Tag Archives: nepali literature

हामी धृतराष्ट्, हाम्रो देश धृतराष्ट्र्

~विनोद रोका~ हामीलाई, मान्छे र परिवेश चिन्न संजयका आखा चाहिन्छन त्यसैले हामी आफ्नो घर,परिवार र सेवक बाहेक अरुलाई चिन्दैनौ। कथंकदाचित चिन्ही हाल्यौ भने पनिर् इष्र्या वा डाहाले कसैलाई भन्दैनौ। हाम्रै संस्कारबाट बनेको हाम्रो देश धृतराष्ट भन्दा फरक छैन, त्यसैले देशमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नदेख नलेख भन्नेहरु

~होमर श्रेष्ठ~ ए नयनलाई नदेख भन्नेहरु ए कलमलाई नलेख भन्नेहरु खै म हजुरहरुलाई कुन भाषामा सम्बोधन गरुँ ! हिउँदको बर्फिलो मौसम जमेको खयरमसी वासन्ती उत्सवसँगै पग्लिएको छ तरङ्गित भइरहेछ श्वेत कागजमा लाखौँ सशक्त वर्ण बनेर

Posted in कविता | Tagged | Leave a comment

गजल : सम्झनामा रोइदिन्छु

~इन्दिरा चाम्लिङ्ग~ जति बग्छ बगोस आँसु सम्झनामा रोइदिन्छु मनभरिका पीडा आज आँसुले नै धोइदिन्छु तोडिदैनन् वाचाकसम, मोडिदैनन् बाटाहरु सत्य-सत्य म आगो पनि छोइदिन्छु

Posted in गजल | Tagged | Leave a comment

कविता : आन्दोलन अनि आकृति

~मोती चाम्लिङ~ धूर्त मान्छेले कांढी दोहोलो निर्धाहरुको कुर्शी बुर्कुसीको एउटा नाटक नियाल स्तब्ध लाश पडिरहेको सन्नाटामा मुस्कानका सप्तरंगी अट्टहासहरुलाई हेर नथामिदै अश्रुमा भेलसरी नयनको

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : मोर्चै मोर्चाको मुलुक

~मनोज गजुरेल~ माओवादी मोर्चै मोर्चाको भिडमा थप केही मोर्चाहरु प्रस्ताब गरेको छु । नेपाल व्राम्हण मुक्तिमोर्चा अन्तराष्ट्रिय छेकुवा (छेत्री-कुमाईं-वाहुन) मुक्तिमोर्चा राष्ट्रिय जनै मुक्तिमोर्चा अखिल नेपाल यौनकर्मी मोर्चा बिद्रोही सिपाहीं मुक्तिमोर्चा

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : नारी

~पुरुषोत्तम सुवेदी~ शुगन्धले भरीपूर्ण छेउ तिमी हर पल दुर्गन्धमा मडारियकी छेउ तिमी पल पल मुर्ख लाई अमृत बांडेकी पनि छेउ तिमी सत्जनको दोहोलो काढेकी पनि छेउ तिमी

Posted in कविता | Tagged | Leave a comment

कविता : सिनाबुङ सुनामी नृत्य

~टंक वनेम~ सगरमाथाको नाङ्गो शरीर सिन्ध नदीको क्रोध र हाइड्रोजन साइनाइटको वारुदी गन्ध विज्ञानको यथार्थ भूमिमा उमारिएको सभ्यता जहाँ कोपारिन्छ प्राकृतिको सुन्दरता रमाउँदै मनाइन्छ

Posted in कविता | Tagged | Leave a comment

गजल : फेरि रोएँ

~अन्जु अञ्जली~ सम्झिएर रोएँ आज दुःखेर फेरि रोएँ झर्दा झर्दै आशु सगै डुबेर फेरि रोएँ बिदाईमा रुनु हुन्न सम्झाउदै बाटो लाग्यौ मन न हो एकान्तमा लुकेर फेरि रोएँ

Posted in गजल | Tagged | Leave a comment

गीत : कहाँ मेरो संसार

~नरेश नाति~ कहाँ तिम्रो संसार कहाँ मेरो संसार जीउने हाम्रो जिन्दगी उस्तै नै कहाँ छ र तिमी माथि आकाशमा उडी हिड्ने चरी मेरो जीवन वतासमा पात उडे सरी

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : माग्ने झोला

~चोक गुरुङ~ झोला मेरो माग्ने भाडो झोला मेरा छाक टार्ने भाडो टन्न भरी झोला बोकेर र्पासल बाड्दै हिड्ने भाडो एक देश देखि अर्को देश एक ठाउँ देखि अर्को ठाउँ

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : ब्रम्हादेवलाई लखेट्ने कुर्सी

~यकिना अगाध~ नेपाल देशमा राजनीतिक परिवर्तनसँगै राजनैतिक शक्तिको आडमा संस्थागत रुपमा भ्रष्टाचार मौलायो । जनताहरु वेचैन हुन थाल्यो । चुनावैविच्छे सत्ताधारीहरु परिवर्तन भए, तर सबैको व्यवहार एउटै रह्यो । आफू वरिपरिकोलाई पोस, आफू मोटाउ, विपक्षीको जरा उखेल, बस्, अरु त … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : सम्बन्ध

~जीतबहादुर कटुवाल~ सदियौँदेखि तिमी र म कुम जोडेर असल मित्रताको अभ्यास गरिरहेका छौँ । हातेमालो गरेर सहअस्तित्वको बिउ छरिरहेका छौँ । तिमीलाई दुख्दा मेरो नयनबाट अश्रुपात हुन्छ ।

Posted in कविता | Tagged | Leave a comment

गजल : मस्तैसँग पिएँ प्यारी

~सदानन्द अभागी~ सुधारस मिल्न गयो मस्तैसँग पिएँ प्यारी यो जीन्दगी के नै छ र तिम्रै लागि जिएँ प्यारी प्रेमिकाकै कारणले नेपाल आज बन्द थियो टेक्सी खर्च बच्न गयो पैदल बाटो लिएँ प्यारी

Posted in गजल | Tagged | Leave a comment

कविता : बलेको आगो ताप्ने

~कुबेर काका~ १ बलेको आगो मात्र ताप्ने ए महत्वाकांक्षीहरु ! चिताको आगोमा दन्दनी बल्दै गरेको लासले तिमीलाई आगो ताप्नका लागि बोलाई रहेछ चिताको आगो तापेर त हेर ।

Posted in कविता | Tagged | Leave a comment

छविलाल खड्काका तीन मुक्तकहरू

~छविलाल खड्का~ १ पैसा भए बैंश कति झिलिमिली यो शहरमा बैंश भए पैसा फल्छ झिलिमिली यो शहरमा लिलामी चढ्यो कौडीको भाउ बिक्रीमा छ बदन छैन पैसा गयो बैंश लिलिबिल्ली यो शहरमा । २ धेरै थिए यो मनभित्र बस्न खोज्नेहरू

Posted in मुक्तक | Tagged | Leave a comment

अनूदित थारू भाषी कथा : चरित्र

~डा. टीकाराम पोखरेल~ अनुवाद : माेती राम चाैधरी `रत्न´ ‘तै छिनारी बटे ।’ विराज जोरसे बाेलल । ‘का ? का िछनार काम करनु मै ?’ ढिरेसे पुछ्ली सानु ।‘और मुहेमुहे लागटे?’ विराज आपन आवाज बर्हाइल। ‘ढेर बोल्ले नै हु, पुछटु … Continue reading

Posted in अनूदित कथा, थारू कथा | Tagged , | Leave a comment

कविता : नगरिएको प्रेम

~श्रवणकुमार ढुंगना~ गरीबका त्यति ठुला सपना के नै हुन्छन र? एकमुठ्ठी गास, तीन हात बास र एकसरो कपास ! कुरा सुनेर तिमी हास्छौ मेरो त मन्दिरको देउता सँग भाक्ने पनि त्यहि राजाको दरबारमा माग्ने पनि त्यहि ।

Posted in कविता | Tagged | Leave a comment

कविता : एमसीसी= मलाई चिन्ता छ

~प्रकाश सापकोटा~ मलाई कसैले सोधे एमसीसीको पूर्ण रुप म भन्छु- मलाई चिन्ता छ सहयोगको सहनाई बजाउँदै शान्त सहरमा साम्राज्य जमाउन, स्वाभिमान र स्व-अस्तित्वमा सुस्त-सुस्तरी अंकुश लगाउन

Posted in कविता | Tagged | Leave a comment

गजल : सानी भनि सताउँछ

~रेखा पन्त~ कैले काली कैले सानी भनि सताउँछ ए!प्यारी दिलकी खानी भनि सताउँछ उर्वर्शी र तिलोत्तमा परिहरुमा देख्दा नजर नजानी भनि सताउँछ

Posted in गजल | Tagged | Leave a comment

कविता : ऊ बौलाहा नै हो

~तिर्थराज जोशी~ राक्षस जस्ता आफन्तले उसलाई देउता लागेको भनेपनी वा देउता मानिने मान्छेले उसलाई भुत लागेको भनेपनी यसो भनेपनी उसो भनेपनी जे भनुन् तिनिहरु ऊ बौलाहा नै हो।

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : आगो

~डा.मेघराज ढकाल~ आगाको घर हो कतातिर भनौँ हो माइती हो कता ? बाबा सूर्य थिए र ताप उनको रन्किन्छ ज्वाला यता पग्ल्यो झोल बन्यो छुट्यो नियतिले जो सौर्यपिण्डै भने लप्का चट्ट खसी पदार्पित हुँदा पाखा र डाँडा बने । १ … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : लौखातन्त्र

~महेश ‘मौन’ जी क्षेत्री~ कोरे पत्र अभिवादनको रतन्धोलाई जो पिलाउँदै थियो दूध सर्पलाई वरदान र अभिशाप नचिन्ने अन्धो मुस्लो ओडेर ढुङ्गा प्रहार गदैै थियो ज्यानमारा मुर्दाको बारीमा

Posted in कविता | Tagged | Leave a comment

कविता : बुख्याँचा

~अजित क्षेत्री~ धेरै पहिले हातमा मसाल र लाठी लिएर अनिदो पहाडमा जम्मा भए एक हुल बुख्याँचाहरू र,त्यो बुढो घरमा हमला गरे आगो लगाए नारा लगाए जिन्दावाद मुर्दावाद भीड जम्मा भयो भीडमै मिसिएँ म पनि ।

Posted in कविता | Tagged | Leave a comment

लघुकथा: चुनौती

~डा बच्चु कैलाश कैनी~ शनिबारको दिन, लण्डनको चिसो मौसम र सबैको व्यस्त जिन्दगी । आजकलको भैतिकबादी संसारमा काम, परिवार र समाजको लागि दिनु पर्ने समयबाट केही समय निकालेर लण्डनको व्यस्त जिन्दगीमा अध्यात्मिक प्रवचन, ध्यान, योग र सत्संगको लागि हाम्रो जमघट … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

छोक : उनको डर

~गोरख पाण्डे~ उनी डराउँछन् के सित डराउँछन् उनी सम्पूर्ण धन-दौलत गोला-बारूद पुलिस-फौज हुँदा हुँदै ? उनी डराउँछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : टाइगरको पीर

~ललित राई~ साह्रै ठूलो र डरलाग्दो त छैन हाम्रो टाइगर अनुहारमा कालो अरू भागमा फुस्रो छ, स्यालफुस्रे।

Posted in कविता | Tagged | Leave a comment

कविता : शहिदको नाममा

~दीपा राई~ घरि घरि आफ्नै माटोमा परायपनको खीलले च्वास च्वास घोचिरहने यो मुटु छ हामी यता पुसको ठिहीमा टुलु टुलु आखाले ब्ल्याङकेटको न्यानोभित्रबाट चियाउछौ, सास फेर्नु पनि गाह्रो हुने ठिही छ, यतिबेला उता सिमानामा सास ओठबाट झर्दै फ्रीज हुने कठ्याङ्ग्रीने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बुख्याँचा को जग्गामा खुशीका जराहरु

~डा.मधु माधुर्य~ भूत तर्साई रहेछ वर्तमान मुखुण्डो ओढेर आज्ञात भविष्यको… समवेदनाविहिन “बुख्याँचा ” हामी निर्भिक देखिरहन्छौँ …. “म” मा खसेर बिलाउन नसकेको म हामी बनेर फेरी फुटिरहेछु “बुख्याँचा” धर्मको टेक्नोसेन्टरमा यसरी दुर्घटनाग्रस्त छु … भगवानले आफुलाई ऐनामा हेर्दा मान्छे देखेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : निष्कर्ष

~अजय पन्त~ ओहो ! यो कस्तो ओझेलमा परेको म कसका जाउँ कसलाई छोडुँ कस्तो बाध्यतामा परेको म चाहिने दुवै मलाई जीवनको हरेक मोडमा जिउने कुनै आधार छैन दुवैको विछोडमा

Posted in कविता | Tagged | Leave a comment

गीत : आँखैमा सपना झस्के

~राजेन्द्र चोथाले~ आँखैमा सपना झस्के घाऊ पुराना बिउँझेर चस्के | नसोचेर रुनुपनि पर्लाकी भोलि लगाए है चाहनाले रंगीन चोली

Posted in नेपाली गीत | Tagged | Leave a comment

अनूदित बालकथा : राजकुमारी र केराउको गेडा

~एच सि एन्डरसन~ अनुवादकः शान्तदास एक जना राजकुमार थिए । उनी राजकुमारीसँग बिहे गर्न चाहन्थे । तर उनले बिहे गर्ने राजकुमारी साँच्चैको राजकुमारी हुनु जरुरी थियो । सक्कली राजकुमारी खोज्न उनी संसारभरि घुमे । तर खोजेजस्ती राजकुमारी भेट्टाउन सकेनन् । … Continue reading

Posted in अनूदित कथा, बाल कथा | Tagged , | Leave a comment

कविता : लाहुरी भैंसीको कथा

~रक्ष राई~ फनक्कै सिङ्ग घुमेको लचक्कै ढाड लच्केको गमक्कै चांक फुकेको टमक्कै फाँचो कम्लाएको यति न हो मेरो हुलिया नाथे, म लाहुरी भैंसी! मेरो मास फेरिनु कता हो कता !

Posted in कविता | Tagged | Leave a comment