Tag Archives: nepali literature

कविता : सलामः नयाँ वर्षलाई !

~शिवप्रसाद गौतम~ सदावहार पुलकित भएर आफ्नैपन र शानमा आफ्नै कर्मपथमा निरन्तर यात्रा गरिरहने समय सृष्टि हो र कर्मवीरहरूको कृति हो समयलाई ढाँटछल गर्नेहरू

Posted in कविता | Tagged | Leave a comment

समालोचना : मृत्तिका र म कवितासङ्ग्रहमा प्रवेश गर्दा

~सदानन्द अभागी~ परिचय – यो देश हाम्रो रसिलो मुहार मागेन यसले कसैको गुहार परेन कब्जा छल शत्रुकै यो जानेन कहिले शिर झुक्न नै यो (नेपाल राम्रो यस विश्वमा नै, श्लोक १, पृष्ठ ९८) यी माथिका राष्ट्रियताले भरिएका श्लोकका सिर्जनाकार हुनुहुन्छ … Continue reading

Posted in समालोचना | Tagged , | Leave a comment

गजल : पढ्ने बेला आयो

~अनुपम ‘नवोदित’~ वीरताका गाथा फेरि, पढ्ने बेला आयो स्वाभिमानी शिखर फेरि, चढ्ने बेला आयो जंगे पिल्लर सार्दै बैरी, किल्ला खडा गरे बैरीका किल्लाहरू, डढ्ने बेला आयो

Posted in गजल | Tagged | Leave a comment

कथा : गणेश टिओ

~छविलाल खड्का~ विभूति निजामती कर्मचारी सर्कलको आशा लाग्दो नाम हो । ऊबाट राज्यले धेरै आशा अनि भरोसा गरेको छ । कार्यालयको ईनर्जेटिक मेनपावरमा पर्छ ऊ । सूचना प्रविधिसंग पनि त्यतिकै अभ्यस्त छ । इमान्दार, अनुशासित, लगनशिल कर्मचारीको क्याटागोरीमा दर्ज भएको छ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : एक उदाहरण

~नुर पाण्डे~ कोही सन्तानविहिन भएर समाजमा अपहेलित भएर बाँच्नुपर्छ भने म बाध्य भए मेरो पेटमा हुर्किदै गरेको निर्दोष बच्चालाई संसार नदेखाएरै मार्न । म कस्तो परिबन्धमा अल्झिरहेकी छु आफै सँग प्रश्न गर्थे । यदि जन्म दिए भनेपनि उक्त सन्तानलाई मैले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : तोकेर केही हुँदैन

~डा बच्चु कैलाश कैनी~ मायाको दर भाउ छैन तोकेर केही हुँदैन । माया लागे पछी कसैले रोकेर केही हुँदैन । माया माया नै हो भेदभाव छैन कसैलाई नि:स्वार्थ भए प्रेमको भारी बोकेर केही हुँदैन ।

Posted in गजल | Tagged | Leave a comment

कविता : परदेसीका पिडा

~देबेन्द्र बस्याल~ छोरी जन्मेर ३ कि पुग्दा म परदेशबाट घरमा पुगें मैले छोरीलाई कँदर्खुटीगरी घरवरीपरी घुग्दै थिएँ मैले छोरीलाई प्रश्न गरें छोरी तिमीले हात धुन सक्छेउ ? खुट्टा पनि धुन सक्छेउ ?

Posted in कविता | Tagged | Leave a comment

कविता : खाते

~भरत खत्री~ सडकका पेटीहरुमा मेरा दिन गुज्रिदै छन् फोहोरका मल्खादमा मेरो भोजन खोजिदै छ बाच्ने आसा, तिम्रो जति छ मेरो पनि त्यति नै छ कस्तो हो यो विडम्बना, कस्तो हो यो नियति म रुदा पाखे रोयो रे, मेरो लास लास … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म विद्रोही ?

~सुनील बाबु श्रेष्ठ~ चरा जस्तै फुत्रुक फुत्रुक रमाउदै उफ्रदै भर्खरै घरबाट खेल्न निस्केकी निर्दोष कोपिलाहरू आफ्नै घरको कान्लामुनि लडिरहेका छन रक्ताम्य भएर सोचौला तिमी यी कलिला मुनाहरु भर्खरै रजस्वला भएकी छे र, साक्षात्कार गर्दैछे जवानीसंग । ए भ्रमित शासकहरु !

Posted in कविता | Tagged | Leave a comment

कथा : सुन्तलाको स्वाद

~यकिना अगाध~ ‘ला तँलाई सुन्तला !’ माइली लुङगेलीले सुन्तला खान मागेर हैरान पारेको छोराको गालामा एक चड्कन लगाइन् र बरबराईन्– ‘चाखिस् सुन्तलाको स्वाद ?’ छोराको गालामा हानेको तिनको हात भुँइमा बेस्सरी बज्रिदा तिनी बेहोसी तन्द्राबाट ब्युँझिईन् । हिजो बेलुकी छोरी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खाते

~प्रभा पोखरेल ‘स्वेशा’~ उफ्!! यो बादल नि कस्तो अगति पाराले लागेको हो। न झमझम बर्सन्छ, न घामले दर्शन दिन्छ। कस्तो बिचैमा अड्किएजस्तो मौसम! पानी परेपनि आज मज्जाले भिज्नेथिइ। दर्केर पानी परोस्, उ आँखा चिम्लेर भिजिरहोस्। आँखा, नाक, ओठ, सारा अङ्ग-अङ्ग … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पर्खिरहेका हुन्छन आमाहरु !

~सुनील बाबु श्रेष्ठ~ जाडोले कठा़ङ्ग्रीएका लेकका धुपिहरु जस्तै यतिबिघ्न जाडोमा चाउरिएका अनुहारमा सयौ रेखाहरु बोकेर सुनसान घरको पिडिमा एकोहोरो टोलाईरहने ती एक्ली बुढी मान्छे कसकी आमा होला? छेऊमा गएर सोध्छु, ‘आमा जाडो भएको छैन?’

Posted in कविता | Tagged | Leave a comment

गजल : सबै छन् त्यत्ति हो

~रेखा पन्त~ छन् आफन्त सबै छन् त्यत्ति हो मात्र बोलाउदा बोल्दैनन् त्यत्ति हो कुल्चिने उफ्रिने टेक्ने यही छाती सम्झिछन् खेल्ने आँगन त्यत्ति हो

Posted in गजल | Tagged | Leave a comment

कविता : पर्खाई

~राजेन्द्र समन~ तिम्रो पर्खाईको मैले कदर गर्नै पर्छ म त बिदेशिए, भासिएं, यहि रमाएं तर तिमी बीना थकान पर्खिरह्यौ म आउने बाटो तिमी हेरिरह्यौं तिम्रो महानताको मैले कदर गर्नै पर्छ अनेक बहानामा मैले तिमीलाई बिर्सिने प्रयास गरिरहेछु तर तिमी मलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

सदानन्द अभागीका दुई मुक्तकहरु

~सदानन्द अभागी~ के छ मित्र के छ मित्र शान तिम्रो हेर आज भोली नजानेको कहाँ हो र ऐतिहासिक झोली आप्mनो धरातलाई यदि बिर्सि गयो भने मूल्याङ्कनमा पर्न जान्छ रित्तिएको सोली कसैले कसैलाई

Posted in मुक्तक | Tagged | Leave a comment

गीत : तिमी मेरो हैन रहेछौ

~सौरभ रिजाल~ थाहा पाए तिमी मेरो जीवन साथी हुने छैनौ मलाई कतै दुख्यो भने अब तिमी रुने छैनौ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : स्पेस निडलको सुई ठमेलतिर घुम्दा

~अश्रु सिन्धुलीय~ १.मैले रोजीलाई सियाटलको टावर मुनि एक्लै बसेको भेटेँ। अनायास आँखा जुधेपछि अमेरिकन पारामा हाइ–हेलो भनियो। संयोग कस्तो पर्‍यो भने उसले कफी खाने ठाउँ र हाम्रो एउटै पसलमा एउटै लाइनमा परेको रहेछ। फेरि आँखा जुधे, अबको हाइ दोस्रो भयो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : भन्यौ धेरै धेरै बाँच

~राजेन्द्र चोथाले~ पिलाई विषको घुँट्को भन्यौ धेरै धेरै बाँच देखाइ हाँसोका स्वप्ना छर्‍यौ मुटुभरि काँच त्यो गोमन के विषालु छ, त्यो तिम्रो मुटुको सामु तिमीमा दस होला त्यो विष, त्यो सर्पमा भए पाँच

Posted in गजल | Tagged | Leave a comment

कविता : मृत सपनाको अँगालोमा सहयात्रीहरु

~सुनील बाबु श्रेष्ठ~ हिजै मात्रै त हो साथी ! हत्केलामा जिन्दगी राखेर हामी कठिनभन्दा कठिन एउटै बाटाहरु हिडेको । नाकै छुने बेतालका उकालो चढेर माथि पहाडका हरिया नागीहरुमा पुग्दा क्षितिजपारीको डाँडाका कापबाट चिहाइरहेका

Posted in कविता | Tagged | Leave a comment

कविता : पेरिसको प्यास

~रेखा पन्त~ त्यहाँ थिएनन् कुनै पधेर्नीहरु कम्मरमा पटुकी अनि गुन्यु र बुट्टे चोली लगाइ सङ्गीनीहरु सङ्ग खितितिती खित्का छोड्दै जिस्कदै पानी भर्न आएका । न त थिए मुखिया बा का बुहारीहरु

Posted in कविता | Tagged | Leave a comment

नविन ध्यारका चार मुक्तकहरु

~नविन ध्यार~ भने जस्तै ब्यवहारी नभइदिनु तिमी सोचे जस्तै प्यारी नबनिदिनु तिमी आशाका तरंग पनि पालुवा जस्तै हुन्छन् शिशिरमै बसन्त बनी नछाइदिनु तिमी ।। ***** फुर्सदमा कुदिएको मुर्तिभए मन्दिरमा किन सजायौ

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : फरक लाग्यो

~दयामोहन आचार्य~ भकुण्डो उस्तै गर्ने, गोल फरक लाग्यो जुत्ता उस्तै टेक्ने, सोल फरक लाग्यो बलत्कारी ज्यानमारा, अपराध उस्तै तर तिन्को, पोल फरक लाग्यो

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : धर्तिमाताको काख

~दीपक कुमार ज्ञवाली~ अरुको नकारात्मक कामले जब अन्तर्आत्मामा चसक्क घोच्छ अनि मलाईलाग्छ मेरो मातृभूमिलाई कहिं न कहीं पिडा (बोध) भएको छ । सुरम्य मातृभूमिको काख , भावना स्व– ब्यक्त गर्ने सामथ्र्यहीनतामा हामी कति निष्ठुरी, मातृभूमिको सुरम्य काखमा लडिबडि गर्दा पनि … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

व्यङ्ग्य कविता : जे आउँछ मज्जाले पचाउँछ

~भरत खत्री~ पहिले धेरै दियो खुसि बनायो पछी सबै लुट्यो दुखी बनायो समयको खेल हो भन्दै इतिहासले सदै अन्धो बनायो पुर्खाहरु लडेकै हुन् देशको निम्ती

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : लाहुरेको स्तूती

~दिल थापा~ सन्देश लिएर आउंछ हरेकबिहान कलिलो घामले लाहुरे छोराको स्वाभिमान लिलामी भएको देशमा मातृभुमि विस्तारवादको घेराबन्दीमा परेको छ भनेर । जब निलो आकाशको सीमारेखाहरुलाई कालो बादलले घेराबन्दीमा पार्छनी । अनि घामले किरणको बुलेटहरु प्रहार गर्छ l कालो बादलमाथि l … Continue reading

Posted in कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : छिमेक कस्तो

~रिजाल किरण~ बहर : मुतकारिब मक्बुज असलम बिखालु काडाँ बनेर डस्ने छिमेक कस्तो मिलेर बस्दा जलेर मर्ने छिमेक कस्तो । पहाड पाखा तराई हाम्रो सुगन्ध माटो सुगेर घाटी घटुक्क निल्ने छिमेक कस्तो ।

Posted in गजल | Tagged | Leave a comment

कविता : बिगन रामको मादल

~राजेन्द्र तारकिणी~ रातभरि पेटीमा जाडोसँग ‘लभ’ गरेर बिगन राम बिहानै पुलमाथि सरेको छ कठ्यांग्रिएका औंला ठोक्किएर मादलको खरी रुन्चे भएको छ ! (मानौं, मादलभित्र छ भोकैभोकको ताल खस्रा हातको चड्कनसँगै घिन्ताङ-ताङ… रोइरहन्छ) जान्दैन ऊ- साम्प्रदायिकताको राग/राष्ट्रवादको कोरस

Posted in कविता | Tagged | Leave a comment

कविता : मजदुर

~चोमु शेर्पा “खुशी”~ हरेक बिहान फ्याक्ट्रीको अत्याधुनिक मेसिनहरूसँगै मेरो पनि मेसिन सञ्चालन हुनथाल्छ फरक यति छ कि मेसिनहरू विद्युतीय तरंगबाट सञ्चालन हुन्छन् म मेरो दुई छाक टार्नुपर्ने बाध्यता बाट संचालित हुन्छु । बेला बखत मेसिन बिग्रन्छ,

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : फाटो कथामा अनुभूतिको संरचना

~प्रभा मरहट्टा (कोइराला)~ सार पश्चिमी चिन्तक रेमन्ड विलियमले विकास गरेको साहित्यको समाजशास्त्रीय अध्ययन गर्ने सैद्धान्तिक अवधारणा अनुभूतिको संरचनालाई मुख्य आधार बनाइ यस लेखमा फाटो कथामा संरचित अनुभूतिहरू खोजी गरिएको छ । फाटो कथामा प्रतिबिम्बित पिढीगत अनुभूतिहरू र प्रभुत्वको परिवेश, अधिनस्थ … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : मन सकिंदैन रहेछ

~बित्रा आचार्य~ धन र शान दुइ दिनको मात्र सकिन्छ छिट्टै नचाहेर पनि । अहंकार-घमण्ड केही दिनको मात्रै टुट्छन त्यो नजानेर पनि।। धन कमाउने शान बढाउने कुण्ठा बोकेर मान्छे उर्लेको देख्दा हैरान पर्छ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन र मृत्यु

~कालूसिंह रनपहेंली~ जीवनको किताबमा अन्तिम अध्याय मृत्यु। जिन्दगी वाक्यको एउटा पूर्ण विराम मृत्यु। जिन्दगीको दैलोमा अलिकति सास खानुलाई ढुकिबस्छ मृत्युको भिखारी।। जीवनको हात जहिल्यै माथिबाट छ। भिखारी मृत्यु दयाको सिनो खाएर अघाउँछ। मच्यो भन्छ मान्छेले जीवन लीला समाप्तिलाई।

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : ती अवर्णनीय नेता

~श्रीधर खनाल~ लिने मात्र सधै सोच्छ दिने गर्दैन चिन्तन भने त्यो पशुको कोही गर्न सक्दैन वर्णन सेवाको भाव त्यागेर मेवाको मात्र चाहना गर्दै जो शक्तिको मात्र प्रदर्शन गर्न खोज्दछ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment