Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

लघुकथा : अन्धो युग

~कृष्ण शाह ‘यात्री’~ सहर पसेको छोरा लामो समयसम्म पनि नफर्केकाले बूढाबूढी दुबै आफ्ना छोरा खोज्न सहरतर्फलागे । व्यस्त सहरमा मान्छेहरूको भीड र बाक्ला घरहरूमाझ उनीहरूले छोरा भेट्टाउन सकेनन् । भेट्टाउन् पनि कसरी स्वार्थी, अपरिचित र मतलवी सहरमा – एक्कासी सडकमा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : समयको गति

~डा. रवीन्द्र समीर~ ‘छोरा ! तिमीले आफूलाई किन लागूपदार्थको सुईले घोच्दै छौ ? थाहा छ बाबु ! तिमीलाई टाउको दुखे मलाई ज्वरो आउँछ, तिमीलाई काँडाले घोचे मलाई घाउ हुन्छ…। बुढेसकालको एउटै सहारा तिमी, तिमी असल बन्नुपर्छ बाबु !’ उसको ओठे … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नेपाल नर्क

~विदुर दर्नाल~ एक दिन एउटा मानिस मरेर नर्कमा पुगेछ । जब उ नर्कको पहिलो गेट छिर्यो एउटा ठुलो रुखको फेदमा टाँसेको टिनको बोर्डमा उसको आँखा पर्‍यो । त्यहाँ लेखिएको थियो “नर्कमा पाल्नुहुने सबै मनुष्य जाति लाई जुनसुकै देशको नर्कमा प्रवेश … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : म प्रधानमन्त्री बनेपछी

~प्रल्हाद दाहाल ‘प्रेम मोती’~ हल्का चराचुरुगीं चिरबिर गर्दै गरेको, बिहानीमा पुर्णिमाको जुन डुब्दै गरेको अनी आकाश पुरा खुल्ला अनी कंचन जसमा ताराहरु छरपस्ट गन्न सकिने छन । तल भुइतलामा रातो भाले बास्दैछ । “कुखुरी काँ~~~ आ ~~~” भालेको आवाज संगै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : विमोचन

~कृष्ण बजगाईं~ कार्यालय जान सुरु गरेको केही दिन पछि नै हाकिम साहेबलाई भर्याङ चढ्न गाह्रो लाग्न थाल्यो । माथिल्लो तलामा रहेको आफ्नो कोठामा पुग्न साँघुरो त्यो पनि घुमाउरो भर्याङ फन्फनी घुम्दै चढ्नु पर्दथ्यो । कोठामा पुगे पछि भेट्न आउने हरेकलाई … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : नयाँ सुट

~कृष्ण बजगाईं~ पियनले नयाँ टाई लगाएर आएपछि कार्यालयमा तुरुन्तै खासखुस सुरु भईहाल्यो- “पियनले टाई त्यो पनि नयाँ !” त्यो कुरो सेलाउन नपाउँदै खरदारले पियनको टाईसँग मिल्ने नयाँ सर्ट लगाएको देख्दा कुरो उनी तिर बढ्यो । लौ, गर्मीमा स्टोरकिपरलाई नयाँ कोटमा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : ज्वालामुखी माया

~निराजन राजालिम ‘बतास’~ पान्थर जिल्लाको रोक्सिम डाँडामुनिको तुम्पुराङ गाउँ आज पनि रातभरि जमेको तुषारोले सेताम्मे देखिन्छ । रोक्सिम डाँडा माथिका अग्ला–अग्ला पात्ले, गुराँस र चिलाउनेका रुखहरुको सेपले तुम्पुराङ गाउँमा नौ बज्दा मात्र घाम झर्छ । जाडोले नसेकाओस् भनेर गाईभैसींहरुलाई ठाटीले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : जीवनः सन्त्रास

~यादव खरेल~ घोडा हिनहिनाएको आवाजले उ त्रसित हुन्छ र पछाडि फर्केर हेर्छ। कालेा कपडाले अनुहार ढाकेको, हातमा कोर्रा लीएर अरबी घोडामा सवार एक जना अजङ्गको मानिसले उसलाई लखेटिरहेको छ। मरुभूमिको तप्त समथर मैदानमा ऊ बेतोडले भागिरहेको छ, मुक्तीका लागि, ज्यान … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : हर्कबहादुरको भूत

~उदास विनायक~ पोहोर परारको दशैंमाजस्तै यसपालिको दशैंमा पनि चाहिने जति लुगाफाटा र सरसामान भृकुटीमण्डपमा वर्षेनी लाग्ने दशैं मेलामै किनमेल गर्ने कुराको अञ्जलीप्रसादका घरमा सल्लाह भइसकेको थियो । शुरु–शुरुका एक–दुई दिन र अन्तिमका एक–दुई दिन त्यति राम्रो हुँदैन । पहलिा महङ्गो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : टाउको पचासलाखको

~डा. कविताराम श्रेष्ठ~ ऊसँग खबरपत्र किनेर पढ्ने क्षमता थिएन । जति कमाइ थियो त्यसले आफ्नो परिवार पाल्न सक्दैन ऊ । कसैले भनिदियो खबर छ रे अतङ्कवादीको टाउको ल्याएमा पचास लाख पाइन्छ । यसको पनि घटीबेसी मूल्य छ रे अलिसानो आतङ्कवादीको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : तेस्रो रंग

~उषा शेरचन~ म भित्र मच्चिरहेको द्वन्दको लिङ्गे पिङ्गलाई देख्ने कसले ? म भित्र निरन्तर गईरहेको पहिरोलाई बुझ्ने कसले ? न कसैको सामु देखाउन सक्छु । न त ब्यक्त नै गर्न सक्छु । म कुन मानसिक अवसादबाट गुजि्ररहेछु भन्ने आभासबाट बेखवर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कथावाचक

~अज्ञात~ कथावाचकले आफ्नो कथा यसरी प्रारम्भ गर्नुभो- “सबैले मलाई प्रधानमन्त्री भन्थे । म धेरैपटक प्रधानमन्त्री भएँ, कतिपटक भएँ, सम्झनासमेत छैन । मैले आफ्नो वास्तविक नामसमेत बिर्सिएँ, मलाई के लाग्न थालेको थियो भने मेरो नाम प्रधानमन्त्री हो । कुनै बेला मोरङतिर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : बिवादित मन

~राज अबिरल यात्री~ बिवादित कुराहरु गरि चर्चामा अाईरहन्छिन पदमादेवी । पाँच दशक उमेरकी उनको व्यक्तिगत जीवन बारेमा उत्तिकै बिवादित कुराहरु थिए । कोहि अबिवाहित भन्थे कोहि लोग्ने संग छुट्टिएको । सत्य उनैलाई थाहा थियो । उनलाई कतै पुराना रंगकर्मी, कतै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : इबोला

~जीवन ‘पीडित’ दाहाल~ छोरी इबोला खुर्रऽऽ कम्पाला अन्तराष्ट्रिय विमानस्थलतिर कुदेकी देखेर आमा इबोलाले छोरीलाइ च्याप्प समाति र हकारी–‘किन त्यता कुदेकी ए केटी ?’ छोरीले आमाका हात आफ्ना पाखुराबाट हटाउँन बलगर्दै उत्तर दिइ–‘म पनि एसियाको नेपाल भन्ने देशमा जान लागेकी, बरु … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : खोस्टो स्वरोजगार

~गंगाराम ढकाल~ बेरोजगारहरु अब रोजगार हुने भए रे । अब ऋण र झोला बोकेर बिदेश धाउन नपर्ने भयो रे । आफ्नो सीप, मेहनत, पाखुरी यही प्रयोग गरेर मनग्य कमाई हुन्छ रे । आफ्नो पसिना आफ्नै माटोमा बगाउन पाइने भयो रे … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रक्स्याहा कि स्वास्नी !

~पुरुशोत्तम भण्डारी~ यी रक्स्याहाकि स्वास्नी हुनु भन्दा त ,बरु हलिकि स्वास्नी हुनु निको ,बुझ्नु भो ? उनले प्रायजसो यसरि नै आफ्नो बित्रिष्णा पोख्ने गर्थिन र म चुपचाप सुनी मात्रै रहन्थें ! बाहिरबाट हेर्दा त उनको जीवन निक्कै राम्रो थियो ! … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मधेसिया

~जीवन ‘पीडित’ दहाल~ ‘आमा, अब हामीहरुले पनि हिन्दी सिक्नु पर्ने भयो नि तपाईले थाहा पाउँनु भो ?’–भरखरै खेल्न गएर फर्किएकी छोरीले आमालाई प्रश्न राखि सप्तरीको सखडा मन्दिरमा माग्न बसेकी आमालाई । ‘किन र बिटिया ?’–आमाले पनि प्रश्न नै तेस्र्याइ छोरीका … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : झाक्री

~गंगाराम ढकाल~ हेर हेर मनुवा अनिष्ठहुदै छ । कालकाष्ठ बहुरुपी गाउँमा घुस्यो । रातको मध्यन्हमा एक्कासी झाक्रीबाजे दोबाटोमा बसेर डम्फूबजाउदै थिए । उनको वरिपरी बुढापाका जस्ता मानिसहरु घेराहालेर फलाक्दै बसेका थिए । रातको चकमन्न अध्यारोमा मधुरो दीयोको उज्यालोमा को को … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सरलाई ब्ल्यु लेबल

~गुणराज लुइटेल~ नेपालबाट आफ्नो सर आउने भनेको सुन्दा रमेश दङ्ग छ । बुढालाई यता घुमाइदिन्छु, उता घुमाइदिन्छु भन्दै उ धेरै योजना बनाइरहेको छ । सरले अस्ति नै स्काइपबाट फोन गरेर भन्नु भा‘ छ— “रमेश त्यहां डि.सी. क्षेत्रमा मेरो खासै कोही … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अस्वभाविक मित्र

~बिकास घिमिरे~ उसको कुरा गर्ने शैली बौलाहारुपी भएपनि तार्किक कुरा मात्रै गर्दथ्यो। बकम्फुसे कुरा गर्ने अनि त्यस्ता निस्सार कुरामा मान्छेलाई अल्मलाउने प्रवृत्तिको मानिस थिएन उ। धेरै बोल्न नरुचाउने, एकदम शान्त स्वभाव। कसैले प्रसङ्ग निकालेमा तर्कका साथ विवाद गर्न सक्ने क्षमता … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : विदा

~अनिल यक्खा~ विहानै देखि मलाई कस्तो कस्तो लागिरहेको थियो । हिजो नै सम्पूर्ण सामानहरु तयारी गरिसक्नु भएको थियो । र हामी विहानै शहरतिर प्रस्थान गर्ने क्रममा थियौँ । निकै समय बित्दा पनि आस्था आइन । मेरो आँखाले उनको आगमन चाहिरहेको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : क्रान्ति मर्दैन

~अनिल श्रेष्ठ~ ‘तपाईंको नाम ?’ ‘क्रान्ति ।’ उसले मलाई जिस्किएरै भन्यो कि साँच्चिकै उसको नाम क्रान्ति थियो, मैले फेरि दोस्रो पटक उसको नाम कहिल्यै सोधिनँ । यो जेलभित्र कहिल्यै पनि कसैलाई दोहो¥याएर उसको नाम सोधिदैन । यहाँ आउने धेरै कैदीहरु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कोरा सपनाहरु

~दलबहादुर गुरुङ~ हो ! मैले अन्तिममा कलेज त्याग्ने निर्णय गरें । सहरको प्रतिष्ठित कलेज मैले त्यसरी त्याग्न पर्ला भनेर सोंचेको पनि थिएन । कलेज छोडेपछि म अहिले गाउँमा छु । खेतीकिसानी गरेर बसेको छु । मेरो दुर्गम गाउँमा नगदेवाली उत्पादन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गङ्गा विसर्जन

~उदास विनायक~ पूरा गाउँ शोकमग्न छ । यसो भनौ पूरा देश नै शोकमग्न छ । कुमाऊँ गढवालतिर कामको खोजीमा गएका चार पाँचजना ठिटाहरू विपद्पछिको आज आठौं दिन घर फर्किए भन्ने सुन्ने बित्तिकै बलबीरे आफ्नो छोरा धनेको हालखबर बुझ्न एकाविहानै गाउँतिर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोवाद : मनसँग भलाकुसारी

~विष्णु शर्मा~ आज मनिषाको मन पिरोलिएको छ । उसको अनुहारले त्यही झल्को दिइरहेको छ । उसको मनस्थिति बुझ्न मलाई कठिन हुदैन । ऊ मेरी जिगरी दोस्त हो । मन भन्छे किन मलाई मान्छेहरु तनसँग जोडेर खलबलाउन खोज्छन् ? मलाई किन … Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

लघुकथा : ममीको मिन्सट्रेसन

~जीवन ‘पीडित’ दहाल~ राजधानी काठमाण्डौको शंखरापुर नगरपालिका वडा नं. १४ को एउटा एउटी बालिका देखिइन्, बुढीआमैका साथमा, बेलुकीको तीन बज्न लागेका बेला । यस बेला बालिका घरैमा ! भनेर मलाई अलि आश्चर्य लाग्यो अनि मैले बालिकाको छेउमा गएर सोधे–‘तिम्रो नाउँ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : प्वाल परेको चाल्नो….

~सुरेश प्रसाद अर्याल “कान्छो”~ बजुले पटक-पटक त्यो खुटि तिर हेरिन् तर खुटि खाली थियो।आँखालाई पटुकीको टुप्पोले पोछेर फेरि ठम्याउने प्रयास गरिन तर खुटि वास्तवमै खाली थियो। “कता फालीस् त नाती केटा त्यो प्वाल परेको चाल्नो?” उन्ले आगनमा खेल्दै गरेको नातीलाई … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : गोठालो

~गंगाराम ढकाल~ सेतु ए सेतु आउ निस्क बन जाउ । सवै गइसके, डाँडो पनि काटीसके होलान् ढाकाराम चिल्याउछन् । ल ल निस्के दाई म पनि तपाईलाई नै कुरी राखेको थिए । गोठमा बाँधीराखेका गाईका बाच्छा बाच्छीहरुलाई घाँस हाल्दै हातमा नाम्लो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यो कुन प्रेम ?

~पुरुशोत्तम भण्डारी~ एक जमानामा मलाई मालभोग केरा नभई नहुने ! जहाँसुकै बाट पनि मालभोग केरा ल्याउनै पर्ने ! मेरी आफ्नै हजुरआमाले मलाई सिकाए अनुसार , मालभोग केरा र गाईको दुध खान पाए जिन्दगिभरि पेट सम्बन्धि रोग लाग्दैन ! त्यसैले म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बौलाहा मास्टर

~राजु स्याङ्तान~ “माफ गर्नुहोला सर, स्कुलमा तपाईको गतिबिधिका कारण तपाईलाई स्कुलबाट निकाल्न हामी बाध्य भयौं,” अफिस पस्नै लाग्ने बेला स्कुलका प्रधानाध्यापकले उसलाई ढोका मै रोकी बिदाइ पत्र पो थमाई दियो । उ केही नबोली फनक्क फर्केर स्कुलको प्राङगन बाट लुरुलुरु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : राजधानी सडक

~रमेश गिरी ‘आशा’~ ‘पिर्के तँलाई भोक लाग्या छैन ?’ पिर्केले टाउको हल्लायो । उसलाई भोक लागेको थियो । हर्केले भन्यो– ‘हेर पिर्के, भा’ पैसा सिद्धिगो आजलाई यस्तै दुःख सुख बिताउँ, भोलि त्यो दाह्रीवाला ड्राइभरलाई भनेर खलासी तीर जानुपर्छ बुझिस् ।’ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अँधेरीे रातको एउटा कथा

~मातृका पोखरेल~ दसैंमा काठमाडौंबाट बाहिरिनेहरूको ताँती सँगसँगै म पनि कटारी पुगेको थिएँ त्यसबेला । कटारीसम्म बस पुगेको पनि त्यसै वर्षदेखि हो । त्यो भन्दा पहिले पूर्व पश्चिम राजमार्गको मिर्चैयामा ओर्लेर हामी हिँडेर कटारी पुग्थ्यौँ । कटारीबाट हिडेर मेरो गाउँसम्म पुग्न … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment