Tag Archives: nepali literature

कविता : आमाको गुन्युको थाङना भित्र देखेको सपना

~दयाकृष्ण राई~ म आमाको गर्भबाट यस धर्तीमा पदार्पण गर्न बित्तिकै प्राकृतिक रीत अनुसार रुनु बाध्य भएँ जन्मनु बित्तिकै को हाँसेको छ हँ ? रुनु नै त जिन्दगी रहेछ । आमा तिमीले बुबु खाउ बुबु भन्दै

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : बाध्यतावाद

~विक्रम सुब्बा~ मैले पनि एउटा साहित्यिक आन्दोलन प्रतिपादन गर्नु पर्‍यो भन्ने सोचेँ । सोचेपछि निस्किँदो रहेछ । सिद्धान्त निकालेर नाम राखेँ “बाध्यतावाद” । अब त्यसलाई सैद्धान्तिकीकरण गर्न थालेँ । जसरी पिएचडी गर्नेले पहिले दिमागमा पिएचडी गर्छ र त्यसपछि प्रोफेसरले दिएको … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : च्यातिएका गरिबीका पुरानो बर्कोहरू

~राजबाबु श्रेष्ठ ‘सागर’~ म सोंचिरहेछु पुर्पुरोमा हात राखेर आगो निदाएको दिन के हुन्थ्यो होला ? शायद, उदधि क्षितिजमा उदय हुन्थ्यो होला अनि नदीमा आगो छलाङ्ग मार्दै कहिले कर्णाली त कहिले कोसीको बगर-बगर हप्दा उठाउँदै हिन्थ्यो होला हप्ता न दिए हनुमानले … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : लालबुक जीवन

~गणेश राई~ रातो रगतको आवरणभित्र सोझो सिपाहीका इमान्दार पङ्तीजस्तो लहर ठड्याइएको छ अक्षरहरुको पर्खाल प्लास्टर गरिएको छ चिल्ला शव्दहरुले भित्ता कोठाको बिचमा झुण्डाइएको छ रङगीन पासो सिपाही जिन्दगीको हुकुमी कारागारभित्र

Posted in कविता | Tagged | Leave a comment

कथा : अमेरिकी स्वास्नी

~डा. एकप्रसाद दुवाडी~ मानवले सुनेको थियो नेपाल जति सुन्दर देश संसारमा कुनै छैन तैपनि नेपाल सुनको कुर्सीमा बसेर सुनको कचौरामा मागिरहेछ। अनि नेपाली जति असल मानिस अरु कहिँ पनि हुँदैनन्। उसो भए दैनिक हजारौ नेपाली किन विदेश भासिन्थे त? उसलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : गरुडपुराणले अर्थ्याएको जीवनचक्र

~सदानन्द अभागी~ हाम्रा धर्म ग्रन्थहरूले भनेका छन् कि संसारमा उद्भिद (वृक्ष, लता, गुल्म आदि)को रूपमा पैदाहुने, स्वेदज–पसिनाबाट पैदाहुने (जुम्रा,उडुस आदि) अण्डज–अण्डाबाट पैदा हुने (पंक्षी आदि) र जरायुज –गर्भासयमा रहेर जन्मलिने जीवहरूको सृष्टि ब्रह्माजीले गर्नु भएको हो । यो क्रममा स्त्री … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

छन्द कविता : थोपा

~डा.मेघराज ढकाल~ छन्द : अनुष्टुप् न गन्न सकिने यस्तो न मोल तोल नै छ यो बर्तुलाकारको बिन्दु थोपा भन्ने जनाइयो आकारमा छ यो सानो मोल मूल्य ठुलै भयो कसरी बन्छ यो भन्दा ? मिहिनेत भयो अहो ! १ साहित्यकारको सीप … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : छोडे मैले आज

~वाग्ले प्रकाश ‘बगर’~ महलको स्वप्ना, छोडे मैले आज हृदयको बाग, तोडे मैले आज रहरै रहरमा, प्रदेश आए पिताको पहल, गोडे मैले आज

Posted in गजल | Tagged | Leave a comment

गजल : मिलाएरै हेर

~राधा वाग्ले~ लुकि छिपी हेर्छौ किन मिलाएरै हेर जुनि जुनिको भरोसा दिलाएरै हेर । बैँश फुल्दा प्रेम प्यासले तिर्खाएको दिलमा मायाको मात कति लाग्छ पिलाएरै हेर ।

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : साहित्य र राजनीति

~कुलचन्द्र वाग्ले~ नेपाली साहित्यमा अत्यन्त चर्चित विश्वेश्वरप्रसाद कोइराला राजनीतिमा वीपी कोइराला नामले सम्बोधित हुनुभयो । समाजवादी चिन्तक र आधुनिक प्रजातान्त्रिक चेतका अग्रणी वीपी जयन्तीको महिना भदौमा शून्य-सर्ग अन्तर्गत साहित्य र राजनीति शीर्षक दिएर यो आलेख तयार हुने सुखद संयोग मिल्यो … Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : बिदेशबाट श्रीमतीलाई चिट्ठी

~डम्बर पौडेल~ समुन्द्रको छाल जस्तैः , तरंग भो मन बिबसताले बाधी ल्यायो , के गर्नु लौ भन ? छाती चिरी देखाइदिन्थे , मुरी मुरी माया निदाउदा नि सपनिमा , देख्छु तिम्रै छायाँ |

Posted in कविता | Tagged | Leave a comment

कविता : पैताला पुकार

~आर.बि. निश्चल~ पूजनीय ब्राह्मण देवता ! साष्टाङ्ग दण्डवत ! माफी चाहन्छु- धृष्टताको निम्ति अनि, दुस्साहसको निम्ति मनभरी गुम्सिएका अनन्त पीडा र अथाह व्यथाहरू दबाएरै राखिरहूँ भन्दा-भन्दै पनि शान्त महासागरमा अचानक ज्वार उठेझैँ मनको बाँध फुटाल्न खोज्दैछन् भावलहरीहरू ! र, सुनामी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पुरुषार्थ

~सुमित्रा थापा कार्की~ यता एउटी आमाले छोरा जन्माईन महान बनिन् उता अर्कि आमाले छोरी जन्माईन अपमान बनिन् आखिर आमा नै बनिन् “महान, अपमान” यहि महान रअपमानको भरिलो कोखबाट जन्मियो “पुरुषार्थ ”

Posted in कविता | Tagged | Leave a comment

कविता : यौटा प्रेम कविता

~मनप्रसाद सुब्बा~ समयको सडक हिँडदा हिँड्दै एकछेउ डिलनेर बसेर हामीले जे जति कुराहरू गर्यौँ ती कुराहरू दन्त्यकथाका मधु-मालतीले बात मारेका होइनन् ती त हामीले बाँचेका क्षणहरू हुन्

Posted in कविता | Tagged | Leave a comment

कविता : तरुनी रात

~केदार श्रेष्ठ~ ओइलाएको सूर्य दिनभरिको थकाइले क्षितिज पर-परको सागरमा जब बिलाउँछ तब झ्याँउकिरीको झन्झटिलो अवाजसँगै जंगलतिरबाट निस्कन्छन् हाप्सीला,

Posted in कविता | Tagged | Leave a comment

कथा : उपहार

~महेश पौड्याल~ नयाँ ठिमीपारि, हनुमन्ते बगरको ब्रहमनगर टोलमा विगतको एक दशकमा रैथाने कम र बाहिरबाट आउने मान्छे बढी भेटिन्छन्। चारआना, पाँचआना जग्गा किन्दै घर बनाउँदै गर्नेमा पश्चिम अछामदेखि पूर्व झापासम्मका मानिसहरू छन्। भिन्नाभिन्नै जिल्लाबाट आएका, भिन्नाभिन्नै रहनसहन र चालचलनका मान्छे … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : अमूर्त दुःख

~गोपाल विरही~ ‘मृत्युपछिको अभिव्यञ्जन’मा बालकृष्ण समले आफू मरेपछिको परिस्थिति चित्रण गरेका छन् । मरेपछिको शून्यको अवस्थामा समलाई केही दुःखेको छैन, केही बिझेको छैन । बौद्ध शून्यमा उनका दुःखहरू बिसाइएका छन् । भौतिक नभएर मरेका सम अभौतिक वा चेतन-शून्य स्थितिमा छन् … Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : अन्त्य कि सुरुवात ?

~प्रदीप चापागाईं~ लास मुर्दा गयो,बित्यो सकियो कानेखुसीहरु एक हुल सयौं आँखाहरु फूलका गुच्छाहरु अनि अबिर गोबर,अनी लिपिएको भुईँ

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : टोपीटाले भेट्न खोल्सी !

~युवराज नयाँघरे~ कर्णाली तरेँ बल्ल आज ! हुम्ला कर्णालीका किनारैकिनार हिँडेको यतिका दिनपछि आज तर्ने मौका मिल्यो । यो नदीका छालले छोएथे । यसका बाछिटाले हिर्काएथे । यसका लहरले हृदय तानेथे । यो नदीका सङ्ला तरङ्गले मलाई डाकेथे । सेतो, सङ्लो खोला । धारिलो र चिसो लहर … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

दिल पौडेलका चार हाइकु

~दिल पौडेल~ जागिर जिरा र नुन महिनावारी टार्ने विरही धून । प्रशासन ऐन-कानुन चाचाचुचे आदेश सधैं मानुन ।

Posted in हाइकु | Tagged | Leave a comment

गजल : उस्तै उस्तै

~तृष्णा योञ्जन~ लगाउँदिन माया भन्दा बबाल उस्तै उस्तै आँफै दिन्छौ धोका अनि सबाल उस्तै उस्तै मन बहकाउने साथी अर्को नभेटुन्जेलसम्म

Posted in गजल | Tagged | Leave a comment

कविता : तिन दसक देखी

~बैरागी जेठा~ तिन दसक देखी आजसम्म कबिता लेखिरहेछु विस्मित भएर कहिलेयै लेखिन म फैलिएको देखेर उसले मलाइ सिफलको रुखमा

Posted in कविता | Tagged | Leave a comment

कविता : सुखमा साथ थिएँ

~सुदर्शनविक्रम राणा~ सुखमा साथ थिएँ, टाढा भएँ पीरमा । ग्लानी हुन्छ आफैलाई, गुहार दिन नसक्दा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : जाडो, कोलम्बस र साम्राज्य

~देवेन्द्र खेरेस~ हिँउदको याम जाडोको आगमन् मुटु काँप्ने चिसो सुनसान फुटपाथहरू दिउँसै अधेरो साम्राज्य काइनेटिक सहर घर घरमा बन्दि जीवन वाँचेका मानिसहरू रमाउँछ वारमा

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : विश्लेषणत्मक महाकाव्य ‘तपस्विनी’

~प्रभा कैनी~ अजम्बरध्वज खातिद्वारा लिखित ‘तपस्विनी’ महाकाव्य बजारमा आएको छ । पाल्पामा जन्मेर बुटवलमा बस्दै आएका खातीले विसं २०१२ सालदेखि साहित्यमा हात बढाएका हुन् । विधागत हिसाबले ‘तपस्विनी’ उनको पहिलो महाकाव्य हो । यसअघि उनका नौ खण्डकाव्य, गीतिकाव्य प्रकाशित छन् … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : माग्ने

~चट्याङ मास्टर~ ऋण, दान, अनुदान जे मिल्छ उही माग्ने माग्दा माग्दा धनी हामी, दिने बन्नेछ माग्ने । धनी देशका सामु, गरिब छौँ, भनी माग्ने गरिबै भेटिए देश, नछोड्ने, डटी माग्ने छिमेकी देश धनि देखे, छिमेकमै गई माग्ने टाढाको देश धनि देखे, … Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : सडक, समय र सपना

~मनु आभास~ यिनै उपेक्षित सडकहरूमाथि मनखुसी बुर्कुसी मार्दै कोरिरहेछ समय अन्धकार भविष्यको गर्भमा खण्डीकृत भाग्यरेखा । यी तिनै सडक हुन् जहाँ पोखिएका छन् पसिना

Posted in कविता | Tagged | Leave a comment

गजल : जिन्दगी सिंगार्छ

~रुपिन्द्र प्रभावी ‘कटु’~ संघर्षले सबैको जिन्दगी सिंगार्छ निराशाले सबथोक त्यसै बिगार्छ भाग्यको भर पर्नुहुँदैन मित्र

Posted in गजल | Tagged | Leave a comment

पुस्तक समीक्षा : फेरि पनि सीमान्तकृत वर्गीय प्रस्तुतीमा घामकिरीका पाण्डे

~रुपिन्द्र प्रभावी ‘कटु’~ सीमान्तकृत वर्गीय जनजीवनका कथाव्यथाका कुशल प्रवक्ता हुन् नयनराज पाण्डे । पाण्डेको घामकिरी अलि ढिलै पढिसकें । ‘उलार’ र ‘लू’कै पृष्ठभूमि तर फरक विषयवस्तु रहेको घामकिरीले तिनीहरुले जत्तिकै तानिरह्यो सुरुदेखि अन्त्यसम्म । मलाई पुस्तकले तान्नुपर्छ । नत्र पछिसम्म नै … Continue reading

Posted in पुस्तक समीक्षा | Tagged | Leave a comment

समालोचना : राजेश्वरी खण्डकाव्यमा ध्वनिविधान

~प्रभा मरहट्टा (कोइराला)~ सार पूर्वीय ध्वनि विधानसम्बन्धी सैद्धान्तिक अवधारण अनुसार राजेश्वरी खण्डकाव्यको कवितांशमा ध्वनित विविध अर्थको खोजी यस लेखमा गरिएको छ। राजेश्वरी खण्डकाव्यबाट छनोट गरिएको एउटा श्लोकबाट प्रकट भएका विविध ध्वन्यार्थमध्ये काव्यांशमा ध्वनित हुने राजनीतिक सन्दर्भ, पूर्वीय आध्यात्म दर्शनको सन्दर्भ, … Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

कविता : युद्ध मैदानबाट फर्किएको उ

~प्रभा पोखरेल ‘स्वेशा’~ धुँवै-धुँवाँले पोतिएको अनुहार; बिस्फोटले खाइसकेको हृदय; बारुद गोलासँग साटिएका अङ्ग-अङ्ग; पवित्र मन भइ पो सकेछ लथालिङ्ग; भाँचिएको मुटु कुँडिएका चाहना; कहाँ हराए ति निर्दोष स्वच्छ भावना?

Posted in कविता | Tagged | Leave a comment

कविता : भैंचालाको सवाई (९० सालको)

~खडानन्द शर्मा~ सुन सुन पाच सुन सत्यजुग गयो कलिजुग लागेको सवाई कहन्छु बुझिनसक्नु कलिको रङ्ग चौथो प्रहरमा पा¥यो भताभुङ्ग डगमग पृथिवी भयो कम्पमान भतगाउन लाग्यो देउताको थान

Posted in कविता | Tagged | Leave a comment