कविता : अछुत मान्छे

~अनिल बराइली~

विभेद विरुद्ध अभियान ।
खोइ कहाँ लेखेको छ
अछुत भनेर ?
मैले त कतै भेटिन
सानो ठुलो जात हुन्छ भनेर
नसा नसामा रातो रगत बगेको छ
यो कस्ले बनायो जात ?
ए,
खोलि हेर आखाको पट्टि
नियाली सबैलाई
केमा छ भिन्नता ,
किन अझै पशुले जस्तै तुच्छ व्यवहार गर्छौं?
धर्ति एउटै आकाश एउटै
पिउने धारा एउटै
तर ,
त्यो पानी हामीले छुए नचल्ने
ए दलित तिमीहरु किन चुप लागेर बस्छौ,
उठ जोस जागर बोकेर
हातमा औजार लिएर
बस्ति ,अनि गल्लि गल्लि बाट
एक जुट भएर ,
अब सहि नबस
संसार कहाँ पुगी सक्यो
अझै जाबो सानो ठुलो जात रे ,
थुक्क
थुक्क
थुक्क ,
छि
छि
छि ,
ठुलो जात बनेर
अपमानको खात खनाउनेहरु
अब तिमीहरुको दिन धेरै छैन
त्यो घडीको सुइले भनि रहेछ
संसारमा दुई जात छ
महिला ,पुरुष
ठुलो जातको खोल ओडेर
तुच्छ ब्यहबार गर्ने
त्यो समयको अन्त्य हुने छ

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.