कविता : रगत

~विक्रम सुब्बा~Bikram Subba

रगतको आफ्नै मगज हुँदैन
दिमागका हरेक रेसामा रगत नपुगे
वुद्धि मर्ला र समाज बदल्ने
संघर्षको मार्गचित्र केले सोच्ने ?

रगतको आफ्नो आँखा हुँदैन
आँखाका नानीले रगत खान नपाए
दुनिया हेर्ने दृष्टि मर्ला
र, स्वतन्त्र मानिसका अनुहार केले हेर्ने ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : जिउनै पर्यो जिन्दगी

~उमा गौतम~Uma Gautam

अस्तित्वको पहिचान ढल्यो जिउनै पर्यो जिन्दगी
नसा – नसा गल्छन यसै जिउनै पर्यो जिन्दगी

बलात्कृत आमा रोइन झेलभित्र बाबु ढले
द्वन्द्वरुपी आगो बल्यो जिउनै पर्यो जिन्दगी Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : हामी जाग्नु पर्छ

~महिन्दो वाइबा तामाङ~

उठ जनता विहानि भयो अब हामी जाग्नु पर्छ
हक अधिकार प्राप्ती गर्न अब हामी लाग्नु पर्छ ।

अधिकारको लडाइमा अब सबैको आँखा लागोस
जनजन को समर्थन अब हामी माग्नु पर्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : नेपाली टुरिस्टहरुको गोसाईकुण्ड यात्रा

~जे.बी. शेर्पा ~J B Sherpa

हुनत मेरो परिवारमा पर्यटक वा पर्यटन व्यवसायसंग सम्बंधित कोहि नभए पनि मलाई भने गाउँमा सानै छंदा देखिनै ट्रेकिङ्ग मा आउने बिदेशी हरु र उनिहरुका रंगी चंगी पाल र सरसामान हरुले भने मेरो मनै कताकता पुरयाई दिन्थ्यो र मलाइपनि उनिहरू संगसंगै हिढुँ हिढुँ लाग्थ्यो, तर मेरो घुम्ने बाल मनोइच्छा भने SLC पास भैसके पछि मात्र बिस्तारैपूरा हुन सुरु भएकोथियो ! जसनुसार पहिलो पटक ४ जना साथिहरु मिलेर मनोकामना र नारायाणघाट घुमेर पहिलो पटक आमा बाट “”नेपाली टुरिस्ट “” को पगरी गुथिएको थियो ! त्यसबखत सोह्र वर्षे उरंठ्यौलो उमेरमा घुमेको सम्झना हरु धूमिल धूमिल र मोटामोटी मात्रै याद छ ! हुनत सुखद: र राम्रा सम्झना हरु मा डुब्नु भनेको वर्तमान मा बाँचेर बिगत मा उड़ान भर्नु हो र आँखा चिम्लेर त्यों यात्रा गर्दा झन बिछट्टै आनंद आउँछ ! तर कतिपय महत्वपूर्ण क्षण हरु ले भविष्य मा कत्तिको महत्व राख्छ भनेर नसोच्दा ति अनमोल पल हरुको याद दिमागको रिसाइकल बिन बाट पनि डिलीट भै सकेको हुनेरहेछ !!! Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : माया जताउँछ

~बिना तामाङ’सुनगाभा’~Bina Theeng Tamang SUNGAVA

घरि आँखा सन्काउँछ घरि माया जताउँछ
साँच्चै माया गर्छु भनि ईशाराले बताउँछ

जता जान्छु उतै आई मर्छु भनि घुर्क्याउँछ
अघिपछि लाग्दै उ निक्कै मलाई सताउँछ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : ऊ अचानक आयो, अचानक गयो

~प्रमिशा केसी~Pramisha KC

उसको जवाफ कुर्दै छु म । थाहा थिएन, जवाफ कुरी बस्ने उसको भूमिका कुनै दिन मैले पूरा गर्नुपर्ने समय आउनेछ । झ्यालबाहिर नियाल्दा झस्किएँ, कहाँ छु सम्झेर । बिरानो देश, बिरानो संसार, अनि यहाँँ आफ्नो लाग्ने केवल ऊ । एक सानो फरकले पनि यो बिरानो दुनियाँ रमाइलो लाग्दै थियो । तर सायद समयलाई पनि म रमाएको निको लाग्दैन क्यारे !

कस्तो परिस्थितिले मलाई डो-याउँदै दक्षिण भारत ल्याइपु¥याएछ । इन्जिनियरिङ पढ्न म रहरले यहाँ आएँ या बाध्यताले । ती कुरामा दुःख मनाउन छाडिसकेँ । तर खोइ किन कहिल्यै यो ठाउँलाई आफ्नो मान्न Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : सधै आउनु सानु

~नवराज भुजेल “राज”~

तिमि मेरो निदरि मा, सधै आउनु सानु,
सपनिको सँसार मा, तिमि छाउनु सानु !

एक्लो बनि नैरास्य ले, सताउदा मलाइ,
साधनाको सँगीतमा, गीत गाउनु सानु !! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : तिमी त मरिसकेछौ

~हिरामान बल तामाङ~Hiraman Bal

अझै पनि
याद आइरहेको छ
तेमालमा
डम्फूको तालसँगै
डोल्मोसित
नाच्दै रम्दै
गाएको ती दिनहरूको ।।

हो मलाई अझैसम्म
याद छ
आमाले पठाउनु भएको
मकै चपाउँदै
घट्टामा डोल्मोसँग
जिस्केको ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : कर्णालीसँग जिस्किँदा

~केपी अनमोल~K P Anamol

उनलाई नजिकबाट स्पर्श गर्ने मेरो पहिलैदेखिको सपना यसपटक समयले पूरा गरिदिँदा म कम्ता खुसी छैन । सधँै कति अप्रत्यक्ष वार्तालाप र मिठा कल्पनामा डुब्नु भन्दै यसपटक म भेट्न आउने कुराले उनी पनि खुसी थिइन् । राजधानीको उकुसमुकुस चिर्दै उनीसँगको मिठो भेट अनि स्वर्गिय स्पर्शको कल्पनामा डुब्दै म यात्रामा थिएँ । भेट्ने ठाउँ सुदूरपश्चिमको चिसापानी तय भएको थियो । मध्यरातमा म चिसापानी झर्दा उनी Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : बाँदर र शहर

~महेश बराल~Mahesh Baral Ghritakoushik

आज,
बिहान के भएको थियो
बाँदरको चकचकीले
सारा शहर आक्रान्त बनायो ।

एउटा आयो, बच्चो चड्कायो,
अर्को आयो, मिठाई चप्कायो ।

एक पछि अर्को,
अनि
अर्को पछि अर्को,
आयो, उपद्रोले वस्ति थर्कायो ।
आज, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हेरुँला, कसले कसलाई लुट्दो रहेछ

~मुक्तान थेबा~Muktan Theba

हिलो लत्पत्तिएको यो जिन्दगी
हिले पछारे झैँ पाखामा पछारेर आएकी हुँ

के लाग्छ तिम्लाई?
के म यत्तिकैमा सिद्धिन्छु ?
सम्भव छैन त्यसो हुन
कसौँडी तोडेर उछिट्टिएको वागी दाना हुँ- म
तिम्ले थापेको ढडिया प्वाल पारेर
उम्किन जनेकी छु मैले
तिम्ले हान्ने जालमा सर्प भिराएर
पल्लो किनराबाट तिमी तर्सेको हेरेर
मज्जा लुट्ने खेलाडी हुँ म पनि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : थाहा छ ?

~डा. रविन्द्र समीर~Dr Rabindra Sameer

‘तपाईं के काम गर्नुहुन्छ ?’

सातआठ वटा औंलामा चम्किला पत्थरसहित मोटामोटा औंठी लगाएको तथा घाँटीमा फलामे साङ्लो जत्रो सिक्री लगाएको व्यक्तिले जवाफ दियो— ‘म तास खेल्छु ।’

डा. शर्मा अक्क न बक्क परे । तैपनि संयमित भएर सोधे— ‘जागिर, व्यापार आदि केही काम गर्नुहुन्छ होला नि ?’ Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : मंगल ग्रहमा देवकोटाको सालिक

~कृष्ण बजगाईं~Krishna Bajgai

साहित्यकार त्रिलोकनाथ शर्माको योजना सुनेर सबै आश्चर्यचकित भए । ‘वाह क्या विचार ! यस्तो योजनाले नेपाली साहित्य अन्तर्राष्ट्रिय स्तरको हुनेछ ।’ एक डायोस्पोरिक गजलकारले विचार राखे ।

‘अन्तर्राष्ट्रिय त सानो भै हाल्यो नि ! अर्कै ग्रहमा पुग्ने भयो हाम्रो साहित्य । अरु भाषाका भन्दा धेरै अगाडि हुने निश्चित छ ।’ अर्का डायोस्पोरिक गीतकारले थपे ।

मंगल ग्रहमा राखिने महाकवि लक्ष्मी प्रसाद देवकोटाको सालिक बनाउन त्रिलोकनाथ शर्माको कोठामा जम्मा भएका चारजनाले दुइहजार अठार जनाको समिति बनायो । छापा पत्रिका त के अनलाईन मिडिया पनि कहीँ कतै समाचार आएन । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : नलेख गीत अब

~राज थापा~Raj Thapa

नलेख गीत अब सबैलाई रूवाउछ
बेदनाका भेल बगी बदन रूझाउछ

भाबनाका फूल टिपी माला उन्छौरे
झरनाका झँकारनै सँगीत दिन्छौरे Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : म अनि मेरा बस्तीहरु

~तीर्थ संगम राई~Tirtha Sangam Rai

सुन्दैछु
पि्रयसीका एकाध बस्तीहरुमा
दोहोरी गीत नगाएको धेरै भो रे
रोधीघर पनि नधाएको धेरै भो रे
त्यहि भएर होला सायद
यु्वाहरु बिदेशीएको मात्र देख्छु
मरुभु्मीको वालुवामा मात्र भेट्छु ॥१॥

अफसोच
मेरो बिकट तर निकट बस्तीहरुमा
बिरह र बेदनाको चित्कार सुनिन्छ रे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Poem : Who knows what will happen next?

~Radha Malla~

Wandering into the loneliness,
Bewildering into the happiness,
Who knows what will happens next
Who knows who will win the race?

New land, new atmosphere,
New people, new thought,
New, new, new and new everywhere,
Oh! I am wondering, trust me
I swear! Continue reading →

Posted in Poem | Tagged | Leave a comment

गीत : अल्झेछ क्यारे पछ्यौरी

~भूपि शेरचन~Bhupi Sherchan

अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा २
बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा

आउँछ कि चेली भनेर आमा दोबाटो धाइथी २
तीजमा पनि बिर्सेछ क्यारे गरिब माइती
सल्लाझैँ आमा सुसाइरहिन् २
एकलै कोठामा – अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

युगल गीत : छरी दिउँ की मुस्कानसँगै

~तीर्थ संगम राई~Tirtha Sangam Rai

केटा- घुम्तिहरु सयौं आए हामी दुईको जीवनमा
तिम्रैं साथहरु पाई रहुँ सधै भरी मिलनमा

केटी- भरी रहुँ की सिउँदोसँगै पि्रयतम्का मीतहरु
छरी दिउँ की मुस्कानसँगै पिरतीका गीतहरु

केटी- आँखा चिम्ली हेर्छु जब तिमी आउँछौ सपनीमा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : नबिर्सेँ तिमीलाई

~बिपिन किरण~Bipin Kiran

नबिर्सेँ तिमीलाई न पाएँ तिमीलाई
बिना अर्थ दिलमा सजाएँ तिमीलाई

त्यो यात्रा सुनौलो अनि साथ तिम्रो
सम्झेर भेट्न बोलाएँ तिमीलाई

आयौ समिपै जब तिमी निदरीमा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : प्रेम

~बादल सुरेश~Suresh Badal

गर्नेहरूले त प्रेम
त्यो मधुर रोशनी देखेर
जूनको पनि गर्लान्
त्यो मनमोहक सुवास देखेर
फुलको पनि गर्लान्
तर
जसरी मेरी आमाले
जन्मिँदै नजन्मेको मलाई
देख्नुअगाडि नै प्रेम गर्नथाल्नुभयो
जसरी मेरा बा’ले
मेरा रहर र चाहनाहरूलाई
चिन्नुअगाडि नै प्रेम गर्न थाल्नुभयो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मेरी सुवासिनी

~योगेन्द्र राज शर्मा ‘प्रकार अन्तर’~Yogendra Raj Sharma 'Prakar Antar'

लेक-बेसी गर्दै होली, मेरी सुवासिनी
लडिन्छ कि डर्दै होली, मेरी सुवासिनी

म एक्लै परदेशमा, उ देशमा एक्लै
एक्लै जंघार तर्दै होली, मेरी सुवासिनी Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : बिर्सें मैले

~तारा ज्ञवाली~Tara Gyawali

तिम्लाई देखें ह्रदयको भाव बिर्सें मैले
जीवनका अनगिन्ती तनाव बिर्सें मैले

एकै निमेष दर्शन ले फूल फुल्यो मनमा
पाइला-पाइला झेल्नुपर्ने दबाव बिर्सें मैले Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : म पनि त तिमीलाई प्रेम गर्छु

~सुन्दर खड्का~Sundar Khadka

एकदिन कलेजको क्यान्टीनमा खाजा खाने क्रममा उसँग भेट भयो । सबैजना खाजा लिदै थिए । भिडमा म पनि कुपन लिएर छिरेँ । तरकारीको प्लेट तान्दै थिएँ, कसैले त्यही प्लेट समातेको थाहा पाएँ । पुलुक्क हेरेँ, उसैको हात । एक नजर अनुहारमा प¥यो, आँखा जुधे । प्लेट छोडेँ । एकैचोटि उसले पनि छोडी, प्लेट खस्यो । फेरि उसलाई हेरेँ । म मात्रै हैन, ऊ पनि डराएको आभास भयो । बोलें , ‘सरी’ । ‘सरी’ उसले पनि भनी, एकैचोटी । फेरी हास्यौँ दुवैजना, एकैचोटी ।

पेन्टमा लागेको दाग सफा गरेँ र अर्को प्लेट लिएर ऊ बसेकै टेबलपछाडि गएँ । अचम्मको हाँसो देखेँ मैले ओठमा । हाँसोमा कस्तो मादकता ! भलै उसका ओठ ठूला, लामा अझ भनौं, नमिलेका होलान् । हाँस्दा ती मिलेर आए । अनौठो संयोजन थियो ओठ, दन्तलहर, हँसाइको तरिका र आवाजको । त्यो घटनापछि Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एटलान्टिक प्रेम

~राजव~ Janardan Pudasaini

सायद तिम्रो पिँडुला देखेर
अथवा तिम्रो खुट्टाका सङ्गला औंला देखेर
अथवा भुइँमा तिनको नाङ्गो स्पर्श देखेर
केले हो मैले तिमीलाई प्रेम गर्न थालेको
एटलान्टिक सागरको यो एकान्तको
बालुवाको न्यानो स्पर्श गर्दै
सोच्दै छु म
त्यस्ता के कुरा हुन्
जसले मलाई तिमीसँग प्रेम गर्न लगायो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

युगल गीत : सिरिमा सिरी नी कान्छा

~धर्म राज थापा~Dharmaraj Thapa

केटि –
सिरिमा सिरी नी कान्छा बताश चल्यो
बावरी फूलको बासना सुन मेरो निरमाया
मायालु आयो नी कान्छा फालेर हान्दै
नबोले पनि हाँसन सुन मेरो निरमाया

केटा –
ढुंगाको छानो नी कान्छी टिनको छानो
नौतल्ले घरको वहाँ सम्म सुन मेरी निरमाया
तिम्रो र हाम्रो नी कान्छी भेट र भा छैन
यो माया लैजाउँ कहाँ सम्म सुन मेरी निरमाया Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : प्रियसीका यादहरु

~दिव्य खालिङ~Divya Khaling

प्रियसीका यादहरु, कोरिएको मुटु
एकान्तमा आज यहाँ, फुकाएर हेरें
पिरतीका घातहरु, भरिएको मुटु
रसिएका दुई आँखालाई, सुकाएर हेरें
प्रियसीका यादहरु…..

जीवन यहाँ जताततै, संगालेको कथा जस्तै
यहाँ मुटु चारैतिर, भंगालेको व्यथा जस्तै Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

छोक : प्रयास

~ज्ञानेन्द्र स्थापित~Gyanendra Sthapit

संध्या को सुन्दर दृष्याबली मा मुग्ध हुँदै
कल्पना को मिठो अनुभूति मा
चुर्लुमिन्न खोज्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : उकाली ओरालीहरूमा तारादेवी

~टीका भण्डारी~Tika Bhandari

उकाली ओरालीहरूमा भन्ज्याङ् अनि चौतारीहरूमा
जहाँ जहाँ जान्छौ तिमी म पाइला गनी पछ्याइरहन्छु

गायिका तारादेवीको सर्वाधिक लोकप्रिय गीत हो, यो । यस्ता सयौं गीत गाएकी छन् तारादेवीले, रेडियो नेपालमा । उनले गाएका बहुचर्चित गीतहरू नारायणगोपालसँग युगल ‘ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो’, उकाली ओरालीहरूमा, निर्दोष मेरो पछेउरीमा, शुभकामना भरि, आऊ नआऊ तिम्रो खुसी, तिम्रा पाउहरूमा सधैं, आँसु र सुस्केरा, तिमीलाई हाँसेर बिदा मात्र, एक्लो जीवनमा, मनको निश्चलता, यति ठुलो संसारमा, तिमीले दिएका, सोचेजस्तो हुन्न जीवन, फूलको थुंगा, मलाई हाँसीदेऊ नभन, धेरैले लेखे, नौ Continue reading →

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

गीत : ए मलाई माया गर्छु भन्ने हजुर

~गोपाल योञ्जन~Gopal Yonjan

ए मलाई माया गर्छु भन्ने हजुर
कहिले माया पनि देखाउने गर
तिम्रो टाढाको माया आइपुगेन मलाई
बरू आई मलाई सताउने गर

भावनामा नआऊ तिमी यादमा नआऊ
तन्नेरीको सपनामा जस्तै स्वादमा नआऊ
प्रीतिको फूल टिप्न पर्छ भने
काँडादेखि डराई नभाग्ने गर
तिम्रो टाढाको माया ………. Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : बेड नम्बर मेटिएका बेडहरू

~विप्लव ढकाल~Viplav Dhakal

मध्ययुगीन अन्धकारको एउटा विराट शून्यतालाई चिरेर
यति अमूर्त लयमा— को रुादै छ बाहिर ?

‘हुँ हुँ हाँ ! … हुँ हुँ हाँ !!’
‘हुँ … हुँ … हाँ ! … हुँ … हुँ … हाँ !!’

कि कुनै शास्त्रीय सङ्गीतको द्रुतविलम्बित लय हो यो ?
कि असङ्ख्य जङ्गली पशुहरुको अशुभ कोरस हो यो ?

को रुादै छ बाहिर ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : झरेको पात झैँ

~हरिभक्त कटुवाल~Haribhakta Katuwal

झरेको पात झैँ भयो, उजाड मेरो जिन्दगि
निभेको दीप झैँ भयो, उदास मेरो जिन्दगि

चुरा फुटे सरी भयो, चराहरु उडी गए २
हजार कोपिलाहरू नमुस्कुराउंदै झरे
उठेको बस्ति झैँ भयो, प्रबास मेरो जिन्दगि Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : नारी घोषणा

~युद्धप्रसाद मिश्र~Yuddha Prasad Mishra

चुराका हत्कडी पोते
मिसाएको छ गलफन्दी
गरेको धरपकड देखी
रहेका छौं भई बन्दी

हजारौं नारीका बन्छौ
तिमी चाहिँ भने स्वामी
मरेको च्यानलाई के
कुरी राखौं सधैं हामी Continue reading →

Posted in कविता | Tagged | Leave a comment