Category Archives: नेपाली गद्य

नेपाली गद्य / Nepali Prose

कथा : पहिचान

~सुमन बगाले~ त्यो दिन हरीतालीका तिजको दिन थियो । म आफुलाई फुर्सतको समय परिक्षा तयारीको निम्ति सदुपयोग गर्न हल्का भएपनि मौका मिलेको थियो । जागिर गर्नुपनि वाध्यता नै भर्खर गाउबाट शहर छिरेको म एउटा साधरण परिवारको व्याक्तिलाइ र कामको पनि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नयाँवर्ष

~अनिल याखा~ आज अर्थात चैत्र ३० गते यानेकी २०७० सालको आखिरी दिन । अरु मानिसहरुजस्तै प्रेम पनि वर्षभरीका दिन जसरी बिते पनि आखिरी दिन हर्षोल्लासका साथ बिताउने क्रममा थियो । नयाँ वर्षमा नयाँ संकल्प के राख्ने भनेर दिनभर मन वेचैन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : साथी

~सुषमा मानन्धर~ ऊ पहाडको टुप्पामा रहेको त्यो मन्दिरमा पुग्नलाई हिँडेको छ । ठाडो उकालो र साँघुरो ढुंगे बाटोले गर्दा त्यहाँसम्म पुग्न विकट नै छ भन्ने जान्दाजान्दै पनि त्यहाँ साक्षात ईश्वर बस्छन् र त्यहाँ पुगेपछि आफ्नो कुनै पनि कामना पूर्ति हुन्छ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बक्ररेखा र यसको रचना गर्भ

~परशु प्रधान~ कोठाको दलिनमा भुन्डेको लास मलाई आफ्नै झै लाग्छ। त्यसका निर्जीव आखाहरु, स्पन्दनहीन मुटुमा साटिन्छन्। म त्यस्तै निर्जीव, शून्य र स्पन्दहीन हुन्छु। बाहिर जाडो बढ्दै छ। यस वर्ष जाडो छिटो आयो। बाहिरबाट आउने प्रत्येक आवाजले मलाई सर्तक गराउछ। म … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथाः नीला जीवित फर्की

~दीप्स शाह~ इजरायलीहरु भेट हुँदा, बिदा हुँदा अङ्गालो मारेझैँ गरेर गाला जोड्दै चुप्पा गर्दारहेछन् एकअर्कासँग। उनीहरुको यस्तो संस्कारले छक्क मात्र परिन नीला, सुरुसुरुमा उकुसमुकुस समेत भई। घरको चौपट आर्थिक अवस्था र नवीन (उसको श्रीमान) को भाँचिएको गोडाले निम्त्याएको बेरोजगारीले गर्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : देशको कथा

~शिव प्रकाश~ उद्घोषकले भने, “आज यहाँ यस्तो वक्ता आउँदै हुनुहुन्छ, जो आफ्नो परिचय दिन चाहनुहुन्न । एक बेनाम वक्ता !” सबैका आँखा हलको कुना–कुइनेटासम्म पुग्छन् । पछाडिबाट एउटा मान्छे मञ्चतिर आइरहेको छ । ‘धन्यवाद’ भन्दै माइक समाउँछ ऊ । “प्रेमका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अनुत्तरित प्रश्नहरु

~अनु~ मानिसको जिवनमा घट्ने केहि घट्नाहरु यस्ता हुन्छन जस्ले गर्दा उस्को बिचारधारानै खतम हुन सक्दो रहेछ। पहिले म माँयालाई आदर्श थान्थे तर अहिले म बास्तविकतालाई आफ्नो आदर्श मान्न बाध्य भई सकेको छु। समय सबभन्दा बलियो रहेछ यस्ले मात्र मानिसलाई

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : फूल र बच्चा

~विनय कसजू~ “यी गुलाफका सुन्दर फूलहरु बगैँचामा आफ्नै बोटमा भएको भए राम्रो हुन्थ्यो । किन फूलदानमा सजाउनु भएको होला ?” “तपाईँको कुरा ठिकै हो । तर मलाई यी गुलाफका फूलहरु साह्रै मनपर्छन् । यसैले दिनदिनै मालीले मेरो टेबुलमा राख्छ । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : नारी

~गीता अमात्य~ मध्यमवर्गीय परिवारमा जन्मेकी लक्ष्मी सानैदेखि निक्कै होशियार थिइन । बच्चैदेखि होशियार तथा सबको भलो चाहने लक्ष्मी गाउँघरमा सबैका प्यारी थिइन । सानै उमेरदेखि सबैलाई मद्धत गर्ने उनको बानी थियो । घरमा आमा बुबाकी प्यारी लक्ष्मी गाउँघरमा जन्मेकोले सानै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सेतो भात

~गजेन्द्र बोहरा~ ‘ए सेतु तेरो गाईले काँबाट बाच्छा पाउँछ भन् तो ?’ मैले सेतुलाई सधै यही सोधेर हैरान पार्थेँ। अनि कहिलेकाहीं त उसले रिसाएर आफ्नो च्यातिएको मैलो फ्रक उल्टाउँदै भन्थी ‘यी ह्याँबाट …… देखिस् ?’

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र-साहित्य : युद्ध भूमिबाट एउटा चिठी

~डा. अरुणा उप्रेती~ मेरी आमा, मलाई एउटा गोली लागेको छ। टाउकोमा लागेको यस गोलीले मलाई अन्तिम यात्रातिर लगिरहेछ र म हातमा रहेको कागजमा औंलाको कलम बनाएर रगतको मसीले यो पत्र लेख्दै छु। मलाई थाहा छैन, मैले लेखेको यो पत्र तिमीसम्म … Continue reading →

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कथा : विभाजित आकास

~अनिल श्रेष्ठ~ ‘ ……..बुबा, जीवनमा दुईचार साँवा अक्षर पढाइदिनु भयो । आमाको अभावमा आमाको माया दिनुभयो । दुई हात पाखुरामा काम गरेर खान सक्ने बल हालिदिनु भयो । एउटा बुबाको धर्म यहाँभन्दा बढी अरु सायद के हुन सक्थ्यो होला र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेरो ब्वाइफ्रेन्ड र म

~मधुसूदन पौडेल~ ‘उनी मेरी बहिनी– विनिता। पद्मकन्या क्याम्पसमा आईए पढ्दैछिन्।’ मदन दाइले अपरिचित साथी ल्याउनु भएको थियो, घरमा। बिहानीको क्लास सकेर घरमा पुग्दा दुवै जना खाना खाएर कौशीमा घाम ताप्दै थिए। बिहान सखारै क्याम्पस हिड्नुअघि मैले नै दाल तरकारी पकाएर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा: भाई फूटेपछि

~शेखर ढुंगेल~ एउटा गाउँमा धेरै धनी जमिन्दारको सुन्दर परिवार थियो । .जमिन्दारले आफूसँगभएको हिरा, मोति र सुनका गहना आफ्ना तीन छोराहरु जेठो, माइलो र कान्छोको जिम्मा दिएका थिए । एक दिन अचानक जमिन्दारको देहबसान भयो । तीन दाजुभाईमा सम्पत्ति बा“डफा“डको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

सामाजिक कथा : बिधवा

~कृष्ण के.सी.~ हिजो जस्तै लाग्छ म उसको आड भरोसा र विश्वासमा उसको पछिपछि उसका पाइलाहरूका डोबहरूमा आफ्ना डोब मिलाउदै यो घर भित्र हुलिएकि थिए l यौवनताका सबै खुसीहरू उसको अंगालोमा नतमस्तक भएर सुम्पिएकि थिए l जुनबेला उसको भर्भराउदो जवानीको रापले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : नयाँ घर

~केशु बिरही~ नयाँ घर वन्ने कुरा सुने पछि केटाकटीहरु खुशीले गद्गद् भए । मन हँसीलो खुशीलो भयो । सवैजना रमाए । अचेतन मन भित्र एउटा आसा पाले । आहा ! नयाँ घर वने पछि हामीहरुले पनि एउटा एउटा कोठा पाउनेछौ … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : आदर्श नायक

~सङ्गीत आयाम ~ ऊ गाउँको एउटा आदर्श नायक थियो । उसका कुराहरुलाई गाउँलेले अकाट्य तर्कको रुपमा प्रस्तुत गर्दथे र उसँग नजिक हुने सौभाग्य प्राप्त गर्न कतिपय मानिसहरुको ठूलो आकाङ्क्षा रहन्थ्यो । उसको व्यवहार र क्रियाकलापलाई नक्कल गर्ने प्रवृत्ति एकदमै बढेर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : न्वारान

~संप्रस पौडेल ‘दिवस’~ तपाइको न्वारान पक्कै भएको होला । मेरै पनि धर्तिमा अवतरण भएकै दश दिनमा पहिलो चोटी न्वारान भएको रे । जातजाती र धर्म अनुसार सबैले आ–आफ्नै तरिकाले न्वारान गर्दछन् । हिन्दुहरु पूजा, पण्डित, पाठ, पूराण, पानी, पञ्चामृत, पलाँस, … Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : सुजाता: एक पेग कोन्याक र नयाँ वर्ष

~प्रकाश सायमी~ इमेलमा उनको पत्र आउँदा लगभग पौने बाह्र बजिसकेको थियो । पौने बाह्रको त्यो समय मेरा निम्ति प्रियकर हुन्छ । मलाई सम्झना छ… पौने बाह्रको यही समय नै मैले सम्भवतः पहिलोपटक चुरोटको स्वाद लिएको थिएँ । त्यसलाई मैले त्यतिबेलाको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : जङ्गे पिलर

~कृष्णशाह “यात्री”~ जोगिन्दर र उसका परिवार वर्षौंदेखि नेपालको मधेसको एक गाउँमा बसोबास गर्दै आएका थिए । त्यो गाउँ छिमेकी मुलुकको सीमानासँगै जोडिएकोले त्यहाँ प्रायः जसो सीमासम्बन्धी विवाद भइरहन्थ्यो । जस्तो सुकै विवाद र झमेला देखिए पनि जोगिन्दरले आफ्नो अडान र … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : सहयोग

~हरिहर दाहाल~ टेलिफोनमा उसले रुन्चे स्वरमा मलाई आश्रयको लागि अनुरोध गर्‍यो।मैले सम्झाउने कोशिस गर्दै भनें- “साना-तिना झगडा र मनमुटाबका कारण घर छोड्नु हुदैन। बिबाद, भनाभन, छेडछाड भनेका मायालाई अँझ दर्‍हो बनाउने संयन्त्र हुन्। गहिरो सम्बन्ध, माया र आत्मीयता भएका मान्छेसँग … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : एम्बुस

~सञ्जु बजगाईं~ टिरिर्रर्र… सेल फोनको घण्टी बज्यो । नो नम्बर ! नम्बर नदेखिने कल किन उठाउने ? विदेशबाट फर्किएको थाहा पाएर धम्की फुक्न पनि सक्छ । या त घरको एउटा तलै उनीहरूको कार्यालय बनाउन माग्न पनि हुन सक्छ या अरू … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जुलुसका छायाँहरु

~ताराप्रसाद खतिवडा~ उ आज सधैंभन्दा अलिक अबेरै उठ्यो । उठ्ता जिउ अचाक्लि दुखिरहेको रहेछ । झण्डै नाङ्ग्रै हुन आँटेको उसको शरिरमा झुन्डिएका पंहेला छालाहरुमा लछेप्रै सुम्लाहरु छापिएका रहेछन् । आफ्नॊ शरिर देखेर उ आफैं डरायो र हतार-हतार किलामा झुण्डाएको सर्ट … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ‘मिष्टर जोन’

~हरी भुसाल ‘स्याटलाइट’~ प्रहरी प्रधान कार्यालय – नक्सालमा बोलाइएको थियो उसलाइ । सरकारी काममा उसलाइ भरोसा त थिएन तैपनि ‘किन हो’ भनेर पुगि पनि हाल्यो उ । फेरि काठमाडौमा शान्ति सुरक्षा कायम राख्ने कसम खाएका गृहमन्त्रिको चर्चा जताततै छ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अन्तिम रात

~होमशंकर बास्तोला~ तल्लाघरे रने अस्ति मात्र शहरबाट गाउँ आएको थियो । यो उसको लागि गाउँका पुराना साथीहरुसँग भेटघाट गर्ने सुनौलो अवसर थियो । ऊ धेरै जसो शहरमा बस्दथ्यो । ऊ शहरमा के गर्दथ्यो त्यो उसलाई मात्र थाहा थियो । जुनूका … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : बाँदरहरु खेति गर्दैनन्

~डा. कविता राम श्रेष्ठ~ धेरै जन्तुहरु एउटा बुढो धोद्रो रुखका बोक्रा र जरामा तँछाड मछाड गर्दै दाह्रा उधिन्दै गरेका देखिए । गोधुलीँ साँझ थियो के गरेका हुन् स्पष्ट देखिएन । के जन्तुहरु हुन् ती भन्नेसम्म स्पष्ट भएन । छेउमा जान … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आमा र ऐना

~विवश वस्ती~ आमाले जिन्दगीमा कहिल्यै पनि ऐना हेर्न पाउनुभएको थिएन । ऐनामा आफ्नो प्रतिविम्ब कस्तो देखिन्छ ? उहाँलाई केही पनि थाहा थिएन सायद । जिन्दगीको लामो हिस्सा उहाँले ऐना नहेरेरै बिताउनुभयो । ऐनाको आवश्यकता उहाँले कुवामा जमेको पानी, पोखरीको पानी … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : अप्रिल १५, २०२५

~एकलव्य~ आज पुरानो नेपाली पात्रो अनुसार नेपालीहरूले विक्रम सम्बत्को २०८२ साल मनाइरहेका हुन्थे । तर यो कुरा धेरै पुरानो भैसकेको छ । आज भन्दा १४ वर्ष अघि नै सरकारले विक्रम संबतको प्रयोगलाई निषेध गर्‍यो र ग्रेगरियन क्यालेण्डरको प्रयोगबाट सरकारी काम-कारवाही … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अप्रिल फुल

~श्याम श्रेष्ठ~ मन कति खुशी हुँदो रहेछ, फोन गरिदिए हुन्थ्यो भनेको मान्छेले फोन गरिदिँदा | फोनको महत्व त त्यो बेला पो हुँदो रहेछ | सामान्य बेला भन्दा ४ गुना बढी | अझ बढि मन खुशी हुँदो रहेछ, कसैले मनको कुरा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : प्रेम आयो, किन आयो ?

~डा. ध्रुब चन्द्र गौतम~ समाचार यत्ति थियो ः उसको छोराको बिहे हुन लागेको छ । तैपनि काठमाडाँै हल्लिरहेको थियो, एउटै वाक्यले । र, मैले बुझ्न सकिनँ, त्यो सूचनामूलक वाक्य थियो कि समाचारमूलक ? सूचनामूलक वाक्य भए पनि त्यसले उग्र ‘ब्रेकिङ् … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : दाइ

~समाश्री राउत~ आज भोलि दाईलाई गाउँ गनाउन थालेको छ गाउले हरु मुर्ख हुन्छन भन्नु हुन्छ , दाजुले आज भोलि राजनीतिक र साहित्यिक लेखहरु लेख्न थालेका छन् |

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : जङ्गे ड्राइभर

~बखतबहादुर थापा~ ‘सडकमा दौडनलाई बाघको जस्तो मुटु चाहिन्छ ! बाटो छेउछाउको खाना पचाएझैँ आफ्नो भावुकता पचाउन सक्नुपर्छ । किनकि प्रत्येक दिन बाटोमा उम्रने रङ्गीबिरङ्गी फूल र काँडाहरूले पलपलमा स्वर्ग र नर्कको अनुभूति दिइरहेका हुन्छन् ।’ यो उर्दी ड्राइभर जङ्गबहादुरको हो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment