो कि तपाईंलाई थाहा छ-
मेरुदण्ड दान गर्ने दधिचिझैा
यो देशको हरेक परिवर्तनमा
आफ्नो रगतको एक अंश दान गरेको
साधारण मानिस हुँ म
जिन्दगीका सहस्र घुच्चीका लेकहरूमा पनि Continue reading

Posted in कविता | Tagged | Leave a comment

स्वदेश गान : जतिको माया मेचीलाई

~चेतन कार्की~Chetan Karki

जतिको माया मेचीलाई, उति महाकालीलाई
मायाले बाँधी लौन लौ, कोशी र कर्णालीलाई
अरु त ल्याउन खोज्दैछन्, धरतीमा जूनलाई
होड अनेकौं गर्दैछिन्, जिउंदै स्वर्ग छुनलाई

हामीले मात्रै गोरेटो, खोजेर हिड्न, लाजै हो
भोलिलाई काम नराखौं, देश बनाउनु आजै हो Continue reading

Posted in स्वदेश गान | Tagged , | Leave a comment

कविता : काठमाडौं र नयाँ पासवर्ड

~स्वप्निल स्मृति~Swapnil Smriti

विलक्षण कला छ बादलसँग
यो बर्ख
काठमाडौँको आकाशमा
उसको अभूतपूर्व चित्रमेला छ ।

ल, हेर्नोस् लक्ष्मीमाता गाईको चित्र
अफसोस तुरुन्तै त्यो गौहत्यामा कैद
च्याङ्बा रुम्बामा बदलिएछ,
बौद्धको ठीक माथि आकाशमा
एक थुप्रो ध्यानातीत बुद्ध Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : मेरो आँखालाई राख्ने

~हरिभक्त कटुवाल~Haribhakta Katuwal

मेरो आँखालाई राख्ने फूलबारी छैन, तिम्रो मुहारमा राखुँ की २
मेरो बतासलाई बाँध्ने सुगन्ध छैन, तिम्रो विश्वासमा राखुँ की

पहाड भन की मधेस भन घुमेको मै पनि
बैसाख भन की पानीको रिमझिम रुझेकै मै पनि
जसरि पनि जीबन झुल्छ जसरि फुल्छ बन Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

युगल गीत : मेरो जोबन लैजाऊ

~गोपाल योञ्जन~Gopal Yonjan

केटा – मेरो जोबन लैजाऊ

केटि – पर्दैन त्यो दुइ दिनको

केटा – मेरो ज्यान लैजाऊ

केटि – चाहिंदैन त्यो माटोको Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : बिग ब्रदर

~भूपिन~Bhupin Byakul

भौगोलिक रूपमा सहर सधैं एउटै हुन्छ जो आफ्ना तमाम आभूषणसहित सधैं आकर्षक र मायालु लाग्छ । यसले बिनाकुनै भेदभाव सबै प्राणीलाई उस्तै व्यवहार गर्छ । मानिसलाई, चरालाई, किटपतंगलाई र सडकमा ढसमस्स सुतिरहेका साँढेलाई पनि । यसको माटोमा गरीबले छरे पनि बीउ उस्तै उम्रिन्छ । पानीले छूत अछूत भन्दैन । जंगलले सबैलाई उस्तै हावा र घामले सबैलाई उस्तै ताप दिन्छ ।

तर चेतनाको तहमा सहरमा सधैं दुईवटा सहर देख्छु, जसले मजस्तो ल्याङफ्याङे जीवात्माप्रति विशेष ध्यान दिन्छन् । एउटा सहर, जो मेरो हुलियाका गाउँले मानिसलाई सन्देहबस सधैं आगो बलिरहेका आँखाले हेर्छ । यसको आँतमा मजस्ता आउटसाइडरलाई चपाउँन तम्तयार धारिला दाँतहरू हुन्छन् । पैसा, शक्ति, कपट धुत्र्याइँ आदिको बलले सहर मलाई धपाउन खोज्छ । मानौं सहरका लागि म कुनै अपराधी हुँ, जसले Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment