कविता : के सक्छु गर्न

~शान्ति अधिकारी~Shanti Adhikari

गरीबको जीवन त्यही माथि छोरी नदेउ न भगवान ।
अस्तित्व छैन मान्छेको यहा हेर्छन नि पापि धन ।।

भनेर साध्य भएन ब्यथा आशु त पानि भो ।
सहन पनि नसक्ने भए यो ज्यानै जाने भो ।।

को सग भनु जीवन कथा को छर सुन्दिने ।
सबै नै स्वार्थि भाछन नि यहा को कठै भन्दिने ।।

यि हात खुट्टा खियाउने ठाँउ नि दलालले भरीए ।
सिप हैन हेर्ने रुप हेरी सबै गिद्घ झै घेरीए ।।

खै कतिखेर को दानव बन्छ बुझ्ननै सक्दिन ।
निर्धक्क बिश्वास गरेर घरमा सुत्न म सक्दिन ।।

मट्टितेल तेजाब पेट्रोल के हो म माथि खनिने ।
सकिन गर्न पागलनै थिई हो मलाई भनिने ।।

के सक्छु गर्न हात खुट्टा बाधि बोल्ने मुख थुनेसी ।
बिरोध मैले कसरी गरु शरीर डोरीले बाधेसी ।।

सरस्वति लक्ष्मि उपनाम दिदै नखोल पापि मुख ।
के हिड्छौ बाहिर बिद्घान बन्दै भित्र छ राक्षेश रुप ।।

शान्ति अधिकारी
बाँके

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.