Tag Archives: nepali literature

कविता : अजिंगर र सपना

~अविर खालिङ~ सपना तुहिएर सकिएपछि बाँचेजस्तो गरेर जिन्दगीलाई कुन घड़ी र मुहूर्त्तसम्म थेग्नु ? जिन्दगी भनेर समयले थमाइदिएको यो शोषण झेल्ने श्वास-यंत्रलाई कुन औजारले मरमति गरेर राख्नु ? भग्नांशमा बाँचेको रहल जिन्दगीलाई कुन जिजीविषाको पूलबाट पारि पुरयाउनु?

Posted in कविता | Tagged | Leave a comment

लेख : पहिचान, भाषा र मधेस

~कृष्ण धरावासी~ अमेरिका पुगेपछि मैले मातृभाषाको महत्त्व पहिलोपल्ट अनुभव गरेँ । नेपालमा जनजाति, आदिवासी र मधेसीहरूले मातृभाषाबारे सधैँ गर्ने बहसको घनत्व महसुस गरेँ । जब मैले त्यहाँ जानेको भाषामा आफ्ना कुरा चित्त बुझ्ने गरी बताउन सकिनँ र आफूलाई ‘लाटो’ जस्तो … Continue reading

Posted in लेख | Tagged | Leave a comment

गजल : बाँच्न सक्छु म

~छविलाल खड्का~ तिमी विना नि, बाँच्न सक्छु म माया विना नि, बाँच्न सक्छु म । भमरा बिच, फुल्यौ नि आज

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : खुट्टाभरिका हिँडाइ र हिँडाइभरिका खुट्टाहरू

~तेजेश्वरबाबु ग्वंगः~ कहिले खुट्टाले हिँडाउँछ । कहिले खुट्टालाई हिँडाउँछु । जहिले खुट्टाले हिँडाउँछ, खुट्टामा लीन भइदिन्छु । जहिले खुट्टालाई हिँडाउँछु खुट्टा लीन हुन आउँछ । कुनै बेला खुट्टाको हुन्छु । कुनैबेला खुट्टा भइदिन्छ मेरो । रूपान्तरणको लीला अपरम्पार छ । … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : ताताे भाेड्का

~डा. विदुर चालिसे~ –“तँ ख्रुस्चेवकाे चेला हाेस् !” –“आफू नि अाफू ! तैँ हाेइनस् स्टालिनकाे छाउराे ?” निकै चर्काचर्की गरिरहेकाे कार्यकर्ताहरू

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : मूर्ति

~दीपक सिञ्जाली~ एकदिन उसले मूर्ति बनायो सग्लो मूर्तिले उसैलाई औंला ठड्याइरहेको थियो त्यो खबरदारी उसलाई चित्त परेन छिनो लिएर मूर्ति सच्याउन थाल्यो । अग्लो कद काटेर केही होँचो बनायो

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरीएको स्वाद

~सगाेत्री आचार्य~ दाँत छइन्जेल कागती टोक्दा पनि नरसाउने जिब्राहरू आजकाल पानी चपाएर स्वाद लिन्छन् खै के बदलियो कुन्नि ? तिनका राल ग्रन्थिहरूमा ! आँत छइन्जेल,

Posted in कविता | Tagged | Leave a comment

कथा : जुत्ता

~प्रमोद अमात्य~ “सुन न, भरे पार्टी जानुपर्छ, मेरा लुगा निकाल्दिराख न है । जुत्ता पनि खोज्दिइराख है त ।” “एक्लैएक्लै जाने केको पार्टी हो नि ?” श्रीमतीजीले बिर्सिछ । अस्ति मात्र त्यत्रो रामकहानी सुनाएको; अफिसमा मास्टर डिग्री पढ्न जाने क्यानडाको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सडकको डन

~भरत खत्री~ “रिद्दिसिद्दी यातायात” “सुन्धारा सानोगाउ- सानोगाउ सुन्धारा” म रत्नपार्क देखि बालकुमारी सम्मको यात्राको लागि बसमा बसे। बसमा अरुबेला भन्दा अलि कम यात्री थिए। त्यहीँ पनि बस्ने ठाउँ थिएन खुट्टा राख्ने ठाउँ मात्र थियो। गुरुजी (चालक)को पछि दुइवटा फलमका डन्डी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित बाल कथा : सलाई बेच्ने सानी केटी

~एच सि एन्डरसन~ अनुवादकः शान्तदास धेरै वर्षपहिलेको कुरा हो । साँझ परिसकको थियो । ठिहिर्याउने जाडो थियो । जोडले हिउँ परिरहेको थियो । त्यो चिसो र अँध्यारोमा एउटी गरिब सानी केटी बाटोमा हिँडिरहेकी थिइन् । उनका खुट्टा र कपाल दुबै … Continue reading

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

लघुकथा : आफन्तजन

~यकिना अगाध~ उ बिमारी पर्यो । छोराछोरी बाहिर थियो । मुस्किलले कसैले अस्पताल पुर्याईयो । अस्पतालमा कुरुवा कोही भएन । चिनेजाने सबैजसोले यो खबर थाहा पाए तर कोही कुरुवा बसिदिन आएन ।

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : आमाका आँशु

~देबेन्द्र बस्याल~ म प्रदेशबाट घर फर्कि आउँदा मेरी आमा उता कुनामा रोइरहेको देखें म अरुहरुलाई वेवास्ता गर्दै आमा बसेको स्थानमा पुगें आमाले ओडेको घुम्टो उघारेर आमाको मुहारमा आँशु देखें आमाको मुहार रक्ताम्मै थियो टाउकामा चोटैचोट थयो

Posted in कविता | Tagged | Leave a comment

गीत : छुट्छन् सबका प्रेमीहरु

~अलका मल्ल~ छुट्छन् सबका प्रेमीहरु बिना कारणले प्रेम बाट झर्छन् यहाँ सब फूलहरु बिना बतास हाँगाबाट छुट्छन् सबका प्रेमीहरु बिना कारणले प्रेम बाट प्रेमका सुन्दर फुलहरु

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : नुमा

~प्रयास लामा~ सिलगुडीको कोर्ट मोड़ साधारण मान्छेहरूमा कोर्ट को लागी नभएर बस सट्याण्डको रुप मा प्रचलित ठाउँ हो। यहाँ बाट बिशेष भारतकै दुईवटा अन्तर्राष्ट्रीय सिमावती क्षेत्रको निम्ती बस सेवा चल्ने गरेको छ। पुर्वमा बङ्लादेश अनि पच्छिममा नेपाल रहेको सिलीगुडीले भारतलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : यात्रा जिन्दगीकाे

~अक्कल बहादुर शाह~ जिन्दगीका पानाहरु समेट्दै छु मैले, एक एक पाना जोड्दा जोड्दै किताब बन्छ कैले । कति पाना खालि रहेछन्, कति च्यातिएका, कति पाना बुझ्नै गाह्रो मसि पोतिएका । विगतका जीवन गाथा समेट्दैछु अहिले,

Posted in कविता | Tagged | Leave a comment

कविता : दिदी र जिन्दगी

~देवराज पौडेल~ ए दिदी, बन्द आँखा, तिम्रै मुहार हराएँ, भरी मुटु, खुलाएँ, माग्दै गुहार वरिपरि, दिन् रात्, के छ र बाँकी झैँ थप् माथी थप् सोच्छु अपुग अझै नै!! न थियो, न हुन्छ अब, पाएको कुरा

Posted in कविता | Tagged | Leave a comment

कविता : आज लाहुरेबासँग भेट भयो

~त्रिभुवनचन्द्र वाग्ले~ धेरै टाढाको यात्रा होइन मलायाको रबडघारीमा दैडिएका दिन खिया लागेको बन्दुकमा घुर्मैलो अनुहार देखिन्छ (अँ छोराले घिऊमा पितृको अनुहार हेर्छ ! ) दिनहरू छायाँ र अनुहारहरू प्रतिविम्ब भएका छन् जूनकिरीहरू राँको सम्झाउँछन्

Posted in कविता | Tagged | Leave a comment

गजल : खुसी हुनु पर्ने तिमी

~जे‍ पी लम्साल~ जब मंसिरको बाजामा खुसी हुनु पर्ने तिमी आज किन यहाँ छौँ अर्कैको डोलीमा हुनु पर्ने तिमी रुदै फेरी शरण पर्छो किन

Posted in गजल | Tagged | Leave a comment

कविता : निस्कन्छन् सडकमा

~दीपक कुमार ज्ञवाली~ नेपाली हामी बहादुर भनि गर्दछौ हूँकार । पुर्खाको विरता गाएर मात्र समय फाल्दछौ । अस्मीता देशको लुटीदैछ कहाँ छौं नेपाली । सामाजिक सञ्जाल रङ्गाउँदै देखाउँछौं देशभक्ति । सुशेली हाम्लाई बिरानो बन्दै त्यो कालीनदीको ।

Posted in कविता | Tagged | Leave a comment

गजल : मलाई छाडेपछी

~सुरेन्द्र थेगिम~ जीउँदै मरेछु तिमीले मलाई छाडेपछी मेरो ठाउँमा तिमीले अरुलाई सारेपछी धन नै ठूलो देखे तिम्रो परिवारले पनि तिमीपनि खुसी छौ मलाई माया मारेपछी

Posted in गजल | Tagged | Leave a comment

गजल : कथा छ यौटा

~छविलाल खड्का~ मेरो देशको, कथा छ यौटा छद्म भेषको, कथा छ यौटा । जंगे पिलर, सार्ने राक्षसी एस् विआइको, जत्था छ यौटा

Posted in गजल | Tagged | Leave a comment

कविता : टेरोरिज्म

~राजेन्द्र तारकिणी~ ओडारजस्ता भास्सिएका पेटबाट सिउँडी फुल्ने भीरजस्ता ओठबाट स्वप्नले आत्महत्या गरेको रित्ता आँखाका दहबाट या, कंकाल कलाकृतिजस्तो निग्रो बालकको हत्केलाबाट जन्मिन्छ भन्ठानेका छौ टेरोरिज्म ? महाशय, यो शताब्दीको टेरोरिज्म ह्वाइट हाउसको गोरो शुक्राणु

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : ‘मधुपर्क’ कथा विशेषाङ्कका कथाहरूको अवलोकन

~राजेन्द्र चोथाले~ प्रस्तुत लेख ‘मधुपर्क’ -२०६५ जेठ  मासिक, कथा विशेषाङ्कमा प्रकाशित कथाहरूको समीक्षामा केन्दि्रत रहेको छ । यसरी समीक्षा गर्दा प्रकाशनलाई आधार मानी कथाहरूको विवेचना क्रमशः उल्लिखित भएको छ । यहाा प्रकाशित सामग्रीलाई विधासिद्धान्त, कथाको सन्देश र सामाजिक प्रभाव एवं … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

पौराणिक कथा : बाबुको बूढ्यौलीसँग जवानी साट्ने छोरा

~सदानन्द अभागी~ अगेनाको अगाडि घिउ राख्यो भने पग्लिन्छ भने जस्तै मानव जाति जतिनै विद्वान हओस् ऊ भोग विलासबाट टाढा हुन सक्दैन । काम र वासनामा ग्रस्त मानिसहरू यतिसम्म लम्पट हुन्छन् कि तिनीहरूको कामनालाई पुरा गर्न न त धन, न त … Continue reading

Posted in पौराणिक कथा | Tagged | Leave a comment

कविता : मायालु…!

~सीमा आभास~ मेरो आँगनमा उसले घाम पठायो शीत पठायो खामभित्र चराको सुसेलीसँगै उसले गुनगुनाउने धून पठायो । म मौन बसेपछि छोडेर गयो मलाई उडाउन नसक्ने आँधी भनेर ।

Posted in कविता | Tagged | Leave a comment

कथा : परिबेश

~प्रभा पोखरेल ‘स्वेशा’~ लगातार परेको यो दिक्दारलाग्दो झरिले निथ्रुक्कै भिजायो उफ्! लुगा खोलेर झुन्ड्याउँदै म आफैं भुतभुताँउछु, “कति बर्षिन सकेको हो, बेला न कुबेला बर्षेको छ, बर्षेको छ, यसको के नै जान्छ र!!” म ओछ्यानमा चढेर सिरक भित्रै पसिदिन्छु। इमेल … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चुवाको फुल

~प्रभा पोखरेल ‘स्वेशा’~ हो, यो चुवाको फुलको बोट पनि मलाइ नै जिस्क्याउन आएजस्तो लाग्छ, काउकुति लगाउन आएजस्तो लाग्छ अनि मलाइ सपनाको, कल्पनाको दुनियामा नचाउन आएजस्तो लाग्छ। तिन तलामाथि म काममा खटेको छु, झ्यालबाट हरपल पलपल यहि चुवाको फुलले सुटुक्क चियाइरहन्छ, … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : हलेसीको ओडारमा लुकेका महादेव

~डा. तारानाथ शर्मा~ हाम्रो मातृभूमिमा विचित तीर्थस्थलहरु अत्यन्त धैर्यसाथ हामीलाई पर्खेर ठाउँठाउँमा बसेका छन्। ती तीर्थस्थलहरु मात्र पुग्न पाइयो भने नेपालको प्राकृतिक सौन्दर्यको अवलोकन त राम्ररी गर्न पाइन्छ पाइन्छ, त्यसका साथै हाम्रा विभिन्न स्थलमा बसेका बन्धुहरुको जनजीवनको पनि निकट परिचयले … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

समालोचना : आख्यान नारी, सरस्वती गिरीको कथा सङ्ग्रहः “उमेरको इन्द्रेनी”

~सगाेत्री आचार्य~ आख्यान नारीका रूपमा परिचित कथाकार, सरस्वती गिरीको कथा सङ्ग्रह “उमेरको इन्द्रेनी”हालै सार्वजनिक भएको छ ।यस कथा कृतिले मातृत्वको महिमा सम्बन्धि केही नविन जिज्ञासाहरू पैदा गरेको छ । साहित्यविद्, स्टेभ माराबोलीले, “आफ्नै कथाहरूको हिरो हुन सकेनौ भने तिमीले मानवतावादको … Continue reading

Posted in समालोचना | Tagged , | Leave a comment

लघुकथा : आँककुमारीको विवाह

~सदानन्द अभागी~ आनन्दमय जीवनको परिकल्पना गरिन्छ भने पति पत्नी बीचको सुमधुर सम्बन्ध नै एक उच्च कोटीको बाटो हो । यो उच्चकोटीको सम्बन्ध कायम गरी सृष्टिलाई निरन्तरता दिनको लागि विवाह पहिला नै केटा र केटीका अबिभावकले ज्योतिषी कहाँ गएर चिना हेराउने … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : लक्ष्मी संस्मरण

~आनन्द पौड्याल~ जन्मेर हुक्र्यौ जाँगर गर्यौ दिन र रातमा । हृदय खोली शब्द र वाक्य कलम हातमा ।। भाव नि असल आइ नै रह्यो चुरोट साथले । मुटु नै छुने सिर्जना दियौ दिमागी हातले ।। लक्ष्मीले सधैँ मनको भाव लेखेर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्भावना

~प्रणेश पाखरिन~ अँ म देख्दैछु अहिले तप-तप रगतको आँशु चुहाइरहेको आकाश अनि त्यही रगत भुईँभरी आहाल भइ निलीरहेको भुईँको उरवरता। दश नङ्ग्रा खियाइ

Posted in कविता | Tagged | Leave a comment