Tag Archives: nepali literature

गीत : फूलको के दोष र

~निर्मला राई परिवेश~ फुलेको फूललाई नजर लाग्छ फूलको के दोष र . फलेको रुखलाई झटारो लाग्छ फलको के दोष र . ………………….. खोई कहाँ हुन्छ दियो निभाउने त्यो बतास अदृश्य मान्छेलाई आफ्नै थाहा हुन्न केही जीवनको रहस्य

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : के छ खबर, हजुरको अचेल

~मिजास तेम्बे~ के छ खबर, हजुरको अचेल संबन्ध किन, दुरदुरको अचेल न राग मिल्छ, न ताल मिल्छ जीवनको धुन, बेशुरको अचेल

Posted in गजल | Tagged | Leave a comment

कविता : समुद्र ध्वस्त छाती र साँझहरु

~दीपा लिम्बु राई~ समुद्रको किनारामा हुत्तिदै आउने छालहरुसँगै आधि भिज्दै सधैं सधैं यी यस्तै साँझहरु ऊ समुद्र एक टकले हेरिरहन्छ । समुद्रको पारि क्षितिज कतै प्रेमिल अवशेष बाँकि छ ?

Posted in कविता | Tagged | Leave a comment

कविता : परिबन्धले बाचेको मान्छे

~सुनिता सोयोङ राई~ जुन कुराको जरुरी थियो त्यो मसंग छैन माया गर्ने मान्छे सबै आफ्नो मान्छे होइन फरक यति छ आफ्ना र पराया संगका नाताहरु अटुट होलान तर रगतले एक छैनन् ती सम्बन्धहरु कसैलाई सेवा गरुन्जेल पाएको माया के माया … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : समय र भोगाई

~देवेन्द्र खेरेस~ समय: हावा हो, संधै उडिरहन्छ समयः पानि हो, सधै बगिरहन्छ समयः जीवन हो, सधै बितिरहन्छ समयः कि के हो ? समयः कि सप्पै हो ? समयको फेद र टुप्पा नभेटेपछि एकदिन बित्यो, भन्थे दुइदिन बित्यो, सोच्थे तर, युग … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : फलानो गाउ जाने बाटो सोधिरहेका गोर्खालीहरु

~दयाकृष्ण राई~ थेम्स नदीको तीरै तीर छाती भरि पीरै पीर बोकेर हिडिरहेका हामी गोर्खालीहरु खडेरीले मुहान सुकेर कमिलाको ताँती हिडन लागेको बागमती नदीको यादमा आँसु बगाई रहेका छौं । नेपाल आमा ! बरु यो आँसु र पसिना उतै बगाउन पाएको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अब्दुल्ला कुर्दिस

~गणेश राई~ धिक्कार छ म बाँच्नुको निरन्तरता यही धरतीमा जहाँ चुँडियो गुलावजस्तो सुन्दर आय्लान मेरो मुटुको फूलबारिबाट धिक्कार होस् यही संसारसित कुनै चिज मैले माग्नु

Posted in कविता | Tagged | Leave a comment

अनूदित बालकथा : टिनको दरो सिपाही

~एच सि एन्डरसन~ अनुवादकः शान्तदास उहिले – उहिलेको कुरो, त्यस बेला एक बीस र पाँच गरी जम्मा पच्चीस जना सिपाहीहरू थिए । ती सबै एउटै टिनका पाताबाट बनाइएका थिए, भनौं तिनीहरू सहोदर दाजुभाइ थिए । प्रत्येक सिपाहीले बन्दुक बोकेको थियो … Continue reading

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

गजल : नयन अश्रु दाग लुकाइ

~रमेश भट्टराई ‘सहृदयी’~ नयन अश्रु दाग लुकाइ हाँसो बाहिरी देखाएर भाग्य रेखा टुक्रिएको जीवन गीतलाई लेखाएर सोध्छन् साथी ‘के छ खबर ?’ भन्छु, राम्रो चलिरा’छ

Posted in गजल | Tagged | Leave a comment

कविता : सानो पोखरी

~सदानन्द अभागी~ म सानो माछा मेरो सानो पोखरीको बास प्रकृतिक सौन्दर्यताको भण्डार विश्व उच्चताको ठूलो पर्वत पूण्य सलिलाको पवित्र जलले सिँचित विश्व बन्धुत्वको भावनाले भरिएका मेरो पोखरीमा बसेका माछा विविधतामा एकता

Posted in कविता | Tagged | Leave a comment

कथा : कान्छा जा त्यो बुटो काट्

~देबेन्द्र बस्याल~ कान्छा कान्छा भनेर एकोहोरो बुवाले एकाबिहानै बोलाउनु हुन्छ । म न्यानो बिस्ताराबाट आँखा मिच्दै हत्पती बाहिर निस्कन्छु । बुवाको आवाज रोकिन्छ । मैले बाहिर हेर्छु, भर्खर दिशाफाट्न लागेको हुन्छ, पूर्वमा बिहानीको रातो लाली निशानी बसेको छ । पारी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : मुखरनहरू वाणीका

~तेजेश्वरबाबु ग्वंगः~ नभनी सुखै हुन्न । भन्नैपर्ने हुन्छ । मान्छे के हो ? प्रश्न पसारिन्छ । भन्न मन लागिदिन्छ । भनिहाल्छु । मान्छे, आखिर कौतूहल त रैछ । कौतूहल एक प्रवल इच्छा । प्रवल इच्छा-उत्सुकता । उत्सुकता-उत्कण्ठा । उत्कण्ठा कुनै … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

संस्मरण : बमको छर्रा बोकी मरुभूमितिर

~अनुपम ‘नवोदित’~ एउटा सुन्दर सपना बोकेर ‘जनयुद्ध’को बाटोमा हिँडेको पनि वर्षाैं बितेछ । जिन्दगीको किशोरवयमा मुक्ति र मृत्युको शपथ खाएको पनि हिजै जस्तै लाग्छ । ती आँधीमय दिन सम्झिँदा आज पनि हृदयको एउटा कुनामा पिलो झैँ दुख्छ । मानसपटलमा ती दृश्य क्यामेराको रिल … Continue reading

Posted in अनुभूति, संस्मरण | Tagged | Leave a comment

कथा : अभिनय

~जीतबहादुर कटुवाल~ संसारका अनेकन मानिसका भीडमा मधुरा नक्षत्रजस्तै पिलिक्क पिल्पिलाउने राजदेवको पहिचान कलासँग गाँसिएको छ । उनी कलालाई पूजा गर्छन् । अभिनयलाई प्रेम गर्छ । नाटक उसको रुचि क्षेत्र हो । राजदेव उत्साहका साथमा नाटकमा अभिनयका लागि गइरहेका छन् । … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कमरेडको जुत्ता

~यकिना अगाध~ युद्धको समय थियो कमरेड युद्धको परेडमा लामबद्ध थियो । मेरै गाउँ भएर विजयको यात्रा उँभो लागेको थियो । मेरा बाबाको चिरापरेको नाङगो पैताला देखेर आफ्नो खुट्टामा रहेको मनपरेको एकजोर चप्पल कमरेडले उपहार दियो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आफ्नै परिभाषामाथि प्रश्न चिन्ह

~कृष्ण बाउसे~ जब म बाटोमा ओहोरदोहोर गर्छु मेरो स्पर्शमा आउँछ एकातिर सधैँ सबैलाई जीवन बाँड्दै हिँडिरहेको निश्चिन्त हावा र अर्कातिर सधैँ चिन्तामा डुबिरहेको एउटा मान्छे । जब म बाटोमा ओहोरदोहोर गर्छु मेरो कानमा पर्छ

Posted in कविता | Tagged | Leave a comment

अनूदित बालकथा : सानी जलपरी

~एच सि एन्डरसन~ अनुवादकः शान्तदास धेरै पर समुद्रमा पानी आकाशभन्दा नीलो र ऐनाभन्दा सफा छ, तर, त्यो ठाउँ यति गहिरो छ कि कुनै पनि पानीजहाजको सबैभन्दा लामो लङ्गरको डोरीले पनि त्यसको पिँध भेटाउनसक्तैन । संसारका थुप्रै धरहरालाई एकमाथि अर्को खप्टयाएर … Continue reading

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

कथा : तिमीलाई धेरै झपार्नु छ

~राजेन्द्र चोथाले~ तिमीलाई धेरै झपार्नु छ । मिले गालामा दुई-चार थप्पड पनि हान्नु छ । तिमीलाई अरूसामु मेरोबारे बोल्नु के खाँचो, मैले त तिम्रो बारेमा कसैसँग कहिल्यै नराम्रो उच्चारण गरिन बरु तिम्रा गल्तीहरू छोप्दै, बदनामीहरूमा नामको पर्दा हाल्दै सधैँ नै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : फूल

~शिव अधिकारी~ फूल हो सिर्जना विन्दू धर्तिको मन मोहिनी खोलिएको मिठो हाँसो फूलैको बासना पनि हास्नु हसाउनु पर्ने किन हो यो फूली फूली के कर्तव्य गरिराख्ने फूलले जिवनी भुली किन फूल्दछ यो फूल कस्को लागि फूति रह्यो फूलले पाउने के … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मन्दिर हेर

~छविलाल खड्का~ जुन मान्छेले बनायो, मन्दिर हेर उस्कै लागि भो निषेध, मन्दिर हेर । श्रम चलेछ चलेन, पानी र जात कस्तो रहेछ उसको, तक्दिर हेर ।

Posted in गजल | Tagged | Leave a comment

कविता : म फूल हूँ

~भरत खत्री~ म गुलाफको कोपिला हूँ टिप्ने कोसिस नगर्दा हुन्छ म गुलाफको फूल हूँ, च्यात्ने कोसिस नगर्दा हुन्छ धेरैले सजाय मलाई

Posted in कविता | Tagged | Leave a comment

कथा : सपना !

~आचार्य निश्चल~ ‘म साँच्चिकै भाग्यमानी छु प्रमोद, तिमी जस्तो यती धेरै ख्याल गर्ने समझदार प्रेमी पाउनु मेरो अहोभाग्य हो ।’ शहिदशुक्र मा.वि.निर पुगेपछि सपनाले मेरो कान मै आएर भनि ‘यसको लागि म भगवानसँग कृतज्ञ छु ।’ नजिकै एउटा मन्दिरमा ढुगांरुपी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नयाँ वर्ष

~शिवप्रसाद गौतम~ यहाँ मान्छेबाट मान्छे दुख्न छाडेका छैनन् सोझो चिताउनेको यहाँ भलो हुन सकेको छैन उहिल्यै सतीले सरापेको श्र्राप रही रहेकै छ यहाँ । एउटै मुलुकमा एउटै नियम कानुनमा जाली फटाहाहरू

Posted in कविता | Tagged | Leave a comment

गीत : घाउ दुखेपछि रोएँ

~राजेन्द्र चोथाले~ तिमीले दिएका घाउ दुखेपछि रोएँ मायाको समुद्र सुकेपछि रोएँ | आफ्नै जीवन लाग्छ आफूलाई गाली

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : लाशलाई ढलाई देऊ बरु

~बज्रकुमार राई~ जिउँदो यो लाशलाई ढलाई देऊ बरु, चिन्तामाभन्दा चितामा जलाई देऊ बरु न मरीहाल्न सकें न त बाँचेको नै छु, आउ यो भौतिक शरीर बलाई देऊ बरु

Posted in गजल | Tagged | Leave a comment

कविता : झर्न बाँकी पातहरू

~राजेन्द्र तारकिणी~ समयले एउटा पात खसाल्यो ! (कि या, मान्छेले जबरजस्ती झा¥यो समयको रूखबाट ?) पुरानो रङ्गको आफ्नै अनुहार च्यात्यो समयले र, रगतजस्तै जमिसकेको नालीमा फाल्यो अर्को नयाँ तेजिलो रङ्गको अनुहार उसले लामो हात तानेर टिप्यो क्षितिजबाट र, च्यातिएको ठाउँमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पाेष्टमाेर्डन एपिक

~डा. विदुर चालिसे~ जनैपूर्णिमाका दिन लैला मजनूहरू नाचिरहेथे पाेष्टमार्डन एपिकहरूसँग विविध बान्कीका मधुर गीतले भ्रमपूर्ण मस्तिष्कका चेतनामा मेरा नायकत्व सिथिल हुन्थे प्रत्येक चरित्रका अायामहरूमा !

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : नेपाल सुन्दर शान्त विशाल

~श्रीधर खनाल~ विश्वमा सबभन्दा कुरूप र सबभन्दा गरिब मानिस पाइने औधी राम्रो र अचाक्ली धनी एक मात्र देश नेपाल हो । यसमा आफ्नो बाउ साछी राखेर सही गर्न तपाईंलाई कर लाग्छ । यहाँको तराईका समथर, पहाडी भेकका उपत्याका, तरेली परेका … Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

संस्मरण : बद्री सर र किताप सरको नाममा

~अविर खालिङ~ बिहानै उठेर नुहाइसकेको छु म । ह्रदयभरि एउटा व्यक्त गर्न नसकिने खुशी सल्बलाईरहेको छ। मित्र डम्बर थापा (शिक्षक , बिरपाड़ा नेपाली उच्चतर विद्द्यालय) लाई पनि मेरो हतारो खनाइदिएको छु।कुन्नि कस्तो बालकहरूको जस्तो छटपटीले मेरा पलहरू असहनीय भएका छन … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : अंग्रेजी नयाँ बर्ष

~रेखा पन्त~ इन्बक्स शुभकामनाले भरिभराऊ थियो l फेसबुक र ट्विटरका भित्ताभरी नयाँ बर्षका रंगीन पोस्टहरू ! पल्टाएर हेरे भित्तेपात्रो आज वैशाख एक गते पक्कै थिएन जनवरी एक तारिख पो रैछ ! निराशाका चैते खडेरीलाई

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : यो देश यसै चलेको छ

~दयामोहन आचार्य~ कोही हात्ती घोडा चढेको छ कसैको गोडा गलेको छ सिमामा जङ्गे पिल्लर सरेको छ कहिले खैजेडी कहिले डम्फू बजेको छ चौतारी गफले गलेको छ

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : सपना देखायौ

~जे‍ पी लम्साल~ अरे वा ! क्या स्मार्ट सपना देखायौ के कारणले मायामा तिमि भोकायौ कलेज अनी स्कुलमा संगै थियौँ हामी मायाका कुरा भनि कहाँका नयाँ लिपि घोकायौ

Posted in गजल | Tagged | Leave a comment