Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

लघुकथा : विस्फोट

~ध्रुब मधिकर्मी~ बालक रोइरहेको थियो, भोकले । “खानेकुरो केही छैन ?” उसले सोध्यो, “छैन…” पत्नीको सपाट स्वर भित्रसम्म धस्सियो । उसले एउटा सुस्केरा हाल्यो, “उफ्” । वरिपरि उसले आँखा फैलायो । फुङ्ग उडेको भित्ता देख्यो र देख्यो व्याप्त इश्वरको उकुसमुकुसता … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

निबन्ध : नारी

~योगेन्द्र उपाध्याय “पुष्प”~ नारी सृष्टिको मूहान हो, एउटि सृष्टि गरेर विश्राम लिएकि महिला मञ्चमा उभिएर भाँषण छाँट्दै थिईन् । परबाट सुनिरहेको मलाई पनि त्यहाँ गालीको रँग पोतिदै थियो । त्यो कालो रँग पोतिएपश्चात् म आफूलाई सम्हाल्न सकिन त्यहि मञ्चमा गएर … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : पाड महात्म्य

~डा. सुमन राज ताम्राकार~ कुकुरहरुले पनि कस्तो गन्हाउने महिना भन्छ रे जाडो महिनालाई अर्थात् मंपुमाफा (बुभ्mनु भएन मंसीर पुस माघ फागुन) लाई । जाडोले कुच्चिएर सुत्ने बेला चाक र थुतुनो जोडिन्छ, फुस्स फुस्स पाड्दा नाकमै ठोकिन्छ, अनि किन नभनोस् त … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : प्रेम दिवस

~गीता खत्री~ उनीहरु आजभोलि घण्टौं फेसबुकमा कुरा गरी बस्छन् । बाटोमा हिड्दा, गाडी चलाउंदा पनि फोनबाट मीठामीठा बार्तालाप गरिरहन्छन् । दुबैलाई यस्ता क्रियाकलापहरु नसा जस्तो भईसक्यो । कुनै पनि कुराहरु उनीहरु बीच हुन्छ । अचेल सरुलाई धेरै पछि फेरि फूलहरु … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : देवी

~सुमन बगाले~ उसले एक गरिव परिवारमा जन्म लियो । होस सम्हाले देखी भोक त चिन्यो तर उसले गरिवीकै कारणले भने कहिल्यै भोको रहनु परेको थिएन । किनकी उसका बाबाआमाले दिनरात एक गरेरै भएपनि कहिल्यै भोको राखेनन । जसरी जिउन पर्ने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अघोषित बेश्यालय भित्र म

~जानकी ‘जानु’~ जिन्दगी एक यात्रा हो कहाँबाट शुरु भइ कहाँ पुगेर अन्त हुन्छ कसैलाई थाहा हुन्न जति घुम्ति पार गर्यो उतिनै कठिनाई झेल्नुपर्छ, कति बेला कुन ठाउँमा यात्रा बिहिन हुने हो कस्लाई के थाहा र ? सायद यस्तै होला दैवको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मुकमाया

~खगेन्द्र पन्धाक लिम्बू~ माओवादी युद्धको चरमसीमा सेलाए सि फक्ताङलुङ् अर्थात् कुम्भकर्ण हिमालको परिसर नियाल्ने वैदेशिक यात्रुहरु फ्याट्टफुट्ट रुपमा यता पनि देखा पर्न लागेका छन् । निकै वर्षदेखि ग्राभेल जीवन भोगेको वसन्तपुर–जिरी खिम्तीको यो हिमाली कच्ची सडक पछ्याएर आउने कुइरेहरु यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दुई थोपा आँसु

~बिन्दू प्याकुरेल ‘लुना’~ टप्प ! टप्प !! सियो खसे आवाज हुने सून्यतामा यो आवाज उनको आँखाबाट खसेको आँसुको थियो। आज आइतबार, विदाको दिन, बितेका दिनहरुको एल्बमको पाना पल्टाइरहँदा फिलिपको आँखाबाट त्यसरी आँसु बगिरहेको थियो। आँसुले एल्बममा रहेको माछापुच्छ्रे हिमाललाई पृष्टभूमि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : डोल्मा

~अनन्तप्रसाद वाग्ले~ पत्रकारहरुको एक टोलीले त्यस गाउँको अध्ययन भ्रमण ग¥यो । जस्ता पाताको टिलिक्क टल्कने छानोको रहर बोकेका गाउँलेहरु छोरी जन्मदा औधी खुशी हुन्छन् भन्ने समाचारले सर्वत्र सनसनी फैलिएको थियो । बुद्धिजीवीहरुले बहसको विषय पाए । गैर–सरकारी संस्थाहरु आकिर्षित भए … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

निबन्ध : प्रेम,प्यास ,सम्बन्ध र सौन्दर्यता

~गिरिराज बाँस्कोटा~ शब्द ,बिम्व र अर्थमा खेल्नु पर्ने । प्यासमा लोलाएर टल्पलाएका सपना बिच तीम्रो नामको हार्दिकता ।भावनको चञ्चल गहिराईको उत्कट अभिलासा ।प्रिय जिन्दगी तिम्रो नाममा ..उपहार अलिकति मायाको लयभित्र ,रङ्गभित्र ।त्यसैले म । प्रिय सानु

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : प्रिय कबि

~शुमी प्रकृति~ म्यासेजको रिप्लाई गर्नुभएछ ,खुसी छु निकै खुशी !बिश्वास थिएन अाउला भन्ने,ठुलो खेद थियो हराउनुभएकोमा,एउटै प्रश्न घुमिरहन्थ्यो मस्तिश्कमा हजुर कहाँ हराउनुभयो ,किन हराउनुभयो? मलाई अझै याद छ् त्यो कार्यक्रम ,हजुर स्टेजमा उक्लिनासाथै तालिका फोहोरा छुटेका थिए ठुलो मासभित्रबाट | … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कब्जा

~लेखनाथ काफ्ले~ साधुराम चौधरी, वर्ष सन्ताउन्न, मध्यपश्चिमको एउटा गाउँ झिञ्झिनिया । साधुरामलार्ई आजकाल राम्ररी निद्रा पर्दैन, त्यस्तो हुनलागेको करिब एक वर्षजति भयो । आज फेरि निद्राले छिट्टै छोड्यो । निद्राले छोडे पनि उसलार्ई खटिया छोड्न मन लागेन । ज्यानमा पूmर्ति … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टर्निंग थर्टी

~दीपेन्द्र रोकाहा~ सँधै जस्तो आज पनि बिहान आठ बजे उठ्छु। घामले मेरो कोठा एकछत्र राज गरिसकेछ। खाना प्राय :स्कुल मै खान्छु। अब तयार भएर ९ बजे स्कुल पुग्नु छ। जागिरे जिन्दगी। हप्ताभर एकतमासको दिक्क लाग्ने दिन हुन्छ। ९ देखि ४ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : शिरिषको फुल ,किनार र तिमी

~गिरिराज बाँस्कोटा~ शिरिषको फूल छरफस्ट सडकमा फिजिएको छ । कहिले काडि आएर किचेर जान्छ , कहिले पैतालाहरु विना संकोच रत्यौली खेल्छन् । निरिह लाग्छ र पनि प्रिय लाग्छ शिरिषको फूलका पत्ताहरु । जहाँ संवेदनका प्रिय यादहरु ढकमक बाचिरहेका छन् । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मौन स्वीकृति भविष्यलाई

~आचार्य प्रभा~ अनायस ढोका कसैले ढक्ढक्याएको कारणले ऊ निन्द्राबाट ब्युँझी । ढोकामा उसकै अफिसको मित्र अनायस उभिएको पाउँदा ऊ असमन्जसमा परी किनकी ऊ कहिल्यै पनि उक्त मित्रसँग आँखासम्म जुधाएर बोल्दैनथी त र आज अनायस आफ्नो घरको अगाडि उक्त मित्रलाई पाउँदा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : किम्बदन्ती यती हिमतालको

~सरण राई~ ब्यस्त सडकको एउटा कुनामा एकजना महिला काखमा नानी राखेर ओहोरदोहोर गर्ने मानिसहरूसँग भीख मागीरहेकी छे । कसैकसैले मात्र उसलाई ध्यान दिन्छन् । तर म भने उसको दीन दरिद्र अवस्थाले द्रवित भएर सोध्छु— “बैनी, नानी रोइरहेको छ । दुध … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : म र मुङ्लान

~राम कुमार राई~ जिन्दगीलाई राम्रो सँग गुजारा गर्ने विकल्प धेरै खोजे तर यसको हल भएन ? के गरौ ? कसो गरौ भन्ने तानाबुनामै, जीवनको घडीहरु बित्दै थियो ? अब त म पनि एक्लो थिइन, किन की मेरो जिवनमा कसैले डेरा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

निबन्ध : बुर्का

~योगेन्द्र उपाध्याय “पुष्प”~ फ्रान्समा भर्खरै यौटा नियम बनाइयो तर त्यो सोँचेअनुरुप सफल हुन सकेन, हुनसक्छ फ्रान्सले त्यो नियम आफ्नो क्रीष्टियानीटि मुस्लीज्म माथि लाद्न चाहेको हो या हुनसक्छ आफ्ना देशका आधा नारीलाई स्वतन्त्रताको श्वाँस लिन अनुरोध गरेको हो, या यो पनि … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : नयाँ जमानाकी अनुपमा

~किशोर नेपाल~ छोरी अनुपमाले सपनामा पनि सोचेकी थिइन, यस्तो होला भनेर। तर कहिलेकाहीँ सपनामा नसोचेको कुरा भइदिन्छ। बिहेको जग्गेमा बस्न मेहदीले हात सजाएर बसेकी छोरीको रहर र उत्सुकता एउटै घटनाले मारिदिएको थियो। ‘जन्ती नआउने भयो,’ छोरीले सुनी। उसका नौनाडी गले। … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समर्पण आमाको

~आचार्य प्रभा~ उषा किङ्कर्तब्यबिमुढ बनेर अतित सम्झी रहेकी थिइ। जत्तीबेला उ आफ्नी आमालाई भन्ने गर्थी। “निशाकी आमाले त कतै जाँदैपिछे छोरीलाई नयाँ नयाँ लुगाहरु,श्रिङारका समानहरु ल्याइदिने गर्नु हुन्छ। मेरी आमाको त झोलामा हेर्यो भने थोत्रे डाइरी र कलम बाहेक केही … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : कति घाउ नबल्झिएकै जाती

~मिङ लिवाङ~ बसन्तले खबरकागतको अन्तिम हरफ पनि पढ़ेर सिद्धायो, अब खबरकागतमा पढ़ने अरू केही रहेन। गत दुई घण्टामा उसले खबरकागतको एक-एकवटा हरफ, एक-एकवटा शब्द पढ़िसकेको छ। उसले यसरी यति विघ्न लामो समयसम्म रेल कुर्नु परेको यो पहिलो पल्ट हो……यसभन्दा अघि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित चिनीया लोक कथा : ढोगाईको सर्त

~अज्ञात~ एकजना धनी र एकजना गरिब गाउँको चौतारीमा बसेर बात मारिरहेका थिए । “यदि मैले तँलाई बीस रुपैया दिए भने तँ मलाई ढोग्छस् ?” धनीले गरिबसँग सोध्यो । “यो त तरिका नै भएन नि, जाबो २० रुपैयाको लागि पनि म … Continue reading →

Posted in अनूदित कथा, लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

लघुकथा : पाहुनाको कुरा

~नरेश नाति~ मेरो आफन्तको तीन तले मुन्डा घर काठमाडौं शहरमा । दुई दुई ओटा मोटर साइकल र एउटा मोटर कार पनि छ । न खान न लाउन कुनै पीर र ढुख छैन उसलाई । यस्तो तीन तले मुन्डा घर मेरो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

हास्य-व्यङ्ग्य निबन्ध : म:म: पुराण

~डा. सुमन राज ताम्राकार~ ‘मान् वा नमान्, म तेरो जजमान्’ भनेर मपाइँत्वको बिगबिगी बढेको बेलामा शिर्षक नै यस्तो मपाइँत्व झल्काउने खालको छ । अनि किन मन नपरोस् त नेपालीहरुमाझ, काम नगरी पगरी गुथ्न खोज्ने स्वाँठहरुमाझ । त्यसमाथि झन् मम: किङ्ग … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : आमा

~रमेश गिरी ‘आशा’~ ‘आमा, ए आमा, आमा’—आमाले घ्यार्रघ्यार्र आवाज निकालेर लामो स्वास तानिरहेको देखेर आत्तिएको आशिष आमाको जिउ हल्लाउँदै बोलाउन थाल्छ । आमा निस्वास एकोहोरो छोराको अनुहार हेरिरहन्छिन् । मानौ उनी छोरा आशिषसँग अन्तिम विदाई मागिरहेछकी छिन् ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सडक सुनसान् छ ।

~पोस्तक श्रेष्ठ~ मिनीसोटाको जाडो। धेरै दिन भयो घाम नलागेको। आज त झन् एकतमास संग हिंउ पनि परिरहेको छ। घरका छानाहरु हिंउको बाक्लो पत्रले ढाकिएका छन्। नांगा मेपलका रुखहरु पनि हिंउले ढाकेर सेत्ताम्मै फुलेका जस्ता देखिन्छन्। उनी झ्यालबाट बाहिर हेरिरहन्छिन्-हिंउले ढाकेका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : बाँदरीय सिद्धान्तको सफल प्रयोग

~संप्रस पौडेल ‘दिवस’~ गहिरो अँध्यारो गुफामा बस्ने माछा आँखाको उपयोग नहुने कारणले अन्धो हुन्छ । जुन अङ्गलाई व्यवहारमा ल्याइँदैन, त्यो अंग विस्तारै हराउँदै जान्छ । त्यसैले बाँदरले पुच्छरको प्रयोग गर्न नजान्दा नजान्दै बाँदरहरु पुच्छर नभएको मान्छे बनेछन् । बाँदरलाई मानिसको … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : आत्मियता

~हरिवोल काफ्ले~ गोपाले भन्थो, “उ वेलामा बावुले वुद्धि विगारे” । उसको वाउले ओपिको दुई रोपनि गलखेतसंग दाप्चे खोला पारि नौविसेको पाच रोपनि खेत साटेका थिए । कँहाको दुई वालि धान फल्ने गलखेत, कँहाको वर्षा लागेपछि तर्न नसकिने दाप्चे खोलाको भेल … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : चर्पी

~जीवन’पीडित’दहाल~ पूर्णमायाले मकैका बोटलाई हातले हल्का रुपले समाउँदै छोड्दै गरेर आफ्नो मकैबारी एक फन्को लगाई । भरखरभरखर सुत्ला चेप्न थालेका मकैका बोट, भरखरै पाएको गोडमेल र पानी परेकाले मकैका बोटलाई आबश्यक पर्ने पर्याप्त पानी पाएर हरिया र चिल्ला–चिल्ला देखिएका थिए … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निशा

~विद्या सापकोटा ‘निर्जला’~ म एक्लै परेको छु घरमा, त्यै मेरो एकान्तलाइ ढाक्न केके केके मेरो मनभरी डुलिरहन्छन् । मेरो बालशखा मेरो आखामा घुमेकोघुम्यै छे, मलाइ घच्घच्याएर, जिस्क्याएर, बारम्बार सोचपुर्ण बनाएर । म सवाल जवाफ विहिन भएको छु । साँच्चै उ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : नाटक

~गोरख ब. सिंह~ कार्यक्रमका अतिथिले मञ्चबाट दुई जोडी सेता परेवा आकाशमा छोडनु सँगै आमसभाका सहभागीले पररर ताली बजाए। तालीले तर्सिएका परेवा आकाशमा तितरबितर भए। अतिथिको यो परेवा मुक्तिमा ऊनी दुई मानेमा भाग्यमानी रहे। पहिलो समाउदाको लछारपछारले घायल र दुई दिन … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : हिङको हरक

~तुलसीहरि कोइराला~ ऊ निरन्तर अगाडि हिँडिरहेको थियो । हिँड्नु उसको काम होइन तर हिँडेको चाहिँ कामको खोजीमा हो । यसरी भौँतारिएर हिँडेर मात्रै पार लाग्ने त केही होइन भन्ने पनि उसले बुझेको छ र यो सबै गरिबीको कारणले हो भन्ने … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment