Tag Archives: sangrahalaya

गजल : यथार्थ

~मिरा प्रसाई शर्मा~ कस्ले देखछ सडक छापको भोको पेटलाई अबेर भयो लुकाउन धन सम्पत्तिलाई | बलिया र धन वालाको राजायी अन्त्य भई चईन मिल्ने कहिले दरिद्र र निमुखलाई |

Posted in गजल | Tagged | Leave a comment

कथा : शेखर अंकलको साथमा

~तुल कवर~ अलिक गर्मी थियो, म बाहिर खाटमा बसेर साँझको खाना खाँदै थिए। भित्र मोबाइलको घण्टी बजेजस्तो लाग्यो,बाले उठाउनुभएछ।’माहिला भित्र आइज त,शेखर भाइले फोन गर्याछन् कतारबाट, तँ सँग कुरा गर्ने रे!’ सुन्नेबित्तिकै एकै सासमा म भित्र पुगे। ‘हेलो अंकल दर्शन!’,

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : किसानको रहर

~लक्ष्मीप्रसाद देवकोटा~ सानो छ खेत, सानो छ बारी, सानै छ जहान नगरी काम, पुग्दैन खान, साँझ र बिहान ।। बिहानपख झुल्किन्छ घाम देउराली पाखामा असारे गीत घन्किछ अनि सुरिलो भाकामा ।। काँधको शोभा हलो र जुवा हातमा कोदाली जीवन धान्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आत्मविम्ब

~मोहनबहादुर कायस्थ~ कलेटी परेका ती कन्चट र निधारका धर्साहरु हिस्सी नपरेका ती अनुहारका रेखहरु वर्षौंवर्षपन्जामा परेका ती भावनाहरु यसै ओइलाएर सुक्नेछन् धुजिएर जानेछन्, बिलाएर जानेछन् किनभने यहाको आबोहवाले नौलो रङ्ग लिएको छ नया पालुवा फेरेको छ-आफै भित्र ।

Posted in कविता | Tagged | Leave a comment

कविता : चन्द्रग्रहणको क्षण बाँसुरी बजाइरहेँछु

~राधेश्याम लेकाली~ कस-कसको चालले हो स्थिति अराजक बनेको छ भयैभयमा बाँच्नु पर्ने चन्द्रग्रहणको यो क्षण भयमुक्त हुन म बाँसुरी बजाइरहेँछु । त्रिवेणी मुठभेडको स्थितिले देश जलिरहेछ एकातिर रगत पोखिएको छ

Posted in कविता | Tagged | Leave a comment

कथा : मथिङ्गल खलबल

~बिन्दू प्याकुरेल ‘लुना’~ प्रकाश एअरपोर्टमा (काठमान्डौ एअरपोर्ट) ओर्ल्यो। उस्लाई एक धड्कन सासले पनि आज मुटुमा भयन्करसँग छोए झै महशुस भएको छ । यस्तो छुवाइले यती पीडा देला भन्ने उस्ले महशुस गरेको थिएन । जब ” पृथ्वी ” ब्लगमा उस्को एक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : झापा सुन्दरी, तिमि कहाँ हरायौ ?

~प्रशान्त खरेल~ विहानीको रक्तिम लालीमासँगै पुर्णचन्द्र जस्तो हँसिलो मुहारमा इन्द्रेणीका रङ्गहरू खेलाउँदै छरितो मुस्कानसाथ भेट्न आउने झापा सुन्दरी, तिमि कहाँ हरायौ ? हो यस पटक पनि उहि गर्विलो मुस्कानसाथ आत्मियता दर्शाउँदै खुला आकाश र न्यानो घामसँगै गम्लङ्ग अँगालो हाल्यो झापाले

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : ढिलो भयपनी उनी एक दिन आउंछन

~पुरुशोत्तम सुबेदि~ दुरान फर्कायर हो गयको । एघार बर्ष भय । काआत बनाएर आउछु भनेका छन । लोग्ने बिनाकी बुहारी कसै संग हांसे पनि बोले पनि घरमा रिस गर्छन् । दाजुले फोन नगरे पैसा नपठाय पनि नन्द मै माथि जाइ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : अब यस्तो राजनिती गरिनु हुन्न

~साजन राई ‘उपेक्षित’~ हुरी-बतास पानी-झरीबीच सिकुवाको कुनामा बसी मेरा पप्पा हँ हँ को रोगी जिउ र ख्वाँक-ख्वाँक को सुख्खा खोकीसँगै .. मलाई तीन पुस्ते कथा सुनाउनुहुन्छ । नाति .! राजनीति कहिल्यै नगर्नू …! भर्लाको पातमा लाम्पातेको ढुटा खौरिदै सुर्ती बेरिदिएर … Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : अर्थबोध

~किशोर पहाडी~ एक दिन छोरोले सोध्यो, “आमा, डाँका भनेका कस्ता हुन्छन् ? ” मैले जवाफ दिएँ, “हाम्रा राजनैतिक नेता जस्ता हुन्छन्, बाबु ।” छोरो अलि मन्द बुद्धिको बुझेनछ । मलाई सम्झाउँदै सोध्यो, “होइन क्या, मैले डाँका भनेको… …” “अँ त, … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : वजन

~दीपक कथित~ घरको वरिपरि फुलेका रङ्गिचङ्गी फूलहरूले घरलाई सुन्दर, शोभायमान र सुवासयुक्त बनाइरहेका थिए । तिनीहरूमा सुन्दरताको घमण्ड थियो । एकदिन सयपत्रीले गुलाफसँग भन्यो, – ‘यो घरको शोभा बढाउनमा मेरो महत्त्वपूर्ण भूमिका छ । यति सुन्दर छु कि म, मेरो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : तपाई आफै अनुमान गर्नुस् त्यो घाउ

~बिन्दू प्याकुरेल ‘लुना’~ बेल्जियम नागरिक तिबों नेपाल घुम्न आएको छ । यो उसको पहिलो नेपाल भ्रमण हो । यहाँ आउनु अघि उसले उतै बेल्जियममा सक्दो जानकारी लिएको थियो नेपाल सम्बन्धी । यहाँ को अनुपम प्राकृतिक सौन्दर्य , फरक किसिमका आ- … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : सम्झना गिरीजाबाबुको

~रामचन्द्र जोशी ‘चिन्तन’~ दीगो शान्ति संविधानको स्वप्ना छोड्दै गए उनी तानाशाही प्रवृत्तिको डोरी तोड्दै गए उनी लोकतन्त्र जन्माउन प्रचण्डलाई छोपी छोपी नेपालको बगैंचामा बीज रोप्दै गए उनी

Posted in गजल | Tagged | Leave a comment

कविता : लुङ्वोङ्वाहरुको उत्सव

~भवानी तावा~ म ०१० सालको चस्मा लगाएर् इतिहास तेन्जिङ शेर्पा हर्दैछु सगरमाथाको उचाइमा तेन्जिङ हर्दैछन ग्रेटवाल लाखौं मजदुरहरुको उच्छ्बास परिश्रम सगरमाथा चढ्नुमा पेट र कृतिमानको सवाल थियो तर ग्रेटवाल शासकहरुको शाखको पराकाष्ठा मलाई शत्तिले निर्माण गरेको इतिहास भन्दा

Posted in कविता | Tagged | Leave a comment

लेख : विश्वपरिवेशमा नेपाली साहित्य : परिवर्तित समयको आह्वान र एक वैकल्पिक मार्गचित्रको परिकल्पना

~डा.गोविन्दराज भट्टर्राई~ नेपाली कलासाहित्य डटकम प्रतिष्ठानको कलासाहित्य यात्राअर्न्तर्गत प्रस्तुत पोखरा-गोष्ठीपत्र (२९ कार्तिक २०६५) —————————————————————————- विश्वपरिवेशमा नेपाली साहित्य : परिवर्तित समयको आह्वान र एक वैकल्पिक मार्गचित्रको परिकल्पना -डा.गोविन्दराज भट्टर्राई प्राध्यापक -(अङ्ग्रेजी) त्रिभुवन विश्वविद्यालय tu.govinda@gmail.com ———————————————————————————————— विश्वको आकाशमा धावनमार्गको खोजी : नेपाली … Continue reading

Posted in लेख | Tagged | Leave a comment

Poem : Love Songs After Dark

~Sudarshan Guruacharya~ Let me be realistic, After writting this poem, I’ll perhaps tear it up or, Crumble it up or make a paper plane, And throw it out of the window,

Posted in Poem | Tagged | Leave a comment

कविता : उमेरको मनोविज्ञान

~गोबिन्दसिंह रावत~ टाढाबाट हिमका श्रृखलाहरु झै कनपट्टीका रौंहरु टल्किन थालेपछि उमेरले पनि पत्याउन छोडेको आभास हुन्छ ऐनमा आफूलाई तरुनो ठहराउन जति खोजे पनि अनुहारका खाल्टाहरुले गिज्जाउन थाल्छन

Posted in कविता | Tagged | Leave a comment

गीत : लाग्छ फर्कि जाऊ

~योगेन्द्र गिरी “संघर्ष”~ हेरू भेन हे कान्छी डाडैले छेकिनछ नहेरुम त हे कान्छी मनैमा लेखिन्छ मेरो सानो गाऊ प्रदेसको बसाई छोडी लाग्छ फर्कि जाऊ बिहानीको मिर्मिरे मै सगरमाथा हँसो हरियाली हुदा खेरी डाफे चरी नाच्यों

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : फूल

~मिश्र वैजयन्ती~ फूल- बोटमै फुलिरहन दिनु कि, जीवनका उत्तापलाई छुन दिनु अर्थको बोध साँघुरो बासनाको ओतमा लत्रक्क नुहिएर घाममा भ्रममा उडेका उडनतस्तरी भएर

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु विपठनः एनेस्टेशियाका धुपहरु

~सरुभक्त~ खोई मनका सारसहरु कुन सिमसारतिर लागे ? जति आत्महत्या गरेपनि मान्छेहरु सिद्धिदैनन् गिरफ्तार जिन्दगी आउ, आफैले आपूmलाई सुपुर्दगी गरौं दिमागका धुर्रा घुमाएर तन्नमहरु इतिहास ब्यूताउँदैछन् नालापानीदेखि कालापानीसम्म गुर्खाज् सिमेट्री याने गोर्खाली चिहान इतिहास मर्नेहरुले बनाउँछन् वाँच्नेहरुले के बनाउँछन् ?

Posted in कविता | Tagged | Leave a comment

कविता : पीज्जा

~सरुभक्त~ शव्दसमाधिः समाधिस्थ मनका टाइकुनहरु अक्षरहरुका कोर्रालाएर अजन्मा डाइनासोरसहरुको गीत गाउँछन् घोष्ट डिटेक्टरः उपद्रयाहा जीनहरु के रोहवरमा दीपेन्द्र सिन्ड्रोमहरु जन्माउँछन् ? राक्षसी क्लोनका नेताहरु छाडा देवताका विरासत धान्दैछन् पाइथागोरसहरु ‘म्युजिक अफ द स्पेर’ मा मदमस्त छन् उदाङ्गो छातीः लोपेजमुद्राहरु कुन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी

~सरुभक्त~ एस्–ट्रेभित्रका विद्रोहहरु ताप्केबाट उम्कन खोज्दा भुङ्ग्रोमा शुभ–साइत दुर्भाग्यहरुको च्याउको रुख चढ्दै गलगाँड सुन्दरीहरु रगतको नदीमा माछामार्दै छन् वन्दी प्रत्यक्षीकरण रिटः मिसिलविना औद्योगिक जोगीहरु सुरुङभित्र धरहराहरु उत्पादन गर्दैछन् अवशिष्ट गौरवगाथाः जाउँ वरु भाडाका टट्टु वनी विक्नलाई

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : मेरो कुकुर स्वर्गे भयो !

~भैरव अर्याल~ घुक्ने काम उसको अखवारले खोसे ढुक्ने काममा शिक्षित बेकार कसिए झै-झगडाको दायित्व साहित्यकारले टिपे पुच्छर हल्लाउनेमा प्रशासक खटिए अब ऊ आफ्ना सबै कार्यभारबाट मुक्त भयो मेरो कुकुर स्वर्गे भयो ! अब मूसाहरुले चारकोसे झाडीमा डढेलो लाउन्

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : नया वर्ष

~विमल गौतम~ गाऊ शहर पहाड तराई जता ततै आहत छ आउ नया वर्ष गन तन्त्र नेपाल मा स्वागत छ धेरै लड़नुछ तिमीले यहाँ भिटामिन पिएर आउ राजनैतिक फोहर फल्नुछ कन्टेनर लिएर आउ गोलि बारुद हरुले अघायौ भो त्यहिँ रोकेर आउ

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : बजेट

~अजय ढुंगाना~ परार साल साइला बाले दिन भरी लाएर टि.भी.बाटै बजेट सुने, भोलिपल्ट बिहानै पत्रिका किन्न पुगे, दिनभरी पत्रिकामा बजेट नै पढेर बसे | पोहोर साल

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : यथार्थ

~अजय ढुंगाना~ गुगललाई त के मतलब, उ त सर्च गरे पछि केही न केही रिजल्ट देखाइदिन्छ | गुगलको मात्रै विश्वास गरेर हुन्छ त ? यति भनेर उ गयो | म मनमनै सोच्दै भए, मलाई के थाहा त ? मैले त … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : मान्छे हो! यिनलाई प्यार गर है

~माधव प्रसाद घिमिरे~ खेल्दै शान्ति र कान्ति खाटनजिकै आई बसेका थिए हेरी यी अनजानलाइ उनका आँसू खसेका थिए बिस्तारै शिरमा मुसारि यिनको, केही नबोली गइन् हाली आशिक बिन्दु बिन्दु गहको आँसू खसाली गइन्

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : जल्दो मैनवत्ति

~अजय ढुंगाना~ धेरै दिन पछी, म आज यहाँ आएको परिवर्तनलाई अनुभुत गर्न खोज्दै थिए । म, मेरो बिगत र वर्तमानलाई आज एक साथ नियाल्न खोज्दै थिए । मेरो बिगत र मेरो जिन्दगीको परिभाषालाई परिवर्तन गरिदिए झै लाग्छ, मेरो वर्तमानले । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कसले मार्यो उसलाई

~रोहित खतिवडा~ उसले मलाई फेरी एकटकले हेरीरहेकी छ । उसको आँखाले मलाई उद्वेलित पार्छ, आन्दोलित पार्छ । उसको दृष्टि परेपछि सम्हाल्न सक्दीन म आपैmले आपैmलाई । कस्तो हेराई…………!!! जतिबेला म उसलाई देख्दिन, म उसको आकृतिको ड्राफ्ट कोर्छु । मनमनै सम्झन्छु–  … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

ह्याप्पी होली !

~रोहित खतिवडा~ उसँग मेरो परिचय कहिले भयो, सम्झना छैन । अक्सर गरेर बाटोमा जम्काभेट मात्रै हुने हो दुइको– झण्डै दुइ बर्ष देखि चलेको प्रक्रिया । “दाइ नमस्ते !” भन्छ खै केको आदरले हो । “नमस्ते भाइ ! के छ खबर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मृत्यु रहर

~सलोजा~ ‘बाँकी त सम्झना मात्र छ। त्यही पनि हरायो भने म एक्लै हुनेछु। छोरी टुहुरी हुने छ। मजस्तै छोरीले टुहुरी हुनुहुदैन।’ ओछ्यानबाट निक्कै अल्छी मान्दै उठेँ र घर वरिपरि हेरेँ। कोही छैन, दुइटा भंगेरा आँगनमा उफ्रदै रहेछन्, अलि पर सुकेको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कथा : शैतान र किसानको रोटी

~लियो टल्सटाय~ अनुवाद : दण्डपाणि जैसी आज पनि एकाबिहानै हलो जुवा काँधमा हालेर हर्कबहादुर टारीखेत जोत्न गयो। सधैझैं दिउसोको खाजाको लागि भनेर कोदोको रोटी साथमा लिएको थियो। जतन साथ उक्त रोटीको पोको नजिकैको झाडीमा सेखुले छोपेर लुकायो अनि गोरुका काँधमा जुवा … Continue reading

Posted in अनूदित कथा | Tagged , | Leave a comment