~गिरीप्रसाद बुढा मगर~![Giri Prasad Budha]()
एक ठाउँमा एउटा रहर लाग्दो, कलकलाउँदो जिउ भएको नव युवा भेटियो। अपरिचित भएता पनि उसको शिष्ट बोलीवचन तथा व्यवहारको कारण उक्त नव युवालाई मैले निकै मन पराएँ। उसँग आधा घण्टा सँगै यात्रा गर्नु पर्ने भयो।
परिचयको क्रममा उसले आफ्नो नाम श्यामलाल खत्री बतायो। पेशाले क्याम्पसमा अध्ययन गरिरहेकेा र उमेर चाहिं बाइस तेइसको जति देखिने त्यो युवा निकै गम्भीर प्रकारको थियो। गफको प्रसंगमा उसले भन्यो, “दाई, देशमा हत्या, आतंक र अशान्तीको बादल हटेको पनि केही समय बितिसक्यो भनिन्छ। तर दाई मलाई त अझै पनि यी पुलिस सैनिक भनेपछि घृणा लागेर आउँछ।”
“किन र?” मैले श्यामलाल खत्रीसँग जिज्ञासा राखे। Continue reading →